जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • प्राइम कमर्सियल बैंकले घाेषणा गर्‍यो लाभांश

प्राइम कमर्सियल बैंकले घाेषणा गर्‍यो लाभांश

प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले गत आर्थिक वर्षको मुनाफबाट ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतले हुन आउने १ अर्ब ६३ कराेड ३९ लाख १ हजार ११२.८५ रूपैयाँ वितरण गर्ने भएकाे हाे।

जसअन्तर्गत १ अर्ब ५५ कराेड २२ लाख ६ हजार ५७.२९ (८ प्रतिशत) रूपैयाँ बराबरकाे बाेनस सयर र सोको कर प्रयोजनार्थ ८ कराेड १६ लाख ९५ हजार ५५.५६ (०.४२१ प्रतिशत) रूपैयाँ नगद लाभांश रहेकाे छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

1055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?