जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ

गोबिन्द गुरुङ्ग चिनाई राख्नु पर्ने नाम होइन । नेपालको बैकिङ्ग इतिहासमा दुई दर्शक भन्दा बढि विताएका गुरुङ्गले हिमालयन बैंकबाट बैकिङ्ग करियर शुरु गरेका थिए । नेपालका युवा बैंकरहरुको सूचिमा गोबिन्द गुरुङ्गको नाम आउने गरेको छ । नेपालकै कान्छो वाणिज्य बैंक सिभिल बैंक लिमिटेडका सीइओ गोबिन्द गुरुङ्ग सालिन स्वभाव र छिटो निर्णय लिने सीइओहरुको अग्र पंक्तिमा पर्दछन् ।

सन् १९९६ मे महिनामा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेरका गोविन्द गुरुङ अहिले सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । एघार वर्ष हिमालयन बैंकमा, तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको पदमा साढे तीन वर्ष र मेगा बैंकमा नायब महाप्रबन्धकको पदमा साढे दुई वर्ष र सन् २०१२ अक्टोबरमा सिभिल बैंकमा वरिष्ठ कार्यकारी अधिकृतको रुपमा काम सुरु गरेका थिए ।

हाल उनी सिभिल बैंक लिमिटेडको सिईओको रुपमा कार्यभार सम्हाल्दै आइरहेका छन् । दुई दशक बैंकिङ क्षेत्रमा बिताइसकेका गुरुङले सिभिल बैंकलाई सबल र सक्षम बनाउने अठोट कसेका मात्रै छैनन् । बैंकलाई टप दश भित्र राख्ने योजना अगाडी सारेको देखिन्छ ।

लमजुङको भुलभुलेमा निम्नमध्यम वर्गीय परिवारमा जन्मेका गोविन्द गुरुङ सिभिल बैंकको प्रमूख कार्यकारी अधिकृत बनेर धेरै युवाहरुका लागि उदाहरणीय बनेका छन् । नेपाल कमर्स क्याम्पसबाट एमबीए गरेका गोबिन्द गुरुङले जीवनमा कहिल्यै पनि राम्रोसँग पढ्न पाएनन् ।

स्कुले जीवनमा बिहान घाँस दाउरा गरेर दिउँसो विद्यालयमा जाने गरेका उनले कलेज अध्ययनका लागि विहान कलेज गएर दिउसो जागिर खाने गरेका थिए । उच्च परिवारका व्यक्तिहरुको मात्र पहुच भएको बाणिज्य बैंकहरुको सिइओमा निम्न मध्यमबर्गबाट उठेर सिइओ हुन्छु भन्ने कल्पना समेत गरेका थिएनन् । गुरुङ्गले विदेशी विश्वविद्यालयबाट डिग्री गरेकाहरुको बोलवाला भएको बाणिज्य बैंकहरुमा उनी कसरी सिइओ सम्म हुन पुगे ? उनको संघर्ष र व्यक्तित्वले नै पुष्टि गरिसकेको छ ।

अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको सक्षम र सबल बैंक सिभिल बैंक लिमिटेडले एटिएम नभएका स्थानमा शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ सिभिल बैंक लिमिटेडले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ।

शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएका छन् । बैंकको कर्मचारीहरुको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र केही दिन पछि आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर घटाएको देखिन्छ साथै कर्जाका ग्राहकहरुको खाताबाट चैत्र मसान्तमा बैंकहरुले पैसा तानेको देखिन्छ ।

नेपालको अर्थतन्त्र र नेपालको बैकिङ्ग प्रणालीलाई कस्तो असर पर्ला यी र यस्तै विषयमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० बैंकको सेवा र कर्मचारीको सुरक्षा ?
अहिले नेपालको कान्छो वाणिज्य बैंक सिभिल बैंकले अत्यन्तै राम्रो सेवा सेवा दिएको छ । हामीले एटिएम नभएका ठाउँका सबै शाखा खोली ग्राहकलाई सेवा प्रदान गरेको अवस्था छ । राजधानीका मुख्य ठाउँमा १÷१ वटा शाखा सञ्चालन गरेका छौं । जिल्लाहरुमा सबै ठाउँमा शाखा सञ्चालनमा छन् ।

जहाँ एटिएम छैन । त्यहाँ शाखा खुल्ला नै छन् । अर्को कुरा अहिले डिजिटल कारोबार र रेमिटेन्स बढि आएको छ । हाम्रो सिभिल बैंकमा पैसा झिक्ने र राख्ने चाही कम नै छन् । एलसीमा खासै नयाँ आएका चाही छैनन् । औषधी, त्यसका उपकरण र खाद्यान्नका एलसी हामीले गरिरहेको चाही छौं । सबै ग्राहकलाई दिनुपर्ने सेवा अरु वाणिव्य बैंकले जस्तै हामीले पनि दिएका छौं । अर्को कुरा कर्मचारीहरुको स्वास्थ्यको कुरा छ ।

धेरै जस्तो कर्मचारी साथीहरुलाई घरबाटै काम गर्न भनिएको छ । कम मात्रै स्टाफ अफिस आउनु भएको अवस्था छ । सबै रोगथामका उपायका साधन प्रयोग गरिएको अवस्था छ । अर्को कुरा हामीले हाम्रा सबै एटिएम मेसिनलाई सेनिटाईजिङ्ग गरेको अवस्था छ ।

हामी ग्राहकमूखी बैंक् भन्न रुचाउने बैंक भएकाले ग्राहकको फोन आउने वित्तिकै शाखा खोली पैसा दिएको अवस्था छ । यो विपतमा हामी बैंकरले नगरे कसले गर्ने हो । त्यसकारण डिपोजिटकर्ताहरुलाई पैसाको खाँचो हुन दिँदैनौ ।

० सिभिल बैंकको राज्य कोषमा सहयोग र राहत ?
सिभिल बैंकले ८७ लाख राज्यलाई सहयोग गरेको अवस्था छ । हामीले सामाजिक उत्तरदायित्व कोषबाट ४३ लाख ५० हजार केन्द्रिय कोषमा, स्टाफहरुको १ देखि ३ दिनको तलब र बोर्ड मिटिङ्गको १ दिनको भत्ता १७ लाख पनि दिने निर्णय गरेका छौं । ७ वटै प्रदेशमा ५/५ लाखका दरले ३५ लाख दिएका छौं । बाँँकी रहेको ८ लाख ५० हजार हाम्रा शाखा भएका गाउँपालिका र नगरपालिकालाई दिने भएका छौं ।

० ग्राहकलाई राहत र कर्मचारीलाई भत्ता ?
सिभिल बैंकले राष्ट्र बैंक्ले दिएको १९ बुदे निर्देशन पूर्ण रुपमा पालना गरेको छ । १० प्रतिशत छुट लगायत अरु सबै शुल्क लिने कुरा भएन । प्लान्ट्री कुनै पनि हामी लिदैनौ । अर्को कुरा हाम्रो सिभिल स्मार्ट बैकिङ्ग छ । यसबाट सबै कुराको भुक्तानी गर्न सकिन्छ । अस्पतालको बिल देखि पानी बत्तीको बीलसम्म भुक्तानी भएका पनि छन् ।

लकडाउन पछि यो ५ हजारबाट बढेर अहिले २५ हजार देखि ३० हजार सम्म छ । यो डिजिटल बैकिङ्ग चलाउने ग्राहक बढेको अवस्था छ । अर्को कुरा यो अवस्थामा पनि एटिएम कार्ड र मोबाईल बैकिङ्ग लिन १०÷२० जनाले दिनै पिच्छे निवेदन दिएका छन् ।

नगदमा भन्दा एटिएम र मोबाइल बैकिङ्गमा चाहि कारोबार उच्च छ । अर्को कुरा राहतको कुरा चाही यसले पुग्दैन । लकडाउन कतिबेला बढ्ने हो । त्यसमा भर पर्ने देखिन्छ । भारतको पनि कुरा होला । राष्ट्र बैंकले हामीसंग छलफल गरि केही राहतका प्याकेज पक्कै ल्याउनु होला ।

० डिपोजिट ब्याजदर घटाउने र बैंकका ग्राहकको खाताबाट रकम तान्ने ?
ग्राहकको खाताबाट जबरजस्ती पैसा तानेको होइन । बैंकको सिस्टमले नै तान्ने हो । समय दिएको अवस्था छ । छुट छ । अहिले अप्ठ्यारो र विशम अवस्था छ । कर्जाका किस्ता तानिएका छन् भन्ने यसबाट ग्राहकले १० प्रतिशत छुट पाउनु भएको छ ।

बैंशाखबाट डिपोजिटमा ब्याजदर घटेको छ । अब जेष्टबाट कर्जाको व्याजदर घटाउने छौं । पूरानो फिक्स डिपोजिटको त ब्याज पूरानौ छ नि । नयाँ आउनेको कुरा भयो ।

० लकडाउन र बैकिङ्ग प्रणालीमा असर ?
यो विश्वव्यापी फैलिएको अदृश्य शक्ति कोरोना भाईरसबाट नेपाल पनि अछुतो अब रहेन । त्यसकारण हामीलाई असर पक्कै छ । पर्यटन, उद्योगधन्दा सबै बन्द छन् । उत्पादन घटेको छ । सबै बन्द भएपछि बैंकमा पैसा आउने कुरै भएन । यो कति लम्बिने हो त्यसपछि मात्र भन्न सकिने अवस्था छ ।

अर्थतन्त्रको मुटु नै बैकिङ्ग क्षेत्र हो । अर्थतन्त्र चलायमान बैकिङ्ग प्रणाली भित्रैबाट हुने हो । यो बुझनु जरुरी छ । अर्को कुरा यो कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ । काम धन्दा सबै बन्द छन् ।

काम धन्दा गरेर नै सम्पत्ती आर्जन गर्ने हो । अनि त्यसबाट खर्च गर्ने हो । यो कत्ति लम्बिन्छ हेर्न बाँकी छ । मैले अगाडीनै भने सबै स्टेहोल्डरहरु एक ठाउँमा बसेर अध्ययन गर्नुपर्दछ । यसको प्रभाव राज्यको अर्थतन्त्रमा पर्ने र त्यसपछि बैंकिङ्ग प्रणालीमा पर्ने गरेको इतिहास साक्षी छ । राज्यको अर्थतन्त्रले ग्रोथ गरे पो बैंकहरुले गर्ने हो ।

अहिले तरलता अलिकति सहज भएको चाहि छ । यसले फाइदा हुन्छ । हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ । र अर्थतन्त्रलाई पुर्नजीवन दिनु पर्दछ ।

देशकै अवस्था गाह्रो भईसकेपछि के हुन्छ भन्ने अन्योल छ । त्यसलाई चिर्दै अगाडी बढ्नुपर्छ । आफू बच्ने र अरुलाई बचाउनु पर्ने समय आएको पक्कै छ । अर्को कुरा यो बेला मान्छे घर परिवारसंगै छन् । यसले उर्जा थपिएको पककै छ । त्यसकारण अब विदेश होइन देशमै कृषि व्यवसाय गरौं भन्ने भावनाको विकास चाहि आएको देखिन्छ ।

० लकडाउनबाट के पाठ सिक्ने ?
कुनै पनि कुरा कुनै बेला आउन सक्दछ भन्नेबारे सबै पक्ष अव सजक पक्कै हुनुपर्दछ । खाद्यान्नमा हामी निर्भर छैनौ । अब त्यसतर्फ ध्यान जानुपर्दछ । अस्पतालका पूर्वाधार बनाउनु पर्दछ । हामी २ अर्ब भन्दा बढिका खाद्यान्न आयात गर्दछौं । ४ महिनामा यो लकडाउन लम्बियो भने हाहाकारको अवस्था आउने प्रस्टै देखिन्छ । समयमै सचेत बन्नु प¥यो । भारतमा १ वर्ष पुग्ने खाद्यान्न रहेको सुनेका छौं । तर, हामी कहाँ छैन । अब लकडाउनको फाइदा लिँदै अवसरलाई प्रयोग गर्दै कृषिमा फोकस दिनुपर्दछ ।

उत्पादनमूलक उद्योग व्यवसाय शुरु गर्नुप¥यो । हामी कृषिप्रधान देश तर, हामी सबै कुरा आर्यात गरिरहेको तथ्याङ्क छ । यसलाई परिवर्तन गर्दै कृषितर्फ अव लाग्नु पर्ने बेला चाही यहि हो ।

० विदेशबाट फर्किएका र गाउँ पुगेकाको दायित्व ?
यो पक्ष चाहि महत्वपूर्ण पक्ष हो । अब विदेशबाट आएका सबैलाई देशमा नै रोजगारी दिनुपर्दछ । २÷४ लाख आए भन्ने कुरो छ । यी जनशक्ति कृषिमा लगाएर उत्पादन बढाउनु जरुरी छ । विदेशमा रहेको ठूलो जनशक्ति करिब ४० लाख भोलि नेपाल आए भने त्यो जनशक्तिलाई कृषि र उद्योगधन्दामा लगाएर नेपालले आत्मनिर्भरका उपाय खोजिनु जरुरी देखिन्छ ।

अर्को कुरा यो बेला शहर छाडेर गाउँ पुगेकाहरुले परिवारसंगै पूरानो कृषि व्यवसाय शुरु गर्ने बेला हो । अब खेतीपाती गर्दै कृषिका उत्पादन बढाउनु पर्दछ । नेपालमा ६५ प्रतिशत परिवार कृषिमा सहभागी भएको बताईए पनि ३२ प्रतिशतले मात्र योगदान दिएको तथ्याङ्कले देखाउछ । युवा र दक्ष जनशक्तिलाई आफ्नै देशको उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने अवसर अब गुमाउनु हुँदैन ।

० लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई सन्देश ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । परिवारसंगै बसौं । विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाको महामारीबाट तपाई, तपाईको परिवार आफन्तजन र जनता बचाउ । अर्को कुरा यो रोग फैलियो भने हामीले धान्न सक्दैनौ । त्यसकारण राज्य र ध्ज्इ ले दिएको सबै नियमका पालना गरौं भन्दै नयाँ वर्ष २०७७ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लकडाउनमा बढदो असंतोष र सरकारले चाल्न नसकेको कदमहरु

रमेशकुमार भट्टराई । भारतमा कोरोनाको लकडाउन प्रारम्भ भए पछि कोरोना राहत कोषमा उधोगपति रतन टाटाले १५ अर्ब दान दिए। पत्रकारले उनीसंग प्रतिक्रिया लिन खोज्दा मेरो देश र जनतालाई बचाउन अावश्यक परे म मेरो सम्पुर्ण श्री सम्पति सरकारलाई दिन तैयार छु भनेको सुन्दा मेरो मनमा उनी प्रति अपार श्रद्धा जागेको थियो।
चाईनाबाट कोरोना संक्रमण शुरु भई विभिन्न देशमा फैलिन थाले पछि बिल गेट्स दम्पतिले विश्व स्वास्थ्य संगठनलाई १० करोड डलर दान गरे।विश्व स्वास्थ्य संगठनले चिनलाई सपोर्ट गरेको अारोप लगाउदै अमेरिकि राष्ट्रपति ट्रम्पले अाक्रोशित हुँदै सबै सहयोग बन्द गर्ने घोषणा गरे।सो लगत्तै उनको यो कदमको अालोचना गर्दै गेट्स दम्पतिले पुनः १५ करोड डलर सहयोग गर्ने घोषणा गरे।गेट्स दम्पतिको यो महानताले मलाई उनिहरु प्रति श्रद्धाले नतमस्तक बनायो।संकटको बेला अाफ्नो देश र मानवता प्रतिक‍ो ठूलो सहयोगको यी उदाहरण पात्र मात्र हुन।अरु अरु पनि थुप्रै उदाहरणहरु छन।
नेपालमा पनि कोरोनाको संभावित संक्रमण रोक्न चैत्र ११ देखि लकडाउन शुरु भो।तर लकडाउन पछि श्रृजना हुने बिकराल समस्यालाई सरकारले समयमा अाकंलन गर्न सकेन र लकडाउन थप हुँदै गए पछि श्रृजित समस्यालाई उचित ब्यवस्थापन गर्न नसक्दा देश अहिले कहालि लाग्दो त्राहिमामको अवस्थामा पुगेको छ।सर्बत्र हाहाकार,असंत‍ोष र अब्यवस्था छ।संकटको बेला सकेको जति सरकारलाई सहयोग गर्ने भावना भन्दा सबै क्षेत्र र नागरिक पनि सरकार संग राहत मांग गर्नमा लागेका छन।यसलाई उचित ब्यवस्थापन गरिएन भने अार्थिक रुपमा नांगो भए पछि, समयमा उपचार नपाए पछि र खान नपाएर मर्ने स्थिति अाए पछि “मर्ता क्या नहि करता” भने झै लुटपाट र नागरिक बिद्रोहको संभावना रहन्छ।यसलाई समय मै बुझि सरकार सचेत हुनु पर्छ।
लकडाउन भएको तीन हप्ता नाघि सकेको छ।यस्को नकारात्मक असर सामाजिक र अार्थिक क्षेत्रमा पर्न थाली सक्यो।बिगतमा दुई तिहाईको दम्भ र बिभागिय मंत्रीहरुको शक्ति प्रदर्शनमा धेरै उधोगि ब्यवसायिहरु कोपभाजनमा परे।उधोगि ब्यवसायि पनि दुधले नुहाएका पक्कै थिएनन।तर सरकार र ब्यवसायि बिचको यहि तिक्तता र अबिस्वासको कारण कोरोनाको यत्रो राष्ट्रिय संकटको बेला कुनै पनि उधोगि ब्यवसायि रतन टाटा जस्तो सहयोगि भावनाले अाएनन,झारो टार्ने पारा मात्र देखाए।देशमा अहिले राष्ट्रिय संकट छ।नेपाली बाचे र अर्थ ब्यवस्था राम्रो भएमा कमाउने हो।अतः ईगो,दम्भ,राजनैतिक अास्था छोडि राष्ट्रिय सहमति कायम गरि सबैले सकेको सहयोग लिने दिने वातावरण बनाउं।लकडाउन शुरु भए लगत्तै नागरिकलाई अाश्वस्त पार्दै भएको पुंजी लगानि गर्न र राहत संकलनमा सकारले  निम्न कदम चाल्न सक्थ्यो।तर सरकार यस्मा चुक्यो ।ढिलै भए पनि समय पुरै धर्कि सकेको छैन।बिचार पुर्याई निम्न प्रयास गर्न सक्ने देखिन्छ।
१)बजेटमा खर्च नभएका पुंजिगत र अनुत्पादक रकम,पुर्ण सरकारि राष्ट्र बैकं,दुरसंचार संस्थान,अायल निगम,संचयकोष,नागरिक लगानि कोष,कल्याणकारि कोष जस्ता सबै निकायको जगेडा कोष र अन्य कोष  कोरोना पुनरउत्थान कोषमा राखौ र योजनाबद्ध रुपमा लगानि गरौ।
२)राष्ट्रिय संकटको जसअपजस संयुक्त रुपमा लिने सोच बनाउनु पर्ने।जस अाफुले मात्र लिने सोच वा जस अरु पार्टिले नलेअोस भन्ने दम्भले स्थिति बिग्रयो भने सिगों सतारुढ पार्टि सिध्दिन सक्छ।अत: सरकारको नेतृत्वमा विभिन्न पार्टि सम्बध्द अनुभवि,दक्ष, ईमान्दार बिशेषज्ञ ब्यक्ति सम्मिलित राष्ट्रिय कोरोना उपचार,नियन्त्रण तथा पुनरोत्थान समितिको निर्माण गरि सबैको बिस्वास लिने वातावरण बनाउन सकेन।
३)यो समितिलाई अधिकार सम्पन्न बनाई यस्को मातहतमा३ देखि ५ सदस्यिय प्राबिधिक समिति बनाउं जस्मा डा. भगवान कोईराला,डा.शेर बहादुर पुन जस्ता सक्षम र गर्न सक्ने प्राबिधिक मान्छे राख्न सकिन्थ्यो।
४)कोरोना उपचार कोषमा सक्दो सहयोग गर्न सर्बपक्षिय अाह्वान गर्नु पर्थ्यो र अाएको सहयोग रकम दैनिक पत्रिकाबाट सार्बजनिक गरि प्राबिधिक समितिको सिफारिसमा खरिदको निर्णय संगै सोको हिसाब पारदर्शि र बिस्वसनिय बनाउन समिन्थ्यो।
५)उधोगपति ब्यवसायिले मनग्य अामदानि गरेतापनि कर बचाउन कम अाय देखाउने गरेको राज्यलाई थाहा छ।यी ठुला सबैलाई बोलाई प्रधान मन्त्री स्वयंले राहत कोषमा बढि भन्दा बढि सहयोग गर्न अाग्रह गर्नु पर्थ्यो।सहयोगको अाधारमा पछि सरकारबाट संरक्षण र सुबिधाको ग्यारेन्टि गर्नु पर्थ्यो।
६)अर्थ मन्त्री स्वयंले बैकं,बिकास बैकं,बित्त कंपनि,बीमा कंपनि,ठुला सहकारि,ब्रोकर कंपनि,रेमिटाज्स कंपनि सबैलाई पालो पालो बोलाई बैठक गरि ब्यक्तिगत रुपमा,सम्पुर्ण कर्मचारिको तर्फबाट र संस्थाको अार्थिक अवस्थाको अनुसार सहयोग गर्न भन्नू पर्थ्यो।संकटमा गरेको सहयोगको गुन पछि लाउने भरोसा दिनु पर्थ्यो,यसबाट ठुलो फण्ड अाउने संभावना रहन्थ्यो।
७)सरकार संग बर्सेनि अनेक सुबिधा मागं गर्ने नेपालको टप टेन धनाड्यमा पर्ने गैर अाबासिय नेपाली,एनअारएन र यिनका संसार भर फैलिएका संगठन चुप लागेर बसेका छन।यिनको बैठक गरि कोषमा दान दिन वा यिनको संगठन मार्फत धेरै देशमा अलपत्र परेका नेपालिको उध्दार गर्न तथा ३ महिनाको बस्ने खाने प्रबन्ध मिलाउन दिन सकिन्थ्यो।
८)करौडो करोड कमाउने म्यान पावर कंपनिहरु छन।तिनलाई श्रम मन्त्रीले बोलाई सौहार्दपुर्बक कि त कोरोना कोषमा सहयोग गर्नु पर्यो अथवा बिदेशमा अलपत्र परेका श्रमिकको छोटो समयको खाने बस्ने ब्यवस्थाको ग्यारेन्टिको लागि अाग्रह गर्न सकिन्थ्यो।
९)शिक्षा मंत्रीले अाफ्नो उपस्थितिमा बिदेश पढन पठाउने बढि कमाउने कन्सलटेन्सिलाई यी मार्फत गएका बिधार्थिलाई संकटको बेला १ महिनाको खाने बस्ने ब्यवस्थाको लागि अाग्रह गर्न सकिन्थ्यो।तेस‍ै गरि देशका ठुला,सफल र बर्सेनि राम्रो कमाई हुने निजि स्कुल,कलेज, तालिम संस्थाबाट ठूलो सहयोग रकम कोषमा जम्मा गराउन सकिन्थ्यो।
१०)उधोग बाणिज्य र अापुर्ति मंत्रीले ठुला ईम्पोटर्स,एक्स्पोटर्स,पर्यटन ब्यवसायी,डिपार्टमेन्टल स्टोर,पेट्रोल पम्पहरु,ठुला मलका मालिकहरु,जलबिधुत कंपनि ,रियल स्टेट कंपनि जस्ता सक्षम र बिगतमा राम्रो कमाएकालाई बोलाई बिस्वासको वातावरण बनाई कोषमा राम्रो रकम जम्मा गराउन सकिन्थ्यो।
११) यातायात मंत्रीले यातायात ब्यवसायि संध र ब्यवसायी भेला गरि ठाउँ ठाउमा फसेका नागरिकलाई सेनिटाईज गरेको बसमा कोरोनाको प्रारम्भिक परिक्षण गरि ठिक अवस्थाका लाई घर घरमा पुर्याउने ब्यवस्था र यातायात बेरोजगार श्रमिकलाई खाने बस्ने ब्यवस्थाको लागि अनुरोध गर्न सकिन्थ्यो र पक्कै गर्थे पनि होला।
१२)निर्माण तथा भौतिक योजना मंत्रीले देशका ठुला निर्माण कंपनिका मालिकलाई बोलाई कोरोना कोषमा सहयोग गर्न वा लकडाउनको कारण बेरोजगार श्रमिकको ३ महिनाको खाने बस्ने प्रबन्धमा सहयोग गर्न अाग्रह गरेको भए उनिहरुले गर्न सक्थे होला।
१३)कृषि मंत्रीले प्रमुख जिल्ला अधिकारी र यातायात ब्यवसायि संगको समन्वयमा जिल्लामा उत्पादित कृषि    उपज,फलफुल,तरकारि,पशुपंछिजन्य उत्पादन सहज र सुरक्षित तरिकाले शहरि क्षेत्रमा बिक्रि बितरणको ब्यवस्था गर्दा नि कृषि उत्पादनले प्रोत्साहन पाउने र अार्थिक गतिबिधि पनि हुन्थ्यो।
१४)स्वास्थ्य मंत्री र समाज कल्याण मंत्रीले देश भरिका एनजिअो अाईएनजिअो र प्राईभेट मेडिकल कलेज,हस्पिटल,अौषधि फैक्ट्रि मालिकलाई बोलाई बिरामिको अोसार पसार खाने बस्ने ब्यवस्था र उपचारको समन्वयात्मक कार्यक्रम ल्याउन सकिन्थ्यो।
१५)गृह मंत्रीले काठमाण्डौको खुला अाकासमा रहने,बेरोजगार र बाँस नभएकालाई राख्ने र खाने उचित प्रबन्धको लागि प्रयास गर्नु पर्थ्यो।यस्को लागि प्रहरी प्रशासनको समन्वयमा काठमाण्डौ र बाहिरका पार्टि पैलेश र खालि स्कुल कलेजका मालिकलाई बिस्वासमा लिई सरकारि खर्चमा वा स्थानिय धार्मिक,जातिय,पेशागत संघ संस्थाको अायोजनमा खाने बस्ने उचित ब्यवस्थापन गर्न सकिन्थ्यो।
देशमा उत्पन्न बर्तमान राष्ट्रिय संकट सरकार मात्रको प्रयास र श्रोत साधनले भ्याउन सक्दैन।संसारका सबै देश कोरोनाबाट पिडित भएकोले बिदेशि सहायता अाउदैन।अाफ्नै साधन श्रोत परिचालन गर्नु पर्छ।सबैको सहयोग र सद्भाव चाहिन्छ।अाश्चर्य त के छ भने,नेपालका प्रमुख धनाड्यहरु,रेमिटान्स कंपनिका टाईकुनहरु,मनग्य कमाएका उधोगपति ब्यवसायि, गैर अाबासिय धनाड्यहरु लकडाउन भएको ३ हप्ता बिति सक्दा पनि  सहयोगको लागि अाएका छैनन।धन भएर पनि मन नभएर हो कि बिगतमा सरकारले दिएको दुख सम्झि बिश्वास नभएर हो ,बुझ्न सकिएको छैन।
यसै बिच सरकार गिराउने र दल तोडने खेल शुरु भएको सुन्दा सबै नेपाली अाश्चर्यचकित भएका छन।कोरोनाको कारण सबै क्षेत्र पिडामा भई ठोस राहत र कार्यक्रमको अाशा गरिरहेको र यो संकटबाट पार पाउन राष्ट्रिय सहमति हुने अाशा गरिरहेका नेपाली स्वार्थि पदलोलुप नेताको बर्तमान गतिबिधिबाट निराश भएका छन।अाशा गरौ समय छदै सुध्रियलान र यो अकल्पनिय संकटबाट पार पाईएला।(रमेशकुमार भट्टराई, सिईओ, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लि )

क्वारेन्टाइनमा बसेकी म कसरी देशकै लकडाउनको कारण बनेँ

१७ मार्चमा लाम र म दोहास्थित हम्माद इन्टरनेशनल एयरपोर्टसम्म सँगै थियौं । यहाँबाट लाम भियतनामको होची मिन्हा र म काठमाडौं फर्कदैं थियौं । क्वारेन्टाइनमा नै रहेका बेला लामलाई परीक्षणमा कोभीड–१९ को संक्रमण भएको देखियो । हामी दुबै र हाम्रा सबै साथीहरुका लागि यो ठूलो ‘रियालिटी चेक’ थियो । हामीले मिम र बिदाई चिट्ठीमात्रै देखेको कुरा, हाम्रो यर्थाथमा आउँदै थियो । दुई दिनपछि मलाई पनि कोभीड–१९ पोजेटिभ देखियो ।

मभन्दा अघि नेपालमा एउटै मात्र कोरोना भाइरसको घटना देखिएको थियो र ती विद्यार्थी निको पनि भइसकेका थिए । त्यसैले कागजमा मेरो देशले शतप्रतिशत निको भएको तथ्यांक कायम गरेको थियो । यसकारण धेरै नागरिकलाई गर्व पनि थियो कि नेपालमा कोरोनाको अर्को घटना देखिएको छैन । हामी कोभीड–१९ बाट कसरी सुरक्षित छौँ भन्ने विषयमा पनि धेरै मान्यता थिए, यस्ता मान्यतामा राष्ट्रिय गौरवले पनि जरो गाडेको थियो । यी र यस्तै परिस्थितीमा म नेपालमा केवल दोस्रो संक्रमित थिए । मेरो घटनामा यसअघिका कुनै दृष्टान्त पछ्याउने अवसर थिएन र धेरैलाई यो परिस्थिती कसरी सम्बोधन गर्ने भन्ने पनि थाहा थिएन ।

मेरो परीक्षण रिपोर्टबारे परिवारलाई १० बजे नै जानकारी दिइएको थियो । मेरी दिदीले बारम्बार ममा संक्रमण देखिएको बताएपनि मैले यसलाई विश्वास गरिनँ । किनभने त्यस दिनसम्म ममा कुनै लक्षण देखिएकै थिएन ।


२२ मार्चमा अस्पताल भर्ना भएयता पहिलो रात नै लक्षण देखिन थाल्यो । मलाई पेटमा निकै पीडा भयो र श्वासप्रश्वासमा समस्या आउँदा रातभर म राम्ररी सुत्न सकिंनँ । जब तपाईं श्वास फेर्दा ध्यान दिनुहुन्छ र हरेक पटक असामान्य हुन्छ, तब कस्तो होला ? मलाई केही दिनसम्म यस्तै भयो । मेरो छातीले मलाई गहिरो श्वास लिनबाट अवरोध गरिरहेको थियो । मेरो शरीरमा मेरो होइन, भाइरसको नियन्त्रण थियो ।


फर्केर हेर्दा, परीक्षण भइसकेपछि रिपोर्ट आउनुअघिको समयमा मैले बढी नै सोचेंजस्तो लाग्छ । मलाई आफुमा भाइरस छ र ममार्फत अरु कोही व्यक्तिलाई सरेको हुनसक्छ भन्ने तथ्य अस्वकार गर्दा बढी सहज महसुस भएको थियो । जब मैले यथार्थ स्वीकारे, त्यसपछि बाटोमा भेटिएका मानिस र आफ्नै परिवारमा ममार्फत संक्रमण फैलिएको हुनसक्छ भन्ने विषय मेरो सबैभन्दा ठूलो चिन्ता थियो ।

चिकित्सकले परीक्षणपछि ठूलो परिमाणमा भाइरस भेटिएको बताएका थिए, यसको अर्थ यस अवस्थामा ममार्फत धेरैमा संक्रमण सर्नसक्थ्यो । तत्कालै मलाई मेरो घरमा एम्बुलेन्स पठाइयो र मलाई टेकुस्थित अस्पतालको आइशोलेसन कक्षमा राखियो ।

२२ मार्चमा अस्पताल भर्ना भएयता पहिलो रात नै लक्षण देखिन थाल्यो । मलाई पेटमा निकै पीडा भयो र श्वासप्रश्वासमा समस्या आउँदा रातभर म राम्ररी सुत्न सकिंनँ । जब तपाईं श्वास फेर्दा ध्यान दिनुहुन्छ र हरेक पटक असामान्य हुन्छ, तब कस्तो होला ? मलाई केही दिनसम्म यस्तै भयो । मेरो छातीले मलाई गहिरो श्वास लिनबाट अवरोध गरिरहेको थियो । मेरो शरीरमा मेरो होइन, भाइरसको नियन्त्रण थियो । खाटबाट उठ्न पनि ठूलै प्रयास गर्नुपथ्र्यो,  बलपूर्वक  खाना खाइन्थ्याें र अनिन्द्राले सताइरहेको थियो ।

मलाई अझै त्यो रात याद छ, जब ‘सुँघ्ने क्षमतामा कमी’ पनि कोभीड–१९ को लक्षण हो भनेर पढें, मैले साबुनको गन्ध सुँघ्न खोजे । ‘आश्चर्य ! मैले गन्ध थाहा पाइनँ । लक्षणका विषयमा कुरा गर्नुपर्दा मलाई हल्का सुख्खा खोकी पनि थियो । तर, मलाई ज्वरो भने कहिल्यै पनि आएन । तपाईले यो पनि ख्याल गर्न जरुरी छ कि मेरो केसमा असर हल्का थियो । मेरो मनले ती व्यक्तिबारे सोच्छ, जसले यो भाइरसबाट संक्रमित भएपछि मैलेभन्दा खराब अनुभव गर्नुभएको छ ।

यी सबैका बाबजुद सञ्चारमाध्यमले मेरो परिस्थिती सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्यो । मलाई थाहा थियो कि सबैजनाले ‘फ्रान्सबाट दोहा हुँदै १७ मार्चमा आएकी एक १९ वर्षीय युवती कोरोना संक्रमित भएको’ थाहा पाइसकेका छन् र यसपछिका घटनाक्रम मैले सहनुपर्छ ।

काठमाडौं सानो शहर हो । जसले मलाई चिन्छन्, ती व्यक्तिको दिमागमा यति जानकारी पाउनासाथ मेरो नाम पुगिहाल्यो । यद्यपी, सञ्चारमाध्यमले मेरो नाम गोप्य राखे, तर मैले थाहा पाएसम्म झन्डै सबै सञ्चारमाध्यमले मेरोबारे समाचार लेखेका थिए, माथि उल्लेखित बिस्तृत जानकारी र अरु समेत थपेर ।

केही साँचो थियो, तर धेरै गलत । जस्तो, लाम पेरिसदेखिकै मेरी महिला रुममेट थिइन् । मैले परीक्षण गर्नुअघि आफ्ना धेरै आफन्तलाई भेटेको थिएँ । मेरा बाबुआमा चिकित्सक हुन् लगायत ।


नकारात्मक टिप्पणी यति धेरै थियो कि मेरो उपचारमा संलग्न चिकित्सकहरुले समेत मलाई समाचार नहेर्न आग्रह गर्न थाले । मसँग आफू सेल्फ–क्वारेन्टाइनमा बसेको प्रमाण थियो र म कति केयरफुल रहेँ भन्ने प्रमाण पनि थियो, तर यतिबेलासम्म मसँग आवाज थिएन अर्थात् मैले बोल्न मिल्ने परिस्थिती थिएन ।


नेपालमा न्युर्योक टाइम्सको पार्टनर रहेको एक अंग्रेजी दैनिक ‘रिपब्लिका’ ले मलाई हल्लाकै भर ‘सुपर स्प्रेडर’ को बिल्ला नै लगाइदियो । उनीहरुलाई मेरो कथा थाहा थिएन, उनीहरुसँग मैले भाइरस फैलाइरहेको कुनै प्रमाण थिएन । तर धेरै जनताको नजरमा म ‘सुपर–स्पे्रडर’ बनिसकेको थिएँ ।

२३ मार्च केही फरक थियो । कहीँ, कतै, कसैले मेरो कथाको आख्यान तयार गर्ने निर्णय ग-यो । उनीहरुले आफू अनुकुल हुनेगरी मेरो तथ्य बङ्ग्याए । मप्रति त्यस्तो घृणा उजागर भयो ।  सामाजिक सञ्जालमा गालीको भेल थियो । मानिसहरु ममाथि आरोप लगाउदैं थिए, उनीहरु घृणा गर्दै थिए र केहीले त मलाई ज्यान मार्ने धम्की समेत दिए । उनीहरु मलाई जीवित राख्नुभन्दा गोली हानेर मान्नुपर्ने बताइरहेका थिए ।

नकारात्मक टिप्पणी यति धेरै थियो कि मेरो उपचारमा संलग्न चिकित्सकहरुले समेत मलाई समाचार नहेर्न आग्रह गर्न थाले । मसँग आफू सेल्फ–क्वारेन्टाइनमा बसेको प्रमाण थियो र म कति केयरफुल रहेँ भन्ने प्रमाण पनि थियो, तर यतिबेलासम्म मसँग आवाज थिएन अर्थात् मैले बोल्न मिल्ने परिस्थिती थिएन ।

मेरो शारीरिक सुरक्षाका लागि गोपनियता जरुरी थियो । मैले आफ्नै सामाजिक सञ्जालको सर्कलमा समेत धेरैले मेरोबारे नकारात्मक अर्थ दिने पोस्ट गरेको देखेँ (उनीहरुलाई ती बिरामी म हुँ भन्ने थाहा थिएन) ।

टाउकोमा हात राखेर धिक्कार गरिरहेका संकेतसहितका सामाग्री सामाजिक सञ्जालमा आउथ्यों । म बुझ्थ्यें, उनीहरुलाई गलत जानकारी मिलेको हुनसक्छ र बिरामीलाई पीडा दिने अर्थात् मलाई पीडा दिने उनीहरुको मनसाय नहुनसक्छ ।

त्यही दिन (२३ मार्च) स्वास्थ मन्त्रालयले विशेषगरी मेरो संक्रमणको घटना र त्यसपछिको लकडाउनबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना ग¥यो ।

म आफ्नो खाटमा बसेर छक्क परिरहेको थिए, कसरी आफ्नो कोठामा सेल्फ क्वारेन्टाइ बसिरहेको म आफ्नो पुरै देशलाई लकडाउन गर्ने कारक बनेँ ।

हो, देशव्यापी लकडाउन गर्ने सरकारी निर्णयका लागि म धेरै कारणले जिम्मेवार थिएँ । त्यस समय मैले यही कामना गरें कि यस्तो अवस्थामा अरु नै कोही होस् । तर यर्थाथ यही थियो, त्यो ठाउँमा म थिएँ ।

यी सबै यातनाका बाबजुद म पहिले, अहिले र जहिले पनि मेरो भावनालाई उच्च राखिदिएकोमा मेरा नर्सहरुप्रति कृतज्ञ छु । २४ मार्चमा ड्युटीमा रहेकी एक नर्सले मलाई बोलाइन्, उनी मसँग यो सन्देश साट्न चाहन्थ्यिंन् कि उनका एक फेसबुक साथीले आफ्नो पूरै गाउँसँगै मेरा लागि प्रार्थना गर्दैछन् । जब म भर्ना भएकै अस्पतालमा ती नर्सले काम गर्छिन् भन्ने ती व्यक्तिले थाहा पाए, त्यसपछि नर्सलाई म समक्ष सन्देश पु¥याइदिन आग्रह गरे । यस्ता साना संकेतहरुले आगामी दिन सातासम्म मेरो मनोबल बढाइरह्यो ।


यदी तपाईंले यो लेख पढिरहनु भएको छ भने मेरो दृष्टीकोणबाट मेरो अवस्थालाई बुझ्न प्रयास गर्नुभएकोमा धन्यवाद भन्छु । मैले आफ्ना सबै संकेतबाट छुटकारा भइसकेको छु र नेपाल अवतरण गरेको एक महिनामा अन्ततः  म कोरोना ‘नेगेटिभ’ परीक्षण भएको छु ।


चेकजाँचका क्रममा नर्सहरुले सधंै मलाई कस्तो भइरहेको छ भनेर सोध्थे, आवश्यक नपरकोे बेलामा पनि । मेरा डाक्टरहरुले पनि यस्तै असिम दया मप्रति देखाएका छन्, उनीहरुले सबै कुरा ठीक हुन्छ भने मलाई निरन्तर आश्वस्त गराइरहे ।

यदी तपाईंले यो लेख पढिरहनु भएको छ भने मेरो दृष्टीकोणबाट मेरो अवस्थालाई बुझ्न प्रयास गर्नुभएकोमा धन्यवाद भन्छु । मैले आफ्ना सबै संकेतबाट छुटकारा भइसकेको छु र नेपाल अवतरण गरेको एक महिनामा अन्ततः  म कोरोना ‘नेगेटिभ’ परीक्षण भएको छु ।

मसँगै फ्लाइटमा आएका अधिकांश मानिसलाई कन्ट्याक–ट्रेस गरिसकिएको छ र उनीहरुमध्ये कोहीमा मबाट संक्रमण सरेको रहेनछ ।

मेरो घरका पनि सबैमा परीक्षण रिपोर्ट ‘नेगेटिभ’ नै आयो । सेल्फ–क्वारेन्टाइनको सतर्कता र विवेकसम्मत निर्णयकै कारण यस्तो भएको हो । लाम पनि पूर्ण रुपमा निको भइसकेका छन् र उनको स्वास्थ अवस्था ठीक छ ।

मलाई थाहा छ धेरै कुराहरु यस लेखमा भन्न सकिएको छैन । अस्पतालको तयारी सन्तोषजनक छ वा छैन, म र मेरा चिकित्सकबीच कस्तो संवाद हुन्थ्यों, कस्ता औषधी मलाई उपलब्ध गराइयो लगायत ।

मैले सेल्फ क्वारेन्टाइन र निको हुने प्रक्रियामा कस्तो नियम पालना गरेँ भन्ने विषयमा पनि लेखेको छैन । यद्यपी, म सधैं आफ्ना यी सबै अवस्थाबारे खुला रुपमा कुरा राख्न सधैं तयार हुनेछ र भविष्यमा यी विभिन्न पक्षबारे लेख्न पनि सक्नेछु ।

अन्ततः मेरो परिवार, डाक्टर, नर्स र मेरा साथीभाईका कारण आज मेरो मानसिक तथा शारीरिक अवस्था पूर्ण रुपमा ठिक छ ।

ती सबै जो मेरो अवस्थाबारे जानकार हुनुहुन्थ्यो र सधैं मलाई साथ दिइरहनुभयो, म तपाईंहरुले विगत तीन सातामा मेरा लागि जे गर्नुभयो, यसका लागि कृतज्ञ छु ।

मैले यस प्रक्रियाका दौरान महसुस गरेको कुरा हामीले भाइरसबाट पर्ने मानसिक असरलाई बेवास्ता गर्छौं । स्वासप्रश्वाममा कमीजस्ता लक्षणले जसरी मानिसको भय र चिन्ता बढाइदिन्छ, त्यसरी नै आम मानिसले देखाउने घृणा र बेवास्ताले पनि कमजोर बनाउँछ ।

कोभिड–१९ घिन मान्नुपर्ने कुरा होइन र यो कुनै पनि व्यक्तिमा, कुनै पनि समयमा देखिनसक्छ । यो हामी सबैले बुझ्नुपर्ने कुरा हो । कसैले मजस्तै अवस्थामा आफुलाई पाउनु भएको छ भने त्यस्ता व्यक्तिलाई सधैं साथ दिन, उहाँहरुसँग कुराकानी गर्न (उहाँहरुले चाहेमा) चाहन्छु र उहाँहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछु ।

स्रोत : https://www.ledragondechaine.com/

लकडाउन अवज्ञा गर्नेहरुलाइ कारवाही हुन्छ :राजेन्द्र खडका

बुढानिलकण्ठ नगरपालिका वडा न.२ ले लकडाउन पुर्ण पालन गर्ने र पसलहरु खोल्ने समयसीमा बारे आज एक सुचना प्रकाशित गरेको छ ।घरबाट बाहिर ननिस्कन,अनावश्यक आवतजावत नगर्न वडा अध्यक्ष राजेन्द्र खड्काले अनुरोध गर्नुभएको छ ।

साथै औषधि पसल बाहेकका फलफुल,तरकारी र खाद्यान्न आदिका पसलहरुलाइ बिहान ५:०० बजे देखि ९:०० बजे सम्म मात्र खोल्न दिने निर्देशन जारी भएको कुरा बताउनु हुँदै उहाले अब लकडाउन उलंघन गर्ने मानिसहरूलाई कारबाहिको दायरामा ल्याइने बताउनु भएको छ ।
साथै स्थानीय स्वयंसेवक र टोलसुधार समाजहरुलाइ आ-आफ्नो क्षेत्रमा लकडाउन पुर्णरुपमा पालना गराउन तर्फ लाग्न उहाले अनुरोध गर्नुभएको छ ।

लकडाउन लम्बिए वित्तीय क्षेत्रले मात्रै रु. २०० अर्बको क्षति व्यहोर्नुपर्नेछ

अनलराज भट्टराई  । अर्थतन्त्रका मुुुख्य ३ पक्षलाई गम्भीर असर पर्ने बताएका उनले भने–‘पहिलो उपभोक्ता, दोस्रो उत्पादनकर्ता र तेस्रो पक्षका रुपमा सरकारलाई धक्का पर्नेछ ।’

मागमा कमी हुुने र गतिविधि नै ठप्प हुुने हुँदा पहिलो पक्ष उपभोक्ता प्रभावित हुने, उत्पादन गरेर उपभोक्तासम्म पुर्याउन असमर्थ उत्पादनकर्ता दोस्रो पक्ष र समग्र गतिविधि, कारोबार र आम्दानीबाट गम्भीर असर पुुग्ने तेस्रो पक्ष चाहिँ सरकार पनि नराम्रोसँग प्रभावित हुने अवस्था देखिएको उनको भनाई छ ।

‘प्रत्यक्ष र अप्रत्यक्ष करमा संकुुचन आउने हुुँदा सरकारकै ढुकुटीमा पनि राम्रै धक्का पुग्ने देखिन्छ।’उनले भने–‘साथै कृषि क्षेत्रलाई समेत निकै ठूलो असर गर्ने देखिन्छ । उत्पादनलाई भित्र्याउन नसक्नुु र अहिलेको समयमा रोप्न(प्लान्टेसन) कार्य समेत प्रभावित हुने हुँदा कृषिमा ठूलो असर पर्न सक्छ । तर, समग्रमा सबै सेक्टर नै प्रभवित हुने देख्छु।’

दैनिक उपभोग्य वस्तुु जस्तै दूूध मासुुलगायतका उत्पादनकर्तालाई पनि बिक्री गर्न बजार अभाव भएकाले असर परेको भट्टराई बताउँछन् ।

सेवामुुखी संस्थाहरु होटल्स, पर्यटन, खुुद्रा पसलगायतका क्षेत्रमा असर पर्ने, तर आइटी बेसमा आधारित सेवाप्रदायकलाई भने खासै असर नपर्ने उनको बुुझाइ छ । यी सबै सेक्टरमा थोरबहुुत असर पर्ने र सरकारको राजश्व संकलनमा समेत धक्का पुुग्ने उनले सुुनाए

यसैक्रममा भट्टराईले वित्तीय क्षेत्रमा समेत असर पर्ने जिकिर गरेका छन् । ४४ खर्ब सम्पत्ति भएको वित्तीय क्षेत्रमा ३१ खर्ब कर्जा रहेको जिकिर गर्दै उनले धेरै उद्योग, व्यापार र बैंककै नाफामा समेत असर पर्नेछ।

ब्यालेन्स अफ पेमेन्ट, आयातमा गिरावट, वित्तीय असन्तुुलनको स्थिति सामना गर्नुुपर्ने धारणा राखेका उनी आयात कम भएकाले राजश्व
संकलनमा समेत राम्रै धक्का पुग्ने विश्लेषण गर्छन् ।

कोरोना महामारी लकडाउनको अवस्थाले गर्दा बैंकिङ क्षेत्रमा लकडाउनको अवधि, ब्याजदरको चलायमान, सेक्टरवाइज कर्जा जोखिम, रकम जोखिम लगायतले १ महिना लकडाउन अवधिमा १०० अर्बको क्षति पुग्ने उनको आँकलन छ ।

‘सरकारले लिने नीति र प्रोभिजनिङको अवस्था कस्तो हुुने हो त्यसले क्षतिको मात्रा थपघट हुुन्छ।’उनले  भनेका छन्–‘लकडाउन अवधि ३–४ महिनासम्म रह्यो भने २०० अर्ब बढीको नोक्सानी हुुनसक्छ ।’

एलसी, रेमिट्यान्स, ग्यारेन्टी लगायतका अन्य आम्दानीमा समेत बैंकहरुले ठूूलो क्षति व्यहोर्नुपर्ने संभावना देखिएकोले सरकारले लिने नीतिमा बाकी कुरा भर पर्ने उनको भनाइ छ । ‘नीति अवलम्बन र कार्यान्वयन राम्रो नभएको खण्डमा यसले निकै ठूूलो असर पर्छ।’उनले भने–‘मेरो विचारमा समग्र अर्थतन्त्रलाई ४०० अर्ब हाराहारी घाटा हुुन्छ।’

यसपालि बैंक तथा वित्तीय संस्थाहरुले लाभांश दिन सक्ने अवस्था बारे शंका गर्दै नाफा रकम रिजर्भमा राख्नुपर्ने भट्टराई सुुझाउँछन् । ब्याजलाई एक्चुअल बेसिसमा राख्न र प्रोभिजनिङलाई थप खुुकुलो बनाउन उनले जोड दिए । यसका साथै कर्पोरेट करसमेत ३० प्रतिशतबाट २५ प्रतिशत कायम गर्दा केही राहात हुुनसक्ने उनको भनाइ छ ।

सेयर बजार भने अन्यौल अवस्थामा नै रहनसक्ने भट्टराई बताउँछन् । सूूचनामा आधारित सेयर बजार खुुल्ने समयमा सरकारको नीतिबाट नै स्पष्ट हुुने उनले सुुुनाए । ‘मेरो विचारमा नीति कस्तो रुपमा आउने हो अहिले यसै भन्न गाह्रो छ   भने–‘वित्तीय सन्तुुलन हुुने खालको नीति आउनुुपर्छ ।’

राहत प्याकेजमा कस्ता विषय समेट्नुुपर्ला भन्ने   जिज्ञासामा सबै सेक्टरलार्ई छुुट्टाछुुट्टै राहत प्याकेज ल्याइनुुुपर्ने सुझाव दिए क्षेत्रगत अध्ययन गरी छुुट्टाछुुट्टै नीति आवश्यक रहेको उनले जिकिर गरे । ब्याजदर क्रमशः घटाउने र सीसीडीको हालको सीमा ८० प्रतिशतबाट ९० प्रतिशतसम्म खुुकुुलो बनाउनुपर्नेमा उनले जोड दिए । लकडाउनपछि कर्जाको माग बढ्ने सम्भावनालाई मध्यनजर गर्दै तरलता बढाउन पनि ध्यान दिइनुपर्ने उनको धारणा छ ।

बैंकका सम्पत्तीनै ग्राहक वर्ग हुनः उहाँहरुलाई अप्ठ्यारोमा पारेर बैंकहरुले कहिले काम गर्नु हुँदैन

शम्भूनाथ गौतम नेपाल बैंकिङ्ग क्षेत्रमा चिनाई राख्नु पर्ने नाम होइन । मिडियामा आउन त्यति नरुचाउने गौतम नेपालको सबल र अब्बल बैंक सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइआ) हुन् । तीन दर्शक भन्दा बढि बैंकिङ क्षेत्रमा बिताएका शम्भूनाथ गौतमले कृषि विकास बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए ।

सरकारी बैंकमा आफूले सोचेअनुसार काम गर्न नपाएपछि नविल बैंकमा पुगेका गौतमले त्यहाँ करिब १५ वर्ष बिताए । त्यसपछि सिद्धार्थ बैंकमा १५ वर्ष काम गरेका उनी २ वर्षदेखि सिद्धार्थ बैंकमा सिइओका रूपमा नेतृत्व गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट कृषिमा स्नातक र काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका शम्भूनाथ गौतम सालिन स्वभाव र सोच विचार गरेर निर्णय लिने बैंकरहरुको सूचि पर्ने बैंकर हुन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको सक्षम र सबल बैंक सिद्धार्थ बैंक लिमिटेडले ३०÷३५ शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ सिद्धार्थ बैंक लिमिटेडले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ।

शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएका छन् । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र केही दिन पछि आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर घटाएको देखिन्छ साथै कर्जाका ग्राहकहरुको खाताबाट चैत्र मसान्तमा बैंकहरुले पैसा तानेको देखिन्छ ।

नेपालको अर्थतन्त्र र नेपालको बैकिङ्ग प्रणालीलाई कस्तो असर पर्ला यी र यस्तै विषयमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भूनाथ गौतमसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० मुलुक लकडाउनमा छ । कोरोना भाईरसका केही संकेत हाम्रो देशमा देखा परेको छ । त्रासको अवस्था पनि छ । यस बीचमा सिद्धार्थ बैंक लिमिटेडले चाही कस्तो सेवा प्रदान गरेको अवस्था छ, सीइओ साब ?
हामीले चैत्र अगाडी ५५÷६० शाखा खोली सेवा दिएका थियौ । ११ बजे देखि १ बजेसम्म थप लकडाउन पछि चाहि कम शाखा खोली कारोबार गरेका छौं । मेजर ठाउँमा चाहि दिन विराएर शाखा खोली सेवा दिएका छौं । स्थानीय तहमा सम्बन्धीत व्यक्तिहरुसंग कुराकानी गरेर शाखा खोली सेवा दिएका छौं । हाम्रा स्टाफहरुको नम्बर दिएका छौं । सम्पर्क गरि पैसा झिक्न र राख्ने काम ग्राहकहरुले गर्नु भएको छ । अर्को कुरा एटिएम बन्द छैन र डिजिटल कारोबार खुल्लै छ । त्यसबाट ग्राहकहरुले सेवा लिनु भएको तथ्याङ्कबाट देखिन्छ नि ।

० यस्तो लकडाउनको बेला काम गर्ने कर्मचारी साथीहरुको स्वास्थ्य सुरक्षा र सुविधाका व्याकेज चाहि के कस्ता छन् ?
सबै कर्मचारीहरुको इन्स्योरेन्स छ । यो विगतको बेला काम गर्ने कर्मचारीहरुका लागि हामी केही गर्ने पक्षमा नै छौं । यो कति लम्बिने हो । त्यसमा भर पर्दछ । अर्को कुरा सुरक्षाको छ । हामीले सरकार र WHO ले दिएका सबै निर्देशन पालना गरेका छौं । सोस डिस्टेन्स गरेका छौं । माक्स पञ्जा सेनिटाईजर, कर्मचारीले लगाउनु भएकै छ । अर्को कुरा गार्ड र ड्राईभरहरुको बारेमा पनि हामी चिन्तित छौं। उहाँहरुलाई पनि सुरक्षाका उपाय गर्ने सबै प्रकारका सामान दिएको अवस्था चाहि छ ।

अर्को पक्ष के पनि हो भने यो बेला कर्मचारी मात्रै होइन लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी लगायत सबै जनताको स्वास्थ्यको कुरा गर्नपर्छ
काठमाडौं बाहिरको हकमा ग्राहकहरुको भीड अलिक बढी भएकाले स्थानीय प्रशासनसँगको समन्वयमा काम गरिरहेका छौं ।

० राष्ट्र बैंकले बैंकका ग्राहकहरुका लागि केही सहुलियतका प्याकेज ल्याएको देखिन्छ । यसलाई कसरी लिनु भएको छ त ?
यो स्वातयोग्य छ । सकारात्मक छ । केन्द्रीय बैंकले ल्याएको यो पहिलो चरणको १९ बुँदे प्याकेज हो । यस्ता प्याकेज अरु पनि ल्याउन पर्दछ ।
यो हिजोको अवस्था र प्रकृति हेरिएर आएको हो । थप आउन जरुरी छ लकडाउन कति लम्बिने हो यसमा भर पर्ने देखिन्छ । अर्थमन्त्रालय, राष्ट्र बैंक हामी बैंकर, नेपाल उद्योग वाणिज्य महासंघ लगायत सबै क्षेत्रसंग सरसल्लाह र छलफल पछि फेरि महत्वपूर्ण राहत आउने मलाई विश्वास छ । यसले पुग्दैन । सबै बन्द छ । सबैलाई राहत चाहिएको छ । यस घडीमा त्यसकारण सबै बच्ने खालका उपाय निकाल्नु जरुरी छ ।

० सीइओ साव यो अप्ठ्यारो र विशम अवस्थामा बैंकहरुले डिपोजिटका ब्याजदर घटाउने देखि कर्जाका ग्राहकको खाताबाट किस्ता तानेको देखिन्छ नि । यहि हो बैंकहरुले ग्राहकलाई गर्नुपर्ने सहयोग ?
यसलाई यसरी बुझै । यो बेला तपाईले भनेजस्तो गर्ने बेला पटक्कै होइन । पहिलो कुरा कर्जाको ग्राहकलाई राहत दिन डिपोजिटमा कम व्याजदर घटाइएको छ । यसमा आत्तिहाल्नु पर्ने अवस्था छैन । यसले कर्जाको पनि व्याजदर घट्ने छ । यो मौकाको फाइदा उठाएको पटक्कै होइन ।

अर्को कुरा किस्ता बैंकले तानेको कुरा छ । यो महत्वपूर्ण छ । यसमा दुईवटा पक्ष छन्, एउटा हो छुटको बेला मेरो खातामा भएको पैसा किन नतानेको भन्ने पक्ष पनि होला र छुट माग्ने पक्ष पनि होला खाताको पैसा बैंकले तानेपछि १० प्रतिशत छुट दिनु पर्दछ । अर्को पक्ष छ । अहिले मलाई खाचो छ । नतानेको भएपनि हुने थियो भन्ने होला । त्यसकारण ग्राहकको खातामा पैसा चाहिन्छ भने हामी दिन तयार छौं । यो बुझ्नु जरुरी छ । बैंकहरुका सम्पत्ती नै डिपोजिटकर्ता र कर्जाका ग्राहकनै हुन् । उनीहरुलाई मारेर बैंक कसरी चलाउने ? यो सोच्नु पनि सकिदैन नि ।

० नेपालको सबल र सक्षम बैंक सिद्धार्थ बैंक लिमिटेडले राज्यले कोरोना भाईरस बिरुद्ध लड्न स्थापना गरेको कोषमा चाही कस्तो सहयोग गरेको छ ?
हामीले सबै ७ वटै प्रदेशमा १०÷१० लाख दिएका छौं । केन्द्रीय कोषमा पनि केही गर्ने सोच छ । अर्को कुरा स्थानीय निकाय गाउँपालिकाहरुमा केही राहत दिएका छौं । भूपेन्द्रजी हामी यहि समाजका मान्छे समाजलाई केही गर्नुपर्ने दायित्व हाम्रो छ । यसबेला ठूलो आर्थिक आकक्षा हामी कसैले पनि राख्नु उत्तम हुँदैन । अर्को पक्ष यो लकडाउन कत्ति लम्बिने हो । क्षति कस्तो हुने हो । त्यसमा निर्भर हुन्छ नि ।

वित्तिय क्षेत्रमा कोरोना संकटले बैंकको खुद नाफामा घाटा नहोला । तर अहिले दोहोरो टाईपको वित्तिय विवरण पनि आउने देखिन्छ । वितरणयोग्य नाफाको पनि कुरा छ ।

केही समय पछि नै सबैचित्र देखिन्छ । राष्ट्र बैंकले १० प्रतिशतसम्म ब्याज तिर्दा छुट दिने असारसम्म जरिवाना छुट दिने र बैंकका कमिशन र केही पनि शुल्क आएको छैन यी विषयमा गरेको नीतिगत निर्णयले गर्दा नाफामामा केही असर पर्ने प्रस्टै छ ।

० कोरोना भाईरसले विश्वअर्थतन्त्र हल्लाएको छ । नेपालको अर्थतन्त्रलाई पनि असर देखा परिरहेका बेला यसले बैकिङ्ग प्रणालीलाई चाही कति असर देखा पर्ला त सीइओ साब ?
अर्थतन्त्रको मुटु नै बैकिङ्ग क्षेत्र हो । अर्थतन्त्र चलायमान बैकिङ्ग प्रणाली भित्रैबाट हुने हो । यो बुझनु जरुरी छ । अर्को कुरा यो कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ । काम धन्दा सबै बन्द छन् ।

काम धन्दा गरेर नै सम्पत्ती आर्जन गर्ने हो । अनि त्यसबाट खर्च गर्ने हो । यो कत्ति लम्बिन्छ हेर्न बाँकी छ । मैले अगाडीनै भने सबै स्टेहोल्डरहरु एक ठाउँमा बसेर अध्ययन गर्नुपर्दछ । पर्यटनमा असर छ । फ्रि टिकट, फ्रि भीसा दिए पनि कोही विश्व डुल्न तयार छैन । उद्योग धन्दा बन्द छ । यसको प्रभाव राज्यको अर्थतन्त्रमा पर्ने र त्यसपछि बैंकिङ्ग प्रणालीमा पर्ने गरेको इतिहासनै साक्षी छ । राज्यको अर्थतन्त्रले ग्रोथ गरे पो बैंकहरुले गर्ने हो भुपेन्द्रजी ।

अहिले तरलता अलिकति सहज भएको चाहि छ । यसले फाइदा हुन्छ । हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ । र अर्थतन्त्रलाई पुर्नजीवन दिनु पर्दछ ।

देशकै अवस्था गाह्रो भईसकेपछि के हुन्छ भन्ने अन्योल छ । त्यसलाई चिर्दै अगाडी बढ्नुपर्छ । आफू बच्ने र अरुलाई बचाउनु पर्ने समय आएको पक्कै छ । अर्को कुरा यो बेला मान्छे घर परिवारसंगै छन् । यसले उर्जा थपिएको पककै छ । त्यसकारण अब विदेश होइन देशमै कृषि व्यवसाय गरौं भन्ने भावनाको विकास चाहि आएको देखिन्छ नि ।

० राष्ट्र बैंकमा हालै नयाँ गर्भनर आउनु भएको छ । उहाँबाट तपाईहरुको आशा चाहि के छ ?
गर्भनर महाप्रसाद अधिकारीज्यू बैकिङ्ग बुझेको अनुभवी र दक्ष गर्भनर मुलुकले पाएकोमा हाम्रो बैकिङ्ग प्रणाली खुशी छ । हामीसबैले चाहेको शालिन स्वभावको र सोचेर निर्णय लिने गर्भनर हामीले पाएका छौं । हामीले खोजीएको गर्भनर साब पाएको अवस्था छ नि ।

० अन्त्यमा लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई केही भन्नु छ ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । परिवारसंगै बसौं । विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाको महामारीबाट तपाई, तपाईको परिवार आफन्तजन र जनता बचाउ । अर्को कुरा यो रोग फैलियो भने हामीले धान्न सक्दैनौ । त्यसकारण राज्य र WHO ले दिएको सबै नियमका पालना गरौं भन्दै नयाँ वर्ष २०७७ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

विश्वका १७० राष्ट्रहरुको प्रति व्यक्ति आय वृद्धिदर ऋणात्मक

नारायण पौडेल । हाल विश्वभर फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावहको स्थिति सिर्जना गरेको छ । दैनिक रूपमा यो रोगबाट संक्रमित हुने र मृत्य हुने मानिसहरुको संख्या हजारौं रहेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक मुलुकले आ–आफ्नो तर्फबाट हरसम्भव प्रयास गरिरहेका छन् ।

थप संक्रमण हुन नदिन अन्तर्रा्ष्ट्रिय भ्रमण तथा यातायात स्थगन गरिएको छ, स्थानीय रूपमा पनि मानिसको आवातजावतमा रोक लगाइएको छ । सर्वसाधारणलाई घरमै बसी सुरक्षित रहन निर्देशन जारी गरिएको अवस्था छ ।

अहिले सरकार, व्यासायिक निकाय, नीतिनिर्माता र अर्थ्विद्हरुको सम्पूर्ण ध्यान छिटोछरितो र दीर्घकालीन तवरबाट स्वास्थ्य सुरक्षा तथा अर्थतन्त्रको चुनौतीहरुको सामना गर्दै सर्वसाधारणको जीवनयापन पद्धतिलाई सामान्य र सहज बनाउनेतर्फ नै केन्द्रीत छ ।

यो महामारी कहिलेसम्ममा पूर्ण नियन्त्रणमा आइसक्छ भन्ने अनिश्चितताका कारण नै यसबाट पर्ने आर्थिक–माजिक प्रभावको यथार्थ निर्क्यौल गर्न पनि अहिले कठिन छ । यसलाई सन् १९३० पछिको ठूलो आर्थिक मन्दीको रूपमा लिइएको छ भने सन् २००८र०९ को विश्वव्यापी वित्तीय संकटभन्दा पनि बढी प्रतिकूल हुने बताइएको छ ।

मानिस काममा जुट्न सक्ने अवस्था छैन, उद्योग, व्यापार, व्यवसाय ठप्प छ, कतिपयको रोजगारी अनिश्चित बन्न पुगेको छ र यसले गर्दा समग्र अर्थिक क्रियाकलापमा नै सुस्तता आएको छ । श्रमिक तथा मजदुरहरु काम गर्न जानसक्ने अवस्थामा नहुँदा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानको सञ्चालन बन्द रहेको, महामारीको अवधि कति हुने र यसको प्रतिकूल असर कतिसम्म भन्नेमा अहिले अनुमान गर्न सकिने अवस्था छैन ।

जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी तदनुरुपका नीतिगत उपायहरुको अनुशरण र कार्यान्वयन गर्नुपर्ने भएको छ । यसका लागि स्वास्थ्य सुरक्षा प्रणालीको क्षमता अभिवृद्धि गर्न थप स्रोत जुटाउनुपर्ने अवस्था छ ।
अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको पछिल्लो प्रक्षेपण अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०१९ मा २.९ प्रतिशत रहेकोमा सन् २०२० मा ३.० प्रतिशतले ऋणात्मक हुनेछ ।

विकसित मुलुकहरुमा आर्थिक वृद्धि ६.० प्रतिशतले र उदीयमान तथा विकासशील मुलुकका अर्थतन्त्रहरु क्रमशः २.२ प्रतिशत र ४.५ प्रतिशतले वृद्धि भएकोमा सन् २०१९ मा क्रमशः १.० प्रतिशत र २.२ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण छ । विश्वका १७० राष्ट्रहरुको प्रति व्यक्ति आय वृद्धिदर ऋणात्मक हुने तथा अफ्रिका, ल्याटिन अमेरिका र एशियाका कतिपय उदीयमान एवम् न्यून आय राष्ट्रहरु उच्च जोखिममा हुने आँकलन गरेको छ ।

अत्यावश्यकीय स्वास्थ्य प्रणाली र उपायहरुलाई निरन्तरता दिने, तरलतामा पर्ने चापबाट प्रभावित वर्गलाई जोगाउन सामयिक लक्षित वित्तीय तथा मौद्रिक उपायहरु अवलम्वन गर्ने, वित्तीय क्षेत्रमा पर्न सक्ने दबाब तथा संक्रमणलाई नियन्त्रणमा लिने र अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने योजनामा लाग्ने जस्ता विश्वव्यापी प्राथमिकताहरु सुझाइएको छ । स्थिति सोचिएअनुरुप सन् २०२० को दोस्रो त्रैमासको अन्त्यसम्ममा नियन्त्रणमा आउन सकेको खण्डमा त्यसपछि अर्थतन्त्रको कार्य सम्पादनमा क्रमिक सुधार आई सन् २०२१ मा विश्व अर्थतन्त्रको वृद्धिदर ५.८ प्रतिशत हुन सक्ने अनुमान छ ।

नेपालमा यो रोगबाट मृत्यु नै भएको अवस्था भने छैन । तर, यसका लागि पूर्व सावधानी अपनाउनु अत्यन्त जरुरी छ । यो महामारीविरुद्ध पूर्व सावधानी तथा तयारीका लागि गम्भीर नहुँदा पनि मृत्युदर उच्च हुन पुगेको देखिन्छ । जन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले कोभिड– ९ का कारण मृत्यु हुने मानिसको संख्या प्रति १० लाख अमेरिकामा ६२, हङकङमा, जापान र ताईवानमा १ भन्दा कम, चीन, दक्षिण कोरिया र सिंगापुरमा ५ भन्दा कम र भारतमा ०.२ रहेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो

गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ ।  सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये २ हजार ५४७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३६ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५४३ पुगेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार २०३ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २२३ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५०७ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।

महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राजस्थान तेस्रो स्थानमा रहेको छ ।  राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ४७८ जना पुगेको प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरू मध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट राजस्थानमा १४ जनाको मृत्यु भईसकेको छ ।

त्यसैगरी भारतको तमिलनाडूमा कोरोना भाइरसका संक्रमितहरु १ हजार ४७७ जना भेटिएका छन् । यहाँका ४११ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ ।  ।

मध्यप्रदेशमा यसबाट ७० जनाको ज्यान गएको छ भने, १२७ जना संक्रमित निको भएका छन् ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।  त्यसपछि पनि यहाँका उत्तरप्रदेश र केरला राज्यमा पनि ठूलो संख्याका संक्रमितहरु भेटिएका छन् । पछिल्लो समयमा भारतमा हरेक दिन सयौँ संक्रमित देखिन थालेका बताइएको छ । –एएनआई

१० डीआईजीलाई दर्ज्यानी चिन्ह

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका १० जनालाई दर्ज्यानी चिन्ह प्र्दान गरेका छन् ।

डीआईजी घनश्याम अर्याललाई दर्ज्यानी चिन्ह लगाइदिँदै आइजीपी ठाकुर ज्ञवाली र एआइजी शैलेश थापा क्षत्री

प्रहरी प्रधान कार्यालयमा सोमबार दिउँसो आइजीपी ज्ञवालीले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबुकार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसीलाइ दर्ज्यानी प्रदान गरेका हुन्।

१० एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

उनीहरु चैत २८ गते डीआइजीमा बढुवा सिफारिस भएका थिए। सिफारिस भएका सबैलाई गृहमन्त्री रामबहादुर थापाले आइतबार मन्त्रिस्तरीय निर्णयबाट बढुवा गरेका थिए। दर्ज्यानी पाउपनि गृहले पदस्थापना गरेको छैन। उनीहरुको सोमबार बेलुकासम्म जिम्मेवारी तोकिने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

बैंक र उद्योग जोगाउन कस्सिए बैंक सञ्चालक

बैंक तथा वित्तीय संस्था सञ्चालकहरूको साझा संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) बैंक बचाऊ अभियानका जुटेको छ । कोभिड–१९ का कारण आर्थिक क्षेत्रका सबै गतिविधि बन्द भएपछि सञ्चालकहरू बैंक बचाऊ अभियानमा जुटेका हुन् ।

उनीहरूले यो विषम परिस्थितिमा उद्योग व्यवसाय बचाउन सकिए मात्रै बैंक तथा वित्तीय क्षेत्र पनि बचाउन सकिने निष्कर्ष निकालेका हुन् । यसबाट मात्र वित्तीय संस्थाहरूको दिगोपना कायम रहने उनीहरूको ठहर छ ।

हिजो (आइतबार) साँझ डेढ घण्टा बसेको परिसंघको बैठकमा बैंक सञ्चालकहरूले ब्याज दर घटाउनेदेखि खर्च कटौती गर्ने सम्मका विषयमा छलफल गरेका थिए । त्यसै गरी, कर्जा निक्षेप अनुपात (स्प्रेड दर ) र सीसीडी रेसियो घटाउने, उद्यमीलाई आवश्यक रहेको विशेष प्याकेजका विषयमा  समेत छलफल भएको थियो ।

बैठकमा भएको छलफलको बारेमा बताउँदै नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले कोरोनाको असर १० वर्षसम्म पनि पर्न सक्ने आकलन गरिएको जानकारी दिए । आफूले बैठकमा मुद्दती निक्षेपको ब्याजदर ६ देखि ७ प्रतिशतको बिचमा राखिनुपर्ने धारणा राखेका समेत उनले बताए ।

पाण्डेले आम उद्यमीलाई राहत दिन निक्षेपको ब्याजदर घटाएर सहुलियत रूपमा कर्जा उपलब्ध गराउनु पर्ने बताएका छन् । उनले भने, ‘कर्जा निक्षेप अनुपात (स्प्रेडदर) घटाएर ३ प्रतिशतमा झार्नु पर्छ, उद्योगीलाई कम्तीमा पनि १ वर्षसम्म कुनै पनि किस्ता तिर्न नपर्ने गरी सरकारले राहत प्याकेज उपलब्ध गराउनुपर्छ ।’

नविल बैंकका सञ्चालक उपेन्द्रप्रसाद पौड्यालको पनि धारणा पाण्डेको जस्तै छ । उद्योग बचे मात्रै बैंक बच्ने भएकाले आर्थिक गतिविधिका सबै क्षेत्रलाई बचाउन सरकारले तत्काल विशेष कदम चाल्नुपर्ने उनले बताए । पौड्यालले आर्थिक न्यूजसँग कुरा गर्दै भने, ‘यो विषम परिस्थितिमा आर्थिक गतिविधिका सबै क्षेत्रलाई परम्परागत हिसाबले हेरेर हुँदैन, उद्योग व्यवसाय बचाउन सके मात्र बैंक बाँच्ने हो ।’ त्यसैले यी सबै क्षेत्रलाई बचाउन सरकारले तत्काल विशेष कदम चाल्नु पर्ने उनको जोड छ । उनले थपे, ‘६ महिना वा १ वर्षको राहत दिएर पुग्दैन, अब सरकारले ५ वर्षसम्मको लागि विशेष प्याकेज ल्याउनुपर्छ ।’

सरकारले उद्यमीहरू लिने करमा पनि यस्तो अवस्थामा कस्न नमिल्ने धारणा बैंक सञ्चालकको देखिन्छ । उनीहरूलाई पछि तिर्ने सर्तमा अहिलेको अवस्थामा कर पनि छुट दिनुपर्ने उनीहरू बताउँछन् । व्यापारीलाई कर छुटको राहत प्याकेज आवश्यक नभए पनि उद्योगलाई बचाउन यस्ता प्याकेज अत्यावश्यक भएको पौड्यालले बताए ।

सिटिजन बैंकका अध्यक्ष राजनसिंह भण्डारीले भने अब बैकको आन्तरिक खर्च समेत घटाउनुपर्ने धारणा राखेका छन् । उनको बिचारमा यस्तो बेला बैंक सञ्चालन लागत घटाउनुका साथै कर्जालाई पुनः संरचना गर्दै तालिकीकरण गर्नुपर्ने हुन्छ ।

कोरोनाले सबै प्रकारका उद्योगलाई एउटै किसिमको असर नपार्ने बताउँदै भण्डारीले भने ‘असरको मात्रा अनुसार कुनैलाई ५ वर्ष, कुनैलाई ३ वर्ष र केही उद्योगलाई १ वर्षको राहत प्याकेज दिनुपर्ने हुन्छ ।’

सरकारले यसको लागि कसरी खर्च जुटाउने भन्ने बारेमा समेत उनले सुझाव दिन भ्याए । उनी भन्छन्, ‘अहिले पुँजीगत खर्च नहुने पक्का भएको छ, यस्तो अवस्थामा यही आवको बजेटबाट उद्योग बचाउन विशेष राहत प्याकेज सरकारले दिन सके उद्योगीलाई राहत मिल्थ्यो ।’ भण्डारीको निष्कर्ष छ, ‘सरकारले उद्योग/व्यवसाय बचाउन सक्यो भने बैंकको नाफा घटे पनि बैंक बच्छ ।’

अर्का बैंक सञ्चालकको पनि भण्डारीसँग मिल्दो धारणा छ । बैंकलाई बचाउनु नै अहिलेको अवस्थामा पहिलो प्राथमिकता भएको सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङले बताए ।

‘यो अवस्थामा राष्ट्र बैंकले सीसीडी रेसियोमा हेरिदिनुपर्छ,’ उनले थपे ‘सकभर बैंकको नाफा नघटोस् भन्ने हाम्रो चाहना हो । घटे पनि केही मात्र घटोस् ।’ मानवीय संवेदनाका विषयलाई मध्यनजर गर्दै बैंकको नाफालाई पर राखेर अहिलेको अवस्थामा उद्योग र बैंकलाई बचाउने विषयमा परिसंघमा छलफल भएको अध्यक्ष तामाङले बताए ।

परिसंघले बैंक सञ्चालकबाट आएका विषयलाई समेटेर एउटा प्रतिवेदन तयार पार्ने बैठकमा सहभागीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार प्रतिवेदन तयार भएपछि सो प्रतिवेदन एक जना संयोजक मार्फत सरकारलाई बुझाइने छ । आइतबार बसेको बैठकले प्रतिवेदन बुझाउने संयोजक भने तोकेको छैन । –

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट

इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो । सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना महामारीका कारण मागमा कमी आएपछि मूल्यमा पनि व्यापक गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् ।

विश्लेषकहरुका अनुसार यसै अप्रिल महिनामा विश्वका ठूला तेल उत्पादक मुलुकहरुबीच प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति भए पनि त्यसले बजारलाई स्थायित्व दिन सकेको देखिएन । विश्वका धेरै देशमा हाल जारी लकडाउन र यात्रा प्रतिबन्धले अर्बौं मानिस घरभित्रै बस्न बाध्य भएका कारण तेलको मागमा व्यापक कमी आएको छ ।

डब्लुटिआईको ओक्लाहोमास्थित कुसिङ तेल भण्डारणमा तेल भरिन लागेको छ । एएनजेडले मागमा कमी आएका कारण कच्चा तेलको मूल्यमा दबाब रहिरहने बताएको छ ।

इटाली, स्पेन, फ्रान्स र बेलायतमा कोरोनाभाइरसका कारण हुने दैनिक मृत्यु दर एवं संक्रमित दरमा कमी आएको बताएका छन् । युरोपका देशहरुले लकडाउनमा विस्तारै सहजीकरण गर्न योजना अघि सार्न थालेका छन् भने संयुक्तराज्य अमेरिकामा अर्थतन्त्र र बजार खुलाउन माग गर्दै प्रदर्शन पनि हुन थालेको छ ।

शेयर बजारतर्फ हङकङ, शाङघाई र सियोलको बजार ०.१ प्रतिशतले बढेको छ भने वेलिङटनको शेयर बजार ०.४ प्रतिशतले वृद्धि भएको छ । तर टोकियो शेयर बजार ०.९ प्रतिशतले घटेको छ । सिड्नी र मनिला शेयर बजार १ प्रतिशतले घटेको छ । ताइपेई, सिंगापुर र जकार्ताको शेयर बजारमा कमी आएको छ ।

लगानीकर्ताहरु वासिङ्टन डिसीतर्फ ध्यानदृष्टि लगाएका छन् जहाँ अमेरिकी कङ्ग्रेस र ह्वाइट हाउसबीच साना व्यवसायलाई मद्दत गर्नेगरी अघि सारिएको ४ खर्ब ५० अर्ब डलरको राहत प्याकेजका बारेमा छलफल जारी छ । अमेरिकी सरकारले यसअघि नै अर्थतन्त्रलाई जोगाउन २० खर्ब डलरको राहत प्याकेज घोषणा गरिसकेको छ ।

एन आई सी एशिया बैंकले लकडाउनको समयमा अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने

विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहक महानुभावहरूको घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ ।

धेरै समयको लकडाउनको कारण एन आई सी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको छ । ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्यूआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ ।

यस्तो अवस्थामा कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एन आई सी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न प्रकृया अपनाई सहज रुपमा क्यूआर कोडप्रदान गर्ने भएको छ ।
क्यूआर कोडको लागि सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना  [email protected] मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाइ क्यूआर कोड सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एन आई सी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।

बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ । व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्यूआर प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ । व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।

त्यसपछि बैैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्यूआर कोड प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्यूआर कोड स्वयम् प्रिन्ट गरी ग्राहक महानुभावहरूसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नुहुनेछ ।
कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने क्यूआर स्याण्ड व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्नुहुनेछ । व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढि पनि क्यूआर स्याण्ड प्रदान गर्नेछ ।

नेपाल राष्ट्र बैंकले २०७६ चैत्र ९ गतेबाट मोबाइल बैंकिङ्गबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग ( क्यूआर कोड समेत) बाट प्रतिदिन रु १ लाख तथा प्रतिमहिना रु १० लाखसम्म कारोबार गर्न सक्नुहुनेछ ।

यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न उत्प्रेरित गर्दछ ।

जसकारण अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहक महानुभावहरूलाई टाढै राखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्नेछ । हालसम्म बैंकले ५० वटा भन्दा बढी शाखाहरूमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ ।

उक्त सेवाहरूका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर कोड सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, यस बैैकका ग्राहक महानुभावले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४५० भन्दा धेरै एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।