जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • विश्वका १७० राष्ट्रहरुको प्रति व्यक्ति आय वृद्धिदर ऋणात्मक

विश्वका १७० राष्ट्रहरुको प्रति व्यक्ति आय वृद्धिदर ऋणात्मक

नारायण पौडेल । हाल विश्वभर फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावहको स्थिति सिर्जना गरेको छ । दैनिक रूपमा यो रोगबाट संक्रमित हुने र मृत्य हुने मानिसहरुको संख्या हजारौं रहेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक मुलुकले आ–आफ्नो तर्फबाट हरसम्भव प्रयास गरिरहेका छन् ।

थप संक्रमण हुन नदिन अन्तर्रा्ष्ट्रिय भ्रमण तथा यातायात स्थगन गरिएको छ, स्थानीय रूपमा पनि मानिसको आवातजावतमा रोक लगाइएको छ । सर्वसाधारणलाई घरमै बसी सुरक्षित रहन निर्देशन जारी गरिएको अवस्था छ ।

अहिले सरकार, व्यासायिक निकाय, नीतिनिर्माता र अर्थ्विद्हरुको सम्पूर्ण ध्यान छिटोछरितो र दीर्घकालीन तवरबाट स्वास्थ्य सुरक्षा तथा अर्थतन्त्रको चुनौतीहरुको सामना गर्दै सर्वसाधारणको जीवनयापन पद्धतिलाई सामान्य र सहज बनाउनेतर्फ नै केन्द्रीत छ ।

यो महामारी कहिलेसम्ममा पूर्ण नियन्त्रणमा आइसक्छ भन्ने अनिश्चितताका कारण नै यसबाट पर्ने आर्थिक–माजिक प्रभावको यथार्थ निर्क्यौल गर्न पनि अहिले कठिन छ । यसलाई सन् १९३० पछिको ठूलो आर्थिक मन्दीको रूपमा लिइएको छ भने सन् २००८र०९ को विश्वव्यापी वित्तीय संकटभन्दा पनि बढी प्रतिकूल हुने बताइएको छ ।

मानिस काममा जुट्न सक्ने अवस्था छैन, उद्योग, व्यापार, व्यवसाय ठप्प छ, कतिपयको रोजगारी अनिश्चित बन्न पुगेको छ र यसले गर्दा समग्र अर्थिक क्रियाकलापमा नै सुस्तता आएको छ । श्रमिक तथा मजदुरहरु काम गर्न जानसक्ने अवस्थामा नहुँदा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानको सञ्चालन बन्द रहेको, महामारीको अवधि कति हुने र यसको प्रतिकूल असर कतिसम्म भन्नेमा अहिले अनुमान गर्न सकिने अवस्था छैन ।

जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी तदनुरुपका नीतिगत उपायहरुको अनुशरण र कार्यान्वयन गर्नुपर्ने भएको छ । यसका लागि स्वास्थ्य सुरक्षा प्रणालीको क्षमता अभिवृद्धि गर्न थप स्रोत जुटाउनुपर्ने अवस्था छ ।
अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको पछिल्लो प्रक्षेपण अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०१९ मा २.९ प्रतिशत रहेकोमा सन् २०२० मा ३.० प्रतिशतले ऋणात्मक हुनेछ ।

विकसित मुलुकहरुमा आर्थिक वृद्धि ६.० प्रतिशतले र उदीयमान तथा विकासशील मुलुकका अर्थतन्त्रहरु क्रमशः २.२ प्रतिशत र ४.५ प्रतिशतले वृद्धि भएकोमा सन् २०१९ मा क्रमशः १.० प्रतिशत र २.२ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण छ । विश्वका १७० राष्ट्रहरुको प्रति व्यक्ति आय वृद्धिदर ऋणात्मक हुने तथा अफ्रिका, ल्याटिन अमेरिका र एशियाका कतिपय उदीयमान एवम् न्यून आय राष्ट्रहरु उच्च जोखिममा हुने आँकलन गरेको छ ।

अत्यावश्यकीय स्वास्थ्य प्रणाली र उपायहरुलाई निरन्तरता दिने, तरलतामा पर्ने चापबाट प्रभावित वर्गलाई जोगाउन सामयिक लक्षित वित्तीय तथा मौद्रिक उपायहरु अवलम्वन गर्ने, वित्तीय क्षेत्रमा पर्न सक्ने दबाब तथा संक्रमणलाई नियन्त्रणमा लिने र अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने योजनामा लाग्ने जस्ता विश्वव्यापी प्राथमिकताहरु सुझाइएको छ । स्थिति सोचिएअनुरुप सन् २०२० को दोस्रो त्रैमासको अन्त्यसम्ममा नियन्त्रणमा आउन सकेको खण्डमा त्यसपछि अर्थतन्त्रको कार्य सम्पादनमा क्रमिक सुधार आई सन् २०२१ मा विश्व अर्थतन्त्रको वृद्धिदर ५.८ प्रतिशत हुन सक्ने अनुमान छ ।

नेपालमा यो रोगबाट मृत्यु नै भएको अवस्था भने छैन । तर, यसका लागि पूर्व सावधानी अपनाउनु अत्यन्त जरुरी छ । यो महामारीविरुद्ध पूर्व सावधानी तथा तयारीका लागि गम्भीर नहुँदा पनि मृत्युदर उच्च हुन पुगेको देखिन्छ । जन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले कोभिड– ९ का कारण मृत्यु हुने मानिसको संख्या प्रति १० लाख अमेरिकामा ६२, हङकङमा, जापान र ताईवानमा १ भन्दा कम, चीन, दक्षिण कोरिया र सिंगापुरमा ५ भन्दा कम र भारतमा ०.२ रहेको छ ।

11795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका