जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकका सम्पत्तीनै ग्राहक वर्ग हुनः उहाँहरुलाई अप्ठ्यारोमा पारेर बैंकहरुले कहिले काम गर्नु हुँदैन

बैंकका सम्पत्तीनै ग्राहक वर्ग हुनः उहाँहरुलाई अप्ठ्यारोमा पारेर बैंकहरुले कहिले काम गर्नु हुँदैन

शम्भूनाथ गौतम नेपाल बैंकिङ्ग क्षेत्रमा चिनाई राख्नु पर्ने नाम होइन । मिडियामा आउन त्यति नरुचाउने गौतम नेपालको सबल र अब्बल बैंक सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइआ) हुन् । तीन दर्शक भन्दा बढि बैंकिङ क्षेत्रमा बिताएका शम्भूनाथ गौतमले कृषि विकास बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए ।

सरकारी बैंकमा आफूले सोचेअनुसार काम गर्न नपाएपछि नविल बैंकमा पुगेका गौतमले त्यहाँ करिब १५ वर्ष बिताए । त्यसपछि सिद्धार्थ बैंकमा १५ वर्ष काम गरेका उनी २ वर्षदेखि सिद्धार्थ बैंकमा सिइओका रूपमा नेतृत्व गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट कृषिमा स्नातक र काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका शम्भूनाथ गौतम सालिन स्वभाव र सोच विचार गरेर निर्णय लिने बैंकरहरुको सूचि पर्ने बैंकर हुन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको सक्षम र सबल बैंक सिद्धार्थ बैंक लिमिटेडले ३०÷३५ शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ सिद्धार्थ बैंक लिमिटेडले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ।

शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएका छन् । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र केही दिन पछि आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर घटाएको देखिन्छ साथै कर्जाका ग्राहकहरुको खाताबाट चैत्र मसान्तमा बैंकहरुले पैसा तानेको देखिन्छ ।

नेपालको अर्थतन्त्र र नेपालको बैकिङ्ग प्रणालीलाई कस्तो असर पर्ला यी र यस्तै विषयमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भूनाथ गौतमसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० मुलुक लकडाउनमा छ । कोरोना भाईरसका केही संकेत हाम्रो देशमा देखा परेको छ । त्रासको अवस्था पनि छ । यस बीचमा सिद्धार्थ बैंक लिमिटेडले चाही कस्तो सेवा प्रदान गरेको अवस्था छ, सीइओ साब ?
हामीले चैत्र अगाडी ५५÷६० शाखा खोली सेवा दिएका थियौ । ११ बजे देखि १ बजेसम्म थप लकडाउन पछि चाहि कम शाखा खोली कारोबार गरेका छौं । मेजर ठाउँमा चाहि दिन विराएर शाखा खोली सेवा दिएका छौं । स्थानीय तहमा सम्बन्धीत व्यक्तिहरुसंग कुराकानी गरेर शाखा खोली सेवा दिएका छौं । हाम्रा स्टाफहरुको नम्बर दिएका छौं । सम्पर्क गरि पैसा झिक्न र राख्ने काम ग्राहकहरुले गर्नु भएको छ । अर्को कुरा एटिएम बन्द छैन र डिजिटल कारोबार खुल्लै छ । त्यसबाट ग्राहकहरुले सेवा लिनु भएको तथ्याङ्कबाट देखिन्छ नि ।

० यस्तो लकडाउनको बेला काम गर्ने कर्मचारी साथीहरुको स्वास्थ्य सुरक्षा र सुविधाका व्याकेज चाहि के कस्ता छन् ?
सबै कर्मचारीहरुको इन्स्योरेन्स छ । यो विगतको बेला काम गर्ने कर्मचारीहरुका लागि हामी केही गर्ने पक्षमा नै छौं । यो कति लम्बिने हो । त्यसमा भर पर्दछ । अर्को कुरा सुरक्षाको छ । हामीले सरकार र WHO ले दिएका सबै निर्देशन पालना गरेका छौं । सोस डिस्टेन्स गरेका छौं । माक्स पञ्जा सेनिटाईजर, कर्मचारीले लगाउनु भएकै छ । अर्को कुरा गार्ड र ड्राईभरहरुको बारेमा पनि हामी चिन्तित छौं। उहाँहरुलाई पनि सुरक्षाका उपाय गर्ने सबै प्रकारका सामान दिएको अवस्था चाहि छ ।

अर्को पक्ष के पनि हो भने यो बेला कर्मचारी मात्रै होइन लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी लगायत सबै जनताको स्वास्थ्यको कुरा गर्नपर्छ
काठमाडौं बाहिरको हकमा ग्राहकहरुको भीड अलिक बढी भएकाले स्थानीय प्रशासनसँगको समन्वयमा काम गरिरहेका छौं ।

० राष्ट्र बैंकले बैंकका ग्राहकहरुका लागि केही सहुलियतका प्याकेज ल्याएको देखिन्छ । यसलाई कसरी लिनु भएको छ त ?
यो स्वातयोग्य छ । सकारात्मक छ । केन्द्रीय बैंकले ल्याएको यो पहिलो चरणको १९ बुँदे प्याकेज हो । यस्ता प्याकेज अरु पनि ल्याउन पर्दछ ।
यो हिजोको अवस्था र प्रकृति हेरिएर आएको हो । थप आउन जरुरी छ लकडाउन कति लम्बिने हो यसमा भर पर्ने देखिन्छ । अर्थमन्त्रालय, राष्ट्र बैंक हामी बैंकर, नेपाल उद्योग वाणिज्य महासंघ लगायत सबै क्षेत्रसंग सरसल्लाह र छलफल पछि फेरि महत्वपूर्ण राहत आउने मलाई विश्वास छ । यसले पुग्दैन । सबै बन्द छ । सबैलाई राहत चाहिएको छ । यस घडीमा त्यसकारण सबै बच्ने खालका उपाय निकाल्नु जरुरी छ ।

० सीइओ साव यो अप्ठ्यारो र विशम अवस्थामा बैंकहरुले डिपोजिटका ब्याजदर घटाउने देखि कर्जाका ग्राहकको खाताबाट किस्ता तानेको देखिन्छ नि । यहि हो बैंकहरुले ग्राहकलाई गर्नुपर्ने सहयोग ?
यसलाई यसरी बुझै । यो बेला तपाईले भनेजस्तो गर्ने बेला पटक्कै होइन । पहिलो कुरा कर्जाको ग्राहकलाई राहत दिन डिपोजिटमा कम व्याजदर घटाइएको छ । यसमा आत्तिहाल्नु पर्ने अवस्था छैन । यसले कर्जाको पनि व्याजदर घट्ने छ । यो मौकाको फाइदा उठाएको पटक्कै होइन ।

अर्को कुरा किस्ता बैंकले तानेको कुरा छ । यो महत्वपूर्ण छ । यसमा दुईवटा पक्ष छन्, एउटा हो छुटको बेला मेरो खातामा भएको पैसा किन नतानेको भन्ने पक्ष पनि होला र छुट माग्ने पक्ष पनि होला खाताको पैसा बैंकले तानेपछि १० प्रतिशत छुट दिनु पर्दछ । अर्को पक्ष छ । अहिले मलाई खाचो छ । नतानेको भएपनि हुने थियो भन्ने होला । त्यसकारण ग्राहकको खातामा पैसा चाहिन्छ भने हामी दिन तयार छौं । यो बुझ्नु जरुरी छ । बैंकहरुका सम्पत्ती नै डिपोजिटकर्ता र कर्जाका ग्राहकनै हुन् । उनीहरुलाई मारेर बैंक कसरी चलाउने ? यो सोच्नु पनि सकिदैन नि ।

० नेपालको सबल र सक्षम बैंक सिद्धार्थ बैंक लिमिटेडले राज्यले कोरोना भाईरस बिरुद्ध लड्न स्थापना गरेको कोषमा चाही कस्तो सहयोग गरेको छ ?
हामीले सबै ७ वटै प्रदेशमा १०÷१० लाख दिएका छौं । केन्द्रीय कोषमा पनि केही गर्ने सोच छ । अर्को कुरा स्थानीय निकाय गाउँपालिकाहरुमा केही राहत दिएका छौं । भूपेन्द्रजी हामी यहि समाजका मान्छे समाजलाई केही गर्नुपर्ने दायित्व हाम्रो छ । यसबेला ठूलो आर्थिक आकक्षा हामी कसैले पनि राख्नु उत्तम हुँदैन । अर्को पक्ष यो लकडाउन कत्ति लम्बिने हो । क्षति कस्तो हुने हो । त्यसमा निर्भर हुन्छ नि ।

वित्तिय क्षेत्रमा कोरोना संकटले बैंकको खुद नाफामा घाटा नहोला । तर अहिले दोहोरो टाईपको वित्तिय विवरण पनि आउने देखिन्छ । वितरणयोग्य नाफाको पनि कुरा छ ।

केही समय पछि नै सबैचित्र देखिन्छ । राष्ट्र बैंकले १० प्रतिशतसम्म ब्याज तिर्दा छुट दिने असारसम्म जरिवाना छुट दिने र बैंकका कमिशन र केही पनि शुल्क आएको छैन यी विषयमा गरेको नीतिगत निर्णयले गर्दा नाफामामा केही असर पर्ने प्रस्टै छ ।

० कोरोना भाईरसले विश्वअर्थतन्त्र हल्लाएको छ । नेपालको अर्थतन्त्रलाई पनि असर देखा परिरहेका बेला यसले बैकिङ्ग प्रणालीलाई चाही कति असर देखा पर्ला त सीइओ साब ?
अर्थतन्त्रको मुटु नै बैकिङ्ग क्षेत्र हो । अर्थतन्त्र चलायमान बैकिङ्ग प्रणाली भित्रैबाट हुने हो । यो बुझनु जरुरी छ । अर्को कुरा यो कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ । काम धन्दा सबै बन्द छन् ।

काम धन्दा गरेर नै सम्पत्ती आर्जन गर्ने हो । अनि त्यसबाट खर्च गर्ने हो । यो कत्ति लम्बिन्छ हेर्न बाँकी छ । मैले अगाडीनै भने सबै स्टेहोल्डरहरु एक ठाउँमा बसेर अध्ययन गर्नुपर्दछ । पर्यटनमा असर छ । फ्रि टिकट, फ्रि भीसा दिए पनि कोही विश्व डुल्न तयार छैन । उद्योग धन्दा बन्द छ । यसको प्रभाव राज्यको अर्थतन्त्रमा पर्ने र त्यसपछि बैंकिङ्ग प्रणालीमा पर्ने गरेको इतिहासनै साक्षी छ । राज्यको अर्थतन्त्रले ग्रोथ गरे पो बैंकहरुले गर्ने हो भुपेन्द्रजी ।

अहिले तरलता अलिकति सहज भएको चाहि छ । यसले फाइदा हुन्छ । हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ । र अर्थतन्त्रलाई पुर्नजीवन दिनु पर्दछ ।

देशकै अवस्था गाह्रो भईसकेपछि के हुन्छ भन्ने अन्योल छ । त्यसलाई चिर्दै अगाडी बढ्नुपर्छ । आफू बच्ने र अरुलाई बचाउनु पर्ने समय आएको पक्कै छ । अर्को कुरा यो बेला मान्छे घर परिवारसंगै छन् । यसले उर्जा थपिएको पककै छ । त्यसकारण अब विदेश होइन देशमै कृषि व्यवसाय गरौं भन्ने भावनाको विकास चाहि आएको देखिन्छ नि ।

० राष्ट्र बैंकमा हालै नयाँ गर्भनर आउनु भएको छ । उहाँबाट तपाईहरुको आशा चाहि के छ ?
गर्भनर महाप्रसाद अधिकारीज्यू बैकिङ्ग बुझेको अनुभवी र दक्ष गर्भनर मुलुकले पाएकोमा हाम्रो बैकिङ्ग प्रणाली खुशी छ । हामीसबैले चाहेको शालिन स्वभावको र सोचेर निर्णय लिने गर्भनर हामीले पाएका छौं । हामीले खोजीएको गर्भनर साब पाएको अवस्था छ नि ।

० अन्त्यमा लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई केही भन्नु छ ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । परिवारसंगै बसौं । विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाको महामारीबाट तपाई, तपाईको परिवार आफन्तजन र जनता बचाउ । अर्को कुरा यो रोग फैलियो भने हामीले धान्न सक्दैनौ । त्यसकारण राज्य र WHO ले दिएको सबै नियमका पालना गरौं भन्दै नयाँ वर्ष २०७७ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

41185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका