जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सि.सं. ५८ अधिकृत क्याडेट तालिमका १४ जना महिला, ११४ जना पुरुष, ४ जना विदेशी, सि.सं. ४८ पदिक/हुद्धा अधिकृत क्याडेट तालिमका १८ जना पदिकरहुद्धा अधिकृत क्याडेट र मित्रराष्ट्र श्रीलंकामा तालिम पुरा गरि स्वदेश फिर्ता भएका सि.सं. 55 का २ जना अधिकृत क्याडेटहरु गरी जम्मा १५२ जना अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नु भएको छ ।

उक्त अवसरमा प्रधानसेनापति महारथी थापाले सि.सं. ५८ अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट सुरेन्द्र बहादुर बोहरा तथा सि.सं. ४८ पदिक/हुद्धा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट सन्तमान श्रेष्ठलाई  “Sword of Honour” सि.सं. ५८ अधिकृत क्याडेट तालिममा महिलातर्फ प्रथम हुने महिला अधिकृत क्याडेट कृपा अधिकारीलाई “Cane of Honour” र “Best in Academic Award” प्रदान गर्नु भएको थियो ।

साथै उहाँले मित्रराष्ट्र केन्याबाट सहभागी भएका अधिकृत क्याडेट Kipkirui Rutto Benard लाई “The Best International Officer Cadet” प्रदान गर्नु भएको थियो ।

प्रधानसेनापति महारथी थापाले नवआयुक्त अधिकृतहरुलाई सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले पठाउनु भएको सम्बोधन वाचन गरेर सुनाउनु भएको थियो । उक्त सम्बोधनमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले नवआयुक्त अधिकृतहरुलाई तालिम सफलतापूर्वक सम्पन्‍न गर्नुभएकोमा हार्दिक बधाई दिनुहुँदै तालिमको दौरान क्याडेटहरुले देखाउनु भएको सहनशीलता, कठिन परिश्रम र दृढताको प्रशंसा गर्नु भएको थियो ।

सन्देशमा उहाँले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आईरहेको र नेपाली सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफुलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको बताउनु भएको थियो ।

उहाँले आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनतासंग काँधमा काँध मिलाउदै नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरु पूरा गर्न सक्षम एक बहुआयामिक संगठनको रुपमा विकसित भएको बताउनु भएको थियो ।

सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा ओलीले पठाउनु भएको उक्त सन्देशमा कोरोना भाईरस (कोभिड-19) को संक्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको स्वागत गर्नुहुँदै मित्रराष्ट्र चीनबाट नेपालीहरुलाई उद्धार गरी ल्याउन, भक्तपुर खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा उनीहरुलाई क्वारेन्टिन गरी राख्‍नको लागि बासस्थानको निर्माण गर्न एवम् क्वारेन्टिन अवधिभर उनीहरुको स्वास्थ्य, सरसफाई तथा खानपीनको उचित व्यवस्था गर्न नेपाली सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्नु भएको थियो ।

भविष्यमा उत्पन्‍न हुन सक्ने विविध सुरक्षा खतराहरुको साथै विभिन्‍न किसिमका महामारीहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासँग सम्बद्ध सुरक्षा निकायहरु समेत सदैव सजग र सतर्क एवम् आपसी समन्वयमा रहन नितान्त जरुरी रहेको समेत उक्त सन्देशमा उल्लेख गरिएको थियो ।

सोही समारोहमा प्रधानसेनापति थापाले नवआयुक्त अधिकृतहरुलाई हार्दिक बधाई तथा शुभकामना दिनु हुँदै आफू र मातहतका जवानहरुको सुरक्षा सुनिश्‍चित गर्दै राष्ट्र र राष्ट्रवासीहरुको विश्‍वास र भरोसा माथी खरो रुपमा उत्रिनु हुनेमा पूर्ण विश्‍वास व्यक्त गर्नुभएको थियो ।

हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-19) को संभावित संक्रमणलाई मध्यनजर गरि अत्यावश्यक सिमित व्यक्तिहरुको उपस्थितीमा आवश्यक सुरक्षात्मक उपाय अपनाई उक्त समारोहको आयोजना गरिएको थियो ।

मेगा बैंकबाट सातै प्रदेशलाई ५–५ लाख हस्तान्तरण

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रुपैंया हस्तान्तरण गरेको छ ।

६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।

मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो । यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

एन आई सी एशिया बैंकको World Remit र Orbit Remit सँग रेमिट्यान्सको सहकार्य

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा रहेको बेला एन आई सी एशिया बैंकले World Remit र Orbit Remit सँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहनुभएका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने रेमिट्यान्सको व्यवस्था गरेको छ ।

World Remit र Orbit Remit मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहनुभएका नेपाली महानुभावहरूले समयको बचतसँग अब बिना झन्झट घरमै बसेर एन आई सी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्नुहुने भएको छ । यसबाट ग्राहक महानुभावहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सकिने बैंकले विश्वास लिएको छ ।

विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट World Remit र Orbit Remit मार्फत घरमै बसी एन आई सी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिने छः-

World Remit बाट रकम पठाउनको लागि ।
१. https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।
२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले ध्यचमि च्झष्त बाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नुहुनेछ ।
३. यसको साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहक महानुभावहरूले थप जानकारी लिन सक्नुहुनेछ ।
४. World Remit बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नुहुनेछ भने त्यसको लागि 3FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ ।
५. World Remit बाट ग्राहक महानुभावहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

Orbit Remit बाट रकम पठाउनको लागि ।
१. https://www.orbitremit.com/nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।
२. रकम पठाउदा कुनै समस्या भएमा Orbit Remit को रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ ।
३. Orbit Remit बाट रकम पठाउदा नयाँ ग्राहक महानुभावहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्नुहुनेछ । निशुल्क रकम पठाउनको लागि पठाउदा FREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।
४. Orbit Remit बाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

यस विपतको घडिमा बैंकले आफ्ना ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरेको छ।

‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै बसेर निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

उद्योग ब्यवसायको हितको लागि सुझाव

रमेश कुमार भट्टराई | कोरोना महामारिमा lockdown को कारण उद्योग ब्यवसाय तहस नहस  नहोस भनेर अन्य देशका सरकारले राज्यकोषबाट नागरिक र उद्योगि ब्यवसायीलाई नगद राहत र छुट दिरहेका छन। म पनि १५ बर्ष बैकं बित्त कंपनिको ceo भएकोले नव नियुक्त गभर्नर ज्युको भनाई सगं असहमत हुदै उद्योग ब्यवसायको हितको लागि  सुझाव दिन चाहन्छु।

 उद्योगी ब्यबसाईलाई चैत्रको बैकं ऋृणको सावा ब्याज किस्ता अासाढ मसान्तमा तिर्ने ब्यवस्था राहत नभै डुबाउने खेल हो।लकडाउनको चेन असर अाषाढ पछि सम्म जान्छ।कारोबार नियमित र राम्रो हुदैन।क्यास फ्लो नभएको अवस्थामा ३ महिनाको तिर्न नसक्नेले ६ महिनाको कसरी सक्छ ?

उद्योग ब्यवसाय चलेमा बैकं नि चल्ने र सरकारले नि कर पाउने  तथा रोजगारि बृद्धि लगायत समग्र अर्थतन्त्र चलायमा हुन्छ।तेसैले उद्योग ब्यवसायको संरक्षण र बिकास नै प्रमुख कुरा रहेक‍ो बुझ्नु जरुरि छ।

बैकंहरु नाफा कमाउने संस्था हुन।सधै कमाएका पनि छन।तर अहिले बाच्ने र बचाउने बेला हो।बाचे भने फेरि कमाउन पाईन्छ।तेसैले बैकंका ऋणिहरु(अौषधि ग्रौसरि जस्ता बाहेक)लाई ३ महिनाको ब्याज अाषाढक‍‍ो balancesheet नेगेटिभ नहुने गरि पुर्णतः मिन्हा गर्नु पर्छ।नेगेटिभ हुनेको हकमा बैलेन्सिट पोजेटिभ बनाउने जति रकम सरकारले बैकंलाई राज्यकोषबाट सब्सिडि दिनु पर्छ।
 महामारिमा एक बर्ष लाभान्स नपाउदा कुनै शेयरधनिले बिरोध गर्दैनन।मेरो नि बैकं बिमामा शेयर छ,मलाई कुनै अापत्ति छैन।उद्योग ब्यवसाय चलेमा तथा बैकं र हामी रहेमा न नाफा खाने कुरा अाउछ।
सरकारले पनि नाफाखोरि सोच हटाई बैकंहरुलाई ३०% को सट्टा २०% र उद्योग ब्यवसायअाई २५% को सट्टा १५% कर मात्र लिने घोषणा गरि महासंकटको बेला उदार मन देखाई राहत दिनु पर्छ।
उद्योग ब्यवसायले खपत गर्ने बिध्युतमा बिध्युत प्राधिकरणको बासलात नेगेटिभ नहुने गरि सके जति छुट दिनु पर्छ।कर्मचारिको रोजगारि बचाउन पारिश्रमिक करमा छुट दिएर तेति रकम तलबमा घटाउन पाउने गरि उद्योगकलाई खर्च कम गर्न सहयोग गर्नु पर्छ।
नागरिक रहेमा उद्योग ब्यवसाय चल्ने ह‍ो, उद्योग ब्यवसाय रहेमा बैकं चल्ने ह‍ो र बैकं चलेमा अर्थतन्त्र राम्रो भई देश रहने हो।यो कुरा बुझि उदारता देखाउ।अाफु नि बाचौ ,अरु सबैलाई नि बचाउँ। (लेखक: सीईओ महालक्ष्मी लाइफ इन्स्योरेन्स)

सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनमा पनि सेवा दिने

सांग्रिला डेभलमपेन्ट बैंकले लकडाउनको अवधिमा पनि सेवा सुचारु राख्ने भएको छ ।

वैशाख ३ गते सम्मको विभिन्न शाखा कार्यालय खुला राख्ने तय भएको छ । बैंकका अनुसार विहान ११ बजे देखि दिउँसो १ वजेसम्म खुला हुने शाखाहरुबाट सेवा पाइनेछ ।0

 

महालक्ष्मी विकास बैंकद्वारा कोरोना भाइरस रोकथामका लागि ५० लाख सहयोग

महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९ऋइख्क्ष्म् ज्ञढ० को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा रु.५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैकले संघीय सरकारलाई रु.१२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु.४ लाखका दरले रु.२८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा रु.१० लाख सहयोग गर्ने भएको हो । बैंकले प्रदान गर्ने उक्त सहयोग केन्दी«य सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

यो बेला भनेको हुनेले नहुनेलाई दिने बेला हो

अशोक शेरचन नेपालको बैंकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम होइन आधा जीवन नै बैकिङ्ग क्षेत्रमा विताएका शेरचन नेपालको ठूलो व्यवसायीक धराना प्रभु समूहकै सबल र सक्षम बैंक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

शेरचनले प्रभु बैंक सम्हाले पछि बैंकले विद्यमान चुनौती ग्राण्ड र किष्ट बैंकका कर्जा उठाउन उनी सफल भएका छन् । बैंकले यसबाट काँचुली फेर्ने काम ग¥यो भन्दा अब चाहि फरक पर्दैन ।
शेरचन नेतृत्वमा २ वाणिज्य बैंक र कही विकास बैंक मर्ज भएर एउटा सक्षम, सबल र अब्बल बैंक बन्यो प्रभु बैंक ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही यसका संकेतहरु देखिएका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो सञ्जाल, ग्राहक र एटिएम भएको प्रभु बैंक लिमिटेडले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको प्रभु बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार गर्न ४०/४५ भन्दा बढि शाखाहरु संचालन गरि नेपालभर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा कोरोना भाईरसले कस्तो असर गर्ने देखिन्छ र कारोना बिरुद्ध लड्ने राज्य कोषमा प्रभु बैंकले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा चर्चित युवा बैंकर एवं प्रभु बैंक लिमिटेडका सीइओ अशोक शेरचनसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० सीइओ साब यस्तो विशम र कठिन परिस्थितिमा कस्तो सेवा प्रदान गर्नु भएको छ ?
प्रभु बैंकका सबै देश र उपत्यकाका शाखा १ दिन विराएर ४०÷४५ वटा खोलेर सेवा दिएका छौं । विदाका दिन खुल्दैनन् । यी शाखाहरुबाट ड्राफ्ट, एलसी र रेमिटेन्स लगायतका काम सुचारु नै छन् । कारोबार कम छ । तरपनि, यो अवस्थामा हामी बैंकरहरुले सेवा दिने हाम्रो दायित्व हो । यही दायित्वलाई पूरा गरेको अवस्था छ ।

० अहिले नेपालमा पनि कोरोना भाईरसका केही विरामी देखा परेका छन् । देश पूर्णरुपमा लकडाउन छ । यो बेला शाखा सञ्चालन गर्ने कर्मचारीहरुको स्वास्थ्यबारे के सोच्नु भएको छ ?
तपाईलाई थाह नै छ । प्रभु बैंक २ वटा वाणिज्य बैंक र आधा दर्जन विकास बैंक मर्जर भएर बनेको धेरै शाखा सञ्जाल, एटिएम र ग्राहक संख्या भएको बैंक हो । त्यसकारण लाखौं ग्राहकलाई अप्ठ्यारो पर्दा हामी चुप लागेर बस्ने कुरा पटक्कै हुदैन । त्यसकारण म लगायत सबै कर्मचारी साथीहरुले कार्यालय खोली सेवा दिएको अवस्था छ ।

अर्को कुरा स्वास्थ्य सुरक्षाको उठाउनु भयो । हामी सचेत र अत्यन्तै सजक भएर सेवा प्रदान गरेका छौं । कर्मचारीहरुलाई रोकथामका सबै प्रकारका स्वास्थ्य सामाग्री दिएका छौं । ७ वटै प्रदेशका हाम्रा शाखा प्रमुखहरुसंग सम्पर्क गरि कर्मचारी भाईबहिनीले आलोपालो अफिसमा काम गर्नु भएको छ । अर्को कुरा एटिएम कार्ड / मोबाइल बैंकिङ्ग / इन्टरनेट बैकिङ्ग र सुचना प्रविधीका एप नलिनेग्राहकहरुलाई हामीले फोन गरि कारोबार गर्नु भएको अवस्था छ ।

० यस्तो परिस्थितिमा अफिस पुगेर काम गरेका कर्मचारीहरुलाई केही सहुलियतका प्याकेज ल्याउनु भएको छ त?
कर्मचारी हाम्रा सम्पत्ती हुन् । उनीहरुकै योगदानले बैंक चल्ने हो । त्यसकारण बैंकले भत्ता दिने निर्णय गरेको छ । अर्को कुरा हामीले सबै हाम्रा कर्मचारी साथीहरुको स्वास्थ्य, दुर्घटना लगायतको इन्स्योरेन्स पहिला नै गरेका कारण हामी ढुक्क छौं ।

० तपाईको बैंक प्रभु बैंकको यूनियन पे कार्ड अन्य वाणिज्य बैंकको एटिएममा नचलेको कुरा आएको छ । कारण चाहि के होला सीइओ साब ?
नचल्ने भन्ने होइन । केही बैंकहरुसंग युनियन पे ले सम्झौता नगरेका कारण यो कुरा आएको हो । चाडै नै हामी यो समस्या हल गर्ने पक्षमा छौं । प्रभू बैंकले चिनीया ह्याकरहरुले एटिएमबाट पैसा चोरी गरेपछि नयाँ यूनियन पे का कार्डहरु जारी गरेको हो ।
यो सेक्युरिटीको हिसाबले अत्यन्तै राम्रो छ । केही समस्या छैन । हल्ला बढि हुने समाज छ नि ।

० नेपालको ठूलो व्यवसायिक घराना प्रभु समूहको ठूलो लगानी रहेको प्रभू बैंकले कोरोना बिरुद्ध लड्न राज्यले स्थापना गरेको कोषमा कस्तो सहयोग गरेको छ त ?
अरु बैंक र वित्तिय संस्थाका जस्तै हामीले पनि केही सहयोग गरेको अवस्था छ । प्रभु बैंकले राष्ट्रिय कोषमा १ करोड रुपैया दिइसकेको छ । अब फेरि ७ वटै प्रदेशमा ५/५ लाख दिने सोचमा छौं । अर्को कुरा के पनि छ भने हिजो आपत विपत, अप्ठ्यारो पर्दा राज्यलाई हामीले सहयोग र साथ दिँदै आएका छौं । चाहे त्यो भूकम्पको बेला वा अरु वेला । यो महामारीबाट बच्न प्रभु बैंक र प्रभु समूह राज्यको साथमा छ । यो वेला देश जनता तपाई, हामी सबै बच्नु पर्दछ । अनि मात्रै अरु कुरा होला नि होइन र !

० राष्ट्र बैंकले बैंकका लाखौ ग्राहकहरुका लागि ल्याएका सहुलियतका केही प्याकेज छन् । त्यसलाई प्रभु बैंकले कसरी लिएको छ ?
यो सकारात्मक छ तर, यतिले मात्रै पुग्ने अवस्था चाहि देखिदैन । हामी बैंकले भन्दा पनि सरकारले नै व्यापारी वर्ग र ग्राहकले सोचे जस्तो राहतका प्याकेज तत्कालै घोषणा गर्न जरुरी छ । अर्को कुरा घरबेटीले घरभाडा छुट दिने, स्कुलले शुल्क नलिने कुरा पनि छ । यसले सीधा बैंकलाई असर पर्ने देखिन्छ ।

किनभने धेरै ग्राहकले कर्जा लिएर घर बनाएका होलान् । स्कुल चलाएको होलान्, गाडी खरिद गरेका होलान् । त्यसकारण बैंकको किस्ता साँवा, व्याज तिर्न उनीहरुलाई अप्ठ्यारो अवस्था आउने संकेत देखा पर्न थालेको छ । यी वर्गलाई लक्षित राहत सरकारले नै ल्याउनु पर्ने मैले अनुभव गरेको छु ।

० बैंक वित्तिय क्षेत्रले चैत्र महिना भित्रै आ–आफ्ना वित्तिय विवरण सार्वजनिक गर्ने बेला छ । अहिले यो लामो लकडाउनले यसलाई कस्तो असर पार्ला त ?
हेर्नुहोस् संसारलाई रुवएको कोरोना भाईरसले बैंक र वित्तिय क्षेत्रलाई बाकी त पक्कै नराख्ला । अहिले सबै तीर ठप्प छ । व्यापार छैन । पर्यटन ठप्प छ । कलकारखाना ठप्प छ । यस्तो अवस्थामा व्याज साँवा नआउने होला । असार मसान्तसम्म सुविधा दिने कुरा छ । यी कारणले असहज पक्कै छ । भूपेन्द्रजी । अब राष्ट्र बैंकका नयाँ गर्भनरले नयाँ कुरा ल्याउनु प¥यो नि ।
अर्को कुरा नाफा कमाउने आफ्नो ठाउँमा होला । तर, यो समय मानव जीवनलाई सुरक्षित गर्ने बेला हो नि ।

० हामी नेपालीले जीवनमा सबै कुरा देख्यौ । जस्तै नाकाबन्दी, भूकम्प, समाजका परिवर्तनका धेरै कुरा । तर, कहिले नदेखेको लकडाउनमा हामी छौं । यसबाट पाठ सिक्दै अवका दिनमा केही गर्नु पर्ला ?
अत्यन्तै सान्र्दभिक प्रश्न सोध्नु भयो भूपेन्द्रजी । यो सत्य हो । तपाईले भनेका कुराको पाठ अब हामीले सिक्नै पर्दछ । एउटा कुरा के हो भने स्वास्थ्य नै जीवन जीउनु हो । स्वास्थ्य रहन धेरै कुरा चाहिन्छ । आज विश्व नै कोरोनाको महामारीमा छ । त्यसकारण साना ठूला अस्पतालको पूर्वाधार निर्माण गर्नु प¥यो । ७ वटै प्रदेशमा पनि ।

किनभने अहिले नेपाल भारतको खुल्ला सीमाका कारण कोरोना भाईरसको रिक्स अत्याधिक मात्रामा बढेको अध्ययन कर्ताहरुले बताएका छन् । त्यसकारण राज्यको ठूलो धनराशी स्वास्थ्य क्षेत्रमा लगानी गर्नु प¥यो । यसका लागि हामी बैंक र बैंकरले साथ दिने छांै । राज्य अप्ठ्यारोमा पर्दा अग्रपंक्तिमा साथ दिने संस्था बैंक नै हो । अर्को महत्वपूर्ण पक्ष के हो भने । बचत हुनुप¥यो । यो बचतले (पैसा)ले रोगसंग लड्ने औषधी किन्न पाइन्छ । त्यसकारण बचत गर्ने बानी बसाल्नु पर्दछ । अर्को पक्ष यो बेला हुनेहरु नहुनेहरुलाई सहयोग गर्ने बेला हो नि ।

० कोरोना भाईरसले विश्वको अर्थतन्त्रलाई तहसनहस बनाएको तथ्याङ्क सार्वजनिक भएका छन् । यसले नेपालको अर्थतन्त्र र नेपाली बैकिङ्ग प्राणालीलाई कस्तो असर पर्ला, सीइओ साब ?
अर्को महत्वपूर्ण प्रश्न सोध्नु भयो । हेर्नुहोस् । संसार रुदा नेपाल रोएको छ । नेपाल रुदा संसार रोएका घटना हामी संग छन् । त्यसकारण विश्व बजारको अर्थतन्त्रमा परेको असर हाम्रोमा पर्ने निश्चित नै छ । यो शुरुको अवस्थामा नै २ प्रतिशतले अर्थतन्त्रमा फरक डाटा देखिन्छ । यो कति लम्बिने हो र असर कस्तो देखा पर्ने हो नेपालमा । त्यो ठूलो कुरा हो ।

अहिले सबै लकडाउन छ । व्यापार, व्यवसाय, उद्योगधन्दा, कलकारखाना, मार्ट प्रोजेक्ट देखि साना पसलसम्म यसले सीधै अर्थतन्त्रलाई हान्ने निश्चित छ । बैकिङ्ग क्षेत्रको लागि सरकारले सहुलियत नदिए र राहत प्याकेज नल्याए बैंक र वित्तिय क्षेत्रलााई गाह्रो छ । ग्रोथ छैन । त्यसकारण फेरि उठ्न हामीलाई चुनौतीका पहाड छेड्नु सरह हुने प्रस्ट छ । अवसर आउलान, काम गरौला तर, जनता स्वास्थ्य नभएर बैंक भएर के होला एक पटक सोच्नु होस् । त्यसकारण विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशन पूर्ण रुपमा पालना गरौं र गराऔं ।

० एउटा अवसर मैले गुमाउन चाहिन, तपाईसंग मलाई भनिदिनु होस नयाँ गर्भनर राष्ट्र बैंकले पाएको छ । उहाँसंग बैंकहरुले के आशा राखेका छन् त ?
नयाँ गर्भनर साबले हालै कार्यभार समालेको अवस्था छ । उहाँले राष्ट्र बैंकमै ३० वर्ष विताएका कारण हामी बैंक र बैंकरलाई राम्रोसंग बुझेको अवस्था छ । उहाँको सकारात्मक भूमिकाको अपेक्षा छ नि ।

० अन्त्यमा लाखौ प्रभु बैंकका ग्राहक, शेरधनी, प्रोमोटर र आम नेपाली जनतालाई केही भन्नु छ ?
यो महामारीको बेला अहिले देश लकडाउनमै छ । त्यसकारण हुनेले नहुनेलाई दिउ । आफू, परिवार र जनतालाई स्वास्थ्य राखौ । सबै सुरक्षितसंग बसौ भन्न चाहन्छु ।

 कूटनीतिक नियोगको गाडी चढेर कालोबजारी

ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परे ।

५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयामा बिक्री गर्न खोजेको प्रहरीको दाबी छ । प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद गरेको छ ।शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताए ।

सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुनुहुन्छ । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हाल्नु भएको छ । विश्वभर कोरोनाले जनजीवन आक्रान्त छ । नेपाल पनि त्यसबाट अछुतो छैन । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहनु भएका मन्त्री थापा यस विषम अवस्थामा गृह प्रशासनलाई चुस्तदुरुस्त राख्न हरदम प्रयत्नशील हुनुहुन्छ ।

उहाँले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था र अमनचयन कायम गर्न दिनरात नभनी काम गरिहनु भएको छ । लकडाउनका समयमा नागरिकका दैनिक उपभोग्य वस्तुको आपूर्ति एवम् सीमा सुरक्षामा उहाँले आफ्नो ध्यान पु¥याउनुभएको छ । परिणाममा विश्वास गर्ने र हल्ला गर्न नरुचाउने गृहमन्त्री थापासँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाताद्वय रमेश लम्साल र नारायण ढुङ्गानाले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

लकडाउनको घोषणापछि मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था कस्तो पाउनु भएको छ ?    

लकडाउन पश्चात देशको शान्ति सुरक्षा मूलत: सामान्य अवस्थामा नै रहेको छ । तैपनि हाल विशेष परिस्थिति, हामीले यसलाई सङ्कटको परिस्थितीको रुमपा परिभाषित गरेका छौँँ । यो स्थितीमा नेपाल मात्रै नभई समग्र विश्वमा नै कोरोनाको सङ्क्रमणले आक्रान्त छ । हाल नेपाल नेपाललगायत विश्व नै कोरोना विरुद्धको लडाईंमा जुटिरहेको छ । हामीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन समग्र सुरक्षा निकायलाई परिचालन गरेका छौँँ । अवस्था सामान्य नै छ ।

लकडाउनको समयमा चोरी र डकैतीका केही घटना पनि सार्वजनिक भएका छन् । यसलार्य दुरुपयोग गरेर शान्ति सुरक्षा र अमनचयनका सन्दर्भमा केही जटिलता पैदा भए भन्ने पनि आएका छन् ? यसबारेमा के भन्नुहुन्छ ?    

मूलभूत रुपमा यस्ता घटना त भएका छैनन् तर छिटफुट रुपमा केही घटना सार्वजनिक भएका छन् । यसलाई पनि हामीले नियन्त्रण गर्न २४ सै घण्टा सुरक्षाकर्मीलाई परिचालित गरेका छौँँ । मलाई लाग्छ, लकडाउन बढ्दै जाने क्रममा त्यस्ता घटना बढ्न सक्ने अवस्था आउन सक्छ । यसबारेमा हामी सजक छौँँ ।

यस अवधिमा महिला हिंसाका घटना सार्वजनिक भइरहेका छन् । यसतर्फ यहाँले गृह प्रशासनलाई कसरी परिचालन गर्नुभएको छ ?    

अहिलेसम्मको अवस्थामा यस्ता घटना बढ्नेभन्दा पनि नियन्त्रणको अवस्थामा नै रहेको छ । तैपनि यो लकडाउन बढ्दै जाँदा त्यस्ता घटनामा वृद्धि हुने हामीले आंकलन गरेका छौँँ । त्यस्ता घटना नियन्त्रण गर्न वा घरेलु हिंसा नियन्त्रणका लागि पनि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र जिम्मेवार बनाएका छौँँ ।

अमेरिका जस्तो सम्पन्न र शक्तिशाली देशले पनि यो सङ्कटलाई सामना गर्न पर्याप्त तयारी गरेको र विपद्सँग जुध्नका लागि आवश्यक व्यवस्था गर्न नसकेको पाइएको छ । अहिले सिङ्गो विश्वले नै महत्वपूर्ण पाठ सिकेको हामीले अनुभव गरेका छौँँ ।

कार्यस्थलमा खटिएका सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री पाएनन् भन्ने गुनासो छ, यसतर्फ यहाँको के भनाइ छ ?    

निश्चय पनि केही हदसम्म अवस्था त्यस्तै हो । यस्तो प्रकारको सङ्कट आउँछ भन्ने हाम्रो अनुमान थिएन । त्यसकारण हामीले सङ्कटसँग जुध्न हाम्रो आवश्यक तयारी पनि थिएन । त्यसकारण शुरुका दिनहरुमा त्यस्ता समस्या आएका हुन् । सुरक्षाकर्मीका अलावा स्वास्थ्यकर्मीलाई सुरक्षाका सामग्री उपलब्ध गराउन नसकिएको अवस्था थियो । पछिल्ला दिनमा आउँदा हामीले व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराएका छौँँ । आगामी दिनमा ती सामग्री जुगाड गर्ने प्रक्रियामा लागेका छौँँ । अब सबैले अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइन्छ । कोही कसैलाई पनि जोखिममा पर्न दिइँदैन ।

विपद्का समयमा जनशक्तिलाई नै अत्यावश्यक सामग्रीको जोहो गर्नेतर्फ र त्यसविरुद्ध जुध्न थप तयार पार्नु पर्दो रहेछ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ ? यो अवस्थालाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ ?    

निश्चय पनि घटनाक्रमले हामीलाई त्यो पाठ सिकाएको छ । न्यूनतम रुपमा विपद्को अवस्थामा गर्नुपर्ने व्यवस्था त हामीले गरेका थियौँ । तर, ती व्यवस्था अहिलेको सङ्कटको अगाडि नगन्य नै सावित भएको छ । पक्कै पनि यो घटनाले हामीलाई पाठ सिकाएको छ । यो अवस्थामा नेपालको सन्दर्भमा मात्रै नभइ अन्य विकसित देशमा समेत लागू भएको छ । अमेरिका जस्तो सम्पन्न र शक्तिशाली देशले पनि यो सङ्कटलाई सामना गर्न पर्याप्त तयारी गरेको र विपद्सँग जुध्नका लागि आवश्यक व्यवस्था गर्न नसकेको पाइएको छ । अहिले सिङ्गो विश्वले नै महत्वपूर्ण पाठ सिकेको हामीले अनुभव गरेका छौँँ ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसँग जोडिएको एउटा युनिट नै क्रियाशील छ । यस्तो विपद्को समयमा जुध्न त्यस्ता अन्य यूनिटको विस्तार गर्नुपर्ने कत्तिको आवश्यकता महसुस गर्नुभएको छ ?    

अब सशस्त्र प्रहरी बलको अस्पतालाई ‘डेडिकेटेड’ अस्पतालको रुपका विकास गरेका छौँँ । यसलाई विस्तार गर्ने सरकारको योजना छ । सात वटै प्रदेशमा समेत यस्ता खालका डेडिकेट अस्पताल स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ । वास्तवमै अन्य यस्ता यूनिट विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । हामीले आवश्यकता महसुस गरेका छौँँ र सोही अनुसारको योजना बनाएर अगाडि बढाएका छौँँ ।

ती कस्ता योजना हुन् र कसरी अगाडि बढ्छ, थप प्रष्ट पारिदिनुस् न ?    
अहिले हामीले जसरी नेपालमा सक्रमण विस्तार भएको छ । यसका निम्ति चाहिने प्रमुख विषयलाई ध्यान दिएर अगाडि बढाइएको छ । त्यसमा विशेष गरी विभिन्न चार वटा रणनीति र योजना अनुसार काम भएको छ । पहिलो कोरोनालाई नेपालमा प्रवेश गर्नबाट रोक्ने रणनीतिअनुसार अन्तर्राष्ट्रिय सीमा अहिले बन्द गरेका छौँँ । नेपाल भित्र कोरोना प्रवेश गरेपछि त्यसलाई नियन्त्रण गर्ने र उपचारको राम्रो प्रबन्ध गर्नेतर्फ लागेका छौँँ । त्यसका लागि डेडिकेटेड अस्पताल निर्माण गर्ने, देशव्यापी रुपमा क्वारेन्टाइन स्थापना गर्ने र स्वास्थ्य परीक्षणको प्रयोगशाला स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ ।

चौथो मिडिया र आइटी अप्पस रहेको छ । त्यसले सूचना सङ्कलन गर्ने र जनतालाई सही र वस्तुनिष्ठ सूचना दिने काम गर्दछ । अहिले त्यसको कार्यसञ्चालन भइरहेको छ । त्यसको सचिवालय पनि हामीले बनाएका छौँ । अहिले काम भइरहेको छ । कोरोनाविरुद्ध तय गरिएका यी र यस्ता रणनीतिक योजनाअन्तर्गत काम भइरहेको छ ।

तेस्रो कुरा यसका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गर्ने रणनीति तय गरेका छौँ । अवस्था त कस्तो रहेछ भने हाम्रो देशका अत्यावश्यक स्वास्थ्य उपकरण र औषधीको उत्पादन नै नगन्य मात्रामा हुँदो रहेछ । ती सबै सामग्री आयात गर्नुपर्ने अवस्था छ । औषधि र स्वास्थ्य सामग्रीको आपूर्तिको उचित व्यवस्था गर्ने योजना बनाएका छौँ ।

यसका साथसाथै यो सङ्कटका देशभर नै लकडाउन गरेपनि आउने समस्या भनेको खाद्यान्नको आपूर्ति व्यवस्था हो । दैनिक उपभोग्य सामग्रीलाई थप सहज रुपमा ढुवानी गर्नेतर्फ पनि ध्यान दिएका छौँ । आयात कुनै पनि रोकिएको छैन । खाद्यान्नसँग सम्बन्धित उद्योगलाई पनि सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्ने रणनीति बनाएका छौँ । विशेष गरेर मिल र खाद्यान्नसँग सम्बन्धित उद्योग सञ्चालन गर्ने प्रक्रिया थालेका छौँ । कोरोनाविरुद्ध जुध्न जनतालाई सचेत गराउनेतर्फ रणनीतिकरुपमा नै काम गरेका छौँ । आफ्नो सुरक्षा आफँै गर्ने, लकडाउन पूर्ण रुपमा परिपालना गर्नेतर्फ हामीले चेतनामूलक काम गरेका छौँ ।

पछिल्लो समयमा सरकारको योजना कार्यान्यनका लागि ‘सिसिएमसी’ स्थापना गरेका छौँ । यो एक्सन टिमको रुपमा काम गर्दछ । त्यसका चार वटा विभाग रहने गरी व्यवस्था गरेका छौँ । त्यसमा एउटा मेडिकल अप्पस भनिएको छ । त्यसले औषधी तथा उपचारका लागि आवश्यक सामग्रीको जोहो तथा वितरणको काम गर्दछ । यस्तै अर्को छ, लजिस्टिक अप्पस । त्यसमा खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तु पर्दछ । तेस्रो टिम सेक्युरिटी अप्पस रहेको छ । त्यसले सुरक्षालगायतको व्यवस्था हेर्दछ । चौथो मिडिया र आइटी अप्पस रहेको छ । त्यसले सूचना सङ्कलन गर्ने र जनतालाई सही र वस्तुनिष्ठ सूचना दिने काम गर्दछ । अहिले त्यसको कार्यसञ्चालन भइरहेको छ । त्यसको सचिवालय पनि हामीले बनाएका छौँ । अहिले काम भइरहेको छ । कोरोनाविरुद्ध तय गरिएका यी र यस्ता रणनीतिक योजनाअन्तर्गत काम भइरहेको छ ।

लकडाउनपछि दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति हुन नसकेको भन्ने गुनासो आएको छ । आपूर्ति व्यवस्थालाई सहज बनाउन गृह प्रशासनले कस्तो भूमिका खेलिरहेको छ ? नागरिकले कसरी पाउँछन् राहत ?    

आपूर्तिलाई व्यवस्थित रुपमा वितरण गर्न हामीले स्थानीय तहलाई नै दिएका छौँ । एकद्धार नीतिअनुसार नै दैनिक उपभोग्य वस्तुको आपूर्ति र वितरणको व्यवस्था गरिएको छ । स्थानीय जनप्रतिनिधिलाई नै बढी जिम्मेवार बनाउनेतर्फ ध्यान दिएका छौँ । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । आपूर्ति गर्नुपर्ने भनेको खास स्थानीय जनतालाई नै हो । त्यसकारण कुन समुदायलाई दिनुपर्ने हो निक्र्योल गर्ने गरिएको छ ।

सङ्कटको सामना विपद् प्राधिकरणले मात्रै वहन गर्न सक्दैन । सिङ्गो देशले सामना गर्नुपर्ने हुन्छ । त्यसका लागि विशेष संरचना स्थापना गरिएको छ । सबै मनत्रालय, सबै विभाग यसमा आवद्ध छन् । यसको समग्र नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको छ । विपद्को सामाना गरिराखेका छौँ ।

आपूर्तिको क्षेत्रमा विगतका हाम्रा अनुभवहरु राम्रा छैनन्, अराजकता देखिएको थियो । भूकम्पको समयमा पनि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदा जथाभावी भएको पाइएको थियो । त्यसले सुरक्षा समस्या पैदा गरेको थियो । सो अवस्थालाई ध्यानमा राखेर, त्यसबाट शिक्षा लिएर हामीले हाल आपूर्ति तथा राहत वितरण जो कोहीले पनि गर्न नपाउने व्यवस्था गरेका छौँ । स्थानीय तहमार्फत नै एकद्वार नीतिको व्यवस्था गरिएको छ । संघसंस्थाले सहयोग गर्नुपर्ने भएपनि स्थानीय तहमार्फत नै दिने गरी तयारी गरिएको छ । उनीहरुले जम्मा गर्ने र सहयोग सामग्री दिएर सहयोग गर्ने गरी काम भएको छ ।

स्थानीय तहलाई जिम्मा दिइएको भए पनि अन्तिममा आएर जोडिने भनेको स्थानीय प्रहरी प्रशासन नै हो, गृह मन्त्रालय मातहत रहेको दैवी प्रकोपसँग जोडिएका प्राधिकरण पनि क्रियाशील छन् । त्यसलाई कसरी परिचालन गर्नुभएको छ ?    

अहिले जुन प्रकारको सङ्कट देखा परेको छ । सङ्कटको सामना विपद् प्राधिकरणले मात्रै वहन गर्न सक्दैन । सिङ्गो देशले सामना गर्नुपर्ने हुन्छ । त्यसका लागि विशेष संरचना स्थापना गरिएको छ । सबै मनत्रालय, सबै विभाग यसमा आवद्ध छन् । यसको समग्र नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको छ । विपद्को सामाना गरिराखेका छौँ ।

सिसिएमसीको नेतृत्व पनि प्रधानमन्त्रीले नै गर्नुभएको छ । त्यसैमा गृह मन्त्रालय पनि जोडिएको छ । गृह मन्त्रालय मातहतको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि त्यसमा जोडेका छौँ । सरकारको समग्र संरचनाभित्र प्राधिकरणलाई पनि सिसिएमसीको मूल समितिमा नै राखिएको छ । सोही संरचनामा रहेर प्राधिकरणले काम गरेको छ । हामी समग्र पक्षलाई मिलाएर नै परिणाम निकाल्ने गरी काम गरिरहेका छौँ ।

अत्यावश्यक सामग्री लिन बाहिर निस्केका नागरिकमाथि अनावश्यक बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई के कस्तो कारबाही गरिएको छ ?    

निश्चय पनि केही छिटफुट घटना अपवादका रुमपा घटेका छन् । आम रुपमा हाम्रा सुरक्षाकर्मीले कानुनअनुसार नै काम कारबाही गरेका छन् । कतिपय अवस्थामा हाम्रा निर्देशन तल स्पष्ट रुपमा पुग्न नसक्दा घटेका छन् । कतिपय घटनाहरु अलिकता राज्यको निर्णयबारे अनविज्ञता नहुँदा घटेका छन् । केही स्थानमा कालोबजारी गर्ने क्रममा यस प्रकारका घटना घटेका छन् । खाना पकाउने ग्यासको सन्दर्भमा केही दिन पहिले कालोबजारी भएको पनि तथ्य जानकारीमा आएको थियो । ती घटना घटेपनि हाम्रा सुरक्षाकर्मीले केही स्थानमा केही बढी गरेको भए ती कानून विपरितका कुरा हुन् । सुरक्षाकर्मीलाई बढी प्रशिक्षित गर्ने र सरकारको निर्णय जानकारी गराउनेतर्फ ध्यान दिनुपर्ने देखिएको छ । हामीले त्यसतर्फ ध्यान दिएका छौँ ।

यही चैत २० गतेको कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय समितिले केही ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको छ । ती आयोजनाले निर्माण सामग्री आयातमा सहजीकरण गरिदिनुप¥यो भन्ने माग गरेका छन् । यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन गृह मन्त्रालय के गर्दैछ ?    

केही निश्चित विकास निर्माणका परियोजना र आपूर्तिसँग जोडिएका उद्योग सञ्चालन गर्न दिने भन्ने निर्णय भएको छ । सोहीअनुसार कच्चा सामग्रीको आपूर्तिको विषय पनि सँगसँगै आउँछ । त्यसमा खाद्यान्न उद्योग, विकास निर्माणसँग जोडिएका सामानको आपूर्तिका लागि अनुमति दिने कुरा भएको छ । त्यसमा कुनै रोक लगाइएको छैन । हामीले आयात गर्नुपर्ने कुरालाई रोकिएको छनौँ । स्वास्थ्यसँग सम्बन्धित उद्योगका सामग्री आयातमा अनुमति दिइएको छ । माथिल्लो तामाकोशीजस्ता आयोजनाका लागि अत्यावश्यक सामग्री आयातमा सहजीकरण गर्नेतर्फ नै ध्यान दिइएको छ ।

सुरक्षा निकाय, उद्योग मन्त्रालयका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको समूह बनाएर अनुगमनलाई चुस्त बनाउन लागिएको छ । सूचना पाउने भनेको मुख्यतः जनताबाटै हो, त्यसैले नागरिक समाजलाई पनि अनुगमनमा जोड्ने नीति तय गरेर अघि बढेका छौँँ । बीचमा ग्यासमा केही कालोबजारी भएको सूचना प्राप्त भएको थियो । कडाई गरेका कारण अहिले सहज भइसकेको छ ।

नेपाल–भारत सीमाका भन्सार कार्यालयमा निर्माण सामग्री रोकिए भन्ने आयोजनाको भनाइ छ, थप प्रष्टता खोजेको जस्तो देखिन्छ नि ?
कतिपय सामग्री, विकास परियोजना मात्रै नभई स्वास्थ्य सामग्री पनि भन्सारमा रोकिएको भन्ने आएको छ । आइतबार बसेको उच्चास्तरीय समितिको बैठकले ती सबै सामान आयातका लागि सहजीकरण गर्ने भन्ने निर्णय भएको छ ।

कालोबजारीको नियन्त्रणका लागि गृह प्रशासन पनि जोडिन्छ । खाद्य र औषधिजन्य सामग्रीमा मौकाको फाइदा उठाउने प्रवृत्ति पनि यदाकदा देखिएका छन्, त्यसलाई नियन्त्रण गर्नेतर्फ कसरी लाग्नुभएको छ ?    

सङ्कटको समयमा फाइदा उठाउने तत्व पनि छन् । नयाँ व्यवस्थाअनुसार सबै जिल्लामा सिडियो नेतृत्वमा कडाईका साथ अनुगमनगर्ने योजना अघि सारिएको छ । सुरक्षा निकाय, उद्योग मन्त्रालयका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको समूह बनाएर अनुगमनलाई चुस्त बनाउन लागिएको छ । सूचना पाउने भनेको मुख्यतः जनताबाटै हो, त्यसैले नागरिक समाजलाई पनि अनुगमनमा जोड्ने नीति तय गरेर अघि बढेका छौँँ । बीचमा ग्यासमा केही कालोबजारी भएको सूचना प्राप्त भएको थियो । कडाई गरेका कारण अहिले सहज भइसकेको छ ।

धार्चुलामा करीब एक हजार नेपालीलाई भारतले क्वारेन्टाइनमा राखिएको भनेको छ । त्यहाँबाट आएका प्रतिक्रियाअनुसार गाईगोठमा राखियो, न्यूनतम सेवा पनि दिइएन भन्ने छ । कैलालीमा अड्किएकाहरुले हामी घर आउँछौँँभन्दा पनि आउन पाएनन् । यो बाध्यता हो कि रोकिएको हो । यसलाई थप प्रष्ट पारिदिनुस् ?    

यो बाध्यताभन्दा पनि अहिलेको आवश्यकता हो । जनताको सुरक्षाका निम्ति त्यो चाहे सीमा पारी होस् या वारी । आम जनताका सुरक्षाका निम्ति यो किसिमको नीति लिनुपर्ने आवश्यकता महसुस गरेर नै लकडाउनको नीति लिइएको हो । भारतमा पनि लिइएको छ । नेपाली जो भारतमा या विदेशमा छन् । उनीहरुका निम्ति पनि यो आवश्यकता छ ।

भारतले पनि यो विषयलाई तबलीगी जमातको धार्मिकसभामा विश्वभरीका मुस्लिम समुदायका मानिसहरु आएको बुझिएको छ । त्यहाँ सङ्क्रमित मुस्लिमहरु बाहिरबाट आएका र भारतमा सङ्क्रमण फैलाएको भन्ने आएको छ । भारतमा यो ठूलै विषय बनेर उठेको र सेनासमेत परिचालन भएको अवस्था छ । त्यहाँ गएका नेपाली र इन्डोनेसियन मुस्लिमहरु थिए । उनीहरु सप्तरीमा आएका थिए । यसलाई गम्भीरतापूर्वक लिएर उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राखिएको छ ।

यसलाई बाध्यताभन्दा पनि सही किसिमको सुरक्षा नीति हो भन्ने हामीले ठानेका छौँँ । त्यसकारण सीमापारी रहेका नपालीले पनि यो कुरा बुझ्नु जरुरी छ । नेपाली जनताका निम्ति हो भन्ने बुझ्नु पर्छ । हामीले थाहा पाएसम्म भारतीय सरकारले राम्रोसँग राखेको छ भन्ने जानकारी छ । ठूलो सङ्ख्यामा भएकाले त्यहाँ केही समस्या हुन सक्छ । वारीपट्टी पनि ४९१ भारतीय नेपालको क्वारेन्टाइनमा छन् । पारी पनि भारत सरकारले राखेको छ । तै पनि आएको समस्या समाधानमा दुवै देशको समन्वयमा व्यवस्थापन गर्छौँ ।

तपाईँले यसो भनिरहँदा झापामा भारतबाट काम गर्न भारतीय नेपाल आएको भन्ने छ, अर्काे सूचना के छ भने दिल्लीको एक ठूलो मस्जिदमा नेपालका मुस्लिम समुदायका नागरिक सहभागी भएर आएका छन् । गृह प्रशासनलाई त्यो सूचना आएको छ कि छैन ?    

अवश्य पनि सूचना प्राप्त छ । भारतले पनि यो विषयलाई तबलीगी जमातको धार्मिकसभामा विश्वभरीका मुस्लिम समुदायका मानिसहरु आएको बुझिएको छ । त्यहाँ सङ्क्रमित मुस्लिमहरु बाहिरबाट आएका र भारतमा सङ्क्रमण फैलाएको भन्ने आएको छ । भारतमा यो ठूलै विषय बनेर उठेको र सेनासमेत परिचालन भएको अवस्था छ । त्यहाँ गएका नेपाली र इन्डोनेसियन मुस्लिमहरु थिए । उनीहरु सप्तरीमा आएका थिए । यसलाई गम्भीरतापूर्वक लिएर उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राखिएको छ । केही खोजी कार्य जारी छ । अधिकांशलाई क्वारेन्टाइनमा राखिसकेका छौँँ ।

सीमा क्षेत्रमा थप सतर्कता आवश्यक छ भन्ने कुरा त यसले देखायो नि ?    

पक्कै पनि हो । यसलाई ध्यानमा राखेर सीमा सुरक्षालाई अझ बढी कडाई गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले सुरक्षाको जिम्मा लिएको छ । त्यसमा अहिलेसम्म ११ हजार फोर्स खटाएका छौँँ । अझै तीन÷चार हजार फोर्स थप्दै छौँँ । भारतबाट आउने गोरेटोलाई समेत ध्यानमा राखेर सशस्त्र प्रहरी बललाई खटाएका छौँँ । पछिल्लो समय तीन हजार फोर्स थपेका छौँँ । त्यसैले सीमामा थप कडाई गरिएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताललाई डेडिकेटेड अस्पताल बनाउने भन्नुभयो तर काम शुरु भएन भन्ने गुनासो छ । अवस्था चाहिँ के हो ?    

काम शुरु भइसकेको छ । मुख्य समस्या भनेको एउटा त जनशक्ति (चिकित्सक नर्स) हो । त्यसकारण नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, स्वास्थ्य मन्त्रालय र निजी क्षेत्रका चिकित्सक केन्द्रित गर्ने भनिएको छ । अर्काे चाहिने स्वास्थ्य सामग्रीहरु आवश्यक पर्छ । कीट चाहियो, पिपिई चाहियो । हिजो यी कुराहरु अभाव थियो । पछिल्लो समयमा आपूर्ति भएको छ । अब काम शुरु भइसकेको छ । कतिपय निर्माणको काम पनि आवश्यक थियो । त्यो अहिले लगभग पूरा भइसकेको छ । अब ‘फुल फेज’मा काम हुन्छ । भरपुर तयारी भईरहेको छ ।

हामीले त्यस्तो सङ्कटको आँकलन पनि गरेका थिएनौँ । हामीले छिटोभन्दा छिटो सामग्री ल्याउने आवश्यकता अनुसार यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिएका थियौँ । स्वास्थ्य सेवा विभागमार्फत सामग्री ल्याउने प्रक्रिया चलिरहेको थियो । यसमा सबैसँग कुरा भएको पनि हो । अरु कसैले पनि नसकेपछि एउटा कम्पनीले म ल्याउँछु भन्यो । त्यहीँ कम्पनीलाई ल्याउन दिइएको हो ।

सबैभन्दा जोखिम क्षेत्र दक्षिणी सीमा हो । सीमा क्षेत्रमा डेडिकेटेड अस्पताल चाहियो भनेर वीरगञ्जलगायत नाकाबाट माग आइरहेको छ । त्यस्ता जोखिम क्षेत्रको समस्या समाधानमा सरकारको योजना के छ ?    

सबै सातै प्रदेशमा परीक्षण ल्याव विस्तार गर्ने भन्ने छ । सात ठाउँमा ल्याव राख्ने काम जारी छ । केही क्षेत्रमा भइसकेको र केहीमा शुरु पनि भएको छ । सबै प्रदेशमा डेडिकेटेड अस्पताल शुरु गर्ने भन्ने छ । नाकामा भएका अस्पतालहरु जस्तै विरगञ्जको नेशनल मेडिकल अस्पताल छ । त्यसलाई पनि प्रयोग गर्न सकिन्छ । अहिले निश्चित आईसोलेटेड र आईसियू वेडहरु बनाईएको छ । त्यतिले अझै पुग्दैन । त्यहाँ रहेका अस्पताललाई डेडिकेटेड अस्पतालमा बदल्नु आवश्यक हुन्छ । पश्चिमतिरका अस्पतालहरुलाई विशेष अस्पतालमा बदल्ने नीति सरकारको छ । क्रमशः प्रक्रिया शुरु हुन्छ । अहिले हामी अहिले तयारी फेजमा छौँँ । जुनजुन नाकाबाट छिर्ने सम्भावना छ । त्यहाँ विशेष अस्पताल बनाउने भन्ने सरकारको नीति छ ।

कोभिड–१९ रोकथाम समन्वय समितिको सदस्य पनि हुनुहुन्छ । खरिद प्रक्रियामा ठूलै विवाद भयो नि, खासमा समस्या के हो ?    

अब यसमा निश्चय पनि पछिल्लो समयमा खरिद प्रक्रियामा केही विवाद देखियो । अघि नै भनेँ कि हामीसँग स्वास्थ्य सामग्री निक्कै अभाव थियो । हामीले त्यस्तो सङ्कटको आँकलन पनि गरेका थिएनौँ । हामीले छिटोभन्दा छिटो सामग्री ल्याउने आवश्यकता अनुसार यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिएका थियौँ । स्वास्थ्य सेवा विभागमार्फत सामग्री ल्याउने प्रक्रिया चलिरहेको थियो । यसमा सबैसँग कुरा भएको पनि हो । अरु कसैले पनि नसकेपछि एउटा कम्पनीले म ल्याउँछु भन्यो । त्यहीँ कम्पनीलाई ल्याउन दिइएको हो ।

त्यहाँ स्वास्थ्य सामग्रीहरु केही महङ्गो पर्न गएको कुरा साँचो हो । बजार मूल्य भन्दा ३०/४० प्रतिशत बढी मूल्य छ भन्ने आएको छ । त्यसैबाट विवाद आएको हो । अहिले मूल्यभन्दा पनि सामग्री आवश्यक भएकाले यसलाई ध्यानमा राखेर सरकारले त्यही कम्पनीलाई नै जिम्मा दिएको हो । महङ्गो भएपनि ल्याएको हो । केही सामग्री आयो पनि । जति सम्भौता भए अनुसार आएन । कम्पनीले बाँकी सामग्री ल्याउन नसक्ने भनेपछि सम्झौतालाई रद्द गरेर स्वास्थ्य मन्त्रालय अर्काे प्रक्रियामा अगाडि बढेको छ । अन्य निजी व्यवसायीले पनि ल्याउन थालेका छन् । सरकारले त्यसलाई सहजीकरण गर्ने भन्ने छ । सरकार–सरकार (जिटुजी) बाट सेनामार्फत पनि सामग्री खदिर गर्ने, यी तीनै प्रक्रिया हामीले अघि बढाएका छौँँ ।

सेनाको कुरा उठाउनु भयो, सेनालाई सबै जिम्मा दिनु हुँदैन भन्ने कुरा पनि आएको छ नि ?    

दुनियाँमा सङ्कटको बेलामा सुरक्षा सङ्गठनलाई नै अधिकतम रुपमा परिचालन गरिन्छ । यो एउटा महासङ्कट हो । यो घडिमा जहिले पनि सबै राष्ट्रले सबैभन्दा सङ्गठित शक्ति सेनालाई परिचालन गरेका हुन्छन् । विगतमा पनि महाभूकम्प, टोर्नाडो आउँदा पनि सेनालाई परिचालन गरेका थियौँ । अहिले पनि हामीले सेनालाई परिचालन गर्नुपर्ने आवश्यकता ठानेर नै सेनालाई जिम्मेवारी दिइएको छ । डेडिकेटेड अस्पतालको जिम्मा पनि सेनालाई नै दिएका छौँँ । चीनबाट १७५ विद्यार्थी ल्याउँदा अरु कुनै निकायले मानेनन् ।

त्यहाँ गएर सेनाले नै ल्याएको हो । त्यसकारण सेना सङ्गठित शक्ति हो । सेना नागरिक सरकार माथि हुनुहुँदैन, त्यो सरकारको अधिनमा नै काम गर्ने हो । अहिले पनि सरकारले जिम्मेवारी सेनालाई दिएको हो । अहिले सिसिएमसी बनाएका छौँँ, त्यसमा पनि नागरिक सर्वाेच्चतालाई कायम राखेर सेनालाई नै परिचालन गर्ने हो । त्यो हिसाबले मात्रै गरिएको हो । त्यसमा विवाद गर्नुपर्ने हामी देख्दैनौँ । चीनमा हेरौ, ईटालीमा हेरौँ ठूलो सङ्ख्यामा सेना परिचालन गरिएको छ । युद्धमा मात्रै होईन यस्ता विपद्मा जनतालाई सुरक्षा गर्ने विषयसँग जोडिएकाले र सङ्गठित फोर्स भएकाले सेना र अन्य सुरक्षा निकायलाई फ्रन्ट लाइनमा परिचालन गरिएको हो । खरिद गर्ने कुरा पनि त्यसैसँग जोडिएको कुरा हो ।

विषय सामान्य भए पनि महत्वपूर्ण मानिने पास वितरण वैज्ञानिक र विधिसम्मत भएन, अनावश्यक रुपमा वितरण भयो भन्ने गुनासाप्रति यहाँको के टिप्पणी छ ?    

यसका लागि एउटा मापदण्ड बनाएका छौँँ । त्यही आधारमा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन छ । सरकारी कार्यालय खुला राख्ने भन्ने नै सरकारको नीति छ । सरकारी कर्मचारीका लागि, स्वास्थ्यकर्मी, मिडियाकर्मी, सुरक्षाकर्मीहरु, ढुवानी तथा आपूर्तिसँग सम्बन्धित पक्ष, कूटनीतिक नियोगलाई नै पास वितरण गर्ने हो । त्यो बाहेकका लागि छैन । त्यो वितरण गर्दा कतिपयले बीचमा गलत सूचना दिएर पास लिएका हुन सक्छन् । यसलाई पनि अझै कडाई गर्ने भनेर हामीले भनेका छौँँ ।

नमान्नेहरुलाई कानूनी कारबाही गर्ने गरिरहेका छौँँ । अहिले दैनिक कारवाही पनि गरिएको छ । अनावश्यक रुपमा बाहिर निस्कने र डुल्नेलाई पनि कारावही गरिएको छ । सकेसम्म सम्झाइ–बुझाई गरेर नियम पालना गराउनेतिर जोड दिइरहेका छौँँ । नागरिकले पनि क्रमशः कुरा बुझ्दै गईरहेका छन् । हाम्रो जस्तो देशले यसको सामना गर्न उपयुक्त रणनीति भनेको नै यही हो । उपचार गरेर ठिक गरौँला भन्ने अवस्थामा हामी छैनौँ । रोकथामको नीति नै उपयुक्त हो ।

यसको काम पनि सम्बन्धित मन्त्रालयका सचिवहरुबाट बाँडिएको छ । आवश्यक बैंकहरु खुला राख्ने भनेपछि नेपाल राष्ट्र बैंकबाट दिने भनिएको छ । कोसिस गर्दागर्दै पनि कतिपय गलत सूचना दिएर पास लिने देखिएको छ । आपूर्तिकर्तालाई पनि कमभन्दा कम दिने भन्ने छ । बाईकमा आपूर्ति गर्नेलाई नदिने भन्ने छ । त्यसमा अझै सुदृढ गर्नुपर्ने र कमभन्दा कम आवागमन होस् भन्नेमा हामीले जोड गरिरहेका छौँँ ।

लकडाउन गरिए पनि उल्लङ्घन गर्ने क्रम चाहिँ रोकिएको छैन, गृह प्रशासनले त्यसलाई रोक्न के गरिरहेको छ ?    

उल्लङ्घन गर्नेहरुका लागि आम रुपमा नागरिकलाई सचेत गर्ने नै हो । घरबाट ननिस्कन । सचेतनाका कार्यक्रम दिइरहेका छौँँ । उल्लङ्घन गरे भने सम्झाई बुझाई गरेर बाहिर ननिस्कने गरी हामीले नीति लिइरहेका छौँँ । नमान्नेहरुलाई कानूनी कारबाही गर्ने गरिरहेका छौँँ । अहिले दैनिक कारवाही पनि गरिएको छ । अनावश्यक रुपमा बाहिर निस्कने र डुल्नेलाई पनि कारावही गरिएको छ । सकेसम्म सम्झाइ–बुझाई गरेर नियम पालना गराउनेतिर जोड दिइरहेका छौँँ । नागरिकले पनि क्रमशः कुरा बुझ्दै गईरहेका छन् । हाम्रो जस्तो देशले यसको सामना गर्न उपयुक्त रणनीति भनेको नै यही हो । उपचार गरेर ठिक गरौँला भन्ने अवस्थामा हामी छैनौँ । रोकथामको नीति नै उपयुक्त हो । जनताहरु आत्मानुशासित पनि हुँदै गएका छन् । उल्लङ्घन घट्दो छ ।

नेकपाको सरकार छ, तपाई सचिवालय सदस्य पनि हुनुहुन्छ, पार्टी र सरकारको बीचमा समन्वय नभएको गुनासो छ नि ?    

समन्वय नभएको कुरा कतिपय सञ्चारमाध्यममा आएको छ । मुलतः पार्टीको निर्देशन र नीतिअनुसार सरकार चल्ने हो । समन्वय गर्ने कुरा पार्टीको बैठक बसेर सरकारलाई आवश्यक निर्देशन दिने र मार्गदर्शन गर्ने कुरा हो । त्यो प्रक्रिया सामान्यतः चलिरहेको छ । अहिले बैठक हाम्रो सर्वाेच्च निकाय सचिवालयको बैठक बसिरहेको छ कमिटीको बैठक नबसेको अवस्थामा दुई अध्यक्ष भेटघाट गरेर नीति तय गर्ने, सरकारलाई मार्गनिर्देश गर्ने काम भइरहेको छ । बीचमा अली छिटो बैठक बस्नुपर्छ भन्ने माग भइरहेको छ । अब छिट्टै बैठक बस्न सक्छ र अहिलेसम्मको समीक्षा गरेर आवश्यक निर्देशन पार्टीले दिन सक्छ ।

अन्त्यमा ?    

सरकारले जुन नीति लिएको छ, कोरोनाविरुद्ध लकडाउनको नीति । यो नेपाली जनताको जीवन सुरक्षाको निम्ति हो । यो आफ्नै नीति हो भनेर जनताले समर्थन गर्ने र लकडाउनको स्थितिमा अति आवश्यक काम बाहेक बाहिर आवागमन नगर्ने कुरालाई आत्मसात् गर्न सक्यौँ भने कोरोना विरुद्धको लडाइमा हामी विजय प्राप्त गर्न सक्छौँँ ।

संस्थागत सुशासनमा राष्ट्र बैंकले सम्झौता नगर्ने

राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको पदभार सम्हालेका छन् । पदभार सम्हाल्ने क्रममा नवनियुक्त गभर्नर अधिकारीले संस्थागत सुशासनमा राष्ट्र बैंकले सम्झौता नगर्ने बताए । ‘कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न हर तरहले हामी प्रयत्नशील हुन्छौं,’ उनले भने ‘ सरकार नीति तथा काम क्रियाकलाप अनुसारनै हामीले काम अगाडी बढाएर जान्छौं । आवश्यकता अनुसार सरकारको मूल नीतिमा कहि कतै परिमार्जन गर्नुपर्ने देखिएकाले त्यसलाई समयसापेक्ष बनाएर परिमार्जन गर्दै लैजाने उनले बताए ।

सरकारले गरेको निर्णयप्रति खुशी व्यक्त गर्दै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले हिजो जसरी काम गर्दै आएका थियौं, त्यसरी नै सहयोग गर्ने बताए । ‘हामीले आफ्नो जिम्मेवारी काम गरेर उहाँलाई सघाउने हो,’ उनले भने ‘उहाँको नियुक्तिमा हामी सबै उत्साहित भएका छौं ।’ अहिले हामीले गर्ने भनेकोे राष्ट्रिय  समस्याको समाधान गर्दै राष्ट्र बैंकको इज्जत प्रतिष्ठालाई जोगाउने हिसावले काम गर्दै जाने हो ।’

३० वर्ष राष्ट्र बैंकमा कार्य सम्पादन गरिसकेको अधिकारीलाई राष्ट्र बैंकको क्याडर मानिन्छ ।  सर्वोच्च अदालतमा पद तथा गोपनियताको सपथ लिएपछि गभर्नर अधिकारीले राष्ट्र बैंकमा पदभार सम्हालेका हुन् । नवनियुक्त गभर्नरको कार्यकाल ५ वर्षको हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,

– आज सिङ्गो मानवजाति कोभिड-१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गंभीर चुनौतीमध्येको यस महामारी विरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछु ।

– नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ। देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाई हाम्रो साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी उच्च जोखिममा छौं।

– दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाइँहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नु पर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुनुहुन्छ । धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ । विद्यार्थीहरुको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु ।

– तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाइँहरु सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयाशमा ठूलो सहयोग पुगेको छ । तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी वाध्य भएका छौं । सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु ।

– सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाउनु भएको कर्तव्यपरायणता सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरु दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनु भएको छ । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारी बिरुद्ध लड्न थप हौसला मिलेको छ ।

– यस्ता सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरुलाई राहत पुर्‍याउन अहोरात्र खटिरहनु भएका जनप्रतिनिधिहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदायहरु र सामाजिक सङ्घसंस्थाहरुको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ ।

– बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ ।

– कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)’ स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना (अप्स) खडा गरिएको छ । बिरामी ओसारपसार (पिआरटी) को उपयुक्त व्यवस्था गरिएको छ ।

– सिसिएमसी, हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । .मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आप्mनो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन्÷छैनन्, औषधि–उपचार पाए÷पाएनन्,  बेरोजगार विपन्नहरुले खान पाए÷पाएनन् त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने छ ।

– मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ ।

– यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको छ ।  हिजोसम्म १ हजार ८ सय ९०  जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (र्‍यापिड डिटेक्सन टेस्ट-आरडिटी) विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ । सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।

दाजुभाइ दिदीबैनीहरु !
– यसबीच हजारौँको संख्यामा नेपालीहरु घर फर्किनु भएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ । उहाँहरुलाई पुनः आग्रह छ-स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानुहोस् । तपाइँहरुको लापर्बाही स्वयं तपाइँको परिवार र सिङ्गो समुदायका लागि निकै महङ्गो पर्न सक्छ ।

– नेपालमा लकडाउन सुरु भएपछि नेपाल-भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले  भोग्नु परेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ । तर सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको छ । सीमाको वारीपट्टि रहेका करिब ७००  भारतीय नागरिकहरुलाई हामीले क्वारेण्टाइनमा राखेका छौं । लकडाउनलाई प्रभावकारी बनाउन र संभावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइने छ ।

– विश्वव्यापी रुपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा पनि सङ्क्रमण देखा परेको छ । केहीको दुःखद निधन समेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ । सङ्कटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ । हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्यामा समाधानमा क्रियाशील छन् । गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरु मार्फत जानकारी लिनु भएको छ । नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसंग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो आग्रह छ- सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।

– विश्वव्यापी महामारी विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी  सङ्कटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरुको हो । नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरुको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरुबाट माया र संरक्षण पाउने छन् ।

– आउने २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुने छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ । यसै हप्ताबाट प्रयोगमा ल्याइएको र्‍यापिड डिटेक्सन टेस्ट किटले समुदायमा संक्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ । यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए÷नभएको सुनिश्चित गरिनेछ । समुदाय स्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताको लागि क्वारेण्टाइनमा तोकिएको अवधि पूरा गरेकाहरुको समेत परीक्षण गरिने छ । यसका लागि यहाँहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।

– महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको छ ।

– अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरुको निर्माण जारी राखिएको छ । सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरिरहेको छ ।

– म विश्वास दिलाउन चाहन्छु- सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार तपाइँहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ ।

दिदीबहिनी तथा दाजुभाईहरु !

– महामारी बिरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ हो भन्ने हामीलाई थाहा छ । आजसम्मको तपाईहरुको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ । अबको लडाईँको जीत, तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ । तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ । यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ । राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ ।

– चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरु, राष्ट्रसेवक कर्मचारीहरु, ड्राइभर, हेल्पर, सफाई कर्मचारी लगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरुको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता÷बीमा सहित सरकारले तपाईहरुको समग्र सुरक्षाको बन्दोवस्त गर्छ । यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरुलाई रु. १ हजार ५ सय भत्ताको थप व्यवस्था गरिएको छ ।

– गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आप्mनै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । यो हामी सबैको साझा लडाईं हो र समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउता सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नु पर्दछ । यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्दछौं ।

दाजुभाइ दिदीबहिनीहरु !

– यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ  । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छु आच्छु पारिरहेको यस महामारी विरुद्ध जुझ्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविकै हो ।  यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको छ । मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्यसामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप-प्रत्यारोप समेत चलिरहेको छ ।

– नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र  सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र  प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।

समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।

– सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त हो । संसदको साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दल सहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रुपमा लिएको छु । आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु ।

– सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौं भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरु छलफल र कामहरु त स्थिति सामान्य बनेपछि गरौँला नै !

– स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरु जनसमक्ष पु¥याउन सञ्चारमाध्यमहरुले खेलेको भूमिका सराहनीय छ । मेरो आग्रह छ, सङ्कटको बेलामा आशावादको, सङ्कटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरुले अझ जिम्मेवार भूमिका खेल्नुहोस् ।

– म एकपटक फेरि दोहर्‍याउन चाहन्छु– विभिन्न मुलुकहरुको अनुभवले भनिरहेको छ, यस महामारी बिरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । तसर्थः यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भएपनि हरतरहले सफल पार्न हामी एक होऔं ।

– मानव जातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ । नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गरेको छ, विजय हासिल गरेको छ । ५ वर्ष अगाडिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्यता र साहसको नमूना प्रस्तुत गरेका छन् । पटक–पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वभाव हो, उसको अदम्य विशेषता हो । यही विशेषताकै बलमा हामीले यस सङ्कटमाथि विजय हासिल गर्ने छौं ।

– यस महामारी विरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको छ । आउने केही हप्ता हामीले अलिकति साह्रो÷गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ । आउनु होस्, फेरि एकपल्ट ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ ।

धन्यवाद ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ)

नवनियुक्त गभर्नर अधिकारीले सम्हाले कार्यभार

नवजनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज सपथ ग्रहण लिएका छन । सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चालेन्द्र सम्सेर राणाले आफ्नो कार्यकक्षमा अधिकारीलाई सपथ खुवाएका हुन ।

कोरोना भाईरसका कारण सपथ ग्रहण कार्यक्रममा २५ जनाभन्दा बढि सहभागी नहुने जनाईएको छ । सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ कर्मचारीको मात्र सहभागतिा रहने छ ।

राष्ट्र बैंकको १७ आँै गभर्नरका रुपमा उनलाई सोमवारको मन्त्रीपरिषदले नियुक्त गरेको हो ।

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलवार पदभार सम्हालेका छन । उनले सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र सम्सेर राणाद्धारा नेपार राष्ट्र बैंकको गभर्नर पदको सपथ खाएपछि मंगलवार नै पदवहाली गरेका हुन । उनले ११ बजेर ३८ मिनेटमा कार्यभार सम्हालेका हुन ।