जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कामना सेवा विकास बैंकले एक दर्जन शाखा खोली सेवा दिएको अवस्था छ

अन्तरवार्ता

कामना सेवा विकास बैंकले एक दर्जन शाखा खोली सेवा दिएको अवस्था छ

प्रविन बस्नेत, सीइओ, कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले एक दर्जन शाखा खोली सेवा दिएको अवस्था छ

प्रविन बस्नेत चिनाई राख्नु पर्ने नाम होइन । नेपालका ठूला बैंक एनआईसी एशिया, माछापुच्छ्रे बैंकमा काम गरिसेकेका युवा बैंकर बस्नेत अहिले कामना सेवा विकास बैंकको सीइओ छन् । उनी कामना सेवा विकास बैंकको सीइओ बनेपछि गुमनाम नै भएको सो बैंकले उर्जा मात्र पाइनन्, सयौं शाखा स्थापना भए, लाखौं ग्राहकले डिपोजिट गरे अहिले बैंक सबल र सक्षम बैंक बनेको छ । कामना सेवा विकास बैंक ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।
यस्तो अवस्थामा पनि कामना सेवा विकास बैंकले सेवा प्रदान गरिरहेको देखिन्छ । । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका विकास बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

कामना सेवा बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकको कर्मचारीहरुका सुरक्षा विधि अपनाइएको छ ? यिनै विषयमा केन्द्रीत सही सीइओ प्रविन बस्नेतसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० अहिले देश लकडाउनको अवस्थामा छ । कामना सेवा विकास बैंकले कसरी सेवा प्रदान गरिरहेको छ ?
हाम्ीले १ दर्जन शाखा कार्यालय खोली सेवा दिएका छौं । तर, कारोबार कम छ । १५÷२० वटा मात्रै कारोबारको ट्रान्जेक्सन देखिएका ेछ । इमेल र टेलिफोनबाट पनि घरमै बसी कारोबार गरेका छौं । हामीले ग्राहकलाई पैसा नभएर खाद्यान्न र औषधी किन्न नपाउने अवस्था सृजना हुन दिएका छैनौ । उहाँहरुले भन्ने वित्तिकै पैसा हामी उपलब्ध गराउने छौं । यो दुःख परेको बेला नै बैंकमा भएको आफ्नो पैसा चलाउने हो । नत्र त घरमै पैसा राख्ने परम्परा पनि आउन सक्दछ नि । त्यसकारण हाम्रा ग्राहक ढुक्क भए हुन्छ । हामी दुःखमा साथ दिनेछौं ।

० तपाईले भने झै १ दर्जन शाखा खुलेका छन् । त्यहाँ काम गर्ने कर्मचारी साथीहरुको स्वास्थ्यको बारे कति सचेत हुनु भएको छ ?
कर्मचारीहरु हाम्रा सम्पत्ती हुन् । पहिलो दायित्व कर्मचारी साथीहरुको स्वास्थ्य कै हुन्छ । त्यसकारण सेनिटाईटर, माक्स दिएका छौं । एक पटक एउटा मात्रै ग्राहकलाई भित्र पठाउन गार्डहरुलाई भनेका छौं । खासै कारोबार नै भएको छैन ।
हाम्रा कर्मचारी घरमा बसेर थाकेपछि फोन गरेर काममा जान तयार छन् । तर, हामी सचेत छौं । यो महामारीमा घरबाटै अफिसको काम गर्न उचित हुन्छ । यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउनु नै हो ।

० राज्यको कोरोना बिरुद्ध कोषमा बैंकहरुले सहयोग गरेका छन् । तपाईको बैंकले के गरेको छ ?
यो बेला बैंक खेलेर सेवा दिनु ठुलो कुरा हो । सहयोग गर्ने हो । तर देश लकडाउन छ । बाहिर जाने अवस्था नै छैन । यो बेला सचेत र सजक भएर कोरोना बिरुद्ध लड्ने बेला हो । राज्यलाई साथ दिने दायित्व हाम्रो पनि हो । हामी यही समाजका मान्छे हौ । समाजलाई सामाजिक उत्तरदायित्व कोषबाट केही गर्ने पर्ने अवस्था छ । त्यो हामी गर्ने नै छौं ।

० राज्यले ग्राहकहरुलाई प्योकजका कार्यक्रम पनि सार्वजनिक गरेको छ । राष्ट्र बैंकले पनि निर्देशन नै जारी गरेको देखिन्छ । यसलाई कसरी लिनु भएको छ ?
हामी पूर्ण रुपमा पालना गर्ने छौं दुःख परेका बेला हामी बैंकहरुले सधैं ग्राहकहरुलाई साथ दिँदै आएको अवस्था छ। यो बेला त झनै दिनु पर्दछ । हामी लुकेर बसेका छैनौं । सेवा प्रदान गरिरहेका छौं ।

हामीलाई राष्ट्र बैंकले निर्देशन नै दिएको अवस्था छ । यो लागु गर्ने कर्तव्य हामी सबै बैंकरको हो । असार मसान्तसम्म साँवा र ब्याज तिर्ने समय दिएको छ । यो बीचमा तिरे १० प्रतिशत छुटको व्यवस्था पनि गरिदिएको छ । अप्ठ्यारो अवस्थामा ग्राहकलाई साथ सहयोग हामी बैंकर र बैंकले दिनु हाम्रो पहिलो कर्तव्य नै हो नि ।

० विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसले अर्थतन्त्रलाई कस्तो असर पर्ला ?
तपाईले भनेजस्तो विश्व अर्थतन्त्रमा असर परेपछि नेपालमा नपर्ने कुरै भएन । रेमिटेन्स ठप्प छ । कलकारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय सबै ठप्प छ । अहिलेनै करिब जीडिबीको २५ प्रतिशत लकडाउन छ । समय लम्बियो भने हामीलाई अर्को वर्ष तग्रिन ठूलो चुनौती आउने सम्भावना देखिन्छ ।

० बैंकका एटिएमबाट कति कारोबार भएको छ । शुल्क नलाग्ने भनिएको छ । यसलाई कसरी लिनु भएको छ ?
हाम्रो सबै एटिएक चौविसै घण्टा खुल्ला छन् । हामीले पाएका पासबाट कर्मचारी साथीहरुले पैसा राख्ने काम गर्नु भएको छ । तरपनि कारोबार अत्यन्तै कम छ । देश नै लकडाउन भएको बेला मान्छेहरु सचेत भएका छन् । घरबाट बाहिर हिँडेका छैनन् । राज्यले भनेको मनेका छन् । अर्को कुरा शुल्क लाग्दैन । सबै बैंक, विकास बैंक र वित्तिय संस्थाका एटिएममा ढुक्क भएर कारोबार गर्नु भए हुन्छ ।

० लकडाउन २५ गतेसम्म थपिएको छ । यसको पूर्व तयारी केही गर्नु भएको थियो ?
हामीलाई आजैबाट राष्ट्र बैंकले पास दिने व्यवस्था गरेको छ । यी पासबाट कार्यालय केही खोली ग्राहकलाई सेवा दिने दायित्व हामी बैंकरको हो । विश्वले नै पूर्व तयारी गरेको देखिदैन । हामी भन्दा शक्तिशाली राष्ट्र अहिले यो महामारीबाट रोईरहेका छन् । त्यसकारण यसबाट पाठ सिक्दै अगाडी बढ्नु पर्ने देखिन्छ ।

० लकडाउनले बैंकिङ्ग प्रणालीमा कस्तो असर पर्ने देख्नु भएको छ ?
हामीले यो अवस्था आउदै छ भनेर पूर्व तयारीकै साथ बसेका थियौ । आयो अब कोरोना भाईरस बिरुद्ध सबै एक भएर मुक्ति पाउनु पर्ने देखिन्छ । त्यसकारण घरबाट सूचना प्रविधीको माध्यामबाटै डिजिटल बैकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हुनुहुन्छ ।

एटिएम एउटा माध्याम मात्रै हो । सबै भन्दा सुरक्षित भनेकै घर भित्रैबाट काम गर्नु हो । यो महामारीले बैंकिङ्ग क्षेत्रले अर्को वर्ष ठूलो क्षती खप्नु पर्ने देखिन्छ । तग्रिन लामो समय लाग्ने देखिन्छ नि ।

० अन्त्यमा केही छ ?
आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध लडिरहेका छन् । हामीले लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ ।
परिवारसंग बसौं, नयाँ सृजना गरौं । सुखी रहौं । स्वास्थ रहौं भन्न चाहान्छु ।

19995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका