जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • काममा खटिएका बैंक कर्मचारीलाई ‘इन्सेन्टिभ’ दिन संघको प्रस्ताव

काममा खटिएका बैंक कर्मचारीलाई ‘इन्सेन्टिभ’ दिन संघको प्रस्ताव

लकडाउनका बेलामा पनि बैंकमा गएर काम गर्नेलाई ‘इन्सेन्टिभ’ दिन बैंकर्स संघले प्रस्ताव गरेको छ।

गत मंगलबारदेखि जारी लकडाउनका बाबजुत बैंक तथा वित्तीय संस्थाहरुले केही निश्चित शाखा खोलेका छन्। एटीएम बुथ २४सै घण्टा सञ्चालनका लागि सुचना प्रविधि र केही फ्रन्टलाइन स्टाफ काममा खटिएका छन्।

‘घरमा बस्ने र त्यो दिन काममा जाने कर्मचारीबीच फरक हुनु पर्छ भन्ने बिषयमा अनौपचारिक छलफल भएको हो’ संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बिजमाण्डूसँग भने, ‘संघले इन्सेन्टिभका लागि कुराकानी गरेको पनि छ।’

संघले बैंकहरुलाई यसै गर भनेर निर्देशन भने दिन सक्दैन। त्यसैले बैंकहरुले नै काममा जाने कर्मचारीलाई अतिरिक्त सुविधा दिने बिषयमा निर्णय गर्नु पर्ने हुन्छ।

यता बैंकर्स संघले आफ्ना सबै सदस्य बैंकहरुसँग शुक्रबारसम्म के कस्तो मुभमेन्ट रह्यो भनेर विवरण माग गरेको छ। ‘सबैको कुराहरु आएपछि आगामी दिनमा कसरी अगाडि बढ्ने बारेमा थप छलफल हुने छ’ शर्माले भने।

9200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका