जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • १२ प्रतिशत लाभांश पारित गर्न रिलायबल नेपाल लाइफ डाक्याे साधारण सभा

१२ प्रतिशत लाभांश पारित गर्न रिलायबल नेपाल लाइफ डाक्याे साधारण सभा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा बाेलाएकाे छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५।६० रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?