जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका पछिल्ला निर्देश्नको पालना गर्दै ज्योति विकास बैंकले काम शुरु गरेको छ

राष्ट्र बैंकका पछिल्ला निर्देश्नको पालना गर्दै ज्योति विकास बैंकले काम शुरु गरेको छ

पारसराज कडेल अब चिनाई राख्नु पर्ने नाम भएन उनी हालै नेपालको सक्षम र सबल विकास बैंक ज्योति विकास बैंक लिमिटेडका का.मू. सीइओ नियुक्त भएक छन् । यूवा बैंकरहरुको सूचिमा थप एक दक्ष र अनुभवी बैंकर पाएको छ ज्योति विकास बैंकले भन्दा अब चाहि फरक पर्दैन । भारतको आईसिआईसिआई बैंकबाट बैकिङ्ग करियर शुरु गरेका कडेलले करिब २ दशकको बैकिङ्ग अनुभव बटुलेका छन् । स्टेण्डर फाइनान्स कम्पनी हुँदै सिभिल बैंक लिमिटेडमा काम गरेका पारसराज कडेल हाम्रो विकास बैंक लिमिटेडमा सीइओ भएर काम गरिसकेका युवा बैंकरका रुपमा परिचित नाम हो । केही दिन अगाडी ज्योति विकास बैंक लिमिटेडमा का.मू. सीइओमा कडेल नियुक्त भएका हुन् ।

अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही वैशाख २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा पनि ज्योति विकास बैंकहरुले सेवा प्रदान गरिरहेका छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका ज्योति विकास बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेका छ ।
ज्योति विकास बैंक मात्रै खुलेका छ । कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ । २ प्रतिशत ब्याज छुटको असर यी र यसै विषयमा ज्योति विकास बैंकका का.मु. सीइओ पारसराज कडेलसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः–

० हामीलाई थाहा नै छ कोरोना भाईरसको आक्रमणबाट विश्व नै त्रसित छ । हजारौले ज्यान गुमाएका छन् । लाखौं बिरामी छन् । नेपाल अहिले लकडाउन छ । यो विशम परिस्थितिमा ज्योति विकास बैंकले कस्तो सेवा दिइरहेको अवस्था छ ?
अहिले उच्च सचेत भएर सेवा दिनु पर्ने बेला छ । हामी ग्राहकहरुलाई पैसा झिक्न नपाएर औषधी र खाद्यान्न किन्न नपाइने अवस्था पटक्कै आउन दिने छैनौ ।
हामीले फरक फरक दिन गरी सबै शाखा खोली सेवा दिएको अवस्था छ । अरु विकास बैंकले पनि ग्रामीण र शहरी सबै ठाउँमा यो दुखको घडीमा जीवनलाई जोखिममा राखी सेवा दिएका छन् र बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं । साथै ज्योति विकास बैंकले १०५ शाखा रहेपनि १ पछि अर्को गर्दै ५२÷५३ शाखाबाट सेवा दिएका छौं ।

० कारोबार चाहि यो विषम र अप्ठ्यारो बेला बस्तो छ नि ?
अलिक कमै नै छ । १५ देखि २० वटा कारोबार एउटा शाखाबाट भएको अवस्था छ । डिपोजिट गर्ने र पैसा निकाल्ने काम भएको हो । चेक क्लियरिङ्ग र रेमिटेन्स भुक्तानी सदा झै भएकै छन् । राष्ट्र बैंकको निर्देशन पछि गरि थप कर्जा आवश्यकता हेरि दिन प्रक्रियाको थालनी गरेका छौं ।

यो विषय र अप्ठ्यारो बेला काम गर्ने कर्मचारीहरुको बीमा हाम्रोमा छ । केही भबीतव्य भए हामीले कर्मचारी कल्याण कोष बनाएका छौं । त्यसबाट सहयोग हुन्छ र अर्को कुरा अहिले आएको कोरोना बीमा कर्मचारी साथीहरुको गर्ने बारे हामी छलफलमै छौं ।

० नेपाल राष्ट्र बैकले हालै २ प्रतिशत कोरोना पीडित क्षेत्रलाई राहत स्वरुप ब्याज घटाउने कुराको पनि निर्देशन आएको होला के यो लागु हुन्छ त ?
हुन्छ दिन नहुने रेगुलेटरले निर्देशन दिएपछि लागु गर्ने दायित्व हामी बैंकहरुको हो । वैशाख देखि भनेको छ । हामी व्यवस्था मिलाउदैछौं ।

० देश लकडाउन भएको अवस्थामा खुलेका बैंकका शाखामा काम गर्ने कर्मचारीहरुको स्वास्थ्य अवस्थाबारे चाहि के सोच्नु भएके छ, सीइओ साब ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी हाम्रा सम्पत्ती हुन् । हाम्रो पहिलो प्राथमिकता भनेकै कर्मचारी साथीहरुको सुरक्षा नै हो ।
त्यसकारण सेनिटाइजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं । ज्वरो नाप्ने मेसिनको व्यवस्था गरेका छौं । ज्वरो आएका ग्राहकहरुलाई बैंक प्रवेश निषेध छ । केही टाढाबाटै कारोबार गर्ने व्यवस्था मिलाईएको छ । उनीहरुलाई ल्याउने लैजाने व्यवस्था गरेका छौं नि ।

० कर्मचारीहरुलाई सुविधा के कस्ता दिनु भएको छ नि ?
यो रेगुलर नै काम हो । यो विषय र अप्ठ्यारो बेला काम गर्ने कर्मचारीहरुको बीमा हाम्रोमा छ । केही भबीतव्य भए हामीले कर्मचारी कल्याण कोष बनाएका छौं । त्यसबाट सहयोग हुन्छ र अर्को कुरा अहिले आएको कोरोना बीमा कर्मचारी साथीहरुको गर्ने बारे हामी छलफलमै छौं ।

० राज्य कोषमा चाही कस्तो सहयोग गर्नु भएको छ ?
हामीले सामाजिक उत्तरदायित्व कोषबाट विभिन्न शाखाबाट सानो सानो स्थानीय तहमा राहत दिएका छौं । केन्द्रिय कोषमा के गर्ने भन्ने बारे छलफल गर्दैछौं । लकडाउनको अवधी र रोगको प्रकृती हेरेर हामी निर्णण गर्ने पक्षमै छौं ।

० बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको रिजल्र्ट आउँदै छ । यसलाई चाही अब कसरी हेर्ने त ?
अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन । यो भन्दा माथीको कुरा छ । स्वास्थ्य यसबारे सबैले सोच्नु प¥यो । जनता तपाई, हामी परिवार बच्नुप¥यो । देश बचाउनु प¥यो ।
देशको अवस्था राम्रो भएपछि सबै राम्रो हुन्छ । ढिलो चाडो नाफा कमाउला । हिजो भूकम्प पछि पनि हामीले प्रगति गरेकै हो । अर्को कुरा के पनि छ भने रिजल्टमा पक्कै असर देखिन्छ । खुद नाफामा फरक नपर्ला तर वितरण योग्य नाफा खुम्चिने चाही पक्कै छ । यो १० प्रतिशत र २ प्रतिशत ब्याज छुटले नाफामा असर गर्ने देखिन्छ । हाम्रो बैंकबाट मात्रै करिब १२÷१५ करोड ब्याजको छुट दिनुपर्ने देखिन्छ । त्यसकारण असर पर्ने त भैहाल्यो नि ।

जनशक्तिलाई अब विदेश पठाउनु हुँदैन । देशको काँचुली फेर्न तर्फ लगाउनु उचित होला । यसलाई राजनीतिक दल र तीनका नेताको इच्छा शक्ति हुनु पर्दछ । हामी त माध्याम मात्रै हौ । इमान्दारिता हुनुप¥यो । अर्को पक्ष कोरोनाको फाइदा पनि छ । त्यो हो परिवारसंग आएको जनशक्ति हाम्रो सम्पत्ती हो । यसलाई आफ्नै देशमा रोजगार दिनु पर्दछ ।

० अहिले यो विशम परिस्थितिमा विकास बैंकहरुले डिपोजिटका व्याजदर घटाएको अवस्था पनि छ नि कारण के होला ?
हो हामीले घटाएका छौं । निक्षेपमा व्याजदर घटेपछि कर्जामा पनि घट्ने निश्चित छ । हाम्रो बैंकले त साना कर्जामा ब्याज यसभन्दा अगाडी नै घटाएको छ । कष्ट फाण्ड ०.३ प्रतिशतले घटेपछि कर्जा ब्याजदर पनि घट्नेनै छ ।

० कोरोनाले देश फर्किएका लाखौं नेपालीले अब के गर्ने हो त ?
अत्यन्तै सान्दर्भिक र मार्मिक प्रश्न सोध्नु भयो । यसमा धेरै कुरा छन् । राज्यले तीन खम्बे नीति ल्याएर अब कृषिका उत्पादनलाई अगाडी ल्याउनु जरुरी छ । जुन जनशक्ति नेपाल आएका छन् । उसलाई कृषि उत्पादनमा लगाउनु पर्दछ । तपाईलाई थाहा छ । नेपालमा महिनामा साढे २ अर्बको चामल, १ अर्बको तरकारी, १ अर्ब बराबरकै फलफूल विदेशबाट आउने गरेको देखिन्छ । यो रोक्नु प¥यो । उत्पादकत्व बढाउनु पर्दछ ।

अबका दिनमा फाइनान्स, बैंक, विकास बैंक र गाउँगाउँका सहकारी संस्थाबाट कर्जा लिएर कृयिा उत्पादन बढाउन राज्य लाग्नु प¥यो । हामी राज्यलाई साथ दिन तयार छौं । यो जनशक्तिलाई अब विदेश पठाउनु हुँदैन । देशको काँचुली फेर्न तर्फ लगाउनु उचित होला । यसलाई राजनीतिक दल र तीनका नेताको इच्छा शक्ति हुनु पर्दछ । हामी त माध्याम मात्रै हौ । इमान्दारिता हुनुप¥यो । अर्को पक्ष कोरोनाको फाइदा पनि छ । त्यो हो परिवारसंग आएको जनशक्ति हाम्रो सम्पत्ती हो । यसलाई आफ्नै देशमा रोजगार दिनु पर्दछ ।

० पर्यटन, यातायात, एयरलाइन्स होटलको त व्यापार बन्द छ नि यी क्षेत्रमा चाही कसरी बैंकहरु अगाडी बढ्ने देख्नु भएको छ ।
५ करोड भन्दा माथीको कर्जा राष्ट्र बैंकले हेर्ने कुरा गरेको छ । हामीले १ करोडका कर्जा बारे अध्ययन गरिरहेकाछौं । तपाईले भनेजस्तै पर्यटन, यातायात, एयरलाइन्स र होटललाई लकडाउनले ठूलो असर पक्कै पारेको छ । यी क्षेत्रमा १० प्रतिशत थप कर्जा बढाउन पनि राष्ट्र बैंकले भनेको छ । अर्को पक्ष यस कर्जाका धितोका कुरा पनि हेर्नुपर्ने हुन्छ । त्यसकारण असहज परिस्थितिलाई सहज बनाउँदै अगाडी बढ्नु पर्ने देखिन्छ । राज्य र राष्ट्र बैंकले पनि सोच विचार गरेर नै निर्देशन दिएको होला हामी काम गर्न तयार नै छौं ।

० कोरोना भाईरसको पाठ सिक्दै अब चाही के तयारी गर्नु पर्ला ?
हेर्नुहोस सबै कुरा भोगेका हामी नेपालीले लकडाउन भोगिरहेका छौं । यसबाट धेरैकुरा सिक्नु पर्दछ । रोगसंग लड्ने उपकरण, रोगथामका उपायको खोजी अब राज्यले गर्नु पर्ला । साना ठूला अस्पताल बनाउदै डाक्टर नर्स उत्पादन गर्नुपर्ला । यसका लागि हामी तयार छौं । बैंकहरुले कर्जा लगानी गर्दै र राज्यलाई साथ दिनपछि पदैनौ । अको कुरा अब डिजिटल अर्थतन्त्र चाहिन्छ । बैंकहरुले शुरु गरेका छन् । अब राज्यले पनि शुरु गर्नु प¥यो ।

० रेमिटेन्स घटेको छ, उद्योग धन्दा बन्द छन् । यसले बैंकको तरलतामा चाहि कति असर पर्ला ?
यसले तरलतालाई असर अब देखा पर्ने अवस्था चाहि आएको छ । कर्जाके डिमान्ट पनि घट्ने देखिन्छ । रेमिटेन्सलाई दिएका कर्जा पनि छन् । यि कर्जालाई बचाउन जोखिम बढ्ने छ । बैंक र वित्तिय क्षेत्र भन्दा पनि यसले देशकै अर्थतन्त्रलाई ठूलो असर गर्नेछ र त्यसको अवसर अन्य क्षेत्रमा पर्ने त निश्चित नै देखिन्छ ।

० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं । आफू बचौं, परिवार र जनता र देश बचाऔं । केही सिकौं । अर्थतन्त्र बचाउने प्रयास गरौं ।

22045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?