जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

‘लकडाउन’ आठ दिन थप

सरकारले मुलुकभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको आदेश (लकडाउन) लाई आठ दिनका लागि थप गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषद् बैठकले यही चैत ११ गतेदेखि १८ गते बिहान ६ः०० बजेसम्मका लागि जारी गरेको उक्त आदेशलाई यही चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गरेको थियो ।

बैठकले यही चैत १० लागू हुने गरी गरेको अन्तरराष्ट्रिय सीमानाका सबै प्रवेश नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णयलाई चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । व्यक्तिको आवागमन रोकिए पनि ढुवानीका गाडी भने सञ्चालनमा रहने छन् ।

कोरोना भाइरसको सङ्क्रमण, रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय ‘एक्सन टीम’ पनि गठन गरेको छ । सोको नाम ‘कोरोना–१९ क्राइसिस म्यानेजमेन्ट टीम’ भनिएको छ । सरकारले चाल्नुपर्ने कदम, कार्यान्वयनको स्थिति र अहिले बनेका सरकारी संयन्त्रको निर्णय कार्यान्वयनका लागि कोरोना–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) गठन गर्ने निर्णयसमेत सरकारले गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो ।

सेन्टरको संयोजकमा पनि उपप्रधानमन्त्री पोखरेललाई नै तोकिएको छ । उक्त सेन्टरमा गृहमन्त्री, स्वास्थ्यमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसमेत रहनुहुने छ । उक्त समूह सरकारले जारी गरेका आदेश, सरकारले बनाएका क्वारेन्टाइन र आईसोलेसन अस्पतालको व्यवस्थापन र सरकारले आदेश जारी गरेपछि पालना गराउन चालिएका निर्णय कार्यान्वयन गराउन क्रियाशिल हुनेछ । यस्तै शान्ति सुरक्षा कायम गराउने र सङ्क्रमणलाई नियन्त्रणमा लगेर अनुशासनमा बस्नुपर्ने विषयमा उक्त समितले काम गर्नेछ ।

सरकारद्धारा राहतको घोषणा

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको खोजी गर्दै विभिन्न क्षेत्रलाई राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक मजदूरका सम्बन्धमा राहतको घोषणा गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बैठकपछि सिंहदरबारमा आज साँझ अबेर आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो । सरकारले राहत दिनुपर्ने परिवार पहिचान गरी असङ्गठित क्षेत्रका श्रमिकको लगत तयार पार्न स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेको छ । राहत लिने परिवारले स्थानीय तहका वडामा गएर परिचयपत्र उपलब्ध गराउनुपर्ने छ ।

स्थानीय तहले राहत उपलब्ध गराउँदा लकडाउनको अवधिभर पुग्ने गरी राहत उपलब्ध गराउने निर्णय भएको प्रवक्ता खतिवडाले बताउनुभयो । परिवार सङ्ख्याका आधारमा स्थानीय तह र प्रदेश सरकारले कोष खडा गरी राहत उपलब्ध गराउने छन् । उक्त कोषमा रकम अभाव भए सङ्घीय सरकारको कोषबाट रकम उपलब्ध गराउने र त्यसका लागि प्रदेश तथा स्थानीय तहमा समन्वय गर्ने निर्णय भएको छ ।

सरकारले गर्भवती, अपाङ्गता भएका व्यक्ति दीर्घ रोगी र टुहुरा बालबालिकाका लागि सरकारले विशेष हेरचाह गर्नेछ । औपचारिक क्षेत्रका मजदूरलाई रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउने, पूर्ण रुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले दैनिक र महिनावारी ज्यालादारीमा कार्यरत कर्मचारीलाई २०७६ चैत महिनाको पारिश्रमिक पूर्ववत भुक्तानी दिने निर्णय भएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।

व्यवसायिक प्रतिष्ठानले व्यवसाय सञ्चालन नभएसम्मका लागि प्रतिष्ठान स्तरको कल्याणकारी कोषको रकम उपयोग गर्न सक्नेछन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भएका प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताका तर्फबाट चैत महिनामा गर्नुपर्ने योगदान रकम नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने निर्णय समेत गरिएको छ ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले चामल, पिठो, दाल, नुन, चिनी, खानेतेललगायत खाद्य सामग्री हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुट दिई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । दूर–सञ्चार कम्पनीले लकडाउनको अवधिमा इन्टरनेट र डाटा प्याक प्रयोग गर्नेका लागि २५ प्रतिशत छुट दिने र निजी सेवा प्रदायकले समेत छुट दिने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।

विद्युत् प्राधिकरणले मासिक १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको महसुलमा २५ प्रतिशत छुट दिने, विद्युत्, खानेपानी, टेलिफोन तथा इन्टरनेट शुल्कमा फागुन र चैतसम्मको महसुल भुक्तानी २०७७ वैशाख मसान्तसम्ममा बुझाए विलम्बको जरिवाना र अन्य शुल्क नलिने निर्णय गरिएको छ । माघसम्म उत्पादन भई बचत हुने विद्युत् प्राधिकरणले तोकेको समय र अवधिमा विद्युत् खपत गर्ने उत्पादनमूलक प्रतिष्ठानलाई सो अवधिमा खपत गरिएको महसुलमा उद्योगको प्रकृति हेरेर ३० देखि ५० प्रतिशतसम्म छुट दिने निर्णय पनि सरकारले गरेको छ ।

स्वास्थ्य, शिक्षा, सेवा र घरबहालसम्बन्धी निर्णय

सरकारले रोगको उपचारका लागि प्रयोग हुने औषधी, सेनिटाइजर, स्वास्थ्य उपकरण, पञ्जा, पर्सनल प्रोटेक्सन ईक्युपमेन्ट (पिपिई)को आपूर्ति र अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई थप बजेट व्यवस्था गर्ने भएको छ ।

सरकारले सङ्क्रमणको सम्भावना भएका व्यक्तिका लागि सञ्चालन हुने सामूहिक क्वारेन्टाइन सञ्चालन र क्वारेन्टाइनमा रहेका व्यक्तिको खाना खर्च स्थानीय तह र सङ्घीय सरकारले बेहोर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न हुने चिकित्सक, स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य प्राविधिक, स्वयम्सेवक तथा सरसफाइमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र प्रत्यक्षरुपमा रहने सुरक्षाकर्मीलाई आगामी असार मसान्तसम्मका लागि रु २५ लाखसम्मको निःशुल्क वीमा र क्षतिपूर्ति दिने व्यवस्था गर्ने, कोरोना उपचारका क्रममा आवश्यक पर्ने सुरक्षा उपकरण निःशुल्क उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

नीजि स्वास्थ्य संस्थालाई सबै प्रकारका स्वास्थ्य सेवा सूचारु राख्न र सबै प्रकारका सेवा शुल्कमा चैत मसान्तसम्मको बिल बमोजिमको रकममा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको छ । निजी विद्यालयले माध्यामिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिने व्यवस्था मिलाउने, शहरी क्षेत्रमा रहेका असङ्गठित श्रमिकले भुक्तानी गर्नुपर्नेमध्ये एक महिनाको घरभाडा सम्बन्धित घर धनीलाई मिनाहा गर्न अनुरोध गर्ने र यसमा घरबहाल कर नलाग्ने निर्णय सरकारले गरेको छ ।

सरकारले विभिन्न स्वास्थ्य उपकरणमा भन्सार मिनाहा गर्ने निर्णयसमेत गरेको छ । व्यवसायमा कोरोनाका कारण व्यवधान आएको सन्दर्भमा कर तिर्ने समयलाई पनि केही समयपछि सारिएको छ । कुनै व्यक्तिले नेपाल सरकार र प्रदेश सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा रकम जम्मा गर्दा उक्त वर्षको करयोग्य आयमा घटाउन पाउने ेनिर्णय गरिएको छ ।

बैंक तथा धितोपत्रसम्बन्धी निर्णय

सरकारले वित्तिय क्षेत्रमा तरलता सहज बनाउन र कर्जाको लागत घटाउन नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलगायत विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ । पुनःकर्जा कोषलाई तत्काल रु ६० अर्ब बनाएर उक्त रकम कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाका कोरोना प्रभावित ऋणीले यही चैत मसान्तसम्ममा बुझाउनुपर्ने साँवा र ब्याज आगामी असार मसान्तसम्म समय कायम गर्ने निर्णय भएको छ ।

अत्यावश्यक औषधि, स्वास्थ्य उपकरण र खाद्यान्नलगायत दैनिक आवश्यकीय वस्तुको पैठारी टिटीमार्फत गर्दा हाल कायम रहेको ३० हजार डलरको सीमालाई रु एक लाख पु¥याइएको छ । सुनको पैठारी दैनिक २० किलोसम्मको सुविधा दिइरहेकामा १० किलोमा झारिएको छ । पचास हजार डलरभन्दा माथिको सवारी साधन आयातमा रोक लगाइएको छ ।

मरिच, सुपारी, केराउ, छोकडा, मदिराजस्ता वस्तुको अर्काे व्यवस्था नभएसम्मका लागि आयातमा रोक लगाउने र विदेशमा रहेका नेपाली विद्यार्थीका लागि खर्चको अभाव हुन नदिन ‘नो अब्जेक्सन लेटर’ नभएका जीवन निर्वाहका लागि आवश्यक पर्ने न्यूनतम रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । वीमातर्फ इजाजत लिने र प्रिमियम भुक्तानीका सम्बन्धमा समय केही पर सारिएको छ ।

कम्पनी रजिष्टार कार्यालयमा पेश गर्नुपर्ने विवरण आगामी वैशाख मसान्तसम्म कायम गर्ने निर्णय भएको छ । सवारी चालक अनुमतिपत्र, सवारीको नवीकरण, रुट परमिट र प्रदूषण नवीकरण गर्ने म्याद पनि आगामी वैशाख मसान्तसम्म कायम गरिएको छ । त्यसमा कुनै पनि विलम्ब शुल्क नलिने निर्णय गरिएको छ ।

वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिएर जान नपाएका र फर्किएका नेपाली नागरिकलाई जिल्लागत विवरण तयार पारी रोजगार सेवा केन्द्रमा दर्ता गराउने र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परिचालन गर्ने निर्णय सरकारले गरेको छ । उखु किसानको भुक्तानीका हकमा आगामी वैशाखभित्र सबै राफसाफ गर्ने निर्णय भएको प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो ।

लकडाउन अघि गरिएका सबै खरिद सम्बन्धी सम्झौताको अवधि एक महिनाका लागि थप गरिएको छ । यसरी म्याद थप गर्दा यही चैत महिनामा बैंक ग्यारेन्टी म्याद समाप्त हुने भए लकडाउन खोलिएको दिनदेखि एक महिनाको समय थप गर्ने निर्णय सरकारले गरको छ । निजी क्षेत्रको मनोबल उच्च राख्न नेपाल सरकारले थप आवश्यक निर्णय गर्दै जाने भएको छ ।

श्रोत व्यवस्थापन

सबै कामका लागि आवश्यक श्रोतको व्यवस्थापन गर्ने निर्णय समेत सरकारले गरको छ । सरकारका प्रवक्ता डा खतिवडाका अनुसार वार्षिक बजेटको रकमबाट रकमान्तर गरेर पनि कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि खर्च गरिने छ । यस्तै स्थानीय तह, प्रदेश र सङ्घको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोष, राष्ट्रिय विपद् व्यवस्थापन कोषमा रहको रकमबाट समेत खर्च गर्न सकिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भएको रकमसमेत प्रयोग गर्ने निर्णय सरकारले गरेको छ ।

बिक्रेताले अनिवार्य मास्क र ग्लोब लगाउनुपर्ने

वर्तमान अबस्थामा आपूर्तिको सन्दर्भमा आपूर्तिकर्तालाई सामग्री बिक्री गर्दा अनिवार्य रुपमा हातमा ग्लोब र मुखमा मास्क लगाउन लगाउने निर्णय पनि सरकारले गरेको छ । यसबाट आफु पनि सुरक्षित हुन सकिने र अरुलाई पनि सुरक्षित गर्न सकिने भएकाले अनिवार्य गरिएको डा खतिवडाले जानकारी दिनुभयो ।

दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि एन आई सी एशिया बैंकद्वारा खाद्यान्न सामग्री वितरण

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एन आई सी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा रु. पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।

यसै सन्दर्भमा आइतबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो । बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको छ ।

यस विपतको घडिमा बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावहरुमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न पनि उत्प्रेरित गर्दछ ।

‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरुले घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ ।

यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आफु लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको छ ।

यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले Maturity Claim  र  Claim Intimation अनलाइन सेवा संचालनमा ल्याएको हो ।

Maturity Claim सेवा मार्फत आफ्ना बीमितहरुले बीमा लेख Maturity हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा Maturity को समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको Maturity Claim को प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट Maturity Claim को प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी Claim Intimation सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।

तलको लिंकमा गएर सिधै उक्त सेवा लिन सकिनेछ ।
https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx

नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ ।

जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा Virtual Office को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।

यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Maturity Claim / Claim Intimation सेवाको लागि लिंक
https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx

Maturity Claim / Claim Intimation सेवा लिने Tutorial को लागि लिंक
https://www.youtube.com/watch?v=_qWRkT1o4Hc

विषम परिस्थितिमा सम्पर्क व्यक्तिको लागि लिंक

https://www.facebook.com/Nepallife.Insurance/photos/pb.310317742328576.-2207520000../3362720507088269/?type=3&theater

नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम e-Sewa, Prabhu Pay / Nepal Investment Bank मार्फत Online मार्फत इलष्लिभ भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

साथै यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५/२५ लाख सहयोग

भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोनाविरोधी अभियानका लागि २५–२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

संघीय सरकारले खडा गरेको कोषमा एक करोड उपलब्ध गराउने घोषणा गरेकै दिन अध्यक्ष गुरुङले आफ्नो समूहको तर्फबाट सहयोग राशी थपिन सक्ने संकेत गर्नुभएको थिथो । त्यस क्रममा उहाँले भन्नुभएको थियो, ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं, यसपालि पनि त्यसका लागि तयार छौं ।’ सोही प्रतिबद्धता अनुसार यो समूहले थप सहयोग घोषणा गरेको हो । यो सहयोगले प्रदेश सरकारहरुको कोभिड–१९ विरोधी अभियानमा थोरै भए पनि योगदान हुने उहाँको अपेक्षा छ ।

भाटभटेनी समूहले विपत्तिको अवस्थामा सरकार तथा पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ । विगतमा मुलुक भूकम्प, बाढीपहिरो, आँधीहुरी जस्ता दैवी विपत्तिको चेपटामा परेका बेला पनि यो समूहले उल्लेख्य सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्पूर्ण खर्च बेहोर्ने गरी मेडिकल साइन्स अध्ययनको अवसर दिलाउनुका र अस्पतालहरुमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ ।

बीमा कम्पनीहरुले घरमै बसेर सूचना प्रविधीबाट डिजिटल बीमा गरेको अवस्था छ

नेपाल इन्स्योरेन्स कम्पनीका सीइओ एवं नेपाल बीमक संघका पूर्व अध्यक्ष विजय बहादुर शाह चिनाई राख्नुपर्ने नाम होइन । ३ दर्शक देखि बीमा क्षेत्रमा सकृय शाह विकासशील राष्ट्रका बीमा कम्पनीहरुको छाता संस्था Association of Insurance and Reinsurance in development countries (AIRDC) को अध्यक्ष हुनुहुन्छ ।

हाल नेपालकै पुरानो सरकारी बैंक नेपाल बैंकको १५ प्रतिशत शेयर रहेको नेपाल इन्स्योरेन्स कम्पनीको सीइओ हुनुहुन्छ । २ कार्यकाल एनएलजी इन्स्योरेन्स कम्पनीको सीइओ भएका शाह बीमाका विज्ञ हुनुहुन्छ । भारतबाट चाटर्ड एकाउटेण्ट पास गरेका शाहले त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका हुन् ।

विश्वभीर महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा पनि नेपालका बीमा कम्पनीहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बीमा कम्पनीहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बीमा कम्पनी खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

बीमा कम्पनीहरु मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बीमा कम्पनीको कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ ? भनेर जानकारी लिन विकासशील राष्ट्रका बीमा कम्पनीहरुको छाता संगठन Association of Insurance and Reinsurance in development countries (AIRDC) का अध्यक्ष एवं नेपाल इन्स्योरेन्स कम्पनीका सीइओ बिजय बहादुर शाहसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० यो विशम परिस्थितिमा नेपालका बीमा कम्पनीहरुको अवस्था चाही कस्तो छ ?
तपाई हामीलाई थाहा नै छ । अहिले विश्व नै कोरोना भाइरसको आक्रमणका कारण त्रसित भएको छ । लाखौं कोरोना कारण भाइरसबाट त्रसित छन् । हजारौंको मृत्यु भएको छ । लाखौं कोरोनाको कारण बिरामी छन् ।

हाम्रो देश नेपाल पूर्णरुपमा लकडाउनको अवस्थामा छ । यो सम्बेदनशील अवस्थामा हामी पनि सम्वेदनशील बन्नै पर्दछ । हामी बीमा कम्पनीहरुले राज्यले गरेको लकडाउनलाई साथ दिदै सामाजिक उत्तरदायित्व मानेर सबै कार्यालय बन्द गरि सूचना प्रविधिको माध्यामबाट डिजिटल बीमा गरेको अवस्था छ ।

डिजिटल बीमा गरेका छौं । बीमाका पोलिसी नबिकरण गर्ने काम भएको छ । टेलिफोनबाट जानकारी दिई रहेका छौं । अर्को महत्वपूर्ण कुरा बीमा समितीबाट चैत्र मसान्तसम्म बीमा प्रिमियमको नबिकरण गरिनु भन्ने निर्देशन आएको छ । हामी पनि यही समाजका मान्छे हौ । हामीले पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्दछ ।

० विमकहरुलाई कस्ता राहतका प्याकेज ल्याउने तयारी गर्नु भएको छ त ?
हामीले तत्कालै केही निर्णय गरेको अवस्था छैन । देश नै लकडायनको अवस्था रहेकोले महत्वपूर्ण निर्णय गर्न सक्ने अवस्था छैन । देश नै कोरोना भाइरसबाट त्रसित बनेको छ । यो बेलामा हामी सबैले राज्य र त्यसका निकायलाई सहयोग गर्नु पर्दछ । हामी लकडाउनको अन्त्य भएपछि सामाजिक उत्तरदायित्वको कोषबाट केही खर्च गर्नेछौं र समाजलाई केही राहत पक्कै दिनेछौं ।

० कोरोना भाइरस विरुद्ध लड्न राज्यले स्थापना गरेको कोषमा तपाईहरुले के सहयोग गर्नु भएको छ ?
यो नि सहयो गरेका छौं भनेर भन्ने अवस्था छैन । हाम्रो नेपाल बीमक संघ छ । म अन्तर्राष्ट्रिय बीमक कम्पनीहरुको संघ ९ब्क्ष्च्म्ऋ० को पनि अध्यक्ष छु ।

हाम्रो बैठक बस्ने अवस्था छैन, अहिले केही समय पछि केह ीगर्ने सोचमा चाही छौं । केही समाजिक उत्तरदायित्वका सामान र केही सहयोग पक्कै हामी गर्ने छौं । केही कम्पनी र समूहले सिधै सहयोग गरेको अवस्था छ । हामीले सरकारलाई साथ दिने हो । दिनु पर्दछ । हामी राज्यसंगै छौं । हामी यही समाजका मान्छै हो । त्यसकारण केहि न केही पक्कै गर्ने नै हो नि ।

० केही कार्यालय खुलाउनु भएके होला कर्मचारीलाई केही जिम्मेवारी घरबाटै काम गर्न दिनु भएको होला । उनीहरुको स्वास्थ्यको बारे के सोच्नु भएको छ ?
कर्मचारी हाम्रा सम्पत्ती हुन् । सम्पत्तीको रक्षा गर्ने पहिलो दायित्व हाम्रो हो । हामीले प्रस्टै भनेका छौं । पहिलो प्राथमिकता कर्मचारी साथीहरुको सुरक्षा नै हो । त्यसकारण सेनिटाईजर, पञ्जा, माक्सको व्यवस्था गरेका छौं ।

प्रायः बीमा कम्पनीको कर्मचारीहरुले घरबाटै डिजिटल प्रविधिबाट बीमाका सबै काम गर्नु भएको अवस्था छ । केही भवितव्य भयो भने त्यसको फोटो खिच्ने र सूचना लिने काम कर्मचरी फिल्डमै गएर गर्नु पर्ने हुन्छ । सुरक्षा हामीले अपनाउनु पर्दछ । त्यो हामी गर्दछौं । सुरक्षित तरिकाले घरबाटै काम गर्ने अवस्था हामी सबै कम्पनीहरुले मिलाएका छौं ।

० कोरोना भाईरस अहिले विश्वका शक्तिशाली राष्ट्र रोहिरहेका छन् । विश्वको अर्थतन्त्र तहसनहस भएको अवस्था छ । यसले नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ला ?
अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नु भयो अहिले विश्व बजार हल्लीएको छ । अर्थतन्त्र ठप्प छ । शेयर बजार त खरानी जस्तै भएको छ । त्यसकारण यसबाट हामीले पाठ सिक्नै पर्दछ । आईएमएसले भनिसकेको छ । अर्थतन्त्र डाउन भएको छ । यो कोरोना भाईसरले नेपाललाई कति प्रभाव पार्दछ । यो हेर्न त बाँकी नै छ । तरपनि संकेत पक्कै देखा परेका छन् ।

मुलुकमा आउने रेमिटेन्स ठप्प जस्तै देखिन्छ । उद्योग धन्दा कलकारखाना, ब्यापार, बिजनेस सबै काम ठप्प नै छन् । १÷२ महिनामै यो वातावरण साम्य भयो भने त ठीकै होला तर लम्बियो भने नेपालको अर्थतन्त्रलाई ठुलो क्षती पु¥याउने संकेत देखा परेको छ । यस्तो नहोस भनेर हामी भगवानसंग प्रार्थना गरौं ।

० कोरोना भाईरसको महामारी यदि नेपालमा पनि विश्व बजार जस्तै फैलियो भने बीमकहरुको रिक्स बीमा कम्पनीहरुले धान्न सक्ने अवस्था चाही कत्ति छ त ?
अर्को महत्वपूर्ण प्रश्न सोध्नु भयो । यो जीवन बीमा तर्फको कुरा हो । हामी बीमा कम्पनीहरुले यस्तै भवितव्य होला भनेर पुनबीमा गरेका छौं । प्रयास गर्ने हो । यो संकट हटोस । नियन्त्रण होस् भन्ने चाहना मेरो मात्रै होइन तीन करोड नेपालीको छ । त्यसकारण भवितव्य भई हाले थेग्न सक्ने अवस्था हामी बीमा कम्पनीहरुको छ । हामी सक्षम छौं ।

० लकडाउनको अवधी बढाउन सक्ने संकेत देखिन्छ । पूर्व तयारी बीमा कम्पनीहरुको चाही के छ ?
यो संक्रमण संग आज संसारका कुनै पनि देशरुहले पूर्व तयारी गरेको थिएनन् । हामी भन्दा धेरै शक्तिशाली राष्ट्र आज रोहिरहेको अवस्था छ । यसले ठुलो मात्रामा अर्थतन्त्रलाई हानेको देखिन्छ । त्यसकारण हामी नेपालीले पाठ सिक्दै पूर्व तयारी गर्नु पर्ने अवस्था छ । त्यो हामी गर्दछौं । सरकारले पनि पूर्व तयारीका साथ कार्यक्रम सार्वजनिक गर्नु जरुरी छ ।

लामो समय नै लकडाउन लम्बिने भयो भने मजदूरहरुलाई राज्यले तत्कालै प्याकेजका कार्यक्रम ल्याउन जरुरी छ । यसमा हाम्रो साथ र सहयोग रहने छ । हामी राज्यलाई सहयोग गर्न तयार छौं ।

० कोरोना भाइरसले बीमाको आवश्यकता बढेको देखिन्छ । यसलाई चाही कसरी लिनु भएको छ ?
बीमा आवश्यकता हो । यो प्रस्टै छ । यसमा जनचेतनाको कमी छ । भन्ने कुरा पहिलो कुरा हो । यस्तो अप्ठ्यारो परेको बेला सहयोग र साथ बीमाले नै दिने हो । अव यसलाई घचघचाउने बेला चाही पक्कै आएको देखिन्छ । महामारीबाट कसरी बच्ने यसबारेमा हामी सबै सचेत यो बेला बन्नु पर्दछ । बीमा त एउटा माध्याम मात्रै हो । जीवन ठूलो कुरा हो ।

० बीमा पोलीसी पहिलो केही महिनादेखि घटेको थियो । अहिले ठप्प भएकै हो त ?
तपाईले सहि भन्नु भयो पहिलादेखि घटेको थियो । अहिले कोरोना भाइरसको कारण जनता त्रसित जस्तै छन् । घरबाट बाहिर जाने अवस्था छैन जानु पनि हुँदैन । त्यसकारण बीमा बजार पनि ठप्प जस्तै छ । केही सूचना प्रविधीबाट डिजिटल बीमा रिनो गर्ने कामहरु बाहेक अरु ठप्प देखिन्छ ।

० अन्त्यमा के भन्नु हुन्छ ?
यो सम्वेदनशिल घडीमा धैर्य गरेर घरमै बसौ, घरबाट बाहिर पटक्कै नजाउँ । माक्स, सेनिटाईजर जस्ता बस्तु प्रयोग गरौं । सोसल डिस्टेन्स कायम गरौं, जीवन रहे सबै कुरा रहने हो । जीवन नरहे केही रहदैन । त्यसकारण आफू सचेत बनौं स्वास्थ रहैं । परिवारसंग दिन विताऔं । सफा सुगरमा जोड दिऔं । आनन्दले घरमै दिन विताउ भन्न चाहान्छु ।

कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु

रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले बताए ।

चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।

ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

सरकारले चीनबाट ल्यायो ११ प्रकारका २ लाख ८५ हजार स्वास्थ्य सामग्री

सरकारले चीनबाट खरिद गरेका ११ प्रकारका स्वास्थ्य सामग्री नेपाल आइपुगेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार पहिलो चरणमा सामग्रीहरू ल्याइएको हो।

सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामाग्रीहरुमा गगल्स प्रोटेक्टिभ(बिरामीको स्वास्थ्य परीक्षण गर्दा आखाको सुरक्षाको लागि)५ हजार थान रहेका छन्।

क्लोरिन एनएडिसीसीलगायत ४ हजार, सुरक्षित खालको गाउन १० हजार, परीक्षण गर्दा लगाउने पञ्जा १ लाख जोडी  छन्।

त्यस्तै रेस्पिरेटर मास्कलगायत ५० हजार, इन्फ्रारेड थर्मोमिटर (नछोइकन ज्वरो नाप्न मिल्ने)१ हजार वटा, प्रोटेबल पिसिआर ५ वटा, प्रोटेबल पिसिआर रियाजेन्ट किट(कम्बो) २० हजार वटा, विभिन्न खालका पिसिआर रियाजेन्ट १० हजार रहेका छन्।

भिटियाम १० हजार र कोभिड-१९ पत्ता लगाउने किट ७५ हजार थान रहेका छन्।

यी सबै सामग्री नेपाल सरकारले आफैंले किनेको हो भने चीनको सिचुवान प्रान्त, नेपालस्थित चिनियाँ दूतावास, ज्याक मा फाउन्डेसनले पनि अनुदानमा नेपाललाई कोरोनाको परीक्षण र उपचारमा प्रयोग हुने सामग्री दिएका छन्।

सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले दुई हजार थान एन-९५ मास्क र २४ हजार थान डिस्पोजल सर्जिकल मास्क, २० हजार थान डिस्पोजल मास्क, ५०० थान प्रोटेक्टिभ गगल्स, नन कन्ट्याक्ट इफ्रारेड थर्मोमिटर १०० थान, इयर थर्मोमिटर १०० थान, क्लोरिन फोस्फेट ट्याब्लेट ४ सय बक्स, प्रोटेक्टिभ क्लोथिङ ५३० थान,पोर्टेवल भेन्टिलेटर १ थान दिएको छ। सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले १.१ टन मेडिकल सामग्री दिएको छ।

त्यसैगरी, चिनियाँ इन्जिनियरिङ कम्पनीले प्रोटेक्टिङ क्लोथिङ  २०० थान, डिस्पोजल सर्जिकल मास्क २० हजार थान, प्रोटेक्टिभ गगल्स २०० सय थान,डिस्पोजल ग्लोब्स  २ हजार थान दिएको छ। यसले ०.२ टन मेडिकल सामग्री दिएको छ।

यस्तै,  सिचुवान ह्वान्सी ग्रुपले २० हजार थान डिस्पोजल सर्जिकल मास्क दिएको छ। उक्त सामग्री ०.११ टनको छ।

होङ्सी सिमेन्ट कम्पनी लिमिटेडले एक हजार थान प्रोटेक्टिभ क्लोथिङ र टेष्टिङ किट ३ हजार थान दिएको छ। उक्त सामग्री ०.२ टनको छ।

यसैगरी, ज्याक मा फाउन्डेसनले अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले एक लाख बढी एन-९५ मास्क, २० हजार ६४ वटा टेष्टिङ किट दिएका छन्। उनले १.४ टन मेडिकल सामग्री दिएका छन्।

सबै सामग्री दुई टन बढी रहेको छ।

चिनियाँ सरकार र ज्याक मा फाउन्डेसनले दिएको सामग्री नेपाल सरकारलाई प्राप्त भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले सेतोपाटीलाई बताए।

चीनबाट नेपाल आइपुगेका ३५ टन सामग्रीमध्ये केही सामग्री चिनियाँ सरकारको अनुदान र ज्याक मा फाउन्डेसनले सहयोग गरेका सामग्री पनि रहेको उनले बताए।

भारतवासीसँग मोदीले माफी मागे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लक डाउनका कारण असुविधा भएको भन्दै जनतासँग माफी मागेका छन्।

आइतबार रेडियो कार्यक्रम ‘मनकी बात’ मा बोल्दै मोदीले भारतवासीसँग माफी मागेका हुन्।

‘सबैभन्दा पहिला म देशवासीसँग माफी माग्न चाहन्छु। मलाई विश्वास छ तपाईहरूले मलाई क्षमा गरिदिनुहुन्छ। यस्तो निर्णय गर्नुपर्‍यो कि जसका कारण तपाईंहरूलाई समस्या भयो, ‘उनले भने,’गरिब भाइबहिनीहरूसँग पनि क्षमा माग्छु। म तापाईहरूको समस्या बुझ्छु तर १३० करोड देशवासीलाई बचाउन यसबाहेक अरू कुनै उपाय छैन।’

उनले यो भाइरससँग जुध्न सबै एक जुट हुन पर्ने पनि बताए।

उक्त कार्यक्रमका क्रममा मोदीले केही स्वास्थ्य अधिकारीहरूसँग पनि कुराकानी गरेका थिए।

भारतमा गत बुधबारदेखि २१ दिनका लागि लक डाउन गरिएको छ।

लक डाउनका कारण लाखौं मजदुरले काम गुमाएमा छन् भने उनीहरूले घर जाने  साधन पनि पाएका छैनन्।

लक डाउनकै बीच भारतमा कोरोना संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ। आइतबार दिउँसोसम्म त्यहाँ ९८७ जनामा कोरोना भाइरस देखिएको छ भने २५ जनाको मृत्यु भएको छ।

काममा खटिएका बैंक कर्मचारीलाई ‘इन्सेन्टिभ’ दिन संघको प्रस्ताव

लकडाउनका बेलामा पनि बैंकमा गएर काम गर्नेलाई ‘इन्सेन्टिभ’ दिन बैंकर्स संघले प्रस्ताव गरेको छ।

गत मंगलबारदेखि जारी लकडाउनका बाबजुत बैंक तथा वित्तीय संस्थाहरुले केही निश्चित शाखा खोलेका छन्। एटीएम बुथ २४सै घण्टा सञ्चालनका लागि सुचना प्रविधि र केही फ्रन्टलाइन स्टाफ काममा खटिएका छन्।

‘घरमा बस्ने र त्यो दिन काममा जाने कर्मचारीबीच फरक हुनु पर्छ भन्ने बिषयमा अनौपचारिक छलफल भएको हो’ संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बिजमाण्डूसँग भने, ‘संघले इन्सेन्टिभका लागि कुराकानी गरेको पनि छ।’

संघले बैंकहरुलाई यसै गर भनेर निर्देशन भने दिन सक्दैन। त्यसैले बैंकहरुले नै काममा जाने कर्मचारीलाई अतिरिक्त सुविधा दिने बिषयमा निर्णय गर्नु पर्ने हुन्छ।

यता बैंकर्स संघले आफ्ना सबै सदस्य बैंकहरुसँग शुक्रबारसम्म के कस्तो मुभमेन्ट रह्यो भनेर विवरण माग गरेको छ। ‘सबैको कुराहरु आएपछि आगामी दिनमा कसरी अगाडि बढ्ने बारेमा थप छलफल हुने छ’ शर्माले भने।

सिद्धार्थ बैंकले दियो कोरोना भाइरस रोकथाम कोषमा सातै प्रदेशलाई १०/१० लाख रुपैयाँ

कोरोना भाइरसको रोकथामकालागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ।

सिद्धार्थ बैंक ले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोरोना रोकथाम कोषमा १०/१० लाख रुपैयाँका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ७० लाख रुपैयाँ सहयोग गरेको हो।

देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रहदै आएको छ। यस्तो विपदको बेलामा बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ।

नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ।  यस विशम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रविधि मैत्री सेवा लिन समेत बैंकले आफ्ना ग्राहकलाई आग्रह गरको छ।

बुढानिलकण्ठ नगरपालिकाले आपत परेका परिवारलाई १५ दिने राहत वितरण गर्ने

बुढानीलकण्ड नगरपालिकाका नगरप्रमुख उद्धव खरेलले नगरका सबै वडा अध्यक्षहरुलाई सर्कुलर जारी गर्दै भनेका छन् । हामी बूढानीलकण्ठ नगरपासलकामा रहेका आपत परेका परिवारहरुलाई १५ दिनेको आवश्यक राहत सामाग्री वितरण गर्दछौं । यसका लागि वडा अध्यक्षहरुलाई २ दिन भित्र तयारी गर्न भनिएको छ । यस्ता छन् निर्देशनहरु ।

  • प्रत्येक वडामा रहेका खाद्य सामाग्री २÷३ वटा ठूला पसलहरुको नाम, सम्पर्क नं. र मोज्दात परिमाणको विवरण दिने ।
  •  वडाको मुख्य तरकारी पसल २÷३ वटाको विवरण दिने
  •  प्रत्येक वडामा १÷१ वटा खुल्ला गोदाम घर, खाद्य स्टोर कुन कुन छन् नाम सूची पत्ता लगाई पठाउने ।
  •  भविष्यमा आपत बढ्दै भएमा मेडिकल स्टोर गर्न सकिने ठाउँ पत्ता लगाई पठाउने ।
  •  आफ्नो वडामा २० दिन सम्म खानेकुरा राशन अभाव हुन सक्ने व्यक्ति परिवार संख्या टोल समितिसंग समन्वय गरी सूचना तयार गरी पठाउन ।
  •  यदि आपत परेका परिवारलाई १५ दिनको लागि आवश्यक राहत वितरण गर्ने खुल्ला स्थानको तय गरी लिखित नगरपालिकामा बुझाउने ।
  •  आफ्नो वडामा लकडाउनको पूर्ण पालना लगाउन प्रहरी प्रशासनसंग समन्वय गर्ने र गराउने भनिएको छ ।