जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकले दियो कोरोना भाइरस रोकथाम कोषमा सातै प्रदेशलाई १०/१० लाख रुपैयाँ

सिद्धार्थ बैंकले दियो कोरोना भाइरस रोकथाम कोषमा सातै प्रदेशलाई १०/१० लाख रुपैयाँ

कोरोना भाइरसको रोकथामकालागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ।

सिद्धार्थ बैंक ले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोरोना रोकथाम कोषमा १०/१० लाख रुपैयाँका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ७० लाख रुपैयाँ सहयोग गरेको हो।

देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रहदै आएको छ। यस्तो विपदको बेलामा बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ।

नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ।  यस विशम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रविधि मैत्री सेवा लिन समेत बैंकले आफ्ना ग्राहकलाई आग्रह गरको छ।

12360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका