जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • अस्ट्रेलियन सरकारको कोरोना राहत

अस्ट्रेलियन सरकारको कोरोना राहत

मनोज ज्ञवली / अस्ट्रेलियन सरकारले कोरोना संक्रमणको बेला आज मात्रै कर्मचारीहरुलाई 130 अरब डलर को थप राहत घोषणा गरेको छ। यो संगै अहिले सम्म सरकारले 320 अरब डलर राहत प्रदान गर्ने निर्णय गरिसकेको छ। यो रकम Annual GDP को 16.4% हुन्छ। सरकारले हरेक नागरिक तथा परिवारलाई, ब्यबसायलाई र कर्जा प्रबाहलाई गरी तिन तहमा बांडेर सहयोग गर्ने घोषणा गर्यो।

1. कर्मचारीलाई भुक्तानी: यदि नोकरी गरिरहेका व्यबसायमा कोरोनाभाईरसको कारण असर पर्यो र कर्मचारी राख्न गाह्रो भएक रोजगारदाताले पाक्षिक रुपमा प्रति कर्मचारी 1500 डॉलर मांग गर्न सक्नेछन। यो सुविधा सरकारले दियों या कि ब्यबसायहरुले आफ्नै कर्मचारीहरु राखिरहन सकोस र भाईरसको संक्रमण पछि तत्काल ब्यबसाय शुरु गर्न सकोस।
2. अन्य ब्याक्तिलाई भुक्तानी: अब छ महिना सम्मलाई रोजगार नभएको व्याक्तिहरुलाई पाक्षिक रुपमा 550 डलर को हिसाब भुक्तानी दिईनेछ।
3.household सहयोग भुक्तानी: 750 डलर को हिसाब ले लाई पटक गरेर दिईने।
4. Superannuation मा भएका जम्मा रकम 20,000 डलर सम्म अबधी नपुग्दै पनी भुक्तानी प्राप्त हुने र भुक्तानी मा कुनै कर नलाग्ने।
5. Social Security Deeming rate 0.25% देखि 2.25% सम्म कम गरियो।
6. SME हरुले 100,000 डलर को थप सहायता जुन पैसाबाट उनीहरुले घरभाडा, बिजुली र अन्य खर्च तिर्न सकुन। यस्तो व्यबसायहरु लगभग 690,000 वा आकलन गरिएको छ। जहां लगभग 78 लागले रोजगार पाएका छन।
7. Non Profit organizations जसले रोजगारी दिईरहेका छन उनीहरुको पनी 50,000 डलर सम्मको यस्तो सहयोग पाउनेछन।
8.कुनै पनी अन्य ब्यबस्था जो नाफामुलक छ या थियो तर कोरोनाभाईरसको कारण बन्द हुने स्थीतीमा पुग्ने भएमा त्यस्तो ब्यबसायको सम्पुर्ण दायित्व सरकारले उठाईदिने तथा संचालकहरुलाई समेत उचीत क्षतिपुर्ति दिने ब्यबस्था गरिएको छ।
9.यदि कुनै कम्पनीले Assets write off गर्न चाह्यो भने त्यों सीमा 150,000 डलर सम्म पुर्याईयो। यस्तो दावी लगभग 4 अरब डलर को हुने अनुमान छ।
10. सम्पत्तीमा ह्रासकट्टिको दर बढाएर 50% पुर्याईएको छ जसले गर्दा तत्काल तिर्नुपर्ने कर दायित्व घटेर ब्यबसायलाई सहज हुनेछ। यसबाट आगामी दुई बर्षमा हाराहारी 6.7 अरब डलर कर दायित्व कम हुन्छ र यसले कम्पनीहरु को नगद प्रवाह सहज हुनेछ। लगभग 35 लाख ब्याबसायीहरु यसबाट लाभान्वित हुनेछन।
11. कम्पनीहरुले आफ्नै ट्रेनी स्टाफहरुलाई पनी निरंतरता दिनेछन र यसबापतको भुक्तानी 7,000 डलर प्रति त्रैमासमा सरकारले गरिदिनेछ। ता कि कोरोनाभाईरसको समाप्ती पश्चात तत्काल यो ट्रेनीहरुले काम सम्हाल्न सकुन। यसबाट लगभग 70,000 कम्पनीहरु लाभान्वित हुनेछन।
12.1 अरब डलर बराबरको अर्को कोष बनाईएको छ जसले हरेक क्षेत्रमा कोरोनाभाईरसको असरले समस्या परेका कम्पनीहरु लाई सहायता दिनु पर्नेछ।
13.एयरलाइंसलाई 71.5 करोड बराबरको कर छुट र सहायता दिईनेछ।
14. सरकारलाई सूचना तथा सुझाब दिन Coronavirus Business Liaison Unit बनाईएको छ। जसले ब्यबसायका समस्या र समाधान का उपायहरु सरकारलाई पेश गर्नेछ।
15. सरकारले SME कर्जा प्रदायकहरुलाई unsecured loan को पनी 50% सम्म सरकारी जमानत प्रदान गर्नेछ।यस्तो जमानत 40 अरब डलरको सीमा सम्म गरिनेछ।
16.केन्द्रिय बैंकले 90 अरब डलरको रकम बैंकहरुलाई 0.25% मा प्रदान गरेको छ। जसले गर्दा बैंकहरुको COF कम हुन गई कर्जाको ब्याज दर घट्ने छ।
17. बैंकहरु वाहेकका साना कर्जाप्रदायकहरुलाई 15 अरब डलरको कोष प्रदान गर्नेछ।

यसैले मैले मेरो सरकारको घरभाडा नलिन घरभेटिलाई अनुरोध गरेर शुरु गरिएको राहतबारेमा केहि बोलीन। यसैले नागरिकहरु खुशी खुशी राज्यलाई कर तिर्छन। राज्यको आभास हुन्छ। अर्थतन्त्र र सक्षमताको हिसाबले नेपाल सरकारको क्षमता अष्ट्रेलिया संग तुलना हुदैन तर दिशा र सोच मात्रै मिलेको भएमा म हर्ष ले गदगद हुन्थे।

यो बिषम र आकस्मिक परिस्थीतीको लागी हामी तयार थिएनौ, कोहि पनी तयार थियन तर response कसरी गर्ने भन्ने कुराले भुमिका खेल्दछ। नागरिक र ब्यबसायको मनोबल कसरी कायम राखिराख्ने ता कि यो बिपद पछि तत्काल ब्यबसाय चालु हुन सकुन र फेरी सरकारलाई कर तिर्न सकुन भनेर सोच्न जरुरी छ। हुन त सरकारी प्याकेजको ब्याबसायीका नेताहरुले समेत गज्जब छ भनेर स्वागत गरासकेको हुनाले थप आवश्यकता छ भनेर अरु नागरिकले भन्नु अन्यथा पनी हुनसक्छ। हो हो हजुर भन्दै सरकार तथा अन्य निकायहरु गुमराह पारेको होईन होला भन्ने अपेक्षा कायमै छ। सरकारलाई सहयोग गरौ, साथ दिंउ संगै सहि सुझाब पनी दिंउ।
(डलरले AUD जनाउछ) जय होस्, शुभ होस्!! (लेखक ज्योति विकास बैंकका सीइओ हुनुहुनछ ।)

 

13630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका