जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

एन आई सी एशिया बैंकका ग्राहकहरूले दराज अनलाईनमा १०% छुट

एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई दराज अनलाईनमा रहेको बिगमार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र दराज बीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म दराज डटकममा गई बिगमार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।

यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गर्दछ ।

जसकारण अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहक महानुभावहरुलाई टाढै राखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्नेछ । हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरुले घरबाटै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।

ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, यस बैैकका ग्राहक महानुभावले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २,२०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४५० भन्दा धेरै एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

स्वास्थ्य मन्त्रालयको करोना नियणत्रण सामाग्री खरिद बदनियतपूर्ण – केमसान

करोना भाइरस नियणत्रण विश्वका सबै राष्ट्रका लागि चुनौतिपूर्ण बन्दै गएको छ । हालै स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयको करोना भाइरस परिक्षण तथा स्वास्थ्य सामग्री खरिद बदनियतपूर्ण भई गम्भीर ध्यानाकार्षण भएको रसायन तथा मेडिकल आपूर्ति सघं नेपाल(केमसान) ले जनाएको छ । उक्त विज्ञप्तीमा स्वास्थ्य मन्त्रालयले उपकरण खरिदका लागि केमसान आवद्ध व्यवसायीहरुबाट दररेटको गोप्य सिलवन्दी टेण्डर सकंलन गरेको थियो । तत पश्चात टेण्डरमा सहभागी कम्पनीहरुलाई छलफलका लागि पछि बोलाइने आश्वासन दिइएको थियो ।

मन्त्रालयबाट स्वास्थ्य उपकरण आयात अनुमति पाएका कम्पनीका टेण्डरलाई वेवास्ता गर्दे कमीसनको प्रलोभनमा ओमनी समुह नामक कम्पनीको नाममा खरिद आदेश जारी गरिएकोमा केमसानले गम्भीर आपत्ति जनाउंदै , मन्त्रालयको आग्रहमा अत्यन्त सस्तो दरमा व्यवसायीहरुले दररेटमा पठाएको उनले दाबी गरेका छन् । तर स्वास्थ्य मन्त्रालयले उपकरण खरिदमा आर्थिक लाभलाई समेटदै कबोल गरिएको दररेट भन्दा तीन गुणा सम्म महंगोमा खरिद आदेश दिनुलाई बदनियतपूर्ण भएको जनाइएको छ ।

चीनीया कम्पनीबाट उपकरण खरिद गर्ने जनाइएको भए पनि कम्पनीको नाम उल्लेख गरिएको छैन् । विश्व स्वास्थ्य सगंढनका अनुसार स्वास्थ्य उपकरण उत्पादक यु.एस.एफ.डि.ए मापदण्ड प्रमाणीत कम्पनी हुन आवश्यक छ । नेपालले खरिद गरेका उपकरण महंगो मात्र नभई गुणस्तरिय समेत नभएको केमसान अध्यक्ष घिमिरको दाबी छ । यसकारण जनताको ज्यानसगं सरकारी संयन्त्रबाट खेलवाड गरिएको छ ।

यस विषयमा स्वास्थ्य सचिव यादव कोइराला समक्ष जिज्ञासा राख्दा मुल्यका विषयमा उनले बोल्न चाहेन्न् । तर यु.एस.एफ.डि.ए मापदण्ड प्रमाणीत नभएका कम्पनीबाट उत्पादन भएका उपकरण नेपाल भित्रिए पनि बजारमा उपभोग हुन नदिने उनले दाबी गरेका छन्

कामना सेवा विकास बैंकले एक दर्जन शाखा खोली सेवा दिएको अवस्था छ

प्रविन बस्नेत चिनाई राख्नु पर्ने नाम होइन । नेपालका ठूला बैंक एनआईसी एशिया, माछापुच्छ्रे बैंकमा काम गरिसेकेका युवा बैंकर बस्नेत अहिले कामना सेवा विकास बैंकको सीइओ छन् । उनी कामना सेवा विकास बैंकको सीइओ बनेपछि गुमनाम नै भएको सो बैंकले उर्जा मात्र पाइनन्, सयौं शाखा स्थापना भए, लाखौं ग्राहकले डिपोजिट गरे अहिले बैंक सबल र सक्षम बैंक बनेको छ । कामना सेवा विकास बैंक ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।
यस्तो अवस्थामा पनि कामना सेवा विकास बैंकले सेवा प्रदान गरिरहेको देखिन्छ । । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका विकास बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

कामना सेवा बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकको कर्मचारीहरुका सुरक्षा विधि अपनाइएको छ ? यिनै विषयमा केन्द्रीत सही सीइओ प्रविन बस्नेतसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० अहिले देश लकडाउनको अवस्थामा छ । कामना सेवा विकास बैंकले कसरी सेवा प्रदान गरिरहेको छ ?
हाम्ीले १ दर्जन शाखा कार्यालय खोली सेवा दिएका छौं । तर, कारोबार कम छ । १५÷२० वटा मात्रै कारोबारको ट्रान्जेक्सन देखिएका ेछ । इमेल र टेलिफोनबाट पनि घरमै बसी कारोबार गरेका छौं । हामीले ग्राहकलाई पैसा नभएर खाद्यान्न र औषधी किन्न नपाउने अवस्था सृजना हुन दिएका छैनौ । उहाँहरुले भन्ने वित्तिकै पैसा हामी उपलब्ध गराउने छौं । यो दुःख परेको बेला नै बैंकमा भएको आफ्नो पैसा चलाउने हो । नत्र त घरमै पैसा राख्ने परम्परा पनि आउन सक्दछ नि । त्यसकारण हाम्रा ग्राहक ढुक्क भए हुन्छ । हामी दुःखमा साथ दिनेछौं ।

० तपाईले भने झै १ दर्जन शाखा खुलेका छन् । त्यहाँ काम गर्ने कर्मचारी साथीहरुको स्वास्थ्यको बारे कति सचेत हुनु भएको छ ?
कर्मचारीहरु हाम्रा सम्पत्ती हुन् । पहिलो दायित्व कर्मचारी साथीहरुको स्वास्थ्य कै हुन्छ । त्यसकारण सेनिटाईटर, माक्स दिएका छौं । एक पटक एउटा मात्रै ग्राहकलाई भित्र पठाउन गार्डहरुलाई भनेका छौं । खासै कारोबार नै भएको छैन ।
हाम्रा कर्मचारी घरमा बसेर थाकेपछि फोन गरेर काममा जान तयार छन् । तर, हामी सचेत छौं । यो महामारीमा घरबाटै अफिसको काम गर्न उचित हुन्छ । यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउनु नै हो ।

० राज्यको कोरोना बिरुद्ध कोषमा बैंकहरुले सहयोग गरेका छन् । तपाईको बैंकले के गरेको छ ?
यो बेला बैंक खेलेर सेवा दिनु ठुलो कुरा हो । सहयोग गर्ने हो । तर देश लकडाउन छ । बाहिर जाने अवस्था नै छैन । यो बेला सचेत र सजक भएर कोरोना बिरुद्ध लड्ने बेला हो । राज्यलाई साथ दिने दायित्व हाम्रो पनि हो । हामी यही समाजका मान्छे हौ । समाजलाई सामाजिक उत्तरदायित्व कोषबाट केही गर्ने पर्ने अवस्था छ । त्यो हामी गर्ने नै छौं ।

० राज्यले ग्राहकहरुलाई प्योकजका कार्यक्रम पनि सार्वजनिक गरेको छ । राष्ट्र बैंकले पनि निर्देशन नै जारी गरेको देखिन्छ । यसलाई कसरी लिनु भएको छ ?
हामी पूर्ण रुपमा पालना गर्ने छौं दुःख परेका बेला हामी बैंकहरुले सधैं ग्राहकहरुलाई साथ दिँदै आएको अवस्था छ। यो बेला त झनै दिनु पर्दछ । हामी लुकेर बसेका छैनौं । सेवा प्रदान गरिरहेका छौं ।

हामीलाई राष्ट्र बैंकले निर्देशन नै दिएको अवस्था छ । यो लागु गर्ने कर्तव्य हामी सबै बैंकरको हो । असार मसान्तसम्म साँवा र ब्याज तिर्ने समय दिएको छ । यो बीचमा तिरे १० प्रतिशत छुटको व्यवस्था पनि गरिदिएको छ । अप्ठ्यारो अवस्थामा ग्राहकलाई साथ सहयोग हामी बैंकर र बैंकले दिनु हाम्रो पहिलो कर्तव्य नै हो नि ।

० विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसले अर्थतन्त्रलाई कस्तो असर पर्ला ?
तपाईले भनेजस्तो विश्व अर्थतन्त्रमा असर परेपछि नेपालमा नपर्ने कुरै भएन । रेमिटेन्स ठप्प छ । कलकारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय सबै ठप्प छ । अहिलेनै करिब जीडिबीको २५ प्रतिशत लकडाउन छ । समय लम्बियो भने हामीलाई अर्को वर्ष तग्रिन ठूलो चुनौती आउने सम्भावना देखिन्छ ।

० बैंकका एटिएमबाट कति कारोबार भएको छ । शुल्क नलाग्ने भनिएको छ । यसलाई कसरी लिनु भएको छ ?
हाम्रो सबै एटिएक चौविसै घण्टा खुल्ला छन् । हामीले पाएका पासबाट कर्मचारी साथीहरुले पैसा राख्ने काम गर्नु भएको छ । तरपनि कारोबार अत्यन्तै कम छ । देश नै लकडाउन भएको बेला मान्छेहरु सचेत भएका छन् । घरबाट बाहिर हिँडेका छैनन् । राज्यले भनेको मनेका छन् । अर्को कुरा शुल्क लाग्दैन । सबै बैंक, विकास बैंक र वित्तिय संस्थाका एटिएममा ढुक्क भएर कारोबार गर्नु भए हुन्छ ।

० लकडाउन २५ गतेसम्म थपिएको छ । यसको पूर्व तयारी केही गर्नु भएको थियो ?
हामीलाई आजैबाट राष्ट्र बैंकले पास दिने व्यवस्था गरेको छ । यी पासबाट कार्यालय केही खोली ग्राहकलाई सेवा दिने दायित्व हामी बैंकरको हो । विश्वले नै पूर्व तयारी गरेको देखिदैन । हामी भन्दा शक्तिशाली राष्ट्र अहिले यो महामारीबाट रोईरहेका छन् । त्यसकारण यसबाट पाठ सिक्दै अगाडी बढ्नु पर्ने देखिन्छ ।

० लकडाउनले बैंकिङ्ग प्रणालीमा कस्तो असर पर्ने देख्नु भएको छ ?
हामीले यो अवस्था आउदै छ भनेर पूर्व तयारीकै साथ बसेका थियौ । आयो अब कोरोना भाईरस बिरुद्ध सबै एक भएर मुक्ति पाउनु पर्ने देखिन्छ । त्यसकारण घरबाट सूचना प्रविधीको माध्यामबाटै डिजिटल बैकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हुनुहुन्छ ।

एटिएम एउटा माध्याम मात्रै हो । सबै भन्दा सुरक्षित भनेकै घर भित्रैबाट काम गर्नु हो । यो महामारीले बैंकिङ्ग क्षेत्रले अर्को वर्ष ठूलो क्षती खप्नु पर्ने देखिन्छ । तग्रिन लामो समय लाग्ने देखिन्छ नि ।

० अन्त्यमा केही छ ?
आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध लडिरहेका छन् । हामीले लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ ।
परिवारसंग बसौं, नयाँ सृजना गरौं । सुखी रहौं । स्वास्थ रहौं भन्न चाहान्छु ।

सशस्त्र प्रहरी हवल्दार निलम्बित

नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् ।

कोभिड१९ संक्रमण रोकथामका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिनुभयो । आदेशविपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल –३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई बलान बिहुल गाउँपालिकास्थित दजशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हबल्दार चौधरीले कुटपिट गरेका थिए । लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानबिन शुुरु गरेको छ ।

घर बाहिर निस्केका ६ सय २५ जना सडकमै होल्ड, ४ घण्टा राखिने

सरकारले थप गरेको दोस्रो चरणको लकडाउनको आज आठौं दिन हो।

लडकाउनको दिन बढ्दै जाँदा सडकमा देखिने मानिसको सङख्या पनि बढेको छ। प्रहरीले आज बिहान ७ बजेसम्म उपत्यकाभित्रबाट  ६ सय २५ जना मानिसलाई नियन्त्रणमा लिएको छ।

सबैभन्दा धेरै मानिस काठमाडौंमा नियन्त्रणमा लिएको हो। सडकमा होल्ड हुने मध्ये ७८ जना महिला पनि रहेका छन्। यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ।

सोमबार लकडाउनमा हिँड्ने मानिसलाई तीन घण्टा राखिएको थियो। आज भने समय थप गरेर राख्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। ‘लकडाउनमा थप कडाइ हुन्छ। होल्ड हुने समय थप्छौं,’ डिआइजी पोखरेलले भने।

 

अहिले चिन्ता भनेको आफू बच्नु र अरुलाई बचाउनु नै हो

ज्ञानेन्द्र प्रसाद ढुंगाना नेपालको बैकिङ्ग क्षेत्रमा अब्बल नाम हो । बैकिङ्गलाई नजिकबाट बुझेका ढुंगाना पूर्व नेपाल बैंकर्स एसोसियशनका अध्यक्ष समेत हुन् । उनी नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा पनि नेपालका वाणिज्य बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

बैंकहरु मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बैंकको कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ ? नेपाल बैंकर्स एसोशियसनका पूर्व अध्यक्ष एवं नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानासंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० देश लकडाउनको अवस्थामा वाणिज्य बैंकहरुले कस्तो सेवा दिएको अवस्था छ ?
हामीले सेवा दिएका छौं । यो विशम परिस्थितिमा पनि बैंकरहरुले सेवा दिनु आफैमा राम्रो पक्ष हो । ग्राहकहरुको संख्या कम छ । एलसी, बैंक ग्यारेन्टी जस्ता सेवा पनि दिएका छौं । हामीले भनेका छौं । घरबाट बाहिर नजानु होस् । डिजिटल बैंकिङ्ग सेवाबाटै कारोबार गरौं भनेर ।
० सेवा त दिनु भएको होला । तर, कोरोनाको संक्रमण बढेको बेला कर्मचारीहरुलाई सुरक्षा चाही कसरी दिनु भएको छ ?
कर्मचारीहरु हाम्रा सम्पत्ती हुन् । पहिलो दायित्व कर्मचारी साथीहरुको स्वास्थ्य कै हुन्छ । त्यसकारण सेनिटाईटर, माक्स दिएका छौं । एक पटक एउटा मात्रै ग्राहकलाई भित्र पठाउन गार्डहरुलाई भनेका छौं । भीड भाड छैन खासै कारोबार नै भएको छैन । घर भित्रै बस्ने बेला हो अहिलेको चिन्ता अर्थतन्त्रको होइन । जीवन बचाउने हो । साच्चै भन्नुपर्दा अहिलेको चिन्ता भनेको आफू बच्नु र अरुलाई पनि बचाउनु हो ।

० एटिएममा शुल्क दिएको ४/५ बजे नै एटिएम मेसिनहरु बन्द भएको र अधिकाशं एटिएममा पैसा नभएको गुनासो राष्ट्र बैंक पुगेको छ नि कारण चाहि के हो ?
कुनै गुनासो कतै पुगेको छैन । २७ वटै हामी वाणिज्य बैंकका एटिएम २४ सै घण्टा खुल्ला रहन्छन् । प्रसस्त पैसा छ । एटिएममा कारोबार कम भएको छ । मान्छेहरु सतर्क भएर एटिएमसम्म पनि गएको अवस्था छैन । हामीले एटिएम मेसिनहरुमा सेनिटाइजर गर्नु भनेर गार्डहरुलाई भनेको छौं । अर्को कुरा बैंकका एटिएममा पैसा झिक्दा कुनै शुल्क लिदैनौ । बन्द कहिले हुँदैन एटिएम । पैसा राख्दा केही घण्टा बन्द हुनु स्वभाविक होला । तर, तपाईले भने जस्तो कुरामा सत्यता पटक्कै छैन ।

हामीले केन्द्रीय कार्यालयबाटै कन्ट्रोल गरिरहेका छौं । ट्रान्जेक्स नै छैन । अति कम छ अनि कसरी पैसा हुँदैन एटिएममा । केही दाल चामल, औषधी किन्न त एटिएमबाट पैसा झिक्ने हो नि ।

० राज्यले कोरोना भाईरस बिरुद्ध स्थापना गरेको कोषमा तपाई बैंकरहरुको सहयोग कस्तो छ त ?
यो बेला बैंक खोलेर चलाउनु, जनतालाई पैसाको अभाव हुन नदिनु नै पहिलो सेवा हो । हामी बैंकहरुले सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरेर केही सामाग्री दिएका छौं ।

एनबी बैंक हामीले माक्स दियौ । सनराईज बैंक्ले औषधी लगायतका सामान दियो । एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री दिएको छ । यो पहिलो सेवा हो अरु कुरा भविष्यमा दिने हो । अर्को कुरा राज्यको कोषमा केही बैंक र बैंकरहरुले पैसा दिएक छन् । हामी पनि यहि समाजका मान्छे हौं । हाम्रो दायित्व यहि समाजमा छ । त्यसकारण यो अप्ठ्यारो असहज र विसम परिस्थितिमा बैंक र बैंकरले राज्यलाई साथ दिनुपर्दछ । हामीले दिने नै छौं । बैठक बस्नु प¥यो । बिस्तारै दिने कुरा दिने हो । घरबाट बाहिर नजाउ, आफु पनि बचौं र अरुलाई पनि बचाउ ।

० राज्यले हालै ल्याएको बैंक ग्राहकहरुका प्याकेजलाई कसरी लिनु भएको छ ?
यो हाम्रै सल्लाह र सुझावमा आएका सहुलियतका प्याकेज हुन् । हामीलाई राष्ट्र बैंकले निर्देशन नै दिएको अवस्था छ । यो लागु गर्ने कर्तव्य हामी सबै बैंकरको हो । असार मसान्तसम्म साँवा र ब्याज तिर्ने समय दिएको छ । यो बीचमा तिरे १० प्रतिशत छुटको व्यवस्था पनि गरिदिएको छ । अप्ठ्यारो अवस्थामा ग्राहकलाई साथ सहयोग हामी बैंकर र बैंकले दिनु हाम्रो पहिलो कर्तव्य नै हो ।

० विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसले नेपाली अर्थतन्त्रलाई चाही कस्तो असर पर्ला ?
मैले अगाडी नै भनिसके यो बेला चिन्ताको विषय भनेको मानव क्षतीलाई बचाउनु, आफू बच्नु र अरुलाई पनि बचाउनु हो । त्यसकारण अर्थतन्त्र आज नभएर भोलि राम्रो होला । तपाईले भनेजस्तो विश्व अर्थतन्त्रमा असर परेपछि नेपालमा नपर्ने कुरै भएन । रेमिटेन्स ठप्प छ । कलकारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय सबै ठप्प छ । राज्यले सुन, मंहंगा गाडी खरिद नगर्न आग्रह गरेको छ । त्यसकारण अर्थतन्त्र भोली बनाउला । आज जीवनलाई सुरक्षीत बनाउने हो । त्यसकारण घरबाटै काम गरौं । बाहिर नजाऔं । स्वास्थ्य जीवन विताउ ।

० फेरि लकडाउन बढेको छ । यसको असर बैकिङ्ग क्षेत्रलाई परेको देखिन्छ । तयारी कस्तो थियो ?
हामीले यो अवस्था आउदै छ भनेर पूर्व तयारीकै साथ बसेका थियौ । आयो अब कोरोना भाईरस बिरुद्ध सबै एक भएर मुक्ति पाउनु पर्ने देखिन्छ । त्यसकारण घरबाट सूचना प्रविधीको माध्यामबाटै डिजिटल बैकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हुनुहुन्छ । एटिएम एउटा माध्याम मात्रै हो । सबै भन्दा सुरक्षित भनेकै घर भित्रैबाट काम गर्नु हो ।

० अन्त्यमा केही छ ?
आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध लडिरहेका छन् । बिरामी छन् । त्यसकारण सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । जीवन रहे सबैहुन्छ । जीवन नरहे केही हुँदैन स्वास्थ रहौं । सुखी रहौं ।

अस्ट्रेलियन सरकारको कोरोना राहत

मनोज ज्ञवली / अस्ट्रेलियन सरकारले कोरोना संक्रमणको बेला आज मात्रै कर्मचारीहरुलाई 130 अरब डलर को थप राहत घोषणा गरेको छ। यो संगै अहिले सम्म सरकारले 320 अरब डलर राहत प्रदान गर्ने निर्णय गरिसकेको छ। यो रकम Annual GDP को 16.4% हुन्छ। सरकारले हरेक नागरिक तथा परिवारलाई, ब्यबसायलाई र कर्जा प्रबाहलाई गरी तिन तहमा बांडेर सहयोग गर्ने घोषणा गर्यो।

1. कर्मचारीलाई भुक्तानी: यदि नोकरी गरिरहेका व्यबसायमा कोरोनाभाईरसको कारण असर पर्यो र कर्मचारी राख्न गाह्रो भएक रोजगारदाताले पाक्षिक रुपमा प्रति कर्मचारी 1500 डॉलर मांग गर्न सक्नेछन। यो सुविधा सरकारले दियों या कि ब्यबसायहरुले आफ्नै कर्मचारीहरु राखिरहन सकोस र भाईरसको संक्रमण पछि तत्काल ब्यबसाय शुरु गर्न सकोस।
2. अन्य ब्याक्तिलाई भुक्तानी: अब छ महिना सम्मलाई रोजगार नभएको व्याक्तिहरुलाई पाक्षिक रुपमा 550 डलर को हिसाब भुक्तानी दिईनेछ।
3.household सहयोग भुक्तानी: 750 डलर को हिसाब ले लाई पटक गरेर दिईने।
4. Superannuation मा भएका जम्मा रकम 20,000 डलर सम्म अबधी नपुग्दै पनी भुक्तानी प्राप्त हुने र भुक्तानी मा कुनै कर नलाग्ने।
5. Social Security Deeming rate 0.25% देखि 2.25% सम्म कम गरियो।
6. SME हरुले 100,000 डलर को थप सहायता जुन पैसाबाट उनीहरुले घरभाडा, बिजुली र अन्य खर्च तिर्न सकुन। यस्तो व्यबसायहरु लगभग 690,000 वा आकलन गरिएको छ। जहां लगभग 78 लागले रोजगार पाएका छन।
7. Non Profit organizations जसले रोजगारी दिईरहेका छन उनीहरुको पनी 50,000 डलर सम्मको यस्तो सहयोग पाउनेछन।
8.कुनै पनी अन्य ब्यबस्था जो नाफामुलक छ या थियो तर कोरोनाभाईरसको कारण बन्द हुने स्थीतीमा पुग्ने भएमा त्यस्तो ब्यबसायको सम्पुर्ण दायित्व सरकारले उठाईदिने तथा संचालकहरुलाई समेत उचीत क्षतिपुर्ति दिने ब्यबस्था गरिएको छ।
9.यदि कुनै कम्पनीले Assets write off गर्न चाह्यो भने त्यों सीमा 150,000 डलर सम्म पुर्याईयो। यस्तो दावी लगभग 4 अरब डलर को हुने अनुमान छ।
10. सम्पत्तीमा ह्रासकट्टिको दर बढाएर 50% पुर्याईएको छ जसले गर्दा तत्काल तिर्नुपर्ने कर दायित्व घटेर ब्यबसायलाई सहज हुनेछ। यसबाट आगामी दुई बर्षमा हाराहारी 6.7 अरब डलर कर दायित्व कम हुन्छ र यसले कम्पनीहरु को नगद प्रवाह सहज हुनेछ। लगभग 35 लाख ब्याबसायीहरु यसबाट लाभान्वित हुनेछन।
11. कम्पनीहरुले आफ्नै ट्रेनी स्टाफहरुलाई पनी निरंतरता दिनेछन र यसबापतको भुक्तानी 7,000 डलर प्रति त्रैमासमा सरकारले गरिदिनेछ। ता कि कोरोनाभाईरसको समाप्ती पश्चात तत्काल यो ट्रेनीहरुले काम सम्हाल्न सकुन। यसबाट लगभग 70,000 कम्पनीहरु लाभान्वित हुनेछन।
12.1 अरब डलर बराबरको अर्को कोष बनाईएको छ जसले हरेक क्षेत्रमा कोरोनाभाईरसको असरले समस्या परेका कम्पनीहरु लाई सहायता दिनु पर्नेछ।
13.एयरलाइंसलाई 71.5 करोड बराबरको कर छुट र सहायता दिईनेछ।
14. सरकारलाई सूचना तथा सुझाब दिन Coronavirus Business Liaison Unit बनाईएको छ। जसले ब्यबसायका समस्या र समाधान का उपायहरु सरकारलाई पेश गर्नेछ।
15. सरकारले SME कर्जा प्रदायकहरुलाई unsecured loan को पनी 50% सम्म सरकारी जमानत प्रदान गर्नेछ।यस्तो जमानत 40 अरब डलरको सीमा सम्म गरिनेछ।
16.केन्द्रिय बैंकले 90 अरब डलरको रकम बैंकहरुलाई 0.25% मा प्रदान गरेको छ। जसले गर्दा बैंकहरुको COF कम हुन गई कर्जाको ब्याज दर घट्ने छ।
17. बैंकहरु वाहेकका साना कर्जाप्रदायकहरुलाई 15 अरब डलरको कोष प्रदान गर्नेछ।

यसैले मैले मेरो सरकारको घरभाडा नलिन घरभेटिलाई अनुरोध गरेर शुरु गरिएको राहतबारेमा केहि बोलीन। यसैले नागरिकहरु खुशी खुशी राज्यलाई कर तिर्छन। राज्यको आभास हुन्छ। अर्थतन्त्र र सक्षमताको हिसाबले नेपाल सरकारको क्षमता अष्ट्रेलिया संग तुलना हुदैन तर दिशा र सोच मात्रै मिलेको भएमा म हर्ष ले गदगद हुन्थे।

यो बिषम र आकस्मिक परिस्थीतीको लागी हामी तयार थिएनौ, कोहि पनी तयार थियन तर response कसरी गर्ने भन्ने कुराले भुमिका खेल्दछ। नागरिक र ब्यबसायको मनोबल कसरी कायम राखिराख्ने ता कि यो बिपद पछि तत्काल ब्यबसाय चालु हुन सकुन र फेरी सरकारलाई कर तिर्न सकुन भनेर सोच्न जरुरी छ। हुन त सरकारी प्याकेजको ब्याबसायीका नेताहरुले समेत गज्जब छ भनेर स्वागत गरासकेको हुनाले थप आवश्यकता छ भनेर अरु नागरिकले भन्नु अन्यथा पनी हुनसक्छ। हो हो हजुर भन्दै सरकार तथा अन्य निकायहरु गुमराह पारेको होईन होला भन्ने अपेक्षा कायमै छ। सरकारलाई सहयोग गरौ, साथ दिंउ संगै सहि सुझाब पनी दिंउ।
(डलरले AUD जनाउछ) जय होस्, शुभ होस्!! (लेखक ज्योति विकास बैंकका सीइओ हुनुहुनछ ।)

 

केही नेपाली बैंकरहरु विदेशबाट आएका र घरैमा क्वाराइनटाइनमा बसेको खुलासा !!!

नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्तिय कम्पनीका सीइओ उच्च कर्मचारी र बैंक सञ्चालकहरु यूरोप अमेरिका ट्रेनिङ्ग र सेमिनारमा भाग लिई १ महिना बीचमा नेपाल आएको समाचार आर्थिक बजार न्यूजडटकमको अफिसमा टेलिफोन गरी समाचार स्रोतले बताएको छ ।

तपाईहरु घरमै क्वाराईनटाइनमा बस्नु होला । सञ्चो नभए तुरुन्त अस्पताल जानु होला । स्वास्थ रहनुहोला । परिवार र नेपाली जनता बचाउने तपाईको कर्तव्य हो । दायित्व हो । सचेत रहनुहोस स्वास्थ रहनुहोस हाम्रो यहि शुभकामना

समाचार स्रोतले भन्यो केही विकास बैंकका सीइओ स्पेन सेमिनारमा जानु भएके थियो । १ महिना अगाडी नै आउनु भयो । यस्तै केही वाणिज्य बैंकका सीइओहरु परिवार भेट्न अमेरिका, यूरोप गएर आएको स्रोतको दाबी छ ।

उहाँहरुसंग हामीले सम्पर्क गर्दा टेलिफोन उठाउनु भएन ।
पत्रकारले सूचना दिने हो । तपाई बैंकरहरुले तपाईका संघहरुको बैंठक नगर्नु होला । खुल्ला रुपमा भेटगाट बन्द गर्नुहोला । स्वास्थ रहनु होस, घरमै क्वाराईनटाइनमा बसी अफिसको काम गर्नुहोस । सचेत भया ।

कोरोना रोकथाम कोषमा सिटिजन्स बैंकको ४९ लाख सहयोग

सिटिजन्स बैंक इन्टरनेशनलले सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा ४९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले आर्थिक सहयोग गरेको हो।

सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

ग्यास सिलिण्डर बोकेकालाई यातना दिएकोमा प्रहरीको छानबिन शुरु

ग्यासको सिलिण्डर बोेकेका नागरिकलाई सिलिण्डर सहित सडकमा बस्न लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको छ ।

अत्यावश्यक वस्तुको सूचीमा रहेको ग्यास बोक्ने नागरिकलाई यातना दिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन थालेको हो ।

प्रहरीले भनेको छ – सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौँ ।

गभर्नर सिफारिस गर्ने समितिमा विजयनाथ भट्टराई र कृष्णहरि बाँस्कोटा

आगामी गभर्नर नियुक्तिका लागि सरकारले पहल सुरु गरेको छ। गत चैत ५ गतेअघि नै गभर्नर नियुक्त गरिसक्नु पर्ने भएपनि सरकारी अलमलले प्रकृया अगाडि बढेको थिएन।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत सोमबारदेखि नै नयाँ गभर्नर नियुक्तिको पहल थाले पनि मंगलबारबाट ‘लकडाउन’ सुरु भएकाले प्रकृया रोकिएको थियो।

गभर्नर नियुक्ति सिफारिस समितिको संयोजकमा अर्थमन्त्री हुने ब्यवस्था छ।  समितिमा पूर्व गभर्नरहरु मध्येबाट एकजना सदस्य हुन्छन् भने अर्को सदस्यमा सरकारले तोकेको ब्यक्ति हुने प्रावधान छ। यस्तो ब्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रमा लब्धप्रतिष्ठित हुनु पर्नेछ।

आगामी गभर्नर नियुक्तिका लागि अर्थमन्त्री खतिवडाले समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराईलाई राखेका छन् भने अर्को एक जनामा पूर्व सचिव कृष्णहरि बाँस्कोटालाई राखिएको छ।

‘अघिल्लो हप्ता युवराजजी (अर्थमन्त्री) ले तपाईँ समितिमा बसिदिनु पर्यो भन्नु भएको थियो। मैले हुन्छ पनि भनेँको थिएँ। तर पत्रसत्र आएको छैन,’ समितिमा रहेका भट्टराईले भने, ‘अहिलेसम्म बैठक पनि बसेको छैन।’

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। समितिले कुल तीन जनाको नाम सिफारिस गर्छ। तिनै नामभित्र रहेर मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्छ।

सरकारले गत ९ गते नै समिति बनाएको स्रोतको दावी छ। अर्को दिन नै गभर्नर सिफारिस गर्ने तयारी थियो। तर लकडाउन भएकाले प्रकृया अगाडि नबढेको स्रोतले बतायो।

भट्टराई राष्ट्र बैंकको गभर्नरका लागि खतिवडासँगै सिफारिसमा परेका थिए। तर सरकारले भट्टराईलाई नियुक्त गरेको थियो। भट्टराईको कार्यकाल सकिएपछि खतिवडा १० बर्षअघि गभर्नर नियुक्त भएका थिए।

बाँस्कोटा राजश्व हुँदै अर्थ सचिव भएका थिए। उनी अर्थ सचिवको हैसियतमा राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्य पनि भएका थिए। सचिवबाट अवकाश भएपछि उनी सुचना आयोगको अध्यक्ष नियुक्त भएका थिए। उनी त्यहाँबाट पनि अवकाश भइसकेका छन्।

स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा छ

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस० लाई आज आफ्नो कार्यकक्षमा अन्तर्वार्ता दिने क्रममा मन्त्री ज्ञवालीले यस विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्व तयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको उल्लेख गर्दै विदेशबाट नेपाल वा नेपालबाट विदेशको यात्रा असुरक्षित हुने हुँदा जोखिम नलिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “संक्रमणको समयमा आफ्नो देश फर्कने चाहना हुन सक्ला तर विदेशबाट आएकाहरूबाटै संक्रमणको जोखिम देखिएकाले त्यस्तो जोखिम नेपालले लिन सक्दैन । विदेशमा रहेका नेपाली श्रमिक र विद्यार्थीहरू अहिले जहाँ हुनुहुन्छ, त्यहाँ नै सुरक्षित रहनुस् । अत्तालिएर दौडादौड नगर्नुस् । अहिले तपाईँहरूलाई विदेशबाट नेपाल ल्याउन सकिने स्थिति छैन ।”

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य मन्त्री ज्ञवालीले श्रम र अध्ययनका लागि विदेश गएका नेपालीको सुरक्षाको स्थितिबारे आफूले नियोग र दूतावासबाट भिडियो कन्फरेन्स र अन्य माध्यमबाट नियमित अद्यावधिक गरिरहेको जनाउँदै त्यहाँका सरकारले पनि नेपालीहरूलाई आफ्ना नागरिक सरह व्यवहार र उपचार गर्ने प्रतिबद्धता गरेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले ती मुलुकबाट श्रम करार सकिएका र प्रवेशाज्ञाको म्याद सकिएका र बढी समय विदेशमा बसिरहेका नेपालीलाई कानूनी अप्ठ्यारो नपर्ने विश्वास पनि दिलाइएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा रहेका विदेशी नागरिकको हकमा पनि स्वास्थ्य सुरक्षा र अन्य आवश्यक व्यवस्था गर्न नेपाल सरकार तत्पर रहेको स्पष्ट गर्नुभयो ।

छिमेकी मुलुक चीनबाट हालै प्राप्त स्वास्थ्य उपकरण र औषधि आवश्यकता र औचित्यका आधारमा तत्काल प्रदेशस्तरमा पु¥याइने र धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान, नेपालगञ्ज, पोखरा, धनगढी र हेटौँडामा समेत कोरोना भाइरसको परीक्षणको दायरा विस्तार गरिने पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । छिमेकी भारतबाट पनि आवश्यक उपकरण र औषधिका साथै ‘¥यापिड रेस्पोन्स टिम’ ९द्रुत स्वास्थ्य टोली¬० लगायतको सहयोग प्राप्त हुने आश्वासन पाइएको मन्त्री ज्ञवालीको भनाइ छ ।

उहाँले अहिलेको महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलाई उच्च प्राथमिकता दिई तिनलाई प्रोत्साहन र बीमाको व्यवस्था गर्न लागिएको बताउँदै महामारीविरुद्ध जुध्न जिम्मेवार राजनीतिक दल, नागरिक समाज र स्थानीय तहको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले आफ्नो क्षमता र औचित्य देखाउने बेला यही हो । हामीले उहाँहरूरुबाट त्यही क्षमताको अपेक्षा गरेका छौँ ।”

लकडाउनका समयमा तमासा गर्ने, जानीजानी अवज्ञा गर्ने, विरोधका लागि विरोध गर्ने र झुटा विवरण दिने प्रवृत्ति निरुत्साहन गर्दै यस्तो बेलामा पनि सरकारप्रति आशङ्का गर्ने, अनेकौँ अफवाह फैलाउने र कुण्ठाग्रस्त भई स्वार्थको रोटी सेक्न खोज्नु चिन्ताजनक विषय भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

लकडाउनको अवधि थपिने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भन्नुभयो, “सरकारलाई त्यस्तो सुझाव प्राप्त भएको छ, जनताले सुझबुझपूर्ण ढंगले संकटका बेला गरेको समर्थनप्रति सरकार आभारी छ ।”