जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई निगमका अध्यक्षमा नियुक्त गरेको उच्च स्रोतले राससलाई जानकारी दिएको छ ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । नवनियुक्त घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बन्नुभएको थियो ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गर्नुभएको थियो ।

उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो ।

त्यस्तै लेखा प्रणाली र वित्तीय पुनर्संरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तव्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो ।

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गर्नुभएको थियो ।

कियाले वारेन्टी सुविधा लिने अवधि थप्यो

कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्ष्य गरी किया प्रोमिस नामको योजना ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै गाडी मर्मत गर्ने सुविधा दिन लागेको नेपालका लागि कियाको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले जानकारी दिएको हो ।

कोभिड–१९ रोग निम्त्याउने नोवेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गरिएसँगै संसारका अधिकांश मुलुकका व्यावसायिक प्रतिष्ठानहरु बन्द छन् । लकडाउन र अत्यावश्यकबाहेकको आवागमनमा प्रतिबन्धका कारण कियाका सोरुम र सर्भिस सेन्टरहरु पनि बन्द छन् । सोरुमहरु खुला रहेको ठाउँमा पनि ग्राहकहरु सोरुमसम्म पुग्न नसक्दा वारेन्टी सुविधा अन्तर्गत गाडी मर्मत गराउनबाट वञ्चित छन् ।

तिनै ग्राहकलाई वारेन्टी सुविधा दिन कम्पनीले किया प्रोमिस कार्यक्रम सार्वजनिक गरेको हो । यसले ग्राहकलाई आगामी जुनसम्ममा वारेन्टी अन्तर्गत गाडी मर्मत गराउने सुविधा दिने कम्पनीले जनाएको छ ।

उल्लेखित अवधिमा किया सोरुम र सर्भिस सेन्टर पुग्न नपाएका अथवा सर्भिस सेन्टर बन्द भएका कारण सुविधा लिन नपाएका ग्राहकहरुमा मात्र यो अफर लागू हुने कम्पनीको भनाइ छ । यस्ता ग्राहकले आगामी जुनभित्र किया डिलरमा गएर मर्मतका लागि आग्रह गरिसक्नुपर्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अर्थमन्त्री मुटुको बिरामी हुनुहुन्छ, सिंहदरबार र बालुवाटारबाहेक कतै जानुभएको छैन’

अर्थमन्त्री डा. युवराज खतिवडा मुटु र डाइबिटिज (मधुमेह) को बिरामी भएकाले स्वास्थ्यप्रति सजग रहेको उनका प्रेस संयोजक यमन पौडेलले स्पष्टीकरण दिएका छन् ।

लकडाउनपछि मन्त्री खतिवडा कुनै पनि पारिवारिक जमघटमा सहभागी नभएको पौडेलको स्पष्टीकरण छ ।

कोराना संक्रमितहरु फेला परेको सन सिटी अपार्टमेन्टमा अर्थमन्त्रीका छोरा, बुहारी र नातिनी बस्ने गरेका थिए । यसवीचमा मन्त्री खतिवडाको पारिवारिक भेटघाट भएको थियो कि थिएन भनेर प्रश्न उठेपछि मन्त्री खतिवडाका प्रेस संयोजक पौडेलले यसबारे स्पष्टीकरण दिएका हुन् ।

लकडाउनपछि मन्त्री खतिवडा सिंहदरबार र बालुवाटारबाहेक अन्त कतै नगएको र सामाजिक दूरीमा रहेको पौडेलले बताए ।

प्रेस संयोजक पौडेलले दिएको स्पष्टीकरण–

मन्त्रीज्यू सन सिटीमा जानुभएको छैन । लकडाउनयता कहीँ पनि जानुभएको छैन । त्योभन्दा पहिले पनि जानुभएको छैन ।

‘उहाँ मुटुको बिरामी हो । डाइबिटिजको बिरामी हो । डब्ल्युएचओले भनेअनुसारको डिस्ट्यान्स मेन्टेन गर्नेदेखि लिएर खाने कुरा र स्वास्थ्य सुरक्षाका सबै कुराहरुमा एकदमै सजग हुनुहुन्छ ।’

उहाँ मुटुको र डाइबिटिजको बिरामी हुनुहुन्छ । डब्लूएचओले भनेअनुसारको डिस्ट्यान्स मेन्टेन गर्नेदेखि लिएर खानेकुरा र स्वास्थ्य सुरक्षामा एकदमै सजग हुनुहुन्छ

मन्त्री निवासदेखि अर्थ मन्त्रालय र अफिसदेखि प्रधानमन्त्री निवास र रक्षामन्त्रीको उच्चस्तरीय समन्वय समितिमा बाहेक उहाँले कहीँ पनि कसैसँग भेट गर्नुभएको छैन ।

मन्त्रीज्यू मुटुको विरामी भएकाले अघिपछि पनि खानपान भीडभाडमा नहिँड्ने मान्छे हो । उहाँ शुद्ध शाकाहारी हो ।

अघिपछि पनि फाइभ स्टार होटलमा सन्ध्याकालीन कार्यक्रम हुँदाखेरि प्रमुख अतिथिका रुपमा जाँदाखेरि भाषण गरेर एक कप चिया पनि नखाइन सिधै हिँड्ने मान्छे हो ।

लकडाउनपछि हाम्रै अफिस (अर्थ मन्त्रालय) मा पनि केही स्टाफहरु कटौती भएर हामी निश्चित मान्छेहरु मात्रै छौं । हामीलाई पनि जो जहाँ छ, त्यहीँ मात्र आउने, अन्यत्र कसैलाई नभेट्ने भन्ने सजग गराइएको छ ।

हामी यसरी सजग भयौं भने मात्र मन्त्रीज्यूको स्वास्थ्य ठीक हुने भयो । मन्त्रीज्यू पनि कतै घुमघाम गर्नुभएन भने हामी ठीक हुने भयौं ।

मन्त्रीज्यूको घरमा पारिवारिक जमघट र पाहुनाहरु आउने केही पनि छैन । उहाँहरु श्रीमान–श्रीमती दुईजना मन्त्री निवासमा बस्नुहुन्छ । लकडाउनपछि उहाँ धुम्बाराही घरमा समेत जानुभएको छैन  । अनलाईनखबर डटकम

नयाँ गभर्नर अधिकारीको हस्ताक्षर भएको पहिलो नोट ८ महिनापछि आउने

नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चीनको कम्पनीलाई दिएको छ। राष्ट्र बैंकले तीन महिना अगाडि नोट छाप्ने प्रक्रिया थालेको थियो।

राष्ट्र बैंकले १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्ने भएको छ। ५ रुपैयाँ दरको नोट ३० करोड थान छाप्ने भएको छ।

यसका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई छानिएको छ। कम्पनीले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिसम्म गर्नुपर्ने हुन्छ।

५ रुपैयाँ दरको नोट छाप्नका लागि ४३ लाख ९७ हजार ५०० अमेरिकी डलरमा जिम्मा दिइएको छ। यसैगरी १० रुपैयाँ दरका नोट छाप्नका लागि ४१ लाख ४० हजार ४०० डलरमा जिम्मा दिइएको छ।

नयाँ नोटमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ। अधिकारीले हस्ताक्षर गर्ने पहिलो नोट नै ५ र १० को हुनेछ। यी नोट नेपाल भित्रिन करिब ७/८ महिना लाग्छ।

अहिले सरकार सबै राजीतिक पार्टी उद्योग व्यवयासी र जनता एक भएर कोरोना बिरुद्धको लडाई जित्ने बेला हो

विजय श्रेष्ठ चिनाई राख्नु पर्ने नाम होइन । एयरलाइन्स क्षेत्रमा श्रेष्ठ पहिलो पंक्तिमा आउने नाम हो । नेपालबाट अन्तराष्ट्रिय उडान गर्ने प्राइभेट क्षेत्रको ठूलो कम्पनी हिमालय एयरलाइन्सका उपाध्यक्ष हुन् बिजय श्रेष्ठ ।

नेपाल–चीन संयुक्त लगानीका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्रा्ष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायु सेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरूलाई संकेत गर्दछ, जुन देशको नाम उचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एयरलाइन्स उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्रा्ष्ट्रियस्तरको बनाउन आकांक्षा राख्दछ । समयमै भरपर्दाे सेवा, सुरक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एयरलाइन्सले नेपालमा आफ्नो उच्च पहिचान बनाउन सफल भएको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एयरलाइन्सले तीन वर्षको अवधिमा आफ्नो स्वामित्वमा तीनवटा ए ३२० विमान कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ ।

अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङमा उडान भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एकमात्र एयरलाइन्स हिमालय एयरलाइन्स हो र हाल चीनमा उडान भर्ने एकमात्र नेपाली एअरलाइन्स पनि हो । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।

व्यावसायिक रूपमा काम सुरु गरेको करिब दुई वर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेसनल एयरलाइन्स् इन साउथ एसिया अन्तर्रा्ष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । हिमालय एयरलाइन्सको टोली बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट निर्मित छ र ‘अतिथि देवो भवः ग्राहक नै भगवान भन्ने वर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध व्यक्त गरेको देखिन्छ ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यस्तो सम्बेदनशील अवस्थामा नेपाली आकाश अहिले खाली छ । उडान छैन । निजी क्षेत्रका प्रायः सबै उडान ठप्प छ । यसले पर्यटन उद्योग र स्वय कम्पनीहरुलाई पार्ने असर, आपतकालीन अवस्थामा नेपालका एयरलाइन्सहरुले दिने सेवा र राज्यसंग गरिएका अपेक्षाबारे नेपालकै निजी क्षेत्रको अन्तराष्ट्रिय उडान गर्ने कम्पनी हिमालय एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० यो विपत र अप्ठ्यारो बेला राज्यले सबै एयरलाइन्स कम्पनीहरुलाई तयारी अवस्थामा राखेको देखिन्छ नि ?
यो कोरोना भाईरसको महामारीबाट बच्नु र अरुलाई बचाउनु हाम्रो कर्तव्य नै हो । त्यस कारण सबै तयारीमा बस्नुपर्छ नि । हेलिकप्टर मात्रै होइन सबै एयरलाईन्स त्यसका पाइलट सबै स्टेन्डवाई बस्नु प¥यो नि । अर्को भए जहाज ग्राण्डेड हुँदा पनि पाइलटहरुको लाइसेन्स लगायतका कुराको नविकरण, उडानका क्षमताका सबै काम तयारी रहनुपर्दछ । राज्यले भनौ वा राष्ट्रले चाहेका बेला हामी सधै तयार हुनुपर्दछ । त्यसका लागि हामी तयार छौं ।

० यो लामो लकडाउनले पर्यटन व्यवसायलाई कस्तो असर पर्ला त ?
अब पर्यटन भन्ने कुरै भएन नि यसको दीर्घकालिन असर पर्ने प्रस्टै देखिन्छ । २÷३ वर्ष त यो कल्पना गर्न पनि सकिदैन । यो अदृश्य शक्ति कोरोना भाईरसको महामारी संसारभरी देखिएपछि पर्यटक आउने र नेपाली जाने कुरै भएन सबै व्यवसाय व्यापार बन्द छ । असरको अब कल्पना गर्न कठिन छ ।

० यसले विदेशबाट आउने रेमिटेन्समा चाहि कस्तो असर पर्ला त ?
कामदार गन्तव्यसम्म पुग्न नसकेपछि र ती देशले कामदार नलगेपछि कसरी आउदछ । पैसा नेपाल त्यसकारण विश्वभरी नै कोरोनाको असर छ । त्यसले अर्थतन्त्र आधा ढलेको छ, भनेपछि रेमिटेन्स आउने कुरा गुण भएको छ । अब आउने परिस्थिति कस्तो होला त्यो प्रमुख कारण हो । अहिले यति भन्न सकिन्छ । हामी हेर पर्खकै अवस्थामा छौं ।

० कोरोना भाईरसको लडाई लड्न गरिएको लामो लकडाउनले एयरलाईन्सलाई चाही कस्तो असर पर्ला त अब ?
यो भनेर नै साध्यै छैन भूपेन्द्रजी । घाटा पक्कै छ । २÷३ वर्ष पछाडी हामी अब पुग्यो भन्दा फरक नपर्ला अन्तराष्ट्रिय उडानमा करिब 55 प्रतिशत नेपालीहरुले उडान गर्ने हुन अरु सबै बाहिरबाटै आउने पर्यटक हुन् । करिब ४.५ मिलियन अराईबल र डिपाचर passengers हुन्छ । त्यसमा ५५ प्रतिशत नेपाली रोजगारीमा आउने जाने भए ।

विद्यार्थीहरु पढ्न जाने भए, विदेशमा ट्राभल गर्ने नेपाली कम छन् । त्यसकारण यसको असर अब सिधै अर्थतन्त्रमा पर्दछ । उनीहरु आउने भएनन् र हामी हाम्रा कामदार र विद्यार्थी लैजाने पनि भएनन् । यसले ग्लोबल अर्थतन्त्रलाई ठूलो असर पक्कै गर्ने देखिन्छ र प्रतिव्यक्ति आय पनि घट्ने छ । पर्यटक कम आउने छन् । यी कारणले हामी अन्तराष्ट्रिय उडान भर्ने नेपाल एयरलाईन्स र हाम्रो हिमालय एयरलाईन्स घाटा छ नि ।

० तपाईको हिमालय एयरलाइन्सले कोरोना बिरुद्ध स्थापना गरेको राज्य कोषमा चाहि कस्तो राहत दिएको छ त ?
हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको राष्ट्रिय कोषमा १ करोड रुपैयाँको चेक पर्यटनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका छौं । सरकारले स्थापना गरेको राहत कोषमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । नेपाली र चिनियाँ संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुधाबी, दुबई, बंगलादेशको ढाका, कतारको दोहा र चीनका पाँच सहरमा उडान गर्दै आएको तपाईहरुलाई थाहै नै छ ।

हिमालय एयरलाइन्ससँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान र १२८ सिट क्षमताको ए–३१९ गरि चारवटा विमान हाम्रा छन् । अर्को कुरा यो विशम अवस्थामा सबै पक्षले ठूलो आर्थिक आकांक्षा राख्नु हुँदैन । यो बेला हुनेले नहुनेलाई दिनु पर्दछ नि ।

० यो महामारी रोक्नु, फैलिन नदिन राज्यले लकडाउन गरकेो छ अब यसबाट पाठ सिक्दै के गर्नुपर्ला ?
यो भर्खरै आयो । यसबाटै धेरै पाठ सिक्ने बेला आयो । तयारी सबै क्षेत्रमा सबै पक्षले गरिनु जरुरी छ । राज्य अब निजीक्षेत्रसंगै हिड्नु प¥यो । अर्को महत्वपूर्ण पक्ष भनेको राज्यले ऐन कानून समय अनुसार परिवर्तन गरिनु पर्दछ । स्वास्थ्यका समरचना तयार गर्नु पर्दछ । अहिले यो आयो भोली अर्को केही आउला त्यसकारण सबै पक्षले उच्च सर्तकता अपनाउने पूर्व तयारी गर्नु जरुरी देखिन्छ ।
देश पनि घर जस्तै हो । आफ्ना रहेका संरचनालाई चलायमान गर्नु प¥यो । आफूसंग भएका इकुईमेन्टहरुलाई कम लागतमा चलाउनु पर्दछ । नभएका ल्याउनु पनि पर्दछ नि ।

० तपाईहरुको राज्यसंग के कस्ता अपेक्षा छ त ?
सरकार अभिभावक हो । यससंग अपेक्षा सबैको हुन्छ । हाम्रो पनि होला सरकारले व्यवसायीहरुलाई सहयोग गर्नु प¥यो र यो विषम अवस्थामा हामी व्यवसायीले राज्यलाई मद्दत गर्नुपर्दछ । राज्यले भनेको बेला देश विदेश गएर औषधी मुलो, उपकरण ल्याउन हामी निजी क्षेत्रका एयरलाईन्स तयार छौं ।

० अन्त्यमा लाखौं जनतालाई केही भन्नु छ ?
अहिले हेर्दा राज्यले गर्ने काम पक्कै गरेको अवस्था छ । हाम्ीले पनि केही गरेका छौं । काम गर्दा केही कमी कमजोरी भए होला तर यो बेला सरकार, सबै राजनीतिक पार्टी, व्यवसायी जनता एक ठाउँमा बसेर यस बिरुद्ध लड्नु पर्दछ र मुक्ति पाउनु प¥यो । अरु हिसाब किताब पछि गर्ने गरि अहिले सबै पक्ष एउटै छातामुनी आएर यो विश्वव्यापी महामारी बिरुद्ध लडनुपर्ने आवश्यकता देखिन्छ । राज्यसंग सबैको अपेक्षा छन् । यसलाई पनि भुल्न हुँदैन । तर, यो बेला ठूलो आर्थिक आकांक्षा पटक्कै राख्नु हुँदैन । मानव रहि जीवन कल्पना गर्न सकिदैन । मानव रहे सबै रहने हो । त्यसकारण एकजुट भएर मुक्ति खोजौ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ

ग्लोबल आइएमई बैंकमा जनता बैंक गभिएपछि  ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । यो मर्जसँग बैकिङ क्षेत्रमा नयाँ तरङ्ग पनि आएको छ । ठूला र पुराना बैंकलाई पछाडि पारियो भन्ने डर छ भने साना र नयाँ बैंकलाई प्रतिस्पर्धामा टिक्न सकिदैन कि भन्ने डर छ । ग्लोबल आईएमई बैंकलाई पनि आफ्नै किसिमका चुनौति छन् ।

पुँजी र बिजनेशमा मात्र ठूलो भएर पुगेन, सेयरधनीलाई दिने लाभांश र सरकारलाई तिर्ने करमा पनि सबैभन्दा ठूलो बन्नु अबको चुनौति हो । मर्जपछिको व्यवस्थापन अर्को ठूलो चुनौति हो । प्रस्तुत छ मर्जपछि ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएका परशुराम कुँवर क्षेत्रीसँग गरिएको कुराकानीको सम्पादित अंशः

 

ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो त भयो । अब सेयरधनीलाई पनि सबैभन्दा उच्चदरका लाभांश कहिले दिन्छ ?

हामी यति नै लाभांश दिन्छौं भनेर भन्नु परिपक्व हुँदैन । हाम्रो प्रयास सबै स्टेकहोल्डरका एस्पेक्टेशनहरुलाई सकेसम्म मिट गर्दै जान्छौं ।

ग्लोबल आईएमईले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दियो । आगामी वर्ष यो दर स्थीर रहला वा बढ्ने सम्भावना छ ?

कोशिस बढाउने नै हुन्छ । नाफा कति हुन्छ भन्ने विवरण हामी प्रत्येक त्रैमासमा प्रकाशित गर्दै जान्छौं । लाभांश कति दिने भन्ने निर्णय बोर्डबाट हुन्छ । त्यसभन्दा माथि नेपाल राष्ट्र बैंक छ । मेरो काम नाफा कमाउने हो ।

बैंक मर्ज हुनुपर्छ भन्नेहरुले गर्ने विभिन्न तर्क मध्ये एउटा हो ‘ठूलो बैंक भएपछि ठूलो कर्जा लगानी गर्न सक्छन् ।’ नेपालको औद्योगिकरणको अवस्था उत्साहजनक छैन । धेरै संख्यामा ठूला उद्योगहरु खुलेको देखिदैन । ठूलो बैंकले ठूलो कर्जा लगानी गर्न बजारमा ठूलो कर्जाको माग कस्तो छ ?

यो आर्थिक वर्षमा कर्जाको माग कम भएको छ । मलाई लाग्छ यो अस्थायी हो । यो इकोनोमी छिट्टै बाउन्स व्याक हुँदैछ । विगतमा द्वन्द्व, लोडसेडिङ थियो, बारम्बार हड्ताल हुन्थ्यो । त्यसैले लगानीको वातावरण थिएन । मुद्रास्फिति १०/१२ प्रतिशत हुँदा बैंकहरुले ६/७ प्रतिशतमा कर्जा लगानी गरेका थिए । विगत तीन वर्षमा कर्जाको माग धेरै नै भए । त्यसको तुलनामा अहिले केही कम भएको हो । कर्जाको माग नै नभएको होइन । अहिले पनि अर्बौ लगानी गर्ने कम्पनीहरु खुलिरहेका छन् ।

अर्बौै नाफा गरेर सरकारलाई कर तिर्ने कम्पनीहरु आईरहेका छन् । केही वर्ष अघिसम्म करोड नाफा गरेर कर तिर्ने कम्पनी औलामा गन्न सकिन्थ्यो । अहिले अर्बौ नाफा गर्ने कम्पनीहरु खुलेका छन् । राजनीतिक समस्या समाधान भएका छन् । राजनीतिक दलहरुले पनि आर्थिक विकासका एजेण्डा उठाउन थालेका छन् । देखिएका समस्या समाधान हुने भएका छन् । मलाई लाग्छ अब इकोनोमीले टेकअफ लिँदैछ ।

एकातिर निरन्तर ६/७ प्रतिशतले आर्थिक वृद्धि भएको तथ्याङ्कले देखाउँछ । अर्कोतिर तपाई भन्दै हुनुहुन्छ कि ‘इकोनोमि बाउन्स व्याक हुन्छ, टेकअप लिँदैछ ।’ यसले अर्थतन्त्रको बारेमा अन्यौलता दर्शाउदैन ?

अर्थतन्त्रमा तलमाथि भईरहेको हुन्छ, मुटुको चाल जस्तो । अर्थतन्त्रका विभिन्न क्षेत्र मध्ये कुनै क्षेत्र राम्रो हुन्छ भने कुनै क्षेत्र खराब हुन्छ । अहिले सिमेन्ट र छड उद्योगको अवस्था राम्रो छैन कि भन्ने कुरा आएको छ । बैंकहरुको नाफाको ग्रोथ नै पहिलो त्रैमासमा करिब ६ प्रतिशत मात्र रह्यो । यो भनेको नेपालको इतिहासमा ज्यादै कमजोर अवस्था हो । मेरो भनाई के हो यस्तो अवस्था धेरै समय रहँदैन । किनकी हाम्रो देशमा विकास निर्माणका काम धेरै हुन बाँकी छ ।

तपाईले भन्नुभयो कि हिजो करोड नाफा गर्ने कम्पनीहरु अहिले अरब नाफा गरिरहेका छन् । के नेपाली कम्पनीहरुको नाफा वृद्धि उच्चदरमा देखिएको हो ? आर्थिक पारदर्शीता अपनाउने, सरकारलाई कर तिर्ने मामिलामा पछिल्ला वर्षमा निजी कम्पनीहरु अगाडि बढेका हुन् ?

मूल्य अभिवृद्धि कर ऐन लागू भएपछि नै निजी क्षेत्रको वित्तीय पारदर्शीता बढेको छ । उनीहरुले तिर्ने कर पनि बढेको छ । सशस्त्र द्वन्द्वको बेलामा, राजनीति संक्रमण भएको बेलामा, दैनिक १२/१५ घण्टा लोडसेडिङ भएको बेलामा पनि सरकारी लक्ष्यभन्दा बढी राजश्व संकलन भएको भयो, जबकी सरकारले पहिले नै निकै महत्वकांक्षी लक्ष्य राखेको हुन्थ्यो । पारदर्शितामा सुधार भएसँगै आर्थिक गतिविधिमा वृद्धि आएकोले नै सरकारले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सकेको हो ।

रेमिट्यान्स आम्दानीमा कर तिर्नुपर्दैन । रेमिट्यान्स आयलाई स्वीकार गर्ने आधार स्पष्ट हुनुपर्छ । सेयर लगानीबाट प्राप्त लाभांशमा सबै प्रकारको कर कट्टी भईसकेको हुन्छ, त्यसलाई करले सहज रुपमा प्रमाणित गर्नुपर्छ । नेपालमा मात्र होइन, भारतमा पनि बैंकबाट कर्जा लिन ट्याक्स रिर्टन फाइल पेस गर्नैपर्छ । त्यसैले अन्त नभएको व्यवस्था नेपालमा लागू भएको होइन ।

तर कर कार्यालयमा बुझाएको आयव्यय हिसाव नै बैंकमा पेस गर्नु पर्ने व्यवस्था गरिएपछि व्यवसायिक क्षेत्रबाट कर्जाको माग नै कम भयो भन्छन् नि बैंकर्सहरु ? के बैंकर्सहरुको तर्क गलत हुन् ?

ठूला कम्पनीहरुमा यस्तो समस्या छैन । उनीहरुले लुकाएर लुक्दैन भन्ने बुझिसकेका छन् । स्वीजरल्याण्डमा लुकाएर राखेको सम्पत्तिबारे पनि सूचनाहरु चुहिएका छन् । उनीहरुलाई राज्यले प्रश्न त गर्छ । उता सम्पत्ति शुद्धिकरण विभागले सोध्छ, तिम्रो सम्पत्तिको स्रोत के हो भनेर । साना तथा मझ्यौला व्यवसायीमा भने यस्तो समस्या छ । यो समस्या पनि एक दुई वर्षमा हल हुन्छ । व्यक्तिगत रुपमा म आफै पनि भन्छु ट्याक्स छलुवालाई बैंकले पैसा दिनु हुन्न । मैले बैंकका साथीहरुलाई पनि भन्ने गरेको ट्याक्स छलुवालाई ऋण दिन हामी प्रतिस्पर्धा नगरौं । जसले कर तिर्छ, त्यो कम्पनी नाफामा हुन्छ । नाफामा रहेको व्यवसायलाई कर्जा दिँदा बैंकको लगानी पनि सुरक्षित हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझ्यौला कर्जा र व्यक्तिगत कर्जा लगानीमा जोड दिइरहेको बेलामा नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जा (घर कर्जा, सवारी कर्जा, घरायसी कर्जा) लगानी गर्दा सम्बन्धित व्यक्तिले पेस गरेको कर चुक्ता प्रमाणपत्रको आधारमा र मासिक किस्ता आयको ५० प्रतिशत बढी नहुने गरी मात्र कर्जा लगानी गर्न निर्देशन दिएको छ । बैंकर्सहरुले यो व्यवस्थाको विरोध गरिरहेका छन् । यसप्रति तपाईको धारणा के हो ?

राष्ट्र बैंकको निर्देशन ठिक छ । यो पहिला नै आउनुपर्थ्याे अहिले आयो । तर यसमा केही अस्पष्टता छन् । त्यसलाई स्पष्ट पार्नुपर्छ । परिवारमा श्रीमान श्रीमती दुबैको आय छ भने त्यसलाई गणना गर्ने व्यवस्था गर्नुपर्छ । कृषि आयमा आय कर छुट छ । कृषिमा आधारित आम्दानीबारे स्पष्ट हुने आधारहरु बन्नुपर्छ । रेमिट्यान्स आम्दानीमा कर तिर्नुपर्दैन । रेमिट्यान्स आयलाई स्वीकार गर्ने आधार स्पष्ट हुनुपर्छ । सेयर लगानीबाट प्राप्त लाभांशमा सबै प्रकारको कर कट्टी भईसकेको हुन्छ, त्यसलाई करले सहज रुपमा प्रमाणित गर्नुपर्छ । नेपालमा मात्र होइन, भारतमा पनि बैंकबाट कर्जा लिन ट्याक्स रिर्टन फाइल पेस गर्नैपर्छ । त्यसैले अन्त नभएको व्यवस्था नेपालमा लागू भएको होइन ।

कुनै ग्राहकले मेरो कृषि आम्दानी यति, रेमिट्यान्स आम्दानी यति छ भनेर ऋण माग गर्यो भने त्यसलाई बैंकले कसरी लिन्छ ?

मैले यसअघि नै भने कि यस्ता विषयमा राष्ट्र बैंकले प्रष्ट पार्दै, बजारलाई सहजीकरण गर्दै जानुपर्छ ।

विगतमा बैंकहरुले कृषिमा आधारित आम्दानीलाई पत्याउदैन थिए, कर्जा प्रवाह गर्नको लागि त्यस्तो आम्दानीको स्रोतप्रति विश्वास गर्दैनन् थिए । अब पत्याउनु पर्ने दिन आएको हो ?

पहिला पनि पत्याउथे, अब पनि पत्याउँछन् । तर वर्षमा १ लाख आम्दानी हुने आधार छैन, १० लाख कृषिबाट कमाई हुन्छ भन्दा पत्याउन सकिदैन । घर भाडा आयको केसमा पनि पत्याउनै गाह्रो हुने फाइल आउछन् । त्यस्तोलाई हामीले अस्वीकार गर्छौ । सानो कम्पनी, धेरै कारोबार पनि छैन, नाफा पनि छैन, तर लाखौं तलब खान्छ भनेर स्यालरी सर्टिफिकेट ल्याउँछन्, अब कसरी पत्याउने ? त्यो कागजको टुक्रालाई कसरी पत्याउने ? अब आयकरको प्रमाणपत्र भएपछि बैंकलाई त सजिलो हुन्छ ।

राष्ट्र बैंकको नयाँ सर्कुलरले बजारमा कस्तो असर पार्ला ?

एक ढेड वर्षको लागि यसले केही समस्या पार्ला । त्यसपछि धेरै सजिलो हुन्छ । अब बैंक स्टेटमेन्टका आधारमा उसको आय हेर्न सकिन्छ । मेरो विचारमा अब ५० हजारभन्दा बढीको सबै कारोबार बैंकबाट मात्र गर्नुपर्छ । त्यस्तो भयो भने कृषिको आम्दानी, घर भाडा आम्दानी लगायत सबै आम्दानी पारदर्शी हुन्छ । त्यसका आधारमा बैंकले कर्जा दिन सजिलो हुन्छ ।

बैंकमा लगानी योग्य रकम बढेको र व्याजदर घट्न लागेको हो ?

विगत १७ महिनामा बैंकहरुको सीडी रेसियो उच्चतम विन्दुमा पुग्दा ९१.४ प्रतिशत भएको रहेछ । यदि अहिले सीडी रेसियो त्यो विन्दुमा पुग्ने गरी लगानी गर्न हो भने थप ५४ अर्ब कर्जा लगानी गर्न सक्छन् । त्यसैले अहिलेको स्थीति सहज छ ।

बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन ।

अब विग टेष्ट मागको पहिलो सातामा हुन्छ । एनसेलले २२ अर्ब कर तिर्नुपर्छ । यस वर्षको अनुमानित आयकरको ४० प्रतिशत पुस मसान्तमा तिर्नुपर्छ । यस्तो कर गत वर्ष ८० अर्ब रुपैयाँ सरकारको खातामा गएको थियो । बैंकहरुको पनि नाफा कम छ । कर्पोरेट क्षेत्रको पनि नाफा कम छ । ८० अर्बको सट्टामा ६० अर्ब नै सरकारी खातामा गयो भने पनि बैंकमा तरलता टाइट हुन्छ । तर सरकारको विकास खर्च १० प्रतिशत मात्र भएको छ । अब सरकारले भटाभट खर्च गर्न थाले, ठेकदारहरुले पनि भुक्तानी पाए भने फेरी बजारमा पैसा आउँछ । पोहोर परार जस्तो तरलताको हाहाकार हुने सम्भावना छैन ।

बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन ।

राष्ट्र बैंकको नीति निर्देशनहरु बैंकको नाफा बढाउने सहयोग गर्ने खालको छैनन्, बरु घटाउने खालका छन् । बैंकको नाफा बढाउन व्यवस्थापन पक्षलाई बैंकका सञ्चालक तथा प्रवद्र्धकको निकै दवाव परेको बताइन्छ । बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि देखिन्छ । यसले बैंकहरुलाई जोखिममा पार्दैन ?

समग्रमा हेर्दा बैंकहरु जोखिममा छैनन् । खराव कर्जा पनि कम छ । संस्थागत सुशासन पनि राम्रो छ । बैंकभित्र गडबड गर्यौ भने तिमीहरु जेल जानुपर्छ भन्ने सन्देश राष्ट्र बैंकले दिईरहेको छ । गडबड गर्नेहरु जेल पनि परेका छन् । हाम्रा छिमेकी देशमा एउटा बैंकका सञ्चालकले अर्को बैंकबाट कर्जा लिने र कर्जा नतिर्ने अभ्यास देखिन्छ तर नेपालमा त्यस्तो छैन । यहाँ कर्जा नतिर्नेलाई कालोसूचीमा राख्ने अभ्यास भएको छ ।

तर बैंकहरुमा नयाँ प्रकारको जोखिमहरु बढेको देखिन्छ । पहिला साना कर्जा हुन्थे । धितो प्रयाप्त हुन्थ्यो । कर्जा उठेन भने धितो बेचेर पनि बैंकले पैसा उठाउथ्यो । तर अहिले ठूलो परियोजनाहरुमा ठूलो कर्जा जान थाले । त्यसमा धितो प्रयाप्त हुँदैन । यस्ता परियोजनाहरु असफल भए भने बैंकको लगानी पनि जोखिममा पर्छ । यस्ता जोखिमबारे बैंकहरु सचेत हुनुपर्छ ।

तपाई मर्जरको पक्षमा खुलेर लाग्नुभएको थियो र सफलता पनि मिलेको छ । ठूलो बैंक हुँदाको मजा कत्तिको हुँदोरहेछ ?

ग्लोबल आईएमई बैंक ठूलो मात्र भएन, बलियो पनि भएको छ । यस अर्थमा हामी धेरै खुशी छौं । ठूलो र बलियो बैंक भईसकेपछि बजारले, स्टेकहोल्डरहरुले धेरै अपेक्षा गरेका छन् । उनीहरुको अपेक्षा पूरा गर्नु अब हाम्रो चुनौति हो ।


मर्जरको क्रममा बाहिर देखिने सबै काम पूरा भए । भित्रको व्यवस्थापकीय काम कति बाँकी छन् ?

आजको ग्लोबल आईएमई बैंक तीन वटा वाणिज्य बैंकसहित १८ वटा बैंक तथा फाइनान्सको संगम भएको छ । यहाँ काम गर्ने कर्मचारीको लागि, उच्च व्यवस्थापन तहमा काम गर्नेको लागि, सञ्चालक समितिको लागि मर्ज भनेको सामान्य विषय भईसक्यो । हामीलाई बानी परिसकेको छ । त्यसैले हामीले मर्जको समझदारी गरेको ५ महिनामा मर्जको सबै काम सम्पन्न गरेका छौं ।

पोष्ट मर्जरको इस्यू पनि धेरै छैनन् । ठूलो बैंक भईसकेपछि सोही अनुसार व्यवस्थापन गर्न केही नयाँ नीति बनाउनुपर्छ । त्यसतर्फ हामीले काम गरेका छौं । संस्थामा रि–इन्जिनियरिङ गरेर सेवालाई थप प्रभावकारी बनाउन नयाँ विभाग नै खडा गरेर काम गरेका छौं । डिजिटाइजेशन डिपार्टमेन्ट खोलेर यसतर्फ सेवालाई प्रभावकारी बनाउँदै छौं । मर्जपछि २९ वटा शाखा मर्ज नै गरिसक्यौं । अब मर्ज भएका शाखाको सट्टा नयाँ शाखा खोल्छौं ।

मर्जको कारण देखाउँदै उपभोक्ताले कुनै सेवा नपाउने अवस्था छ कि छैन ?

पटक्कै छैन । सुधार गर्नुपर्ने ठाउँ होला । साविकको जनता बैंकका कर्मचारीलाई फिनाकल सफ्टवेयर चलाउन मर्ज पूर्व नै सिकायौं । मर्जपछिको सेवा सञ्चालन सहज होस् भनेर हामीले तालिम मात्र दिएनौं, ५० पेज लामो सरुवाको सर्कुलर जारी गर्यौं । जहाँ साढे ४ सय कर्मचारी सरुवा भएका थिए । दुबै बैंकका कर्मचारी आपसमा सट्टापट्टा गराएर मर्जपछि प्रयोग हुने फिनाकल सफ्टवेयर चलाउन सिकायौं । अहिले हामी फेरी फिनाकल सफ्टवेयरलाई पुनः अपग्रेड गर्ने तयारीमा छौं ।

मर्जपछि ग्लोबल आईएमई बैंकका अगाडि अवसरहरु के के छन्, जुन अरु बैंकले पाउँदैनन् ?

पहिला त हामी ठूलो लगानी गर्न सक्ने भएका छौं । कर्जा लगानी मात्र होइन, राम्रो प्रविधि भित्र्याउन आवश्यक लगानी गर्न सक्छौं । दोस्रो, म तपाईसँग मेरो अनुभव सुनाउन चाहान्छु । म जनता बैंकमा छँदा हामीले सीडीसी लगायत विदेशी संस्थासँग ऋण लिने धेरै प्रयास गर्यौं । त्यो सफल भएन । अहिले हामी विदेशी संस्थासँग ऋण लिन सक्ने भएका छौं । ग्लोबल आईएमई बैंकले त मर्जपूर्व नै आईएफसीसँग २ करोड अमेरिकी डलर ऋण लिईसकेको छ । अहिले हामीले अरु संस्थासँग पनि ऋण लिन कुरा गरिरहेका छौं र उनीहरु सकारात्मक देखिएका छन्, हामीलाई पत्याएका छन् । विश्व बजारमा हाम्रो विश्वसनीय बढेको छ ।

नेपाललाई विदेशी पुँजी आवश्यक छ । विदेशबाट ऋण लिएर नेपालमा लगानी वृद्धि गर्न हामीलाई अब सजिलो भएको छ । जसरी नेपाल सरकारबाट स्वीकृत लिएर आईएफसीले विदेशमा नेपाली रुपैयाँमा ऋणपत्र निष्काशन गर्दैछ, त्यसरी हामी पनि विदेशी बजारमा ऋणपत्र बेच्न सक्छौं । तेस्रो, हाम्रो शाखा सञ्जाल सबै जिल्लामा छ । करिब ३०० शाखा छन् । ब्रान्चलेश बैकिङ नेटवर्क पनि करिब ३०० छ । देशभित्र ६०० भन्दा बढी सम्पर्क सञ्जाल छ । हामी घर घरमा, परिवार परिवारमा जोडिएका छौं । हाम्रा ग्राहक नै २० लाख छन् । हामीले नयाँ प्रडक्ट ल्याउँदा त्यसको प्रभाव देशभर छिट्टै हुन्छ ।

मलाई लाग्छ यो अस्थायी हो । यो इकोनोमी छिट्टै बाउन्स व्याक हुँदैछ । विगतमा द्वन्द्व, लोडसेडिङ थियो, बारम्बार हड्ताल हुन्थ्यो । त्यसैले लगानीको वातावरण थिएन । मुद्रास्फिति १०/१२ प्रतिशत हुँदा बैंकहरुले ६/७ प्रतिशतमा कर्जा लगानी गरेका थिए । विगत तीन वर्षमा कर्जाको माग धेरै नै भए । त्यसको तुलनामा अहिले केही कम भएको हो । कर्जाको माग नै नभएको होइन । अहिले पनि अर्बौ लगानी गर्ने कम्पनीहरु खुलिरहेका छन् ।

दुई ठूला बैंक मर्ज भएका छन्, भोलि नै चमत्कार हुन्छ भनेर नसोचौं । तर दीर्घकालमा यसको असर पक्कै पनि राम्रो हुनेछ । ग्लोबल आईएमई बैंक अबको ५ वर्ष वा १० वर्षपछि कुन पोजिसनमा रहनेछ ?

यो प्रश्न अलि काल्पिनक भयो ।

तैपनि भविष्यको योजना त हुन्छ नि ?

पुँजी, निक्षेप, कर्जा लगानीको हिसावले अहिले नै हामी सबैभन्दा ठूलो बैंक हौं । मर्ज पूर्व दुई बैंकले गरेको नाफा जोड्दा राष्ट्रिय वाणिज्य बैंकको भन्दा ३५ लाख रुपैयाँ कम हुन्छ । मलाई लाग्छ पुस मसान्तमा हामी सबैभन्दा बढी नाफा गर्ने बैंक हुनेछौं यद्यपी मैले नाफालाई सबै कुरा ठान्दिन । हामी ठूलो मात्र होइन, हरेक कोणबाट लिडिङ बैंक बन्नुपर्छ । सबैंको लागि बैंक भन्ने हाम्रो नारा नै हो । सबैको रोजाईमा पहिलो बैंक ग्लोबल आइएमई बनाउनुपर्छ । ग्राहकले बैंकिङ सेवा लिनुपर्दा पहिला ग्लोबल आईएमई बैंक संझिउन् । कर्मचारीले जागिर खान पहिला ग्लोबल आइएमई बैंक नै रोजुन् । नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामक संस्थाले ग्लोबल आईएमई बैंक भन्ने वित्तिकै यो बैंकले राम्रो गर्छ, जे पायो त्यहि गर्दैन भनेर सोचुन् । ठूलो हुनु र असल हुनु फरक कुरा हो । हामी असल बैंक बन्ने छौं ।

अहिले  यो ठाउँमा आईपुग्न तपाईले मिहेनत कति गर्नु पर्याे, भाग्यले कति साथ दियो ?


मिहेनत गर्नै पर्यो । गाउँको मान्छे, सामान्य किसानको छोरो, यो ठाउँमा आइपुग्न मिहेनत त गर्नै पर्यो । तर मिहेनत धेरैले गरेका हुन्छन् । मिहेनतले मात्र पनि पुग्दैन । मलाई भाग्यले पनि साथ दिएको छ ।

मेहनत बलवान हो कि भाग्य ?

मेरो विचारमा दुबै हो । दुई मध्ये एक छान्नुपर्यो भने कर्म नै छान्छु । भाग्य छ भन्दैमा डोकामा दुध दोहेएर हुँदैन ।

कति वर्ष भयो बैंकिङ क्षेत्रमा लाग्नु भएको ?

मैले बैकिङ शुरु गरेको सन् १९८६ जुनमा हो । ३४ वर्ष भयो ।

तपाईमाथि एउटा आरोप पनि छ । तपाई जुन जुन बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुभयो, ती सबै बैंक विलय भएर गए । जस्तो बैंक अफ एशिया, ग्राण्ड वा जनता । यसबारे तपाईको भनाई के छ ?

म ग्रिनलेज बैंकमा काम गरेँ, त्यो अहिले स्ट्याण्डर्ड चार्टड बैंक भएको छ । मैले नेपाल बैंकमा काम गरे । त्यो बैंकबारेमा मैले केही भन्नु परेन । सिटिजन्स बैंक इन्टरनेशनलमा पनि काम गरे । त्यो बैंक पनि राम्रो छ । बैंक अफ एशियामा मेरो कार्यकाल सकिएको करिब २ वर्षपछि एनआईसी बैंकमा मर्ज भएको हो । यो बैंकमा कर्मचारीको हैसियतले पाएको सेयर मसँग छ । मर्ज भएर त्यो बैंकले सेयरधनीका लागि राम्रो प्रतिफल दिएको छ । ग्राण्ड पनि मेरो हातबाट मर्ज भएको होइन । मैले छोडेको धेरै समयपछि मर्ज भएको हो । मर्जपछि यो बैंकको सेयरधनीलाई पनि फाइदा भएको छ ।

जनता बैंकका लगानीकर्ताले स्वेच्छाले ग्लोबल आईएमई बैंकमा मर्ज गरेका हुन् । जनता बैंक चाहिँ मेरै हातबाट मर्ज भएको हो । मेरो विगतका अन्तरवार्ता पढ्नु भयो भने देख्नुहुन्छ, म बैंकमा हुँदा पनि, नहुँदा पनि, बैंकहरु मर्ज हुनुपर्छ भनेको छु । बैंकहरुबीचको मर्जले सबैलाई लाभ नै हुन्छ भन्नेमा म अहिले पनि विश्वस्त छु । अहिले मलाई के चुनौति छ भने हामीले राम्रो गर्न सक्यौ भने बजारमा राम्रो सन्देश जान्छ । अरु बैंक पनि मर्जमा जान्छन् । मर्ज गरेर राम्रो भएन भने नराम्रो सन्देश जान्छ । यो विषयमा हामी गम्भिर छौं । विकासन्यूज डटकम

अर्थमन्त्रीज्यू, होम क्वारेन्टाइनमा बस्ने कि सत्य बताउने ?

पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको सन सिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबार दिनभर कन्ट्याक ट्रेसिङ भयो । संक्रमितहरुसँगको उठबसको जरो खोज्दै जाँदा अर्थमन्त्री डा. युवराज खतिवडाका छोराले समेत संक्रमितसँग उठबस गरेको पाइयो ।

अर्थमन्त्री डा. खतिवडाका छोरा, बुहारी र सानी नातिनी सन सिटी अर्पाटमेन्टमै बस्दै आएका छन

प्रधानमन्त्री केपी शर्मा ओलीले सामुहिकरुपमा जमघट नगर्न र घरभित्रै बस्न सम्वोधनमार्फत आग्रह गरेको भोलिपल्टै चैत ८ गते सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चुनाव भएको थियो ।

करिब अढाइ सय मतदाता सहभागी रहेको सो चुनावमा अर्थमन्त्रीका छोरा तिलक खतिवडा मतदाता मात्र थिएनन्, सचिव पदमा उम्मेदरवारै बनेका थिए ।

अपार्टमेन्टका सयौं बासिन्दा चुनावमा सहभागी भएका थिए । र, त्यहाँ कोरोना संक्रमितले पनि मतदान गरेका थिए । संक्रमितहरुले धेरै दिनदेखि साझा लिफ्ट प्रयोग गरेका थिए, एटीएम बुथ पनि साझा नै थियो ।

चैत ८ को चुनावमा सचिव पदमा निर्वाचित भएका तिलक खतिवडा र अन्य व्यक्तिहरुले कोरोना संक्रमितसँग संसर्ग गरेको चैत ८ को चुनावबाटै पष्टि हुन्छ ।

खतिवडा परिवारले सूचना लुकायो

चिकित्सकहरुको भनाइअनुसार कुनै पनि आशंकित व्यक्तिले कन्ट्याक टे्रसिङका बेला सही सत्य सूचना दिएर सहयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ढाँट्नु वा सूचना लुकाउनु भनेको कोरोना रोकथाममा असहयोग गर्नु हो ।

नेपाल टेलिकमबाट फोन गर्दा रिङटोनमै सुनिने गरी जारी सूचनामा ‘तपाई विदेशबाट आएको व्यक्तिसँग सम्पर्कमा आउनुभएको छ भने अबको दुई हप्तासम्म घरमै बसिदिनु हुन’ अनुरोध गरिँदै आएको छ । सरकारले पनि घरैमा बसिदिनुहुन भन्दै बारम्बार सूचना जारी गर्दै आएको छ ।

यसको अर्थ चैत ८ मा चुनावमा सहभागी भएका अर्थमन्त्रीका छोराले २२ गतेसम्म होम क्वारेन्टाइनमा बसेको हुनुपर्ने हो । तर, बैशाख १ गतेमात्र कोरोना पुष्टि भएकाले सन सिटीका कोही पनि यसवीचमा होम क्वारेन्टाइनमा बसेको यकिन छैन ।

सोमबार पाटन अस्पताल पुगेका तीन व्यक्तिमध्ये दुईजनामा बेलायतबाट फर्केको २८ दिनपछि बल्ल कोरोना संक्रमण भेटिएको छ, जुन अर्को आश्चार्यजनक परिघटना हो । र, अब सनसिटीका बासिन्दाले कहिलेसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने हो, यसको पनि सरोकारवाला निकायबाट उचित सूचना जारी भएको अवस्था छैन ।

यस्तो बेलामा अर्थमन्त्री खतिवडा र उनको परिवारले यथार्थ के भएको हो भन्नेबारे स्पष्ट पार्नुपर्नेमा बारम्बार फोन गर्दा पनि मन्त्री खतिवडा र छोरा तिलक दुबै जनाले ‘रेस्पोन्स’ गरेनन् । हामीले मन्त्री खतिवडालाई म्यासेजसमेत गर्‍यौं तर रिप्लाई आएन ।

मन्त्री खतिवडा नेपाल सरकारका प्रवक्ता पनि हुन् । कतिपय मिडियामा उनी आफैं छोरालाई बधाइ दिन सन सिटीमा पुगेको लेखेका छन् । यसवीचमा मन्त्री क्वाटरमै पारिवारिक भेटघाट भएको हुन सक्ने अनुमानहरु पनि गरिएका छन् । तैपनि खतिवडा परिवारले वास्तविकता सार्वजनिक नगर्दा भ्रम उत्पन्न भएको छ

चैत ८ यताको करिब एक महिनामा मन्त्री डा. खतिवडाले आफ्ना परिवारका सदस्यहरुसँग भेट गरेको भए कन्ट्याक टे्रसिङको सुई पुल्चोकस्थित मन्त्री क्वार्टर, सिंहरदरबार र प्रधानमन्त्रीनिवास बालुवाटारसम्मै सोझिन सक्छ ।

मन्त्री खतिवडा सिंहदरबार र बालुवाटार गइरहनुपर्ने जिम्मेवारीमा रहेकाले यसवीचमा छोराबुहारीसँग उनको उठबस जोखिमपूर्ण हुन सक्छ । अझ बालुवाटारमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वोदनशील रहेको अवस्थामा अर्थमन्त्रीले छोरासँग भेटेको हो भने थप सन सिटीको कोरोना भीआइपीसम्म पुग्ने अर्को जोखिम पनि हुन सक्छ ।

यसवीचमा अर्थमन्त्री डा. खतिवडा र छोराबुहारीवीच भेट भएको/नभएको साँचो सत्य बताउने जिम्मा मन्त्री खतिवडा र उनका छोराकै हो ।

अपार्टमेन्टमै बस्ने केही व्यक्तिले भने चैत ८ को चुनावमा मन्त्री खतिवडा उपस्थित नभए पनि पनि छोराबुहारीलाई भेट्न अपार्टमेन्टमा आएको दाबी गरेका छन् । केहीले अपार्टमेन्टभित्र अर्थमन्त्रालयको गाडी देखेको बताएका छन् ।

तर, स्थानीयको यो दाबी पुष्टि भएको छैन । अर्थमन्त्री निटक स्रोतले यसवीचमा बाबुछोराको भेट नभएको दाबी अनौपचारिक दाबी गरेको छ, तर मन्त्रीले औपचारिकरुपमा केही पनि नबताउँदा यसले पारिवारिक भेटघाट भएको हो कि भन्ने आशंका बढाएको छ ।

अर्थमन्त्रीका छोरा बुहारी र नातिनी सन सिटीमा बस्दै आए पनि अर्थमन्त्री भने पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका छन् ।

कोरोना संक्रमतिसँग भेट भएको चर्चा आइसकेपछि सरकारका प्रवक्ताजस्तो व्यक्तिले सूचना लुकाउनु र मौन बस्नु राम्रो सन्देश होइन । अर्थमन्त्री खतिवडामाथि प्रश्न उठेको छ, अब तपाई क्वारेन्टाइनमा बस्ने, या सत्य के हो, जनतालाई बताइदिने ?अनलाईनखबर डटकम

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गरेको छ । बैंकले सल्यानको त्रिवेणी गाउँपालिका, लुहाममा राहत सामाग्री सहयोग गरेको छ । उक्त राहत सामाग्री बैंकको लुहाम शाखाका शाखा प्रमुख सुदिन सिंहले त्रिवेणी गाउँपालिकाका प्रमुख मान बहादुर डाँगीलाई हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी, बैंकले श्रीनगरको क्षत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकामा पनि राहत सामाग्री सहयोग गरेको छ । बैंकको श्रीनगर शाखाका शाखा प्रमुख सुनिल रेग्मीले क्षत्रेश्वरी गाउँपालिकाका प्रमुख सन्तोष के.सी. र शारदा नगरपालिका उप–प्रमुख सावित्रा बस्नेतलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

साथै, बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिका – ०५ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका विरेन्द्रनगर शाखाका शाखा प्रमुख खगेन्द्र मल्लले विरेन्द्रनगर नगरपालिकाका प्रमुख राज बहादुर गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको थियो ।

यसका साथै,बैंकले काठमाडौंको टोखा नगरपालिका – ०६, धापासीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकका बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले टोखा नगरपालिका – ०६, का वडा प्रमुख महेश्वर के.सीलाई हस्तान्तरण गर्नुभएको थियो ।
बैंकले सहयोग गरेको राहत सामाग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुनलगायतका सामाग्री रहेको छ ।
बैंकले लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनु भएको छ ।

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिकूल समयमा सङ्घीय संसदको भूमिका झनै महत्वपूर्ण हुन्छ: सभामुख सापकोटा

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को समयमा जनताको समस्या उठाउने र सम्बोधनका लागि सरकारलाई अभिप्रेरित गर्ने प्रतिनिधिसभाका सदस्यहरु यतिखेर जनताकै बीचमा खटिरहेका छन् । विषम अवस्थामा संसद् र संसदीय समितिलाई थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने आवाज उठिरहेको छ । विपद्मा त जनप्रतिनिधि अझै बढी सक्रिय हुनुपर्ने माग पनि उत्तिकै छ । यस्तो अवस्थामा प्रतिनिधिसभाले खेल्नुपर्ने भूमिका सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटासँग राससले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

कोरोनाको जोखिम बढिरहेको बेला जनप्रतिनिधिमूलक संस्थाको सर्वोच्च संस्थाका रुपमा रहेको सङ्घीय संसद्ले के कस्तो भूमिका खेल्नु पर्ला ? 

जननिर्वाचित सर्वोच्च संस्थाको रुपमा रहेको सङ्घीय संसद्को भूमिका नीति निर्माणलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या समाधान गर्न महत्वपूर्ण रहेको छ । त्यो भूमिकालाई उच्च महत्व दिँदै सङ्घीय संसद्को प्रतिनिधिसभामा कोरोनासम्बन्धी सार्वजनिक महत्वको प्रस्तावलाई हामीले यसअघि नै छलफल पनि ग¥यौँ । त्यहाँ राष्ट्रिय सङ्कल्पको भाव र सन्देश हामीले प्रवाह ग¥र्यौं । हामीले थप छलफल होओस् भनेर सदन चलेको दिनमा समेत छलफलको वातावरण बनाऔँ भनेर लाग्यौँ ।

त्यसैगरी शून्य, समय विशेष समय, अन्य समय पनि निकालेर छलफल गर्ने गरी भरमग्दुर पहल र प्रयत्न पनि गर्याे । भाइरसको महामारी फैलने क्रम बढेपछि  सदन स्थगित गर्नुपरेपछि पनि भिडियो सन्देश र प्रेस विज्ञप्तिमार्फत पनि जनताको समस्या समाधान गर्न र सदनले खेल्नुपर्ने भूमिका लागि तयार छ भनेर आग्रह गरेका छौँ । सांसदका भूमिकालाई थप प्रभावकारी बनाउन अपिल पनि गरिएको छ ।  सरकारले जे जस्ता कार्यक्रम गरिरहेको छ, घोषणा गरेको छ त्यसलाई प्रभावकारी कार्यान्वयनका लागि राय सुझाव दिने काम गरियो । अहिले नियमित जस्तै उच्चस्तरीय समन्वय समितिका संयोजकसँग कुराकानी भइरहेको छ । सांसदलाई सहज रुपमा पास उपलब्ध गराउन, उच्चस्तरीय समितिमार्फत जिल्लामा जाने निर्णय गर्दा थप सहज हुन्छ भनेका छौँ ।

यसैगरी हामीले हाम्रातर्फबाट गर्नुपर्ने काम गरेका छौँ । प्रतिकुल र विषम अवस्थामा सङ्घीय संसद्ले भूमिका खेल्न सक्छ, जनप्रतिनिधिको भूमिका के हुन्छ भनेर खोजी गरिरहेका छौँ । यो क्रममा मैले सात वटै प्रदेशका सभामुखसँग सम्पर्क गरेर कुरा गरेको छु । ‘लकडाउन’ नभएको भए हामीले बैठक नै बसेर साझा धारणा बनाउथ्यौँ । टेलिफोनमार्फत पनि आआफ्ना प्रदेशको स्थितिको जानकारी गराउनु भएको छ ।

माननीय सदस्यहरु जिल्लामा जिल्लामा जानु भएको छ । तैपनी कसरी हुन्छ, समितिमा रहेका विधेयकमा छलफल गराउने सोचमा छौँ । जरुरी रहेका नागरिकता विधेयक, निजामति कर्मचारीसम्बन्धी विधेयक छन् । सो विधेयक हिउँदे अधिवेशनमा नै पास हुनुपर्दथ्र्यौ । विभिन्न कारणले ती विधेयक अगाडि बढ्न सकेनन् । ती विधेयकलाई सर्वाधिक प्राथमिक सूचीमा राखेका छौँ ।

मिलेर काम गर्न उत्साहजनक प्रतिक्रिया दिनुभएको छ । अहिले सदन अन्त्य भएको छ, केही समयभित्रै वर्षे सदन पनि शुरु होला । यो बीचमा आन्तरिक व्यवस्थापनमा लाग्ने, सचिवालयको व्यवस्थापन गर्ने, समितिको बैठक तुलनात्मक रुपमा कसरी सञ्चालन गर्ने, समितिमा रहेका विधेयकमाथि छलफल भएपछि सदनको बैठक बसेपछि छोटो समयमा काम हुनसक्छ । माननीय सदस्यहरु जिल्लामा जिल्लामा जानु भएको छ । तैपनी कसरी हुन्छ, समितिमा रहेका विधेयकमा छलफल गराउने सोचमा छौँ । जरुरी रहेका नागरिकता विधेयक, निजामति कर्मचारीसम्बन्धी विधेयक छन् । सो विधेयक हिउँदे अधिवेशनमा नै पास हुनुपर्दथ्र्यौ । विभिन्न कारणले ती विधेयक अगाडि बढ्न सकेनन् । ती विधेयकलाई सर्वाधिक प्राथमिक सूचीमा राखेका छौँ ।

अहिले मैले समितिका सभापतिसँग पनि गृहकार्य गरिरहेको छ । कसरी समितिलाई प्रभावकारी बनाउन सकिन्छ, सचिवालयलाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ र बजेट अधिवेशनमा पनि अन्य विधेयकलाई समयको व्यवस्थापन गरेर जरुरी विधेयक कसरी अगाडि बढाउन सकिन्छ भनेर गृहकार्य गरिएको छ । सांसदले ‘क्यालेन्डर’ बनाउने कुरा गरिरहनु भएको छ । क्यालेन्डर बनाउने कुरामा पनि गृहकार्य चलिरहेको छ । सदनलाई व्यवस्थित बनाउन भरमग्दुर प्रयत्न भइरहेको छ । हामीले जति दिन सदनका बैठक बस्यौ ती दिनहरु सार्थक भए भन्ने लाग्छ ।

यहाँले क्यालेन्डरको कुरा गर्नुभयो, त्यसमा के कस्ता विषय समावेश हुन्छन् ?

संविधान निर्माणको बेलामा क्यालेन्डर नै तय गरेर तालिका सार्वजनिक गरेका थियौँ त्यस्तै हो । बजेट अधिवेशनमा सामान्य क्यालेन्डर त हुन्छ नै । मैले भन्न खोजेको वर्षभरीकै अर्थात् एउटा अधिवेशनकै होस् । टाढाटाढाका माननीय सदस्यलाई आउन जानसमेत समस्या छ । उहाँहरु जिल्लाका विभिन्न कार्यक्रममा समेत व्यस्त हुनुहुन्छ । त्यसो गर्दा केही दिन आफ्नो निर्वाचन क्षेत्रमा गएर काम गर्दा सुविधा होस् ।

यति दिन यसरी बैठक बस्छ भन्ने जानकारी होओस् । योजनाबद्ध ढंगले सदन चलोस् । सदनको बैठक बस्ने दिन थाहा होस्, आफ्ना जिल्लामा जानेलाई समेत भनेर त्यसको तयारी गरिएको छ । कार्यक्रम बनाउन सजिलो होस् भनेर समग्र क्यालेन्डरको बारेमा सोंचेका छौँ । वर्षे अधिवेशनको पनि क्यालेन्डर बनाउने तयारी भइरहेको छ ।

विपद्को समयमा जनप्रतिनिधिलाई व्यवस्थित तवरले परिचालन गर्ने योजना के छ ?

तत्काल सरकारसँग समन्वय गरेर नै अगाडि बढ्ने कुरा हो । सरकार र विशेष गरी उच्चस्तरीय समन्वय समितिसँग नै समन्वय गरेर जाने विषय हो । सांसदलाई जिल्ला जान सहज वातावरण बनाउने, उहाँहरुको भूमिकालाई थप प्रष्ट गरेर जान दिने र विपद् न्यूनीकरणका लागि खटाउने भन्ने कुरा भएको छ । त्यसबाहेक अतिरिक्त सङ्घीय सांसद भनेका जनप्रतिनिधिमूलक संस्थाका उच्च प्रतिनिधि हुनुभयो । उहाँहरुले केन्द्रमा बसेर गरेको अनुभव, केन्द्रमा भएका छलफल बहसका आधारमा प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई सहजीकरण गर्ने काम हुन सक्छ ।

अहिले औपचारिक रुपमा त्यस्ता प्रकारका कुनै संयन्त्र त बनेको छैन तर सङ्घीय संसद्का सांसदको औपचारिक र अनौपचारिक खालको संयन्त्र बनाएर पनि काम गर्न सकिन्छ । छलफल गरेर निष्कर्ष निकाल्न सकिन्छ । त्यहाँ समाधान हुन नसक्ने खालका समस्या आए भने केन्द्रमा पठाउन सकिन्छ । मैले अहिले सभापति र माननीय सदस्यसँग छलफल गरिरहेको छु ।

समितिका बैठक अनुकल हुँदा बसोस् र विपद्मा जनतालाई सहयोग गर्ने तवरले काम होओस् भन्ने यहाँको जोड हो ? 

सांसदले गर्ने हरेक काम औपचारिक नै हो । सरकारको निर्णयमा सहयोग पुग्ने गरी सुरक्षाको राम्रो व्यवस्थापन गर्दै समितिका बैठक बस्न अनुकूल हुन्छ र त्यस्तो वातावरण बन्छ भने बनोस् भन्नेमा नै हामी छौँ । बैठक मिलाएर बस्न सकिन्छ । सङ्घीय संसद्को बैठक अन्त्य भएको अवस्थामा निर्वाचन क्षेत्रमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर समस्या समाधानका लागि पहल गर्ने र समस्यालाई केन्द्र सरकारसँग पु¥याउन पुलको कामसमेत गर्न सकिन्छ ।

भूकम्पको समयमा समेत तत्कालीन संविधानसभाका सदस्य राहत वितरणका लागि परिचालित भए जस्तै अहिलेको अवस्थामा सांसदलाई ठोस भूमिका दिन सकिन्छ भन्नेतर्फ केही पहल भएको छ ?

भूकम्प र अहिलेको अवस्थामा भने आकाश जमिनको फरक छ । भूकम्पमा जति सक्दो चाँडो जनताको सामु पुग्ने, राहत र उद्धार गर्ने कुरा हुन्थ्यो । अहिले भीडभाड गर्न नहुने, सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था छ । विगतको भन्दा अहिले नितान्त फरक अवस्था छ । फेरी भूकम्प हाम्रो देशमा मात्रै केन्द्रीत थियो । कोरोना त दोस्रो विश्वयुद्ध पछिकै विषम परिस्थिति भनेर संसारका ठूलाठूला वैज्ञानिकले समेत भन्दै आएका छन् । खोजकर्ता, अनुसन्धानकर्ता, चिकित्सकहरु समेत अवस्था के हो भनेर  खोजमा नै लागिरहेका छन् । अवस्था फरक भएकाले सिर्जनात्मक रचनात्मक तरिका अवलम्बन गरेर प्रभावकारी भूमिका खेल्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको निर्देशन पछ्याउने, सुरक्षाका सबै खालका उपाय अपनाएर जनतालाई मनोवैज्ञानिक रुपमा समेत आश्वस्त बनाउने कुरा छ ।

जनप्रतिनिधि भन्ने बित्तिकै जनताको विश्वास प्राप्त गरेर आएका छन् । उहाँहरु फेरी पनि जनतामा जानुपर्छ । बदलिँदो अवस्थामा कुनै पनि प्राकृतिक तथा प्रकोपसँग तुलना गर्न मिल्दैन । नितान्त फरक छ । महामारीसँग जुध्नका लागि नयाँनयाँ तरिका खोजेर, सिर्जनात्मक भएर जनताको समस्या समाधानमा लाग्नु नै अहिलेको मुख्य काम हो ।

जनतामा भाइरसको हानी भन्दा मनोवैज्ञानिक त्रास बढी छ । अनेकन खालका भ्रम फैलिरहेका छन्, त्यस्ता भ्रमलाई चिर्नेतर्फ लाग्नुपर्छ । कोरोना भाइरसविरुद्ध लड्न सकिन्छ, विजय प्राप्त गर्न सकिन्छ भनेर जनतालाई आश्वस्त बनाउने कुरा नै अहिलेको प्रमुख आवश्यकता हो । जनतालाई आश्वस्त पार्न र विश्वास जित्न सकियो भने त्यो नै सबैभन्दा ठूलो कुरा हुन्छ । सरकार र जनप्रतिनिधिले गर्नुपर्ने मुख्य काम नै जनताको विश्वास आर्जन गर्ने हो ।

त्यसका लागि जनतालाई विचार, दृष्टिकोण, भौतिकरुपमा पनि सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । जनताबाट नै रोकथामको उपाय पत्ता लाग्न सक्छ । जनताको विश्वास आर्जन गर्ने कुरा नै प्रमुख भएकाले जनप्रतिनिधिको मुख्य काम नै त्यही हो । जनप्रतिनिधि भन्ने बित्तिकै जनताको विश्वास प्राप्त गरेर आएका छन् । उहाँहरु फेरी पनि जनतामा जानुपर्छ । बदलिँदो अवस्थामा कुनै पनि प्राकृतिक तथा प्रकोपसँग तुलना गर्न मिल्दैन । नितान्त फरक छ । महामारीसँग जुध्नका लागि नयाँनयाँ तरिका खोजेर, सिर्जनात्मक भएर जनताको समस्या समाधानमा लाग्नु नै अहिलेको मुख्य काम हो ।

तपाईं सभामुखमा निर्वाचित भएपछि सदनको काम कारवाही तथा भए गरेका कामका हिसाबले आफू कति सफल भए भन्ने लाग्छ ?

हामी सफलता साथ नै अगाडि बढिरहेका थियौँ । छलफललाई व्यवस्थित गर्ने, बैठक व्यवस्थित गर्ने कुरा थियो । हामी बढो उत्साहपूर्वक कार्यव्यवस्था परामर्श समिति, पार्टी र दलका मुख्य सचेतकबाट राम्रो सहयोग पाएको थिए । निक्कै राम्रो तरिकाले सदन बढिरहेको थियो । सोही समयमा नै महामारी आएको हुनाले स्थगन गर्नुप¥यो । निर्वाचित भएपछि मैले प्रतिक्रिया दिएको थिए– नेपाली जनताको सबैभन्दा सर्वोच्च निर्वाचित संस्थाको ओज गरिमा, मूल्य मान्यता स्थापित गर्नका लागि म भगीरथ प्रयत्न गर्ने छु । हामीले मेहनत गर्दा राम्रो काम गर्न सकिन्छ । सङ्घीय संसद्बाट मूल्य मान्यता स्थापित गर्ने सन्देश दिन सकिन्छ । मुख्य त विधि विधान, नियम कानून निर्माण गर्ने थलो भएकाले सुशासनको थालनी त्यहीबाट हुनुपर्छ ।

शून्य समय, विशेष समयमा समेत जनताका समस्या समाधान गर्नेतर्फ नै केन्द्रीत रह्यौँ । अन्य समयमा पनि समयमा त्यत्ति धेरै कडाइ गरिएन, त्यसकारण छलफलको वातावरण बनाउन सकियो । प्रतिनिधिसभाबाट गर्ने कुरा के त भन्दा छलफल, बहस र त्यसको राम्रो वातावरण बनाएर चलायनमान, गतिशिल बनाउन सकिन्छ भन्ने विश्वास पैदा भएको छ ।

हामीले राम्रो कानून बनाउछौँ भने ती कानूनको कार्यान्वयनको थलो त्यही नै बन्नुपर्छ । सुशासनको मामलामा पनि दृटान्त पेश गर्न छलफल गर्ने क्रममा थियांै । हामी उत्साहका साथ अगाडि बढेका थियौँ । महामारीका बीचमा रोकिनु परेको जस्तो अनुभति भएको छ । निष्कर्ष नै निकाल्नुपर्दा जति दिन बैठक चले ती दिनहरु उपलब्धिमूलक भए ।

हामी बैठक बस्नका लागि मात्रै बैठक बसेनौँ । ती हरेक बैठकमा राम्रो छलफल भएको छ । सार्वजनिक महत्वको प्रस्तावमा होस्, वा अन्य विषयमा नै किन  नहोस हामीले जीवन्त छलफल चलायौँ । शून्य समय, विशेष समयमा समेत जनताका समस्या समाधान गर्नेतर्फ नै केन्द्रीत रह्यौँ । अन्य समयमा पनि समयमा त्यत्ति धेरै कडाइ गरिएन, त्यसकारण छलफलको वातावरण बनाउन सकियो । प्रतिनिधिसभाबाट गर्ने कुरा के त भन्दा छलफल, बहस र त्यसको राम्रो वातावरण बनाएर चलायनमान, गतिशिल बनाउन सकिन्छ भन्ने विश्वास पैदा भएको छ ।

हामीले सदनमा गर्ने मेहनत त जनताका लागि हो, उहाँहरुको सम्मानका लागि पनि हो । जनतालाई सम्मान गर्न सबैभन्दा पहिले सभामुख नै लाग्नुप¥यो । सम्पूर्ण रुपमा जीवन व्यवहारबाट लाग्नुपर्छ जीवन व्यवहारबाट सावित गर्नुपर्छ । सभामुख, उपसभामुख, सांसद, महासचिव र अन्य कर्मचारी पनि माथि उठ्नुप¥यो । सबै मिलेर नयाँ ढङ्गले लैजानुपर्छ । हामी परम्परागत संसद्मा त छैनौँ, नयाँ संविधान अनुसार नै हामी चलिरहेका छौँ ।

सदनमा गणपूरक सङ्ख्या नपुग्ने, नियमापत्ति भइरहने, सांसदका चासो नभए जस्तो पनि देखिएको थियो, त्यो अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

धेरै मानीनय सदस्य पार्टीका नेता हुनुहुन्छ । सत्तारुढ पार्टीका सांसद धेरै हुनुहुन्छ स्वभाविक रुपमा । उहाँहरुको बैठक, भेला तथा प्रशिक्षणलगायत काम पनि बढी हुन पुगे । हामीले आफूलाई सभामुखदेखि सबैले अलि जनताको सम्मान गर्ने हिसाबले सोच्न प¥यो । हामी जति मेहनत गर्छौँ, जति परिश्रम गर्छौँ, ती हामीलाई भोट दिने जनताको सममान हो । सम्मान गर्ने सोचाइलाई कसरी विकास गर्न सक्छौं, त्यतातर्फ लाग्नुपर्छ ।
हामीले सदनमा गर्ने मेहनत त जनताका लागि हो, उहाँहरुको सम्मानका लागि पनि हो । जनतालाई सम्मान गर्न सबैभन्दा पहिले सभामुख नै लाग्नुप¥यो । सम्पूर्ण रुपमा जीवन व्यवहारबाट लाग्नुपर्छ जीवन व्यवहारबाट सावित गर्नुपर्छ । सभामुख, उपसभामुख, सांसद, महासचिव र अन्य कर्मचारी पनि माथि उठ्नुप¥यो । सबै मिलेर नयाँ ढङ्गले लैजानुपर्छ । हामी परम्परागत संसद्मा त छैनौँ, नयाँ संविधान अनुसार नै हामी चलिरहेका छौँ ।

केही देशका राजदूतसँग कुराकानी हुँदा पनि उहाँहरुले आफ्नो देशको अनुभव सुनाउनुभएको छ । ती देशका सभामुखको सन्देशसमेत दिनुभएको छ । व्यवस्थापिका संसद्को ज्ञान भएका विज्ञसँग छलफल गर्दा समेत नयाँपन दिन सकिन्छ भन्ने विश्वास पैदा भएको छ ।

विशेष गरी शून्य समयमा सांसदले विपद्लगायत विषयसँग उठाएका जिज्ञासामा सरकारले चासो देखाएन भन्ने गुनासा पनि उत्तिकै छ, यस सम्बन्धमा तपाईँको अनुभव कस्तो रह्यो । आगामी दिनमा थप योजना के छन् ?

विशेष समय र शून्य समयमा उठेका विषयमा समेत थप प्रभावकारी होओस् भनेर प्रयास ग¥र्यौँ । मन्त्रीलाई पनि प्रश्न उत्तर गराउने प्रयास पनि ग¥र्यौँ । हामीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र वन तथा वातावरण मन्त्रीसँग छलफल पनि गरायौँ । समय लम्बियोस् र छलफलको वातावरण बनोस् भन्नेतर्फ नै ध्यान दियौँ । सांसदलाई छलफलमा सहभागी गराउने साेंचअनुसार नै काम गरियो र लागू पनि गराइयो । राष्ट्रिय जीवनका हरेक क्षेत्रमा रुपान्तरणको खाँचो छ, सदनबाट त्यसको सुरुआत गर्नुपर्छ ।

सदनलाई जनताप्रति जिम्मेवार बनाउन अझै मेहनत गर्नुपर्ने आवश्यकता देखियो भन्ने नै तपाईंको जोड हो ?

मेहनत त कठोर नै गर्नुपर्छ । हामीले त्यसलाई व्यवस्थित गर्न सक्छौँ । सङ्घीय संसद् सफल हुने भनेको सबैलाई न्याय भएको छ, निष्पक्ष छ भन्ने पनि हो । निष्पक्षतापूवर्क व्यवहार भएको छ, कर्मचारीलाई पनि न्याय भएको छ भन्ने विश्वास दिलाउन सकियो भने हामी सफल हुन सक्छौँ भन्ने भरोसा पनि पैदा भएको छ ।

संसदीय समितिलाई बढी जिम्मेवार बनाउनेतर्फ के कस्ता योजना छन् ?

संसदीय समितिका सभापतिले दुई वर्षसम्म समिति चलाइसक्नु भएको छ । उहाँहरुको अनुभव र भूमिकालाई लिएर नै अगाडि बढेको हो । उहाँहरुलाई सहयोग गर्ने कुरा नै हुन्छ । बैठक राख्ने, निष्कर्ष निकाल्न सहयोग गर्नेतर्फ नै केन्द्रित छु । कतिपय महत्वपूर्ण विधेयक समितिमा छन्, त्यसलाई निष्कर्षमा लैजान पहल गर्ने, सम्बन्धित मन्त्रालयका मन्त्री र जिम्मेवार पदाधिकारीसँग छलफलको वातावरण बनाउनेतर्फ केन्द्रित गरिएको छ । सहजीकरण गर्ने, आवश्यकता पर्दा महत्वपूर्ण विषयमा पार्टीका नेतासँग पनि छलफल गरिएको छ । अहिले प्रतिकूल अवस्था भएकाले मात्रै हो, हामीले शीर्ष नेता तथा समितिका सभापतिसँग छलफल गर्ने योजना तय गरेका छौँ ।

विगतका संसद् बैठक प्रभावकारी भएन भन्ने टिप्पणीप्रति यहाँका धारणा के छ ? 

समग्रमा उहाँहरुले टिप्पणी गर्नुभएको होला । सभामुख चयनमा पनि समय लियो, शुरु भएपछि पनि केही समस्या देखिए । ढिला शुरु हुनु महामारी आइलाग्नुजस्ता कारण पनि प्रभावकारी भएन भनेर टिप्पणी गरिएको होला । मैले त्यसलाई नकारात्मक रुपमा नै लिएको छैन । त्यसलाई सकारात्मक रुपमा लिएको छु । जति दिन चल्यो त्यो सार्थक भएको छ  भन्ने नै मलाई लाग्छ । देश र जनताका लागि धेरै उपयोगी छलफल भएको छ । आठ वटा त विधेयक नै पास भएको छ । चलेका दिन उपलब्धिमूलक भएको छ । समग्रमा भन्दा प्रतिकूल अवस्थाका कारण जे जति अपेक्षा थियो, त्यो भने पूरा नभएको हो ।

कोरोनाको सङ्क्रमणको त्रासका कारण पनि थप काम गर्न सकिएन भन्ने हो तपाईंको बुझाई ? 

प्रतिकूल परिस्थितिमा प्रतिनिधिसभाको मात्रै कमजोरी भनेर टिप्पणी गर्नु एकाङ्की हुन्छ, अपूरो हुन्छ । समग्रमा सफलता, असफता र उपलब्धिको मापन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

सदन चलाउने क्रममा प्रमुख प्रतिपक्षीलगायत दलबाट के कस्तो सहयोग पाउनुभयो ? 

म धेरै उत्साहित छु । म २०६४ सालदेखि नै संविधानसभा सदस्य, रुपान्तरित संसद्को रुपमा लामो समयदेखि सदनमा छु । धेरै साथीसँग मेरो आफ्नै खालको सम्बन्ध पनि छ । परिचय छ, विभिन्न समितिमा रहेर काम  गरेको छु । उहाँहरुको आआफ्नै पार्टी छ, छलफल हुन्छ, निर्णय भए पनि सदनमा उहाँहरु जिम्मेवार हुनुभयो । सबै दलका प्रमुख सचेतक, सचेतक सबैले धेरै राम्रो सहयोग गर्नुभएको छ । म उहाँहरुको भूमिकाप्रति धेरै खुसी छु । मलाई सर्वसम्मत रुपमा चयन गरेर अझै बढी मेहनत गर्न प्रेरित गरेको छ  भन्ने अर्थमा पनि मैले लिएको छु । सदनको ओज गरिमा बढाउन मेहनत गर्नुपर्छ भन्ने विश्वास पैदा भएको छ ।

यो विपद्का समयमा तपाईँलाई निर्वाचित गराउने जिल्लाका नागरिकसँग जोडिन यहाँले के कस्तो प्रयत्न गर्नुभएको छ ?

भौतिक रुपमा भेटघाट हुन त सम्भव भएन तर मैले सबै नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाका अध्यक्षसँग सबैसँग टेलिफोन गरेर समस्या के छन्, चुनौती के छन् भनेर छलफल गरिरहेको छु । म आफैँलाई के लागेको छ भने सङ्घीयताको महत्व थप प्रष्ट भएको छ । सङ्घीयताले थप जरो गाड्यो भन्ने लागेको छ । प्रतिकूलताकाबीच सङ्घीयतालाई जनताको घरदैलोमा पु¥याउन सहयोग पुगेको छ भन्ने लागेको छ । सङ्घीयता स्थापित गर्न नकारात्मक रुपले सहयोग गरेको छ । सबै वडा अध्यक्ष र वडा सदस्यहरु जनताको बीचमा छन् । कतिपय सुधारका काम भइरहेका छन् । मलाई लाग्छ, त्यसलाई थप विस्तार गर्दै जानुपर्छ । म सभामुख भएपछि देशभरकै विषयमा नै हेर्नुपर्छ, तैपनि एउटा निर्वाचन क्षेत्रको जनप्रतिनिधि पनि भएकाले सोही अनुसार काम गरिरहेको छु ।

कोरोना महामारीविरुद्ध जुध्न यहाँले श्रव्यदृश्य सामग्री पनि सार्वजनिक गर्नुभयो, सांसदलाई जनताको सेवामा लाग्न आग्रह पनि गर्नुभयो, त्यसपछि यहाँलाई के कस्ता प्रतिक्रिया प्राप्त भए ? 

उत्साहवद्र्धक प्रतिक्रिया आएको छ । सकारात्मक छ । मुख्य रुपमा हाम्रो काम भनेको नीति निर्माण भए पनि विपद्मा जनतालाई सचेत गराउने, सरकारको काम कारबाहीमा सहयोग पु¥याउने नै भएकाले पनि त्यो हाम्रो कर्तव्य थियो । विपद्सँग जुध्न प्रेरित गर्ने कुरा नै महत्वपूर्ण हो, यतिखेर । सुरक्षाकर्मी र चिकित्सकले अहोरात्र खटेर काम गर्नुभएको छ । उहाँहरुलाई हौसला दिने र प्रोत्साहित गर्ने काम भएको छ । त्यस आधारमा हेर्दा पनि प्रतिक्रिया सकारात्मक नै आएको छ ।

वर्षे अधिवेशनमा सांसदले के कस्तो भूमिका खेल्नुपर्ला ? 

विषम परिस्थिति हो, अहिले । कोरोना भाइरसविरुद्ध लड्ने उपायको खोज पनि भइरहेको छ । यो अवस्थामा प्रतिनिधिसभाका सदस्यहरु जनताको बीचमा जानु भएको छ । जनप्रतिनिधिको दायित्व के हुन्छ भने कसरी यसबाट जोगिने र कसरी लडाइँ जित्ने  भन्नेमा ध्यान दिनुपर्छ नै ।

सरकारलाई सुझाव दिने, जानकारी गराउने  त जनता नै हुन् । विषम अवस्थामा प्राथमिकता क्रम निर्माण गर्न आवश्यक तयारी गरेर जनताबाट सुझाव लिएर आउनसमेत समेत म जनप्रनिधिलाई आग्रह गर्दछु । सरकारलाई र राष्ट्रलाई सहयोग गर्ने खालको वातावरण बनाउन  म सबै सांसदहरुलाई पुनः अनुरोध गर्दछु ।

बदलिँदो अवस्थामा विगतको जस्तो गरी बजेट आउने र ल्याउने कुरा पनि के कति व्यवहारिक हुन्छ भनेर जनप्रतिधिले जनतासँग सुझाव लिनु नै हुन्छ, त्यसमा ध्यान दिनुहुन्छ । यद्यपि त्यो सरकारको विषय हो ।  बदलिँदो अवस्थामा कस्तो बजेट आउनुपर्ला भनेर जनतासँग पनि राय सल्लाह लिएर सदनमा छलफल गर्ने र सरकारलाई जानकारी दिनुपर्छ । सरकारलाई सुझाव दिने, जानकारी गराउने  त जनता नै हुन् । विषम अवस्थामा प्राथमिकता क्रम निर्माण गर्न आवश्यक तयारी गरेर जनताबाट सुझाव लिएर आउनसमेत समेत म जनप्रनिधिलाई आग्रह गर्दछु । सरकारलाई र राष्ट्रलाई सहयोग गर्ने खालको वातावरण बनाउन  म सबै सांसदहरुलाई पुनः अनुरोध गर्दछु ।

अन्त्यमा केही थप्नुहुन्छ ? 

यो विषम अवस्थामा संसारका धेरै जानकार, खोजकर्ता, अनुसन्धानकर्ताले पनि सचेत गराएका छन् । यो अवस्थामा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउनेतर्फ लाग्नुपर्छ । सरकारले जेजस्ता निर्णय गरेका छन् । त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्दछ । अनुशासित भएर पालना गर्नुपर्छ । आत्मअनुशान पालना गर्ने समय हो । मानव जातिलाई नै चुनौती खडा भएको छ । यो लडाइँ लड्न सबैभन्दा ठूलो हतियार नै आत्मनुशासन हो । त्यो नै मुख्य कुरा हो । सधैँभरी आशावादी हुनुपर्छ । कोरोना छिट्टै परास्त हुन्छ ।

व्यापार गर्ने व्यावसाय गर्नेहरुका बारेमा अध्ययन गरि राम्रा कार्यक्रम सरकारले ल्याउनु पर्दछ

अनुकुल भट्नाकर चिनाई राख्नु पर्ने नाम होइन । भारतीय एसबीआई बैंकमा ३ दर्शक विताएका भटनाकर करिब ४ वर्ष अगाडी नेपाल एसबीआई बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भएर नेपाल आएका थिए ।

उनीकै नेतृत्वमा रहेको भारतीय एसबीआई बैंकको ठूलो, राम्रो प्रोजेक्टहरुमा लगानी गर्दै लगानीकर्तालाई उत्तम प्रतिफल दिएको देखिन्छ ।
यिनै अनुकुल भट्नाकरले नेतृत्व गरेको नेपाल एसबिआई बैंकमा भारतमा काम गर्ने लाखौं नेपालीहरुको ठूलो मात्रामा रेमिटेन्स आउने र भारतीय गोर्खा सैनिकहरुका हजारौ परिवारको पेन्सन आउने बैंक हो नेपाल एसबिआई बैंक । नेपालको टप १० वाणिज्य बैंक भित्र पर्ने नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत एवं २७ वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स एशोसियसनका उपाध्यक्ष समेत रहेका छन् अनुकुल भट्नाकर ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको नेपाल एसबिआई बैंक लिमिटेड ५० भन्दा बढी शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न अधिकाशं शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको बैकिङ्ग क्षेत्रलाई कस्तो असर पर्ने देखिन्छ र केही दिन भित्र आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर घटाएको देखिन्छ । यी र यस्तै विषयमा नेपाल एसबीआई बैंकका सीइओ एवं नेपाल बैंकर्स एशोसियसनका उपाध्यक्ष अनुकुल भट्नाकरसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० यस्तो आपत र विशस अवस्थामा नेपालका २७ वाणिज्य बैंकहरुले निक्षेपको व्याजदर घटाएका छन, कारण के हो त ?
हामी सबै बैंकले निक्षेपमा व्याजदर घटाएका छौं । उच्च धनीमानीहरुले बैंकमा राख्ने ठूलो निक्षेप छ । त्यसको ब्याजदर घटाउदा कर्जाका ग्राहकलाई न्याय हुने फाइदा हुने देखेर नै घटाएका छौं । यसले बैंकको बेष्ट रेट राम्रो हुन्छ । १ महिना पछि हामीले कर्जाका ब्यादजर पनि घटाउने छौं । तरलता उच्च छ । बैंकहरुमा त्यस कारण कर्जा व्याजदर घटाउनु पर्ने बाध्यता पनि बैंकहरुलाई छ । मौका मा चौका छोपी घटाएको भन्न मिल्दैन । आचार्यजी ।

० मुलुक लकडाउनमा छ । कोरोना भाईरसका केही संकेत हाम्रो देशमा देखा परेको छ । त्रासकै अवस्थामा पनि छ । यस बीचमा नेपाल एसबिआई बैंक लिमिटेडले चाही कस्तो सेवा प्रदान गरेको अवस्था छ, सीइओ साब ?
बैंक आवश्यक बस्तु भित्र पर्ने भएकाले बैंक खोल्नु वाध्यता हो । यो बेला हामीले ५० वटा भन्दा बढी शाखा खोली अरु बैंकको जस्तो सेवा दिएका छौं । ११ बजे देखि १ बजेसम्म मात्रै खोलेर कारोबार गरेका छौं । स्थानीय तहहरुमा एटिएम छैन । त्यहा शाखा खोलेर नै सेवा दिनुपर्ने अवस्था छ । औषधी मुलो, खाद्यान्न, तेल, तरकारी, दुध आदि बस्तु किन्न पैसा त ग्राहकहरुलाई दिएका छौं । साथै एलसी, बैंक ग्यारेन्टी दिएका छौं ।
० यो विषम परिस्थितिमा बैकमा आएर कामगर्ने कर्मचारी साथीहरुको स्वास्थ्यबारे चाही तपाई कति चिन्तित रहनु भएको छ ?
यो बेला कर्मचारी मात्रै होइन लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी लगायत सबै जनताको स्वास्थ्यको कुरा गर्नपर्छ । अर्को कुरा कर्मचारी साथीहरुका बारे हामी सचेत र सजक छौं । रोगसंग लडन तत्कालका लागि चाहिने सबै प्रकारको स्वास्थ्य सामाग्री दिएका छौं ।
यस्तो अवस्थामा पनि कामलाई प्राथमिकतामा राखेर उहाँहरुले काम गर्नु भएको छ । साथै नेपाल एसबिआई बैंकले पिपिई समेत कर्मचारीहरुलाई उपलब्ध गराएको अवस्था छ । साथै हाम्रा कर्मचरी घरबाटै काम गरेका छन् । ग्राहकको फोन आउने वित्तिकै शाखा खोलेर पैसा दिने काम गर्दछ ।

० सीइओ साब २७ वाणिज्य बैंकहरुको वित्तिय विवरण केही दिन भित्र आउँदै छ । यसमा लकडाउनले कस्तो असर पर्ने देखिन्छ ?
हामी हाम्रा ठूला साना कर्जाका ग्राहकसंग सम्पर्कमा रहि काम गरिरहेका छौं । अहिले कर्जाको व्याज र साँवा कम उठेको छ । नाफा घट्ने नै छ । करिब २५ प्रतिशत नाफा कम हुने देखिन्छ । व्यापारी, व्यवसायीलाई बचाउन नेपाल एसबिआई बैंकले धेरै काम गरेको छ ।

७ वटै प्रदेशमा ५÷५ लाखका दरले ३५ लाख दिएका छौं । साथै नेपाल एसबिआई बैंकले १५ लाख चाहि देशका विभिन्न ठाउँमा कोरोना रोगथामका लागि उपचारका लागि स्वास्थ्य सामाग्री दिने निर्णय गरेका हौं । हामी अरु बैंक भन्दा फरक बैंक छौं । हाम्रो दायित्व यो समाजमा बढेको छ ।

० सीइओ साब नेपाल एसबिआई बैंक लिमिटेडले कोरोना भाईरस बिरुद्ध लड्न स्थापना गरेको कोषमा कस्तो सहयोग गरेको छ ?
हामीले राष्ट्रिय कोषमा ५० लाख दिएको छ । ७ वटै प्रदेशमा ५÷५ लाखका दरले ३५ लाख दिएका छौं । साथै नेपाल एसबिआई बैंकले १५ लाख चाहि देशका विभिन्न ठाउँमा कोरोना रोगथामका लागि उपचारका लागि स्वास्थ्य सामाग्री दिने निर्णय गरेका हौं । हामी अरु बैंक भन्दा फरक बैंक छौं । हाम्रो दायित्व यो समाजमा बढेको छ ।

० यो लामो लकडाउनबाट हामी नेपालीहरुले चाही के पाठ सिक्ने हो, सीइओ साब ?
आचार्यजी राम्रो प्रश्न सोध्नु भयो । यो विश्वमै फैलिएको अचम्मकै रोग हो । दोस्रो स्वास्थ्यका पूर्वाधार बन्नुप¥यो । प्रदेशहरुमा अस्पताल बन्नुपर्दछ ।
अर्को कुरा गाउँ गाउँमा साना साना अस्पताल चाहियो । पिपिई जस्ता सामानको खोजी तत्कालै जरुरी छ । हामी नेपाल एसबीआई बैंकले पिपिई दिएका छौं । यो अहिले अत्यावश्यक सामान हो । यसमा बैंकहरुको सहयोग रहन्छ र छ पनि । अर्को कुरा व्यापार गर्ने व्यावसाय गर्नेहरुका बारेमा अध्ययन गरि राम्रा कार्यक्रम सरकारले ल्याउनु पर्दछ ।

० राज्यले बैंकका ग्राहकका लागि ल्याएको केही राहतका प्याकेजलाई चाही कसरी लिनु भएको छ ?
यो स्वातयोग्य छ । सकारात्मक छ । केन्द्रीय बैंकले ल्याएको यो पहिलो चरणको प्याकेज हो । यस्ता प्याकेज अरु पनि आउँछन भन्ने छ । प्रोभिजन टाइमिङ अवधि पनि बढाउन सकिन्छ । उद्योगीहरुलाई यसले फाईदा नै गर्छ । लोनलाई रिसेड्युल गर्ने रिस्ट्रक्वारिङ गर्ने कुराले पनि केही राहत पक्कै दिनेछ ।

हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ । यो कति लम्बिने हो । त्यसमा पनि भर पर्ने देखिन्छ ।

किनभने उद्योगहरु चल्न सकेका छैनन् । असारसम्म लोनलाई सम्बोधन गरेर केही पुग्दैन भन्ने लाग्छ ।
साथै तरलता पनि अलिकति सहज बनाईदिने हो भने फाइदा हुन्छ भन्ने मलाई लाग्छ । हाइड्रोपावर लगायतका आयोजनाहरु लम्बिने सम्भावना छ । श्रमिकहरु घर गएका छन् । कहिले फर्किने हो टुंगो छैन । त्यसैले अहिले आएको प्याकेजले मात्रै पुग्दैन । राज्यले समयमै सानादेखि ठूलासम्मलाई समेटेर प्योकज ल्याउनु जरुरी देखिन्छ । यो कति लम्बिने हो । त्यसमा पनि भर पर्ने देखिन्छ ।

० कोरोना भाईरसले विश्वअर्थतन्त्र हल्लाएको छ । नेपालको अर्थतन्त्रलाई पनि असर देखा परिरहेका बेला यसले बैकिङ्ग प्रणालीलाई चाही कति असर देखा पर्ला त सीइओ साब ?
अर्थतन्त्रको मुटु नै बैकिङ्ग क्षेत्र हो । अर्थतन्त्र चलायमान बैकिङ्ग प्रणाली भित्रैबाट हुने हो ।
अर्कोतिर आर्थिक रुपमा पनि निकै ठूलो असर गरेको छ र यो कुनै एक देशको मात्रै नभई विश्वव्यापी भएकोले यसको ठूलो असर पर्ने निश्चित छ । नेपालमा पनि आर्थिक रुपमा यसको असर ठुलो छ । यसको असर कति लामो समयसम्म हुने हो त्यो हेर्न बाँकी छ । यो समयले देखाउदै जाने नै छ ।
नेपालका बैंकहरु अहिले समन्वयमा काम गरिरहेका छन् । नेपाल बैंकर्स एशोसियसन र नियमनकारी निकायसंगको समन्वयमा काम भईरहेकोले गर्दा समस्यामा केही कम छन् । आफू बच्ने र अरुलाई बचाउनु पर्ने समय आएको पक्कै छ । अर्को कुरा यो बेला मान्छे घर परिवारसंगै छन् । यसले उर्जा थपिएको पककै छ । त्यसकारण अब विदेश होइन देशमै केही गरौं भन्ने भावनाको विकास चाहि यो बेला पक्कै भएको देखिन्छ । साथै यो बेला भनेको डिजिटल बैंकिङ्ग गर्ने बेला हो ।

यो बेला सुरक्षित मापदण्ड हामी सबैले अपनाउनु पर्दछ । अबसरकोरुपमा लिदै मोबाइल बैकिङ्ग इन्टरनेट बैकिङ्ग चलाउन सकिन्छ । यो सिक्ने अवसर पनि भन्न चाहान्छु । एटिएमबाट भन्दा पनि घरबाटै कारोबार गर्नु उचित छ । निर्यात ठप्प छ । भारत, ताईवान, अमेरिकामा निर्यात हुने सामान गएको छैन । यो घाटा हामी बैंकलाई छ । यी सबै कुराले बैकिङ्ग प्रणालीमा चुनौती बढेको पक्कै छ ।

० राष्ट्र बैंकमा हालै नयाँ गर्भनर आउनु भएको छ । उहाँबाट बैंकिङ्ग प्रणालीले कस्तो आशा गरेको छ ?
गर्भनर महाप्रसाद अधिकारीज्यू बैकिङ्ग बुझेको अनुभवी र दक्ष गर्भनर मुलुकले पाएकोमा हाम्रो बैकिङ्ग प्रणाली खुशी छ । हामीसबैले चाहेको शालिन स्वभावको र सोचेर निर्णय लिने गर्भनर हामीले पाएका छौं ।
केही दिनमै उहाँले हामीसंग छलफल गरी राहतको प्याकेज ल्याउनु पर्ने आवश्यकता देखिन्छ नि ।

० अन्त्यमा लाखौं ग्राहक, शेयरधनी, प्रोमोटर र नेपाली जनतालाई केही भन्नु छ ?
यो समय धैर्य धारण गर्ने समय हो । घरमै बसेर इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्गबाटै कारोबार गरौं । अति आवश्यक सामान किन्न मात्रै एटिएम जाऔं । परिवारसंगै बसौं । नयाँ नयाँ कुरा सिकैं । त्रसित नबनौ र २०७७ सालको सबैमा हार्दिक मंगलमय शुभकामना दिन चाहान्छु । यो बेला टेक्नोलोजिका कुरा सिकौ । यो वर्ष हाम्रो दिन पक्कै आउने छ । ढुक्क भएर काम गरौं । आशा गरौं । यो समय छिटो जानेछ र राम्रा दिन आउने छ नि ।

रेमिट्यान्स पनि अब एपबाटै रिसिभ गर्न मिल्ने

सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पेबीच रेमिटान्स कारोबार शुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पे का तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप प्रयोग गरी सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढि एजेन्टहरु मार्फत आन्तरिक विप्रेषण पठाउन सक्ने कम्पनीले बताएका छन् ।

यसका लागि मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ । सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी लगायतका सेवाहरु गर्न सकिन्छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।