जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १:०.६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

कम्पनीको चुक्ता पुँजी हाल ७५ करोड ६० लाख रुपैयाँ छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।

1130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?