जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ । संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्नु हुनेछ’, कम्पनीले जनाएको छ ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा रू. १७ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको छ ।

१ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २७ लाख २९ हजार ५ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सरकार र पार्टी रमिते कालाबजारियाहरु लुटमै व्यस्त

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार चौतर्फी विवादको घेरामा तानिएको छ । संघीय संसदमा झण्डै दुई तिहाई मत रहेको ओली नेतृत्वको सरकार अरु कसैको कारण नभएर आफ्नै पार्टीभित्रको आन्तरिक द्वन्द्वले गर्दा दिन प्रतिदिन संकटमा फस्दै गएको छ ।

संघीय संसदमा झण्डै दुई तिहाई र ७ वटा प्रदेशमध्येका ६ वटा प्रदेश मै नेकपाको बहुमतको सरकार रहेपनि न त संघीय सरकारले जनताको चाहनानुसार काम गर्न सकेको छ न त प्रदेश सरकारहरुले नै । प्रदेश सरकार गठन भएको दुईवर्ष भन्दा बढी भएपनि कतिपय प्रदेशसभाले राजधानी र प्रदेशको नामाकरण सम्म गर्न सकेका छैनन् ।

प्रदेशको राजधानी र प्रदेशको नामाकरण गर्न प्रदेश सरकारको दुई तिहाई सांसदहरुको मत चाहिने सम्वैधानिक व्यवस्था रहेको छ । प्रदेश सभामा प्रदेश नं. २ बाहेक अन्य सबै प्रदेशमा सत्ताधारी दलहरुकै दुई तिहाई मत रहेपनि उनीहरुले प्रदेशको राजधानी र प्रदेशको नामाकरण गर्न सकेका छैनन् । त्यसको एउटै कारण हो नेकपाभित्रको राजनीतिक विवाद । प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल पार्टीका अध्यक्ष रहेका छन् ।

त्यसमा पनि दाहाललाई पछिल्लो समयमा पार्टीको कार्यकारी अध्यक्ष बनाइएको छ । नेकपाले छिटो छिटो कार्य सम्पादन गर्न भनेर ९ सदस्यीय सचिवालय समेत गठन गरेको छ । तर पछिल्लो समयमा त्यही सचिवालयमा रहेका नेताहरुकै कारण समस्या उत्पन्न भएको छ । नेकपाको सचिवालयमा रहेका नेताहरुमा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, विष्णु पौडेल, इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन् ।

सचिवालय बैठकले सर्वसम्मत निर्णय गर्न नसक्दा सत्ताधारी दलभित्र असन्तुष्टि जन्मिएको छ । खासगरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लगेर संविधान नै संशोधन गरी प्रधानमन्त्री बनाउने जुन प्रस्ताव सचिवालय बैठकबाट बहुमतको आधारमा गराउनुभयो त्यही नै समस्याको जड रहेको छ । वामदेव गौतम गएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं. १ मा पराजित भएका व्यक्ति हुन् । निर्वाचनमा जनताले नपत्याएका व्यक्ति प्रधानमन्त्री बन्न खोज्नु संविधानको ठाडो उपहास हो ।

संविधानमा व्यवस्था भएअनुसार निर्वाचनमा पराजित भएका व्यक्ति त्यो सभाको समयावधि बाँकी रहेसम्म मन्त्री बन्न अयोग्य हुनेछन् भन्ने व्यवस्था संविधानको धारा ७८ को ४ मा व्यवस्था गरिएकोले गौतम मन्त्री बन्न अयोग्य रहेको छ । राजनीतिक समिकरण मिलाएर र आफ्ना पक्षमा बहुमत पु¥याउनका लागि अध्यक्ष दाहालले गौतमलाई संविधान नै संशोधन गरेर प्रधानमन्त्री बनाउन खोज्नु दाहालको संविधान माथिको खेलवाड हो । एक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नु किमार्थ उचित हुन सक्दैन । आफ्नो राजनीतिक भविष्यलाई सुरक्षित पार्नकै लागि दाहालले कहिले भैसेपाटी बैठक त कहिले झम्सिखेलमा बैठक राखेर अर्का अध्यक्ष एवव् प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने कार्य गरिरहेका छन् ।

पछिल्लो समयमा त्यही भैसेपाटीको निर्णयअनुसार अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभा भएका छन् भने अब वामदेवलाई राष्ट्रियसभाको सदस्य बनाउने खेलमा दाहाल लागेका छन् । नेकपाको विधान अनुसार दुवै अध्यक्षको सहमतिमा महत्वपूर्ण निर्णयहरु गरिने उल्लेख गरिएको भएपनि सचिवालयको बहुमतका आधारमा गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गराएपश्चात् नेकपाभित्र तीन धार देखिएको छ । नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यतिबेला दुवै अध्यक्षको रोजाईमा परेका छन् । नेकपाको सचिवालय स्थायी समिति र केन्द्रीय समितिमा समेत नेता नेपाल पक्षको भूमिका महत्वपूर्ण हुने र उनले जुन अध्यक्षलाई साथ दिन्छन् तिनै अध्यक्षको पक्षमा बहुमत पुग्ने भएकाले दुवै अध्यक्षले नेता नेपाललाई आ–आफ्नो पक्षमा पार्ने रणनीति लिँदै आएका छन् ।

फागुन १४ गते वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको सचिवालयको बैठकको निर्णय अहिले अलपत्र परको छ । त्यस विषयमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री ओलीले मिगौला प्रत्यारोपण गरेर १२ दिनको अस्पताल बसाईपछि प्रधानमन्त्रीको सरकारी निवासमा फर्किसकेका छन् । प्रधानमन्त्री अस्पतालमा उपचार गराईरहँदा पनि नेकपाकै प्रभावशाली व्यक्तिहरु प्रधानमन्त्रीका विरुद्ध षड्यन्त्र गरिरहेका थिए । यसबीचमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालबीच राजनीतिक सम्वाद भएको थिएन । प्रधानमन्त्री ओलीले उपचारका लागि अस्पताल जानुअघि भिडियो सन्देश दिँदै भनेका थिए, सरकारको काम कारबाही र पार्टीको काम कारबाही सदाझैँ अगाडि बढ्नेछ भनेर तर प्रधानमन्त्री अस्पतालमा रहुन्जेल नेकपाका अर्का अध्यक्ष दाहाल समेत चुपचाप बसे ।

सँधै सञ्चारमाध्यममा छाउन रुचाउने व्यक्ति त्यसरी एक्कासी चुपचाप बस्नुले पार्टीका कुनै काम अघि बढ्न सकेनन् । पार्टी एकीकरण पश्चात् पनि पार्टीले पूर्णता पाउन सकेको छैन । भागवण्डा नमिलेकै कारण पूर्व एमाले र पूर्व माओवादीबीच भावनात्मक एकता हुन नसकेको हुनाले अहिले त्यसको असर सरकार सञ्चालनमा समेत परेको छ । पूर्व माओवादीका मन्त्रीहरुले सम्हालेका मन्त्रालयहरुमा पूर्व एमालेका समर्थकहरु जाँदैनन् भने पूर्व एमालेले सम्हालेका मन्त्रालयहरुमा पूर्व माओवादीका समर्थकहरु जाँदैनन् । तल्लो तहसम्म त्यस्तै अवस्था रहेकोले गर्दा कोरोना भाइरस (कोभिड–१९)ले मुलुक आक्रान्त हुँद समेत सत्ताधारी दलका नेता तथा कार्यकर्ताहरु जनताको सेवामा गाउँगाउँ जान सकेका छैनन् ।

मानौँ कोरोना भाइरस सरकारका लागि मात्र समस्या हो भनेर । सत्ताधारी दलका नेता तथा कार्यकर्ताहरुले आफ्नो सरकारको सहयोग र बचाउका लागि गर्नुपर्ने कामसमेत गर्न सकेका छैनन् । स्वयम् पार्टी अध्यक्ष दाहालले कोरोना भाइरसका बारेमा आजसम्म एक शब्दसम्म बोलेका छैनन् । सँधै षड्यन्त्रमा रमाउने दाहालको लागि कोरोना भाइरस केही होइन केबल सत्तामात्र चाहिएको छ । कोरोना भाइरसका कारण विश्वमा १ सय ६५ वटा भन्दा बढी मुलुक आक्रान्त भइसकेका छन् । भाग्यबस नेपालमा भने त्यसको प्रत्यक्ष असर परेको छैन अर्थात भाइरसका विरामी हालसम्म देखिएका छैनन् । त्यो नै नेपालको लागि खुसीको विषय हो । तर त्यसो भनेर सरकार चुपचाप बस्नु उपयुक्त हुन सक्दैन । भाइरसकै कारण जनता खाद्यान्न जोहो गर्न लागि परेका छन् ।

बजार अनियन्त्रित जस्तो देखिएको छ । बजारमा ग्यास लगायत अन्य दैनिक आवश्यक हुने सामानहरु हराउन थालेका छन् । मुलुकलाई संकट पर्दा सहयोग गर्नुपर्ने काला व्यापारी र कालोबजारीहरु सक्रिय भएका छन् । तोकिएको मूल्यभन्दा बढी रकम लिएर सामान विक्रि वितरण गरिएको छ । सरकारले कुनै संकट नभएको बताउँदै आएको भएपनि सरकारी भनाईलाई जनताले विश्वास गर्न सकिरहेको छैन त आँखिरी किन ? दुई तिहाई नजिकको सरकारलाई जनताले प्रत्याउन नसक्नु र जनतालाई सरकारले विश्वास दिलाउन नसक्नुमा पनि सरकारकै कमजोरी रहेको छ । ओली नेतृत्वको सरकारका मन्त्रीहरुको व्यवहार र बोलीमा भिन्नता रहेको छ ।

हालै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारसँग ३ महिनाका लागि पुग्ने खाद्यान्न लगायत ग्यास र पेट्रोलिमय पदार्थ स्टकमा रहेको उद्घोष गरेपछि त्यसैदिन देखि ग्यासका सिलिण्डर बोकेर जनता ग्यास खोज्न हिँडे । मन्त्रीले बोल्दा जनतामा के असर पर्दछ भन्ने बुझ्नु पर्नेमा हावादारी कुरा बोलेर जनतामाथि अविश्वास फैलाउने काम सरकारका मन्त्रीहरुबाटै भयो । ३ महिनालाई पुग्ने ग्यासको भण्डारण कहाँ छ त मन्त्री ज्यू ? ४÷५ दिन ग्यास आपूर्ति नभएको खण्डमा ग्यास पाउन सक्ने अवस्था रहँदैन । बोल्न पाइयो भनेर जनतालाई ढाट्दाको परिणाम अहिले देखिएको हो । ग्यास जस्तो सम्वेदनशील पदार्थ घरमा धेरै भण्डारण गर्नु जोखिम मोल्नु हो । तर जनता किन त्यही जोखिम मोल्न तयार भए भनेर सरकारले त्यसको समाधान खोज्नु पर्ने बेला भएको छ ।

सत्ताधारी दलका लाखौँ कार्यकर्ताहरु रहेका बेला बेलामा नेताहरुले बताउँदै आएका छन् । अहिले जनतालाई संकट पर्दा त्यस्ता कार्यकर्ता र नेताहरु कहाँ गए ? कुनैबेला अरिंगालको गोला भएर प्रतिपक्षीहरुका विरुद्ध खनिन निर्देशन दिने प्रधानमन्त्रीले अहिले जनताको सेवाका लागि अरिंगालहरुको गोलाजस्तै भएर लाग भनेर आफ्ना कार्यकर्तालाई किन निर्देशन दिन सकिरहेका छैनन् ? ठीक छ, प्रधानमन्त्री त विरामी छन्, त्यसमा जनताको कुनै गुनासो छैन । तर पार्टीका अध्यक्षसहित पार्टीका वरिष्ठ नेताहरु र कार्यकर्ताहरु जनतालाई संकट पर्दा जनताको सेवामा खटिनुपर्ने होइन र ? पार्टीभित्रको गुट र उपगुटकै कारणले गर्दा सत्ताधारी दल एकजुट हुन नसकेकोले त्यसको मार जनताले खेप्नुपरेको छ । जनता सडकमा भौतारिरहे पनि सत्ताधारी दल र सरकारले देख्न छाडेको हुनाले जनता भन्न बाध्य भएका छन् जुन जोगी आएपनि कानै चिरेको भनेर ।

सत्ताधारी दलभित्रको गुट उपगुट र पार्टीको असफलताको फाइदा कालाव्यापारी मुनाफाखोरहरुले उठाइरहँदा समेत सरकार रमिते बनिरहेको छ । यस्तो संकटपूर्ण अवस्थामा सरकारले आफ्नो भूमिका प्रभावकारी ढगंले निभाउन सक्नुपर्ने थियो तर त्यसो हुन सकिरहेका छैन । सरकारले जेसुकै भनेपनि सरकारी भनाईलाई जनताले पत्याउन सकेका छैनन् । यो असफता केपी ओली सरकारलाई देखाएर पार्टी मुकदर्शक बन्न खोज्नु नेपाल कम्युनिष्ट पार्टीकै असफलता हो ।

दुई तिहाई नजिकको सरकार पनि असफल भएको खण्डमा जनताले बाध्य भएर विकल्प खोज्नुपर्ने अवस्था आउन सक्छ । जनताको हितका लागि गठन भएका भनिएका पार्टीहरु अहिले के गर्दैछन् त ? सत्ताधारी दल असफल भएको खण्डमा त्यसले मुलुकमा अर्को विद्रोह ल्याउन सक्छ । ओली नेतृत्वको सरकार असफल भए आफ्नो पालो आउँछ भनेर बसेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई थाहा हुनुपर्ने हो, सरकारमात्र असफल हुने होइन पार्टी नै असफल हुने मार्गतर्फ उन्मुख हुँदै गएको छ भनेर । आफ्नो पार्टीलाई एक ढिक्का बनाएर राख्न नसक्ने व्यक्तिले मुलकुलाई विकास निर्माण र जनताको हितमा काम गर्न सक्छन् भनेर अब जनताले कसरी विश्वास गर्ने ? त्यसैको परिणाम हो जनताको अविश्वास ।

भ्रष्टाचारका सहयोगीहरु सरकारभित्र मात्र छैनन्, होला तोकिएको मूल्यभन्दा बढी रकम असुल उपर गरेर सामान विक्रि वितरण गर्नु कालोबजारी मात्र होइन, त्यो पनि एक प्रकारको भ्रष्टाचार नै हो । निजी क्षेत्र र समाजभित्र पनि भ्रष्टाचारीहरु होलान्, यी सबैको थोर बहुत सहकार्यले भ्रष्टाचारलाई नै मलजल पुगेको देखिन्छ भन्ने सत्य वास्तविकतालाई कसैले लुकाउन सक्ने अवस्था छैन । कालोबजारी गर्नेलाई कडा भन्दा कडा सजाय दिएर अन्यलाई पाठ सिकाउनुपर्ने टड्कारो आवश्यकता अहिले देखिएको छ ।

सरकारले अब कुनै विलम्ब नगरी श्वेतपत्र जारी गरी सरकार निजी क्षेत्र, उद्योगी व्यवसायीहरुसँग कुन कुन सामान जस्तै दाल, चामल, चीनी, नुन ग्यास लगायत पेट्रोलियम पदार्थ कति स्कट छ र त्यो स्टकले कति महिनासम्म जनताको मागलाई पूरा गर्न सक्छ भनेर जनतालाई सार्वजनिक रुपमा जानकारी गराउन सक्नुपर्दछ । जनताले सरकारका भनाईलाई अविश्वास गरिरहेका र सरकारले आफ्नो संयन्त्र प्रयोग गरी जनतालाई सर्वसुलभ रुपमा दैनिक आवश्यक पर्ने सामानहरु सहज रुपमा उपलब्ध गराउन नसकेको खण्डमा जनता सडकमा उत्रन बाध्य हुनेछन् भन्ने हेक्का सत्ताधारी दल र सरकारलाई हुनु आवश्यक छ । सरकारमात्र असफल हुने हो भनेर सत्ताधारी दल चुपचाप बसेको खण्डमा त्यसको प्रत्यक्ष असर पार्टीलाई नै पर्दछ ।

त्यसैकारण पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई केही समयसम्मका लागि थाती राखेर सिंगो पार्टी जनताको हितमा अरिंगालको गोलाजस्तो भएर लाग्न सक्नुपर्दछ । पछिल्लो समयमा शासन र सुशासन भनेको के हो ? भन्ने प्रश्न समेत उब्जिएको छ । सुशासन भनेको र सफल शासन भनेको तान्त्रिक अन्तर रहेको छ । अहिले न त शासन न त सुशासन नै रहेको छ ।

सनराइज बैंकको सनराइज एनआरएन डिपोजिट खाता संचालन

सनराइज बैंकले सनराइज एनआरएन डिपोजिट खाता संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर आवासीय नेपालीहरुलाई केन्दि«त गरी ल्याइएको यस खातामा गैर आवासीय नेपालीहरुले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा FCY Fixed Deposit खाता खोल्न सक्नेछन् । जम्मा भएको सो रकम तोकिएको समय अवधि पछि विना झन्झट विदेशमा फिर्ता लान सकिनेछ । २ देखि ५ वर्ष अवधिको लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक ४% ब्याज दिने व्यवस्था गरिएको छ ।

विदेशमा पाइने ब्याज भन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकहरुलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ । यसको लागि विदेशबाटै यलष्लिभ खाता खोल्ने व्यवस्था समेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताको आधारमा ग्राहकहरुले ९०% सम्मको कर्जा समेत लिन सक्नेछन् ।

मेगा बैंकका ग्राहकलाई घरमै नर्सिङ सेवा

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो ।

सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले चाहेमा शुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शुलभ हेल्थ होमले बृद्धबद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकहरुलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले बिभिन्न अस्पताल तथा स्वास्थय संस्थासँग सम्झौता गरिसकेको छ ।

कोरोना त्रासः उपत्यकाबाट बाहिरिने क्रम बढ्यो

पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवरले विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताए। “नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोआज घर जानके यात्रुको भीड लागेको छ”, उनले भने ।

घर जान आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम बढेको बताए ।

महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन् । त्यस्तै १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन् । अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि पछिल्लो समय ९० हजार धेरै मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला विश्वमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य मास्कको प्रयोग गन आग्रह गरे । “हरेक यात्रुले आफ्नो सुरक्षा आफैँ गरे कोरोना भाइरस फैलन पाउँदैन”, उनले भने ।

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’

नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् ।
पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता हुन् ।
यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाईने आकर्षक डेटा प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।
ग्राहकहरूले करसहित मात्र रु. ९९ मा बिहीबार (चैत्र ६) बाट यो सिम लिन सक्नेछन् । यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन् । सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन् ।
यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै रु. १०० वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् । प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ । माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा  बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ ।
यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक रु. १०० को खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डेटा १२ महिना सम्म प्राप्त गर्नेछन् ।
‘सही यो ! पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि आकर्षक डेटा प्याक पनि छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन् । ग्राहकले करबाहेक रु. ११० मा गेमिङ प्याक सुचारु गर्न सक्नेछन्, जसअन्तर्गत सात दिन समयावधि रहेको २ जीबी प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्लेलाइभ, गेम्सपार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले कर बाहेकमात्र रु. १०५ मा म्युजिक प्याक सुचारु गर्न सक्नेछन् । म्युजिक प्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डेटा प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामा म्युजिक प्रो र दामी म्युजिक) निःशुल्क सुचारु गर्न सक्नेछन् ।
युवा पुस्ताका लागि विशेष र विभिन्न सेवाहरुको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याउन पाएकोमा एनसेल हर्षित छ । यो योजनाले आधुनिक युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको छ ।

ज्योति विकास बैंकद्वारा सहयोग

ज्योति विकास बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई कम्प्युटर प्रदान गरि सहयोग गरेको छ। बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालको श्रव्य पुस्तकालयको लागि बुधबार ५ थान कम्प्युटर प्रदान गरेको हो।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालका अध्यक्ष रमेश बावु तिवारीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक पारस राज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङ र सल्लाहकार सदस्य डा गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो।

अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्य मैत्री बनाउँदै आएको छ। यस परियोजनाले बैंकबाट प्राप्त कम्प्युटरहरु पनि श्रव्य पुस्तक उत्पादन, वितरण तथा विद्यार्थीहरुको प्रयोगको लागि उपयोग गर्नेछ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब २९ अर्ब लगानी गरेको बैंकले जनाएको छ ।

एन आई सी एशिया बैंकद्वारा खातावालालाई उपचार वापत १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी

एन आई सी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । वहाँलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । महेश अग्रवालले यस बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गर्नुभएको हो । आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गर्नुभएको थियो । यसैगरी बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ ।

बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधा सहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्र्तगत खाता खोल्नुहुने ग्राहक महानुभावहरूले रू २१ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नुहुन्छ । उक्त बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र रू १ लाख सम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नुहुन्छ । औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (इएम्) उपचारमा रू २० हजार सम्म र अस्पताल भर्ना वापत रू ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५७ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा प्रदेश–५ विभिन्न सहुलियत कार्यक्रम

मुक्तिनाथ विकास बैंक लि.को प्रदेश–५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ ।

स विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनु भएको छ ।

प्रभु बैंक र कामनपा बीच सम्झौता

प्रभु बैंक लिमिटेड र काठमाण्डौ महानगरपालिका बिच काठमाण्डौ महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने सो को संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्मmौता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाण्डौ महानगरपालिकाका तर्फ बाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।

नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटियम रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्य गर्न लागेको ब्यहेरो सर्व–साधारणको जानकारीको लागि अनुरोध गरिन्छ ।

“डान्सिङ वीथ द स्टार नेपाल” रियालिटी शो को मुख्य प्रायोजकमा आइएमई

बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ ।

बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।
बिश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन । यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् “डान्सिङ वीथ द स्टार नेपाल” रहने छ । सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एप मार्फत हुनेछ ।

बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा बिस्तार भैसकेको छ भने अमेरिकामा २८ औ सिजन चलिसकेको छ । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ र नेपालमा पनि यस शो ले थप उचाई हासिल गर्ने आइएमईसँगै साझेदारी संस्थाहरुको विश्वास रहेको छ ।

५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध

सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।

बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’

उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।