जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

निक्षेपको ब्याज घटाउने तयारी गरेका बैंकहरुलाई राष्ट्र बैंकद्वारा रोक

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्स संघका प्रतिनिधिहरुलाई डाकेरै तत्कालै ब्यक्तिगत निक्षेपकर्ताको ब्याज नघटाउन भनेका हुन् ?

— ऋणको ब्याज २ प्रतिशत घटाउने निर्देशनपछि कोष लागत (कस्ट अफ फण्ड) कम गर्न निक्षेपको पनि ब्याज घटाउने तयारी गरेका बैंकहरुलाई राष्ट्र बैंकले रोकेको छ।

चैतमा कायमभन्दा दुई प्रतिशत विन्दु कम ऋणको ब्याज निर्धारण गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज घटाउने तयारी गरेका थिए। बैंकरको तयारी बारे थाहा पाएपछि राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको ब्याज नघटाउन बैंकहरुलाई अनौपचारिक निर्देशन दिएको हो।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्स संघका प्रतिनिधिहरुलाई डाकेरै तत्कालै ब्यक्तिगत निक्षेपकर्ताको ब्याज नघटाउन भनेका हुन्। विभागस्तरीय अधिकारीहरुले संस्थागत निक्षेपकर्ताको ब्याज घटाएर लागत कम गर्न बैंकरलाई सुझाएका छन्।बैंकरले बैशाख मसान्तसम्म कुर्ने र त्यसपछि ब्याज घटाउने नयाँ रणनीति बनाएका छन्।

अहिले बैंकहरुले व्यक्तिगत मुद्दतीमा नौं प्रतिशत, संस्थागतमा आठ प्रतिशत, बचतमा साढे पाँच प्रतिशत अधिकतम ब्याज निर्धारण गरेका छन्। त्यसअघि ब्याज एकदेखि डेढ प्रतिशत माथि थियो।

गत मंगलबार राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याज थप एक प्रतिशतले घट्ने नीति कार्यान्वयमा ल्याइसकेको छ। प्रकाशितमा एक प्रतिशत विन्दु बढी ब्याज दिन पाइने व्यवस्थालाई उल्ट्याउँदै प्रकाशित बराबर मात्र दिन पाइने व्यवस्था गरेको छ। साथै एकपटक प्रकाशित ब्याज तीन महिनासम्म कायम हुने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले कोषको लागत कम गर्नका लागि मुद्दती, बचत र कल डिपोजिटको ब्याज दर थप घटाउने बारे छलफल गरेका थिए। तत्काललाई भने संस्थागत मुद्दति निक्षेपकर्ताको ब्याज घट्ने छ। राष्ट्र बैंकका कारणले एक प्रतिशत घटिसकेको छ। बैंकरले थप एक प्रतिशत घटाएर ६ प्रतिशतमा झार्ने भएका हुन्।

बैंशाख लागेपछि बैंकहरुले ब्यक्तिगत मुद्दतिको ब्याज सात प्रतिशतसम्म झार्ने योजना बनाएका छन्। अहिले बैंकहरुसँग कुल निक्षेपको ५० प्रतिशत मुद्दती निक्षेप छ। यसमध्ये आधा जति व्यक्तिगत मुद्दती र बाँकी व्यक्तिगत छ। ३० प्रतिशत बचत खातामा पैसा छ। बाँकी कल डिपोजिट, चालु र अन्य खातामा पैसा छ।

नेपाल राष्ट्र बैंकले प्रदान गरेको २% ब्याज सहुलियतको अलावा एन आई सी एशिया बैंकले थप १०% ब्याज छुट प्रदान गर्ने

नेपाल राष्ट्र बैंकले मिति २०७७ वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २% ले कम गर्न पत्र संख्या बैं.वि.नि.नि÷नीति÷सूचना÷२१÷०७६÷७७ मार्फत निर्देशन जारी गरेको छ । यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा २% विन्दुले कम गरी आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । साथै, २०७७ असार मसान्त पश्चात विद्यमान व्यवस्था अनुसार आधार दरका आधारमा कायम हुने ब्याजदर निर्धारण सकिने समेत उक्त निर्देशनमा उल्लेख छ ।

तर माथि उल्लेख गरिएको छुट निम्नलिखित क्षेत्रहरुमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छः

ड्ड खाद्यान्न प्रशोधन तथा विक्री वितरण ।
ड्ड ग्यास उत्पादन तथा विक्री वितरण ।
ड्ड सोप एण्ड केमिकल्स ।
ड्ड औषधी विक्री वितरण ।
ड्ड दुरसंचार सेवा प्रदायक ।
ड्ड टेलिभिजन सेवा प्रदायक ।
ड्ड सूर्ती तथा मदिराजन्य उद्योग ।
ड्ड सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु ।

नेपाल राष्ट्र बैंकले यसअघि पनि मिति २०७६ चैत्र १६ गतेको पत्र संख्या बैं.वि.नि.वि÷नीति÷सूचना÷१८÷०७६÷७७ मार्फत निर्देशन जारी गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत्र महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । जसअनुसार ऋणीहरुले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १०% ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस बैंकले यस विषम परिस्थितिमा समेत आफु एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पु¥याउने मनशायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सो को अलावा थप सहुलियत प्रदान गर्दै ग्राहक महानुभावहरूको सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो परम कर्तब्य र प्रथामिकताको रुपमा लिएको छ ।

एन आई सी एशिया बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरुको हकमा साधारण ब्याजको १०% ले हुन आउने छुटको ग्राहक महानुभावहरुको खातामा जम्मा गरिसकेको समेत सहर्ष जानकारी गराउँछौं । साथै एन आई सी एशिया बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०% र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहक महानुभावहरुलाई लागू गरेको हो ।

वैशाख महिनाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी ऋणीहरुको चैत्र मसान्तसम्म कायम रहेको ब्याज दरमा २% ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा समेत १०% को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस बैंकले गरेको हो । तसर्थ ग्राहक महानुभावहरुलाई नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छुटको साथ साथै यस बैंकको बैंकिङ्ग इतिहासमै दुर्लभ उपलब्ध हुने उपरोक्त उल्लेखित छुटमार्फत थप १०% को साधारण ब्याजमा छुट र जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको फाइदा उठाउन सबै ग्राहकवर्गमा बैंकले अनुरोध गरेको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिनेछ । बैंकले प्रदान गर्ने १०% छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

यस विपतको घडिमा आफ्ना आदरणीय ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गरिएको छ । ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरूका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

नबिल बैंकले ल्यायो घरमै बसेर खाता खोल्न सकिने सुविधा,

नबिल बैंकले घरमै बसेर खाता खोलेर सीमित कारोबार गर्ने नयाँ सेवा सुरु गरेको छ। ग्राहकलाई प्रविधिमैत्री बनाउँदै सेवा दिन बैंकले नयाँ प्रडक्ट ल्याएको हो।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले घरमै बसी अनलाइनमार्फत खाता खोली सीमित कारोबार गर्न सकिने  सुविधा सुरु गरिएको बैंकले विज्ञप्तिमा जनाएको छ।

ग्राहकले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ जस्ता डिजिटल सुविधाहरुको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ।

मोबाइल बैंकिङ सुबिधाअन्तर्गत ग्राहकले रिचार्ज गर्ने, बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु गर्न पाउने छन्

तारे होटल ६ महिनासम्म बन्द

कोरोना भाइरसका कारण सम्पूर्ण होटलहरु आगामि ६ महिनासम्म बन्द गर्ने निर्णय गरेका छन् । आज आइतबार होटल सञ्चालक र सम्बद्ध मजदुरबीचमा भएको सहमतिमा आगामी असोजसम्म काठमाडौंमा सञ्चालमा रहेका पाच तारे होटलहरु बन्द गर्ने निर्णय गरेका छन् । त्यस्तै ६ महिनासम्म होटलमा काम गर्ने कर्मचारीहरुलाई १२.५ प्रतिशशतमात्र तलब दिने भएका छन् ।  होटल संघ नेपालको आइतबार बसेको आकस्मिक बैठकले आगामी असोजसम्म काठमाडौंका तारे होटल बन्दको निर्णय गरेको हो। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘लकडाउनका कारण पर्यटन उद्योगमा दूरगामी नकारात्मक प्रभाव रहने तथा आगामी एक वर्षसम्म पर्यटन उद्योग सुचारु रूपले चल्न नसक्ने भएकाले वैशाख १ गतेदेखि आगामी ६ महिनासम्म सम्पूर्ण होटल व्यवसाय बन्दको निर्णय भएको छ।‘

संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय गरेको छ ।घको बैठकमा काठमाडौंका सबै पाँच तारे होटलका संचालक सहभागी थिए। होटल बन्द गर्ने निर्णयमा होटल हायातका संचालक सुरेशलाल श्रेष्ठ, काठमाडौं मेरियट होटलका संचालक गौरव अग्रवाल, र्‍याडिसन होटलका अनिलदास श्रेष्ठ, एलोप्ट होटलका संचालक महेश्वर श्रेष्ठ, अन्नपूर्ण होटलकी संचालिका सिर्जना राणा, अकामा होटलका संचालक खेमराज लामिछाने, सांग्रिला होटलका संचालक प्रसिद्धराज पाण्डे, एभरेष्ट, मल्ल होटल र सोल्टी होटल लगायतका प्रतिनिधीले हस्ताक्षर गरेका छन्।

संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोनाका कारण होटल व्यवसाय एक वर्षसम्म सहज रूपमा संचालन हुन नसक्ने अवस्था देखेर ६ महिना बन्दको निर्णय भएको बताए। उनले होटलको आम्दानीमध्ये ४० प्रतिशत तलबमै खर्च हुने बताउँदै बन्द भएको अवधिमा तलब दिन नसक्ने अवस्था सिर्जना भएको समेत बताए।

संघले बन्द हुँदा ६ महिनाको अवधिमा कर्मचारीलाई आधारभुत तलबको साढे १२ प्रतिशतका दरले मात्रै दिने निर्णय समेत गरेका छन्। सेवा शुल्क उपलब्ध गराउने होटलले श्रमिकले पाउने सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना यो रकम दिने संघले निर्णय गरेको छ।

होटलले श्रमिक युनियनसँग एक साताभित्र साढे १२ प्रतिशत पारिश्रमिक दिने बारेमा छलफल गर्ने समय संघले तोकेको छ। त्यो छलफलमा असहमत भएमा श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया पुर्‍याएर सूचना दिएर आंशिक रूपमा वा पूर्ण रूपमा कर्मचारी कटौती गर्ने निर्णय संघले गरेको छ। कर्मचारीलाई साढे १२ प्रतिशत भन्दा बढी रकमका लागि ‘जब रिटेन्सन फण्ड’ को व्यवस्था गर्न होटल संघ नेपाल र ट्रेड युनियनले संयुक्त रूपमा सरकारसँग पहल गर्ने निर्णय गरेको छ।

कोरोना कोषमा २२० करोड

सरकारले कोरोना रोगथाम तथा नियन्त्रण कोषमा अहिलेसम्म २ अर्ब २० करोड संकलन भएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । कोरोना संक्रमणसँग स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्र्न स्वास्थ्य उपकरण अन्य खर्चको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई एक अर्ब ८ करोड निकासा गरिएको छ भने रक्षा मन्त्रालयमार्फत एक अर्ब ३५ करोड निकासा भएको अर्थ मन्त्री खतिवडाले बताए ।

कोरोना पछि सरकारले विकास साझेदारसँग छलफल गरी करिब डेढ खर्ब रुपैयाँ जोह गर्न लागेको छ । स्वास्थ्य पूवार्धार  निर्माण तथा आर्थिक पुनउत्थानका लागि सो रकम खर्च गरिने छ । केही सम्झौता हुने क्रममा रहेको अर्थमन्त्रीले बताएका छन् । अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री खतिवडाले सो बताएका हुन् ।

राहत र आर्थिक पुनउत्थानमा लागि सरकारले खर्च गरेको छ । राहत दिने क्रममा राहत आवश्यक नपर्नेले समेत राहत लिएको पाइएकोले योजना आयोगले  तयार पारेको राहत कार्यविधिअनुसार कार्य अघि बढाएको अर्थ मन्त्री खतिवडाले बताए । असंगठित क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउन स्थानीय तहलाई परिचालन गरिएको छ ।

पत्रकारहरुको बुझाई, ग्राहकको बुझाई त केहि समय राष्ट्र बैंककै अधिकारीहरुको बुझाईमा अन्तर रहिरह्यो

कोरोना महामारी, बैकिङलाई जोखिम र राहतको अबस्था:
कोरोनाको प्रभाव नेपाल प्रवेश संगै नेपालमा चैत्र 11, 2076 बाट सरकारले लकडाउन गर्यो। लकडाउनको भोलीपल्टै बाट हामी आहत भयौं राहत चाहियो भन्ने नागरिक र ब्यबसायीको गुनासो संगै सरकारले मिति  2076 साल चैत्र 18 गते कार्ययोजना सार्वजनीक गर्यो जसमा सरकारले दिने केहि कुरा अटाएनन तर घरभेटी, बैकिङ, सहकारी, स्कुलहरुलाई यो छुट त्यो छुट दिने ब्यबस्था मिलाउन भनियो। कसैले टेरेको होईन तर बैंकहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन आयो : मासिक/ चौमासिक किस्ता वाला कर्जाहरुले चैत्रको ब्याज तिरेमा 10% छुट देउ। तिर्न नसके असार मसान्त 2077 सम्म समय देउ। यसमा पनी निर्दैशन, पत्रकारहरुको बुझाई, ग्राहकको बुझाई त केहि समय राष्ट्र बैंककै अधिकारीहरुको बुझाईमा अन्तर रहिरह्यो। यसै पनी ब्याज तिर्न आनाकानी गर्ने ग्राहकहरुलाई मौका मिल्यो, 70% भन्दा बढिले ब्याज तिरेनन भने तिर्नेहरुलाई छुटको रकम बैकहरुको जोड्यो भने अरबौ हुन्छ। तलब पाईरहेका कर्मचारी र नियमित आय आईरहेको कर्जा ग्राहकले घर कर्जा, सवारी कर्जा र ब्याक्तिगत कर्जामा समेत छुट पाए भने स्टार्ट अप र प्रभावित कर्जा ग्राहकहरुले पाउनु पर्ने जति छुट पाएनन।कतिपय छुट नदिदा पनी हुनेले कि त छुट कि पैसा नतिर्ने बहाना पाए।

फेरी थप सुचना नं 21 दफा नेपाल राष्ट्र बैंको दफा 79 टेकेर  बैशाख 16 गते आयो, जसमा 2% ब्याज घटाउन भनियो। सुचनाको रुपमा आएको भएता पनी दफा 79 टेकेर आएको हुंदा यो निर्दैशन नै हो। यसमा छुट दिनु नपर्ने व्यबसायहरुमा खाद्यान्न प्रशोधन तथा बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, ग्यास उत्पादन तथा बिक्री वितरण, साबुन तथा सफाइ केमिकल, औषधि बिक्री वितरणसम्बन्धी व्यवसाय, इन्टरनेट तथा दूरसञ्चार सेवाप्रदायक, टेलिभिजन सेवाप्रदायक, सूर्ति तथा मदीराजन्य उद्योग र सञ्चालनमा रहेको जलविद्युत् आयोजना परे। यो छुट दिनु नपर्ने भनीएका क्षेत्रहरुमा गएको कूल कर्जाहरुमा एक तिहाई खुद्रा ब्याबसायहरु खाधान्न बिक्रि बितरण मा संलग्न छन भनेर मान्ने हो भने लगभग रु.400 अरब कर्जा यस्तो क्षेत्रमा गएको छ।  यसरी कुल रु. 3225 अरब कर्जा मध्य रु 2800 अरब भन्दा बढिले 2% छुट पाएमा बैकिङको एक त्रैयमास मै रु.14 अरब ब्याज आम्दानी कम हुन जान्छ। आधार दर भन्दा तल नहुने हुंदा औषत ब्याजमा कमी 1.5% ले मात्रै गर्नु पर्दा पनी रु.10.5 अरब भन्दा बढिले ब्याज आम्दानी घट्नेछ। यसरी एकातिर अरबौ रुपैया बैकिङको आम्दानी घटाएर कर्जा ग्राहकलाई राहत दिइएको छ। कर्जा ग्राहकलाई  असर छ छैन? तिर्न सक्ने क्षमता छ छैन? बैकल्पीक आयश्रोत छ छैन? पहिले कमाएको संचीती बाटै तिर्न सक्ने अबस्था छ छैन?  हेरेर गर्नु भन्दा सबैलाई एकनासले बैकिङको लागतमा राहतको घोषणा भयो। बैंकर र बैंकका मालीकहरु विच मै यो बिषयमा फरक फरक धारणाहरु बजारमा आए। अझै 9 देखि 18 महिना कोभिड-19 को प्रभाव स्वास्थ तथा अर्थतन्त्रमा पर्ने प्रारम्भिक अनुमान हुदै गर्दा हतार हतारमा यो निर्णयहरुले हामीले पछि दिनै पर्ने राहत पनी दिन नसक्ने त हुदैनौ? सोच्न जरुरी छ।

सबैको आंखा यसै पनी बैंकिङको नाफा मै छ। रु.8 अरब न्युनतम पुंजी छ, त्यहि अनुसारको संचीती छ; बैक मै निक्षेप राख्दा पनी रु.100 अरब ब्याज आम्दानी हुनुपर्ने स्थीतीको संस्थाहरुको हजारौ कर्मचारीले बर्षभरी मेहनेत गरेर करोडौ फि र कमिसन कमाउदा पनी रु.100 अरब नकमाउने बैंकहरु अझै छन्। त्यहि अनुपात बिकास बैंक र बित्तीय संस्थाहरुको छ। बैंकिङको औषत लगानी मा प्रतिफल 15% नी छैन भने औषत लाभांस बितरण दर 12-13% छ। तर पारदर्शी लेखाङ्कन र प्रभावकारी नियमनको कारण जति कमायो उती मुनाफा लेखाङ्न गरी देखाउनु नै बैकिङमा सबैंले आंखा लाउने कारण बनेको छ।

बैकिङ र बिमाले सुर्ति, चुरोट र रक्सी कम्पनीकै दरमा 30% कर तिर्छन र पारदर्शी पनी छन्। बैकिङ भनेको जनताको पैसा र बिश्वास मै चल्ने संस्थाहरु हुन अनी यस क्षेत्रको विश्वास कायम राखीराख्न एउटा स्तरको नियमित आम्दानी तथा यी संस्थाहरु सहजै डुब्दैनन भन्ने विश्वास रहन जरुरी हुन्छ। बैकिङ पारदर्शी हुन्छ, सक्षम नियामकको नियमित सुपरिबेक्षणमा रहन्छ र मुनाफा मै रहन्छ यसैले निक्षेप राखेको पैसा डुब्दैन भन्ने विश्वासले नै नागरिकहरुले ढुक्क संग पैसा राख्दछन अनी बैकिङले वित्तीय मध्यस्तकर्ताको काम गर्न सक्दछ; अर्थतन्त्र चलायमान हुन्छ।अहिले बैकिङमा पनी मुनाफामा असर परेकै छ; बैदेशीक कारोबार ठप्प हुदा प्रतित पत्र र बिदेशी मुद्रामा हुने कमाई बन्द छ; ठेक्का पट्टा बन्द हुंदा जमानत वापतको कमीसन बन्द छ, नयां कर्जा छैन र नविकरण नी गर्नु नपर्दा फि तथा कमीसन आम्दानी छैन तर संचालन खर्च बढेकै छ। घटेको छैन।सरकारले भने झै कुनै घरभेटिले बैंकको घरभाडा छुट दिने वाला छैनन, उनीहरुको पनी आफ्नै परिस्थिति छन।

नेपाल वित्तिय लेखामान अनुसार ब्याजलाई नेपाल राष्ट्र बैकले समेत प्रोदभावी (Accrual ) आधारमा आम्दानी बाध्न दिने हुदा, आम्दानीमा देखिन्छ जसबाट सरकारलाई कर तिरीहाल्नु पर्छ तर त्यो रकम बराबरको संचीति कायम गर्नु पर्दा बितरणयोग्य नाफा कम या नकारात्मक हुनगई शेयरधनीले केहि नपाउने अबस्था छ। लगानीकर्तालाई राहत नचाहिने नै हो त?आउने आम्दानी घटाउने, नआएको आम्दानी देखाएर कर तिर्ने अनी भोली खराब कर्जा बढेर असुली नै नहुने अबस्था भयो भने  2008 मा अमेरिकामा जस्तै बैंक डुब्न लागे के गर्ने?सरकारले अनुदान दिएर बैंक बचाउन सक्छ त? बैंकिङको कर्जा नगद प्रवाहको भन्दा धितो आधार मै प्रवाह भएका छन यदि स्थीर सम्पत्तीको मुल्य 20%  हाराहारीले घट्यो र ब्यबसाय पनी चलेन भने, बैंकिङको खराब कर्जा कहां पुग्छ? असुली कसरी हुन्छ? यसको लागी बैकिङ लाई कुसन चाहिदैन?

बैंकको कर्मचारीको बोनस रोकौं भन्ने आवाज पनी छ।
अनी बैंककै कर्मचारीको कमाईमा नी आंखा छ, कुनै बैंकको ठुलै पदको कर्मचारी या  प्रमुख कार्यकारी अधिकृत जसको पैतृक सम्पत्ती छैन उसको बसाई र सम्पत्ती हेरौ अनी कमाउ अड्डा तिरका हाकिमहरुको वास्तविक सम्पत्ती हेरौ। 10 बर्षझ पहिले सेटिङमा व्यापार चलाईरहेका व्यापारीको सम्पत्ती मुल्याङ्कन गरौं। सत्यता प्रष्ट हुन्छ।यसैले बैंकको मुनाफा र कर्मचारीको बोनसमा मात्रै आंखा लगाउनु भनेको पारदर्शी हुनु नै गलत हुनु झै हुनेछ। यसैले यतिबेला व्यापारी, बैंकिङ, नियामक र सरकार छुट्टाछुट्टै कित्तामा नबांडिनु उचीत हुन्छ।

अन्य ब्यबसाय भन्दा बैंकिङमा यसको असर अली पछि पर्नेछ तर असर पर्ने कुरा पक्का छ। तर असर परीसक्यो भने सम्हाल्न नसक्ने गरी पर्नेछ। रु.32 खरब भन्दा बढिको कर्जामा हाल खराब कर्जाको प्रतिशत 1.77% मात्रै छ। धेरै जसो SME का कर्जाहरु स्थीर सम्पत्तीको धितोमा प्रवाह भएको र ऋणी को व्यबसाय घाटामा गई व्यवसाय बन्द हुदा समेत बैंकिङले धितो लिलाम गरि असुल गर्ने गरेका कारण खराब कर्जाको अनुपात विश्व कै बैकिङको कम मध्यमा नेपालको पनी पर्दछ तर यो महामारी ले व्यबसाय बन्द हुने, धितो बिक्रि नहूने या बिक्रि हुदा धेरै कम मुल्यमा बिक्रि हुने अबस्था आएमा खराब कर्जा अनुपात स्वाट्टै माथी जान सक्ने स्थीती छ। ब्याज तिर्ने समय केहि पर सारिदिने या खराब कर्जामा बर्गीकरणका शर्तहरु परिवर्तन गर्नु भनेको दिर्घकालीन समाधानको उपाय होईन। जोखिमको पुर्वानुमान गरी बैकिङको मुनाफामा धेरै आंखा नलाउदा पछिलाई सहज हुनसक्छ।

यो अबस्था भनेको सक्नेले डुब्नै लागेका हरुलाई बचाईराख्न सहयोग गर्ने बेला हो। नाफा बांडफांड गरेर समानुपातिक बनाउनु पर्ने या पहिला कमाएको सम्पत्ती मा कर नै नबुझाई एकातिर कुम्लो पारीराखेकाहरुलाई पनी यो महिना र यो बर्ष घाटा भयो भनेर राहत दिनु पर्ने बेला होईन। सरकारको प्राथमिकता पहिलो स्वास्थ्य सेवा, त्यसपछि खानबस्न गाह्रो हुने नागरिकहरु, त्यसपछि भर्खर शुरु हुन लागेका ब्यबसाय, अनी अति प्रभावित व्याबसाय तथा ठूलो लगानीका परियोजनाहरु जो राहत बिना डुब्न सक्छन हुनुपर्छ अनी मात्रै राहत सामान्य अबस्थाका ब्यबसायमा हुनुपर्छ। बर्षो देखि करोडौ, अरबौ को ब्यबसाय गरेर कर लाखौमा पनी नतिरेका अनी अहिले 2,3  महिना व्यापार बन्द हुंदासाथ सबै राहतको लागी झोला फैलाउन जांदा न सरकारले दिन सक्छ न त न्याय नै हुनेछ। बैंकिङको पैसा यसरी बांड्दा न्याय भएको छ या छैन? एकपटक अध्ययन गरौ। कसैलाई आरोप प्रत्यारोप गरिरहन जरुरी भएन।

होटेल खर्चको 40% कर्मचारीको तलब भत्तामा खर्च हुन्छ। visit Nepal 2020 भन्दै भर्खर खुलेका होटेलहरुका कर्मचारीको बिचल्ली र होटेल बन्द हुने स्थीती छ,  होटेलहरुको ॠण कसरी तिर्ने? वैशाख कै तलब तिर्न नसक्ने अबस्था छ, सरकारले 50% तिर्ने भनेको छ, कसरी तिर्छ? संचालन भएको अबधी र अहाले सम्मको कमाईलाई आधार मानेर  राहतमा काम गर्नु पर्छ। यो क्षेत्र सहित पर्यटन र मनोरंजन क्षेत्रलाई सरकारले राहतको अनुमान गरी सहयोग गर्न पर्छ र कर तिरेको या कर तिर्ने सम्भावनाको आधारमै राहत भयो भने भोलीका दिनमा समेत व्यबसायीहरु कर तिर्न उत्साहित हुनेछन र आभास पनी हुनेछ कि ‘ हामीले कर तिरे अनुसार राज्यले हामीलाई हेर्नेछ’ भनेर।

देश भित्रै एघार लाख भन्दा बढि श्रमिक र मजदुरको रोजगारी जोखिममा आईसकेको छ भने  तिन लाख भन्दा बढि त  अहिले नै मजदूरी छोडेर गांउ फर्किसके भन्ने अनुमान छ। बिदेशबाटै पांच लाख भन्दा बढि युवाहरु फर्कि सकेका छन, अझै फर्किने छन र बिदेश बाट फर्किने मात्रै पन्ध्र लाख नाघ्ने प्रारम्भिक अनुमान छ। यो जन शक्तिको सदुपयोगीतामा सरकारले छिटो योजना बनाउनु पर्दछ। आजकै अनुमानमा रेमिट्यान्स बाट आउने रकम कम से कम रु. 300 अरबले घट्ने छ र शोधनान्तर स्थीतीमा ठुलै  असर पर्नेछ।

सबैले अब कृर्षि मै सम्भावना छ भनेर भन्दै हिडेको देखिन्छ तर जमीन खै? टुक्रा टुक्रा जमीन भैसक्यो। खेती हुने ठांउ, उपत्यकाहरु कंक्रिटले भरिसक्यौ, पहाडमा दुख मात्रै हो तराईमा जमीन कति छ?? यसैले थोरै जमीनमा बिशेष प्रकारका फलफुल र खाधान्नहरु उत्पादन गर्ने र बजारीकरण गरी बढि मुल्य लिनको लागी सोध, अनुसन्धान र योजना बनाउन जरुरी छ। छिटो काम थालौं। कुरा गरेर या कुरा काटेर मात्रै देश बन्दैन न उत्पादन हुन्छ।

सरकारको पनी बिभिन्न खाताहरुमा बर्षो देखि उपयोग नभएको रकमहरु छन, कट्टि गर्न सकिने बजेटका रकमहरु छन। राष्ट्रिय गौरबका 23 वटा आयोजनामा रु.103 अरब छुट्याईएकोमा रु.20 अरब पनी खर्च भएको छैन। रक्षाको बजेट रु.186 अरब छुट्याईएकोमा रु.77 अरब खर्च भएको छ। संघीय सरकारको प्रदेश र स्थानीय निकायलाई बजेट अनुदान रु.330 अरब छ र रु.131 अरब राजश्व बाडेर दिने बजेट छ । यसरी प्रादेशीक बजेटको रु.500 अरबको प्रयोग खासै भएको छैन। रु. 10 अरब MCC लाई छुट्याईएको छ, जो संसद मै हुने नहुने दोधारमा छ। शहरी बिकास, बिधुत, पुर्वाधार निर्णाण गरेर रु.239 अरब बजेट छ तर खर्च धेरै भएको छैन। हुन त आकलन अनुसारको श्रोत पनी संकलन भएको छैन।राजश्व अनुमानको 54% पनी संकलन भएको छैन। कर्मचारीको तलब तथा अन्य नियमित खर्च नै रु.900 अरब भन्दा बढि हुन्छ। यी सबै कुरा हेरेर  रकमहरुबाट कति जोहो हुन सक्छ हिसाब गरौ, तथ्याङ्क संकलन गरौ अनी प्राथमिकता निर्धारण गरी सदुपयोग गरौ।

हतारमा निर्णय गरेर पछि पछुताउन नपरोस भनेर तथ्याङ्क संकलन गरौं। प्रभावितहरुले ब्यबसाय सधैलाई बन्द गर्न नपरोस् र सक्नेले अरुबाट राहत माग्न नपाउंन। अहिलैको लक्ष्य सबैलाई बचाउने मात्रै हुनुपर्छ, एउटाको आम्दानी अर्कोलाई बाडेर खुशी पार्ने या घाटा कम गर्ने होईन।

संवेदनशिल होउ, तंथ्याङ्क संकलन गरौं, योजना बनाउं, हुन सक्ने श्रोत र यस्तो श्रोतको प्रभावकारी सदुपयोगीतामा काम गरौं। यो संकटको बेला अध्ययन, योजना, सदासयता, सुझबुझ, ईमान्दारी र जिम्मेवारीलाई आत्मसात गरौं।   सरकार विश्वासिलो, नियामक दुरदर्शी, व्यबसायी ईमान्दार र नागरिक जिम्मेवार बन्यौं भने यो संकट बाट पार पाउन सक्छौं।  हतारमा निर्णय गरेर, पछि पछुताउनु नपरोस्!!

जय होस्, शुभ होस्!!

ज्योति लाईफको सीईओमा प्रकाश विक्रम खत्री नियुक्त

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्री नियुक्त भएका छन । कम्पनीको  संचालक समितिको वैठकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ नियुक्तीका स्विकृति बीमा समिति बैशाख १७ गतेको पत्रबाट स्वीकृती प्राप्त गरेको थियो ।

ज्योति लाईफ इन्स्योरेन्सको स्थापनादेखि नै कार्यकारी उपप्रमुखको रुपमा कम्पनीको व्यवस्थापन कालदेखि नै कार्यरत थिए । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिंङ्ग, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासिल गर्नु भएका खत्रीले बेलायतको सबै भन्दा ठुलो बैंक बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए ।

बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक विताए पछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गरेका थिए ।

व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दखल भएका खत्रीको प्राथमिकता सहभागितामुलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत शुसाशन, ग्राहकमैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ ।

नेपाल लाइफको २० औं वार्षिकोत्सवको अवसरमा ८ लाख ४७ हजार बराबरको सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।

आफ्नो २० औं वर्ष प्रवेशको उपलक्ष्यमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरुको आप्mनो तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध–बृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ । जस अन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरेको छ ।

त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ ।

सेञ्चुरी बैंक र एफवान सफ्टबीच समझदारी

सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स् मार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ।

सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा     क्युआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ। सेञ्चुरी पेमा आफ्नो मोबाईल मार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिङ्गर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ। एफवान सफ्टले तयार गरेको यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको विज्ञप्तिमा उल्लेख छ।

देशकै कान्छो वाणिज्य बैंकको रुपमा स्थापित सेञ्चुरीका १ सय १३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ वटा एटिएम सञ्चालनमा छन्।

राष्ट्र बैंकका पछिल्ला निर्देश्नको पालना गर्दै ज्योति विकास बैंकले काम शुरु गरेको छ

पारसराज कडेल अब चिनाई राख्नु पर्ने नाम भएन उनी हालै नेपालको सक्षम र सबल विकास बैंक ज्योति विकास बैंक लिमिटेडका का.मू. सीइओ नियुक्त भएक छन् । यूवा बैंकरहरुको सूचिमा थप एक दक्ष र अनुभवी बैंकर पाएको छ ज्योति विकास बैंकले भन्दा अब चाहि फरक पर्दैन । भारतको आईसिआईसिआई बैंकबाट बैकिङ्ग करियर शुरु गरेका कडेलले करिब २ दशकको बैकिङ्ग अनुभव बटुलेका छन् । स्टेण्डर फाइनान्स कम्पनी हुँदै सिभिल बैंक लिमिटेडमा काम गरेका पारसराज कडेल हाम्रो विकास बैंक लिमिटेडमा सीइओ भएर काम गरिसकेका युवा बैंकरका रुपमा परिचित नाम हो । केही दिन अगाडी ज्योति विकास बैंक लिमिटेडमा का.मू. सीइओमा कडेल नियुक्त भएका हुन् ।

अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही वैशाख २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा पनि ज्योति विकास बैंकहरुले सेवा प्रदान गरिरहेका छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका ज्योति विकास बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेका छ ।
ज्योति विकास बैंक मात्रै खुलेका छ । कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ । २ प्रतिशत ब्याज छुटको असर यी र यसै विषयमा ज्योति विकास बैंकका का.मु. सीइओ पारसराज कडेलसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः–

० हामीलाई थाहा नै छ कोरोना भाईरसको आक्रमणबाट विश्व नै त्रसित छ । हजारौले ज्यान गुमाएका छन् । लाखौं बिरामी छन् । नेपाल अहिले लकडाउन छ । यो विशम परिस्थितिमा ज्योति विकास बैंकले कस्तो सेवा दिइरहेको अवस्था छ ?
अहिले उच्च सचेत भएर सेवा दिनु पर्ने बेला छ । हामी ग्राहकहरुलाई पैसा झिक्न नपाएर औषधी र खाद्यान्न किन्न नपाइने अवस्था पटक्कै आउन दिने छैनौ ।
हामीले फरक फरक दिन गरी सबै शाखा खोली सेवा दिएको अवस्था छ । अरु विकास बैंकले पनि ग्रामीण र शहरी सबै ठाउँमा यो दुखको घडीमा जीवनलाई जोखिममा राखी सेवा दिएका छन् र बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं । साथै ज्योति विकास बैंकले १०५ शाखा रहेपनि १ पछि अर्को गर्दै ५२÷५३ शाखाबाट सेवा दिएका छौं ।

० कारोबार चाहि यो विषम र अप्ठ्यारो बेला बस्तो छ नि ?
अलिक कमै नै छ । १५ देखि २० वटा कारोबार एउटा शाखाबाट भएको अवस्था छ । डिपोजिट गर्ने र पैसा निकाल्ने काम भएको हो । चेक क्लियरिङ्ग र रेमिटेन्स भुक्तानी सदा झै भएकै छन् । राष्ट्र बैंकको निर्देशन पछि गरि थप कर्जा आवश्यकता हेरि दिन प्रक्रियाको थालनी गरेका छौं ।

यो विषय र अप्ठ्यारो बेला काम गर्ने कर्मचारीहरुको बीमा हाम्रोमा छ । केही भबीतव्य भए हामीले कर्मचारी कल्याण कोष बनाएका छौं । त्यसबाट सहयोग हुन्छ र अर्को कुरा अहिले आएको कोरोना बीमा कर्मचारी साथीहरुको गर्ने बारे हामी छलफलमै छौं ।

० नेपाल राष्ट्र बैकले हालै २ प्रतिशत कोरोना पीडित क्षेत्रलाई राहत स्वरुप ब्याज घटाउने कुराको पनि निर्देशन आएको होला के यो लागु हुन्छ त ?
हुन्छ दिन नहुने रेगुलेटरले निर्देशन दिएपछि लागु गर्ने दायित्व हामी बैंकहरुको हो । वैशाख देखि भनेको छ । हामी व्यवस्था मिलाउदैछौं ।

० देश लकडाउन भएको अवस्थामा खुलेका बैंकका शाखामा काम गर्ने कर्मचारीहरुको स्वास्थ्य अवस्थाबारे चाहि के सोच्नु भएके छ, सीइओ साब ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी हाम्रा सम्पत्ती हुन् । हाम्रो पहिलो प्राथमिकता भनेकै कर्मचारी साथीहरुको सुरक्षा नै हो ।
त्यसकारण सेनिटाइजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं । ज्वरो नाप्ने मेसिनको व्यवस्था गरेका छौं । ज्वरो आएका ग्राहकहरुलाई बैंक प्रवेश निषेध छ । केही टाढाबाटै कारोबार गर्ने व्यवस्था मिलाईएको छ । उनीहरुलाई ल्याउने लैजाने व्यवस्था गरेका छौं नि ।

० कर्मचारीहरुलाई सुविधा के कस्ता दिनु भएको छ नि ?
यो रेगुलर नै काम हो । यो विषय र अप्ठ्यारो बेला काम गर्ने कर्मचारीहरुको बीमा हाम्रोमा छ । केही भबीतव्य भए हामीले कर्मचारी कल्याण कोष बनाएका छौं । त्यसबाट सहयोग हुन्छ र अर्को कुरा अहिले आएको कोरोना बीमा कर्मचारी साथीहरुको गर्ने बारे हामी छलफलमै छौं ।

० राज्य कोषमा चाही कस्तो सहयोग गर्नु भएको छ ?
हामीले सामाजिक उत्तरदायित्व कोषबाट विभिन्न शाखाबाट सानो सानो स्थानीय तहमा राहत दिएका छौं । केन्द्रिय कोषमा के गर्ने भन्ने बारे छलफल गर्दैछौं । लकडाउनको अवधी र रोगको प्रकृती हेरेर हामी निर्णण गर्ने पक्षमै छौं ।

० बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको रिजल्र्ट आउँदै छ । यसलाई चाही अब कसरी हेर्ने त ?
अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन । यो भन्दा माथीको कुरा छ । स्वास्थ्य यसबारे सबैले सोच्नु प¥यो । जनता तपाई, हामी परिवार बच्नुप¥यो । देश बचाउनु प¥यो ।
देशको अवस्था राम्रो भएपछि सबै राम्रो हुन्छ । ढिलो चाडो नाफा कमाउला । हिजो भूकम्प पछि पनि हामीले प्रगति गरेकै हो । अर्को कुरा के पनि छ भने रिजल्टमा पक्कै असर देखिन्छ । खुद नाफामा फरक नपर्ला तर वितरण योग्य नाफा खुम्चिने चाही पक्कै छ । यो १० प्रतिशत र २ प्रतिशत ब्याज छुटले नाफामा असर गर्ने देखिन्छ । हाम्रो बैंकबाट मात्रै करिब १२÷१५ करोड ब्याजको छुट दिनुपर्ने देखिन्छ । त्यसकारण असर पर्ने त भैहाल्यो नि ।

जनशक्तिलाई अब विदेश पठाउनु हुँदैन । देशको काँचुली फेर्न तर्फ लगाउनु उचित होला । यसलाई राजनीतिक दल र तीनका नेताको इच्छा शक्ति हुनु पर्दछ । हामी त माध्याम मात्रै हौ । इमान्दारिता हुनुप¥यो । अर्को पक्ष कोरोनाको फाइदा पनि छ । त्यो हो परिवारसंग आएको जनशक्ति हाम्रो सम्पत्ती हो । यसलाई आफ्नै देशमा रोजगार दिनु पर्दछ ।

० अहिले यो विशम परिस्थितिमा विकास बैंकहरुले डिपोजिटका व्याजदर घटाएको अवस्था पनि छ नि कारण के होला ?
हो हामीले घटाएका छौं । निक्षेपमा व्याजदर घटेपछि कर्जामा पनि घट्ने निश्चित छ । हाम्रो बैंकले त साना कर्जामा ब्याज यसभन्दा अगाडी नै घटाएको छ । कष्ट फाण्ड ०.३ प्रतिशतले घटेपछि कर्जा ब्याजदर पनि घट्नेनै छ ।

० कोरोनाले देश फर्किएका लाखौं नेपालीले अब के गर्ने हो त ?
अत्यन्तै सान्दर्भिक र मार्मिक प्रश्न सोध्नु भयो । यसमा धेरै कुरा छन् । राज्यले तीन खम्बे नीति ल्याएर अब कृषिका उत्पादनलाई अगाडी ल्याउनु जरुरी छ । जुन जनशक्ति नेपाल आएका छन् । उसलाई कृषि उत्पादनमा लगाउनु पर्दछ । तपाईलाई थाहा छ । नेपालमा महिनामा साढे २ अर्बको चामल, १ अर्बको तरकारी, १ अर्ब बराबरकै फलफूल विदेशबाट आउने गरेको देखिन्छ । यो रोक्नु प¥यो । उत्पादकत्व बढाउनु पर्दछ ।

अबका दिनमा फाइनान्स, बैंक, विकास बैंक र गाउँगाउँका सहकारी संस्थाबाट कर्जा लिएर कृयिा उत्पादन बढाउन राज्य लाग्नु प¥यो । हामी राज्यलाई साथ दिन तयार छौं । यो जनशक्तिलाई अब विदेश पठाउनु हुँदैन । देशको काँचुली फेर्न तर्फ लगाउनु उचित होला । यसलाई राजनीतिक दल र तीनका नेताको इच्छा शक्ति हुनु पर्दछ । हामी त माध्याम मात्रै हौ । इमान्दारिता हुनुप¥यो । अर्को पक्ष कोरोनाको फाइदा पनि छ । त्यो हो परिवारसंग आएको जनशक्ति हाम्रो सम्पत्ती हो । यसलाई आफ्नै देशमा रोजगार दिनु पर्दछ ।

० पर्यटन, यातायात, एयरलाइन्स होटलको त व्यापार बन्द छ नि यी क्षेत्रमा चाही कसरी बैंकहरु अगाडी बढ्ने देख्नु भएको छ ।
५ करोड भन्दा माथीको कर्जा राष्ट्र बैंकले हेर्ने कुरा गरेको छ । हामीले १ करोडका कर्जा बारे अध्ययन गरिरहेकाछौं । तपाईले भनेजस्तै पर्यटन, यातायात, एयरलाइन्स र होटललाई लकडाउनले ठूलो असर पक्कै पारेको छ । यी क्षेत्रमा १० प्रतिशत थप कर्जा बढाउन पनि राष्ट्र बैंकले भनेको छ । अर्को पक्ष यस कर्जाका धितोका कुरा पनि हेर्नुपर्ने हुन्छ । त्यसकारण असहज परिस्थितिलाई सहज बनाउँदै अगाडी बढ्नु पर्ने देखिन्छ । राज्य र राष्ट्र बैंकले पनि सोच विचार गरेर नै निर्देशन दिएको होला हामी काम गर्न तयार नै छौं ।

० कोरोना भाईरसको पाठ सिक्दै अब चाही के तयारी गर्नु पर्ला ?
हेर्नुहोस सबै कुरा भोगेका हामी नेपालीले लकडाउन भोगिरहेका छौं । यसबाट धेरैकुरा सिक्नु पर्दछ । रोगसंग लड्ने उपकरण, रोगथामका उपायको खोजी अब राज्यले गर्नु पर्ला । साना ठूला अस्पताल बनाउदै डाक्टर नर्स उत्पादन गर्नुपर्ला । यसका लागि हामी तयार छौं । बैंकहरुले कर्जा लगानी गर्दै र राज्यलाई साथ दिनपछि पदैनौ । अको कुरा अब डिजिटल अर्थतन्त्र चाहिन्छ । बैंकहरुले शुरु गरेका छन् । अब राज्यले पनि शुरु गर्नु प¥यो ।

० रेमिटेन्स घटेको छ, उद्योग धन्दा बन्द छन् । यसले बैंकको तरलतामा चाहि कति असर पर्ला ?
यसले तरलतालाई असर अब देखा पर्ने अवस्था चाहि आएको छ । कर्जाके डिमान्ट पनि घट्ने देखिन्छ । रेमिटेन्सलाई दिएका कर्जा पनि छन् । यि कर्जालाई बचाउन जोखिम बढ्ने छ । बैंक र वित्तिय क्षेत्र भन्दा पनि यसले देशकै अर्थतन्त्रलाई ठूलो असर गर्नेछ र त्यसको अवसर अन्य क्षेत्रमा पर्ने त निश्चित नै देखिन्छ ।

० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं । आफू बचौं, परिवार र जनता र देश बचाऔं । केही सिकौं । अर्थतन्त्र बचाउने प्रयास गरौं ।

कोरोना सगैं ध्वस्त शेयर बजार– उकास्न के छ उपायहरु?

कोरोनाको कहर सगैं सबै देशको शेयर बजार अोरालो लाग्यो।क‍ोरोना संक्रमणबाट वच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम बिकल्प भए पछि संसारले नचाहेर पनि लकडाउनमा जानू पर्यो।बस्तु अोसार पसार र मानिसको अावागमन ठप्प भए पछि शेयर बजार पनि बन्द हुने नै भयो।नेपालमा  चैत्र १० गतेबाट बन्द भएको शेयर बजार क्रमश थपिदै बैशाख २५ गते सम्म पुगिसकेको छ।४५ दिन लगातार शेयर बजार बन्द हुँदै गर्दा लगानिकर्तामा छटपटि बढदै गईरहेको छ।लकडाउनमा गएका कतिपय देशका शेयर बजार खुल्दै गएका छन।नेपालको बन्द शेयर बजार प्रति अन्तराष्ट्रिय चासो पनि बढन थाले पछि लगानिकर्ता, ब्रोकर,नेप्से र नियामक निकाय पनि सक्रिय हुन थालेका छन र सबै जसो शेयर बजार खोल्नु पर्छ भनी लबिगंमा लागेको पाईन्छ।

लगानिकर्ताको मानसिकता:-
-शेयर बजारमा करिब करिब १८ लाख भन्दा बढि शेयरधनिको लगानि छ।संख्याको हिसाबले ९० प्रतिशत भन्दा बढि साना लगानिकर्ताहरु छन।सानो सानो पुंजी शेयरमा लगानि गरि नाफा कमाउने र खाचो परेको बेला बेचेर काम चलाउने प्रकृतिका लगानिकर्ता बढि छन।पटक पटकको लकडाउन थपिए संगै तीनमा छटपटाहट बढदै गएको छ। उधोग ब्यवसाय सबै बन्द छ,अधिकान्स ब्यवसायीको केही न केही शेयरमा लगानि छ।नगद प्रवाह नभएको अवस्थामा स‍ोहि शेयर बिक्रि गरि काम चलाउन खोज्नेको पनि हात बाधिएको छ।तेसैले सबैको ध्यान शेयर बजार तिर छ।

अहिले शेयर बजार खोल्ने र नखोल्ने बिचको बहस व्यापक हुँदै गएको छ। शेयर बजारका पंडितहरु,ब्रोकरहरु, ठुला लगानिकर्ताहरु कसै गरि पनि बजार खोल्नु पर्छ भन्ने लबिङंमा छन।फागुनमा ईण्डेक्स १६३२ हुदा शेयर बेचेर बसेकाहरु घटेको बजारमा किन्ने दाउंमा छन। कोरोनाको त्रासमा बजार लकडाउन अघि १२५१ पुगेको र खुले पछि पुन: घटने अनुमान गरेकाहरु जसरि नि बजार खोलाउन मरिहत्ते गरिरहेका छन।ठुला लगानिकर्ता जो उधोगि ब्यवसायी पनि छन ती चाहिँ बजार खुले पछि शेयर बाक्रि गरि अाफ्नो खर्च धान्न र  ब्यवसायको चालू पुजीं जोहो गर्ने शुरमा छन।
खरिद बिक्रि दुबैमा कमिशन कमाउने ब्रोकरहरुको अामदानी शून्य भएकोले उनिहरुलाई निन्द्रा लाग्न छोडेको छ। उनिहरु पनि कसैगरि बजार खोल्ने लबिङंमा लाग्नु स्वभाबिकै ह‍ो।ठुला लगानिकर्ता, शेयर पंडित, ब्रोकर तथा अन्तराष्ट्रिय दबावको अगाडि नेप्से र नियमक निकाय सरकारको स्पष्ट निर्देशन नअाएको कारण असहाय देखिन्छन।तर पनि फेस सेभिङंको लागि बजार खोल्नेहरुको कित्तामा उभिएका छन।

तर अर्को तिर रहेका लाखौ साना लगानिकर्ता जो जहिले पनि बढदो बजारमा लोभमा परेर उच्च दरमा किन्ने गरेका छन ती सबै एकदम त्रासमा छन। देशको समग्र अर्थ ब्यवस्था ध्वस्त भएको बेला बजार खुलेमा बढने सम्भावना प्रति बिस्वस्त नभएका ती साना लगानिकर्ता कहि बजार क्र्यास भएर अाफ्नो पुजीं नै डुब्ने त हैन भनी भयभित छन।तेसैले केही ठोस संकेत नअाई लकडाउन भरि बजार खुल्नु हुदैन भन्ने मनासिकतामा छन।

बजार खोल्नु पर्छ पछाडिको तर्कहरु:-
ठुला लगानिकर्ता,ब्रोकर, नेप्से, नियमक निकाय समेत बैशाख २५ पछि लकडाउन होस या नहोस जुन अवस्थामा भए पनि निम्न कारणले शेयर बजार खोल्नु पर्छ भनिरहेका छन।
१)बजार खुले पछि संक्रमण अवस्थामा पनि लगानि गर्ने उपयुक्त स्थान शेयर बजार नै भएकोले लगानिकर्ता उच्च मनोबलका साथ खरिद बिक्रिमा लाग्ने।
२)विश्व परिबेशमा लकडाउन पछि खुलेका अधिकाशं देशका शेयर बजार बढेको छ, नेपालको बजार नि बढने।
३)नेपालको शेयर कारोबारको ८० प्रतिशत भन्दा बढि हिस्सा बैकं,बिकास बैकं,लघु बित्त,बित्त कंपनि,बीमा कंपनिहरुको रहेको छ।यी सबै नाफामा रहने भएकोले बजार घटने संभावना नरहेको।
४)कोरोनाको प्रारम्भ सगैं फागुनको मध्य तिर रहेको शेयर ईण्डेक्स १६३२ र कारोबार रकम ४ अर्ब ८४ करोड थिय‍ो।कोरोना असर बढदै जादा  घटेर १२५१ र रकम १९ करोड ४६ लाख भैसकेकोले कोर‍ोना करेक्सन पहिले नै भैसक्यो।अब पुन: घटने संभावना नरहेको।
५)लकडाउन अवधिमा कर्जा प्रवाह नभई बैकंहरुमा तरलता बढने र र बढेको फण्ड सजिलो ,छिटो र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने क्षेत्र शेयर नै भएकोले थप कर्जा प्रवाह हुने।
६)बिगतको ईतिहास हेर्दा पनि बियरिस ट्रेण्ड पछि बुलिस ट्रेण्ड अाउने भएकोले अब बजार बढने संभावना रहेको।
७)अर्थतन्त्र सोचनिय अवस्थामा भएकोले शेयर बजार प्रति सरकारको पनि सकारात्मक प्रयास रहने र संस्थागत लगानिकर्ता नि प्रबेश गरि बजारलाई तल अाउन नदिने।

बजार खोल्न हुन्न पछाडिका तर्कहरु:-
कोरोना समस्याको प्रभावकारी र ठोस ब्यवस्थापन नगरि बजार ख‍ोल्दा क्र्यास हुने संभावना र यसबाट लाखौ स‍ोझा  साझा लगानिकर्ताको लगानि डुब्ने डरलाई नि बिचार पुर्याउनुु जरुरी छ।
१) भारत लगायत बिकसित देशको शेयर बजार पुर्णत स्वचालित भई सकेकोले घर घरबाट कारोबार गर्न सक्ने भएकोले लकडाउनमा पनि कार‍ोबार संचालन गरे।हामी कहाँ
शेयर अर्डर र ईडिअाईएसबाट शेयर ट्रान्सफर बाहेक सबै म्यानुअल तरिकाले संबन्धित कार्यालयमा गएर गर्नु पर्ने भएकोले लकडाउन हुन्जेल कारोबार गर्न गराउन संभव नै नहुने।
२) अमेरिका भारत लगायत धेरै देशले क‍रोनाको कारण ध्वस्त अर्थ ब्यवस्थालाई  पुनरोत्थान गर्न राज्यको ढुकुटिबाट अर्बौ खर्बौ स्टिमुलस(नगद) लगानि गर्ने घोषणा गरे।लकडाउन पछि बजार खोल्दा ईण्डेक्स बढेको देखियो।भारतिय रिजर्भ बैकंले ५०००० करोड,अमेरिकाले १ खर्ब डलर,मलेशियाले ४.६ अर्ब डलर,टर्किले १५.४ अर्ब डलर, ईटलिले २७.३ अर्ब डलर जस्तै प्राय:धेरै देशले उधोग ब्यवसाय र बेरोजगारलाई राहत दिने भए। हामी कहाँ लकडाउन भएको ४० दिन भईसक्दा पनि सरकार र केन्द्रिय बैकं उधोग ब्यवसाय र पिडित बर्गलाई बचाउन राहतको ठोस कार्यक्रम र थप लगानिको घोषणा गर्न सकेका छैनन।अनि के अाशामा बजार खुले पछि बढने हो, क्र्यास नै हुने धेरै संभावना रहेको।
३) शेयर कारोबार पोर्टफोलियोको ८० प्रतिशत बैकं,बिकास बैकं, फाईनान्स कंपनि, लघु बित्त, र बीमा कंपनिक‍ो छ।अहिले सम्म हेर्दा सुरक्षित देखिन्छन।सबैको अनुमान बजार खुल्दा यी कंपनिको शेयर मूल्य घटदैन।११ चैत्रबाट लकडाउन भएकोले पहिलेको मुनाफा र प्रोभिजनमा चलखेल गरि तेश्रो क्वाटरको बैलेन्सिट राम्रो अाउला।तर  ऋणको ब्याज दर कटौती, शून्य सावा ब्याज असुलि,अन्य जिरो अामदानी र लकडाउन पछिको चेन असरले २०७७ अाषाढमा प्रोभिजनमा चलखेल गरिएन भने सबैको बित्तिय अवस्था नाजुक हुने निश्तित छ।तेसैले २०७६ चैत्रको बासलात हेरि शेयर खरिद गर्ने सबै फस्ने पक्का छ।अनि खुलेको बजारमा टाठा बाठा बिक्रि गरि निस्कने र फस्ने चाहिँ उहीँ स‍ोझो साना लगानिकर्ता नै हुने।

बजार खोलाउने र टिकाउने उपायहरु:-
शेयर बजारमा मागं र अापुर्तिले कारोबारको मात्रा र ईण्डेक्सलाई निर्धारण गर्ने हो।मांग राम्रो हुनलाई कंपनिको परफरमेन्स,ईमेज र प्रतिफल राम्र‍ो हुनु जरुरी छ।पुजीं बजार प्रति नियमक र सरकारको सकारात्मक सोच र सोही अनुसार नीति र कार्यक्रम अाउनु पर्छ।अनि समग्रमा देशको अर्थतन्त्रको भबिष्य राम्रो देखिनु पर्छ।बिकसित मुलुक जस्तो शेयर बजार हामी कहाँ अझै परिपक्व हुन सकेको छैन।नियमक निकाय र मन्त्रीहरुले न सोचेर जे पनि बोलिदिने,कंपनिहरुको भित्रि सुचनाको गलत तरिकाले प्रयोग हुने,शेयर खेलाडिहरु नै संचार माध्यममा बनावटि समाचार निकाल्न लगाई शेयर कारोबारलाई प्रभावित गर्ने कार्य हामी कहाँ सामान्य कुरा भैसकेको छ।तेसैले यी सबै कुराहरुलाई बिचार गरि लकडाउन खुले पछि मात्र निम्नानुसार वातावरण नि बनाउदै जाने र सुरुमा सिमित कारोबार गर्दै लगानिकर्ताक‍ो मन‍ोबल बढाउदै कारोबार बृद्धि तर्फ लाग्नुमा नै सबैको हित छ।
१)केन्द्रीय तथ्याकं बिभागले हालै मात्र ८ प्रतिशतको अार्थिक वृद्धि दरको लक्ष कोरोनाको कारण २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।भन्नुको अर्थ कृषि बाहेक सबै क्षेत्र गंभिर संकटमा पर्ने देखिन्छ।कोरोना प्रभावित देशले अर्थतन्त्र उकास्न जिडिपिको १४ प्रतिशत सम्मको स्टिमुलस लगानि गरेका छन।नेपालले पनि कुल जिडिपि ३२ खर्ब ९ अर्बको ३ प्रतिशत बराबर १ खर्बको राहत प्याकेज डबैकं ,उधोग ब्यवसाय, बेरोजगार ब्यक्ति,कृषक र श्रमिकको लागि घोषणा गर्नु पर्छ।येसले लकडाउन पछि खुल्ने शेयर बजारलाई उकास्न मदत गर्छ।
२)शेयर कारोबार पुर्णत स्वचालित गर्ने भनेको पनि लामो समय भैसक्यो।अब निस्चित समय तोकेर बैकं ,ब्रोकर , लगानिकर्ता ,डिपि, सिडिएससि र क्लियरिङं बैकं खाता संगको ईन्ट्रेगेशन छिटो गर्ने र अाईपियस भुक्तानिको सिमा बढाउन प्रयास गर्ने।
३)सबै लगानिकर्ताक‍ो मेरो शेयरमा खाता खोल्न लगाउने र खाता हुनेको रु १०० लिएर गरिने नबिकरण यो पटकलाई स्वतःगर्ने वा अाषाढ भित्र शुल्क लिने गरि गर्ने।
४)शेयर कारोबार बढाउन बैकं कर्जाको ठूलो भुमिका हुन्छ।६५ प्रतिशत सम्म कर्जा र २० प्रतिशत घटदा सम्म मार्जिन कल नगर्ने  ब्यवस्था रहेको छ।शेयर कर्जाको जोखिममा बैकंलाई पनि सुरक्षित राख्ने गरि हालको शेयर मुल्यको रकममा सावा ब्याज गरि ८० प्रतिशत भित्र हुने गरि नबिकरणको सुबिधा दिनु पर्ने।थप शेयर कर्जा दिन नेराबैकंले सरल प्रक्रियाको निर्देशन जारि गर्नु पर्ने।
५)बिकसित देशमा नगद लाभाशंले शेयर मूल्य बढछ भने हामी कहाँ बोनस शेयरले बजार बढाउछं।क‍ोरोनाको असरबाट बैकिङं क्षेत्रको बित्तिय संतुलन कायम राख्न तथा तरलताको कमि हुन नदिन भारतको केन्द्रीय बैकंले नगद लाभाशंमा र‍ोक लगाई सक्यो।नेपाल राष्ट्र बैकंले बैकिङं क्षेत्रमा,बीमा समितिले बीमा कंपनिमा र सरकारले दुरसंचार,नागरिक लगानि कोष लगायतमा नगद लाभाशं बितरणमा रोक लगाउनु पर्छ।बोनस शेयरको अाशामा बजार घटन पाउदैन।
६)लकडाउन पछि शेयर बजार पुर्ण रुपमा खोल्दा कोरोनाको भयावह असरको कारण अझै क्र्यास हुने ठूलो संभावना छ।संकटको अवस्थामा नियन्त्रित कारोबार गर्नु उत्तम हुन्छ।अत: पहिलो हप्ता १ घण्टा कारोबार समय र एक ब्यक्तिले प्रति  कंपनि ५०० कित्ता खरिद बिक्रि गर्ने,दोश्रो हप्ता २ घण्टा १००० कित्ता,तेश्रो हप्ता ३ घण्टा ३००० कित्ता र चौथो हप्ता देखि पुर्णकालिन खोल्दा असर कम हुँदै जान्छ र संभावित क्र्यासलाई र‍ोक्न नि सकिन्छ।१० प्रतिशतको सर्किट ब्रेकरलाई केहि समय ५ प्रतिशतमा राखि अनुगमन र नियन्त्रण गर्न सकिने।
७)शेयर बजारमा लगानिकर्ताको मनोबल उठाउन र बजारलाई गिर्नबाट जोगाउन संस्थागत लगानिकर्ता, डिलर, मार्केट मेकर, म्यचुअल फण्ड, बीमा कंपनि,संचयकोष लगायतलाई लगानि गर्न प्रोत्साहन गर्ने तथा सरकार र  राष्ट्र बैकंले नीति नियम बनाउदा शेयर बजारलाई सप‍ोर्ट हुने गरि बनाउने र सकारात्मक रुपमा सार्बजनिक धारणाहरु राख्ने।
८) सरकारक‍ो राजस्वको श्रोत कम हुँदै गएको छ।पुजींगत लाभ कर घटाउन न सकिए पनि ब्यक्तिगत लगानिकर्ताको अग्रिम काटिएक‍ो करलाई अन्तिम मानिने ग्यारेन्टि गर्दा पनि लगानिकर्ताक‍ो मनोबल बढने देखिन्छ।

यसरी समग्रमा भन्नु पर्दा देशको ढुकुटिबाट उधोग ब्यवसाय ,बैकं र अन्य क्षेत्रलाई ठोस राहतको घोषणा गरि शुरुको केही दिन नेप्सेमा नियन्त्रित कारोबार गरि क्रमश:  बढाउदै लग्दा क्र्यास हुनबाट ज‍ोगांउछ र लगानिकर्ताको मनोबल पनि बढि सबैको हित हुने देखिन्छ। (रमेशकुमार भट्टराई, सिईओ, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लि)

बैंक तथा वित्तीय क्षेत्रले गरेको लगानी उठ्न सक्ने अवस्थामा छैन

अहिले हामी असाधारण अवस्थामा छौं । गएको २५ वर्षमा नेपालको इतिहासमा यस्तो अवस्था कहिले पनि आएको थिएन । थुप्रैले रोजगारी गुमाएका छन् । उद्योग व्यवसाय बन्द छन् । आर्थिक गतिविधि करिब ३ महिनादेखि ठप्प छ । पर्यटन क्षेत्र आगामी २/३ वर्षसम्म पुर्नउत्थान हुन सक्ने अवस्था छैन । बाह्य पर्यटक अब आउने सम्भावना अत्यन्त कम छ ।

विदेशमा काम गर्न गएका र रेमिट्यान्स पठाइरहेका कामदार पनि फर्कने सम्भावना छ । त्यसैले, व्यापक रुपमा माग घटेको र आपूर्ति अवरोध सिर्जना भएको सन्दर्भमा बनाउन लागिएको बजेट सामान्य वर्षमा बनाउने बजेट जस्तो हुनु हुँदैन ।
अबको बजेट सामान्य अवस्थाको भन्दा अलग र भिन्न हुनुपर्छ । बजेटका विशेषताहरू फरक हुनुपर्छ । अहिले ठूला आयोजनामा ध्यान दिनुभन्दा ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुने स–साना पूर्वाधार सम्बन्धि आयोजनाहरूमा बजेट केन्द्रीत हुनुपर्छ । जसले तत्कालिन रोजगारी सिर्जना गर्नुका साथै साना तथा मझौला आयोजना सञ्चालन तथा बजारसँगको सम्पर्क विस्तार गर्न सहयोग पुर्याउँछ । कृषिलाई व्यवस्थित र आधुनिकीकरण गर्नका निमित्त सहयोग पुर्याउँछ । यसका साथै ग्रामीण जीवन सहरको जस्तो सुविधायुक्त बनाउने यातायात, सञ्चार, बैंक तथा वित्त, शिक्षा, स्वास्थ्य पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्छ ।

त्यसैले लगानीको आकार १७ सय अर्ब, १८ सय अर्ब महत्वपूर्ण होइन । लगानी आकार यस्तो हुनुपर्यो जसले ग्रामीण क्षेत्रमा पनि सहरको जस्तो सुविधा सम्पन्न र आर्थिक गतिविधि सञ्चालन हुन सकोस् हाम्रो स्वास्थ्य सेवा कोभिड–१९ को कारण नाङ्गै भुतुङ्गै देखियो । स्वास्थ्य सेवा स्तरयुक्त रहेनछ भन्ने  कुरा आम नागरिक र शासकले पनि महसुस गरे । यस्तो अवस्थामा निजी स्वास्थ्य सेवाभन्दा सरकारी, सार्वजनिक सेवा प्रभावकारी हुनुपर्दो रहेछ भन्ने बुझियो ।
शासकले पनि स्तरयुक्त स्वास्थ्य सेवा नभएको महसुस गरेका छन् । स्वास्थ्य सेवामा पूर्वाधारको कमी देखिएको  छ । अस्पतालमा बेड संख्याको कमी, चिकित्सक, उपकरणको कमी, प्रयोगशालाको कमी स्पष्ट देखियो । दक्ष जनशक्तिको पहुँच गाउँ गाउँसम्म पुर्याउनु पर्ने भएको छ । स्वास्थ्यको पूर्वाधारमा व्यापक लगानी गरेर स्तरयुक्त बनाउनु पर्छ ।
करिब माघ १ गतेदेखि नै साना ठूला सबै पर्यटन उद्योगहरू संकट ग्रस्त छन् । चैत १ गतेदेखि अन्य उद्योग पनि समस्या र संकटका छन् । यस्ता उद्योगहरूले बैंकबाट लिएको ऋण तिर्ने सामर्थ्य राख्दैनन् । तरलता कम छ । लकडाउन खुलिसकेपछि यी उद्यमीलाई पुनः उद्योग सञ्चालन गर्न पैसा चाहिन्छ ।

समष्टीगत रुपमा औद्योगिक पुर्नउत्थान गर्न सरकारले सरल र सहज कर्जाको व्यवस्थाका साथै विगतमा उनीहरूले लिएका ऋणको सावा र ब्याजको  पुर्नतालिकीकरण गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकको व्यवस्थापनमा तरलता सहजीकरण गर्ने खालको पुर्नउत्थान कोष निर्माण आवश्यक छ । अर्थात, कुनै नामबाट साना, मझौला तथा ठूला उद्योगलाई पुर्नउत्थान गर्न रोजगारी पुर्नबहाली गर्नको निमित्त काम गर्नुपर्ने हुन्छ । कोरोना लगायतका अन्य कारणले अब ५ देखि ७ लाख मानिस मलेशिया तथा खाडी मुलुकबाट फर्कने अनुमान छ  । पेट्रोलियम पदार्थको मूल्य घटेको, समष्टीगत आर्थिक मन्दी आएको कारणले १५ देखि २० प्रतिशत हाम्रा कामदारले रोजगारी गुमाउने अनुमान गर्न सकिन्छ । एकातिर उनीहरू फर्किने परिदृष्य छ भने अर्कोतिर नेपालमा थुप्रै भारतीय नागरिकहरू आएर तराईका उद्योगधन्दामा काम गर्थे । अहिले तिनीहरू स्वदेश फर्किएर गएका छन् । हामी कहाँ कामदारका लागि खाली क्षेत्र पनि छ र जनशक्ति पनि छ । भारतीय कामदारले फर्केर आएर काम गर्न भ्याउनुभन्दा अगाडी नै हामीले हाम्रा जनशक्तिलाई तालिम दिएर गाँस्न सक्यौ भने भारतीय कामदारमा आश्रित हुनुपर्ने अवस्था पनि कम हुन्छ । यसरी विदेशबाट फर्केको जनशक्तिलाई रोजगारीको व्यवस्था गर्न सकिन्छ ।
काम र रोजगारीलाई जोड्ने भनेको सिपले हो । जनशक्ति भएर मात्र हुँदैन सिप भएन भने काम सम्भव हुन सक्दैन । तत्कालै सघन रुपमा हामीलाई चाहिएको जस्तो जनशक्ति उत्पादन गर्ने गरी तालिममा लगानी वृद्धि गर्नुपर्छ ।

साना र घरेलु उद्योगहरू जसले वार्षिक रुपमा एउटा तोकिएको कर तिर्छन् उनीहरूलाई त्यो कर सरकारले मिनाह गरिदिए पनि हुन्छ । साना उद्योगहरूले वार्षिक तिर्ने ५ हजार कर मिनाह गरेर सरकारलाई खासै क्षति हुँदैन भने उद्यमीलाई त्यो कर तिर्ने पैसा पनि ठूलो हुन सक्छ । कच्चा पदार्थ खरिद गरेर उसले पुनःउद्योग सञ्चालन गर्न सकोस् । उनीहरूलाई सहयोग स्वरुप त्यो कर छुट दिनुपर्छ ।
त्यो बाहेक आयकारमा छुट दिनु पर्दैन । भन्सार र अन्तः शुल्कमा चलाउनु पर्ने आवश्यकता छैन । अन्तःशुल्कको दर भने केही बढाए हुन्छ । आम नागरिकलाई राहत दिनुपर्ने अवस्था पनि छ र सरकारलाई राजस्व पनि चाहिएको छ । यस्तो बेलामा मूल्य अभिवृद्धि कर(भ्याट) को दर भने १३ प्रतिशतभन्दा तल झार्न सकिन्छ कि त्यसमा विचार गर्नुपर्ने हुन्छ ।

प्रतिशतले राजस्व बढ्ने होइन । उपभोगको मात्राले राजस्व बढाउने हो । मान्छेले सय रुपैयाँको उपभोग गरेर १३ रुपैयाँ भ्याट तिर्छन् । १३ प्रतिशत करलाई हामीले १२ प्रतिशतमा झायौं भने उपभोक्ताले उपभोग बढाएर ११० रुपैया पुर्यायो भने सरकारलाई कर त १४ रुपैयाँ आयो नि । उपभोग बढाउन थोरै पनि राहत दियौ भने उपभोग बढ्छ । अहिले हाम्रो आवश्यकता आन्तरिक उत्पादन र उपभोग दुबै बढोस् भन्ने हो । थोरै लागत अर्थात् कर कम गर्दा यी दुबे बढाउन सकियो भने  यसको असर अझ राम्रो र प्रभावकारी हुन्छ । यस सम्बन्धी मेरो आफनै अनुभव छ । म अर्थ सचिव हुँदा ३ प्रतिशत विशेष शुल्क लाग्थ्यो, सुरक्षा करको नाममा । माओवादी द्वन्द्वको बेलामा डा.रामशरण महतले शुरु गरेको कर हो यो । पहिला, त्यो कर ६ प्रतिशत थियो । पछि घटाएर ३ प्रतिशतमा झारियो । तीन प्रतिशत एकै पटक कर कटाउँदा त्यो साल राजस्व ह्वात्तै बढेको थियो । करको दर घट्दा राजस्व नबढ्ने होइन राजस्व उल्टै बढ्छ ।

यी सबै हुनुपर्छ भन्ने होइन, केही राहत दियो भने पनि राजस्वमा खासै क्षति हुँदैन । देशले ऋण उठाएर काम गर्न सक्ने अवस्था छ । अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दा पनि ऋण र कुल गार्हस्थ्य उत्पादनको अनुपात ३० प्रतिशतको हाराहारीमा छ । बरु अलि कति बढी ऋण लिएर भएपनि मूल्य अभिवृद्धि करमा १ प्रतिशतमात्रै छुट दिन सकियो भने त्यसले उपभोग बढाउन तथा उत्पादको लागत कम गर्न सहयोग पुर्याउँछ । मूल्य वृद्धिमा पनि राहत हुन्छ ।

ठूला आयोजना सम्पन्न गर्न समय लाग्छ । मुलुकभरी समानुपातिक वितरण गर्न नसक्ने आयोजनामा अहिले खर्च गर्नु हुँदैन । त्यस्ता आयोजनामा बजेट विनियोजन गर्न आवश्यक छैन । त्यसबाट तत्कालै लाभ लिन सक्ने अवस्था देखिंदैन । सांसद विकास कोषको  पैसा पनि यति बेला आवश्कय छैन ।
खाली राष्ट्रिय रणनीतिक आयोजना जसलाई हामी पासा पल्टाउने आयोजना भन्छौः भैरहवा विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल, दु्रतमार्ग लगायतका आयोजनामा पैसा लगाइ राखौं । प्रशारण लाइन, बिधुत वितरण लाइनमा पैसा लगाइ राखौ । यहाँसम्म की अहिलेको अवस्थामा मध्यपहाडी लोकमार्गमा कम बजेट दिएपनि फरक पर्दैन । किनभने अहिलेको सन्दर्भमा यो महत्वपूर्ण होइन । अहिले त ग्रामीण क्षेत्रमै रोजगारी सिर्जना गर्ने, ग्रामीण अर्थतन्त्रलाई सवल बनाउने, गाउँबाट सहर र गाउँबाट विदेश तिर जाने परम्परालाई अन्त्य गर्ने आर्थिक वातावरण तयार गर्न लगानी गर्नुपर्छ ।


चालु खर्चमा कटौती गर्न सक्ने अवस्था छैन । सरकारी संयन्त्रको जनशक्ति पनि वृद्धि गर्नुपर्ने अवस्था छ । डाक्टर तथा प्राविधिकको संख्या वृद्धि गर्नुपर्ने छ । खाली पुँजीगततर्फको अहिले नगरेपनि हुने आयोजनालाई थातिराख्न सकिन्छ । जसलाई केही समय पछि सार्दा पनि फरक पर्दैन । पार्क तथा भ्यू–टावर बनाउने बजेट ग्रामीण क्षेत्रमा लैजानु पर्यो ।

आर्थिक संकट तीन चार किसिमले आउँछ । एउटा माग घटेको वा खुम्चिएको कारणले आर्थिक मन्दी आउँछ भने अर्को उत्पादनको सम्पत्ति बिग्रिएको कारणले ।
सन् १९३० को आर्थिक संकट समग्र माग घटेका कारणले आएको थियो । त्यस्तो बेलामा सरकारले चाहिए पनि नचाहिए पनि ग्रामीण पूर्वाधार तयार गरेर रोजगारी सिर्जना गर्न हो । रोजगारी सिर्जना भएपछि आयस्रोत हुन्छ र मानिसले माग गर्न थाल्छन् ।
अर्को आर्थिक संकट भने मान्छेले माग पनि गरिरहेका हुन्छन्, तर उत्पादनकर्ताहरूको सम्पत्ति बिग्रिएर खराब भएको हुन्छ । यस्तो अवस्थामा तरलता अभावका कारण उत्पादकले लगानी गर्न सक्दैन । सन् २००८ को आर्थिक मन्दी यस्तै प्रकृतिको हो । त्यति बेला वित्तीय क्षेत्रको सम्पत्ति खराब भएको हो ।
यसको कारणले आर्थिक संकट आयो भने त्यस्तो बेलामा रोजगारी सिर्जना गर्ने माग वृद्धि गर्ने पूर्वाधारमा लगानी गरेर हुँदैन । उत्पादककर्ताहरूलाई तरलता बढी दिनुपर्छ । त्यहि भएर सन् २००८ को आर्थिक संकटमा अमेरिकाले ७८० अर्ब अमेरिकी डलरको तरलता प्रवाह गरेको थियो । बैंक तथा वित्तीय क्षेत्रले गरेको लगानी उठ्न सक्ने अवस्थामा छैन । अहिलेसम्म संसारमा विगतमा भएका संकटका जे जे कारणहरू थिए ती सबै एकै पटक आएका छन् । यी सबै किसिमका आर्थिक संकटलाई सम्बोधन गर्ने गरी आर्थिक कार्यक्रम बन्नुपर्छ ।