जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

जेन्जी आन्दोलनले बीमा कम्पनीहरु संकटमाः दुई महिनामै ११ अर्ब भन्दा बढि दाबी भुक्तानी !

नेपालका जीवन र निजीवन बीमा कम्पनीहरु यति बेला जेनजी आन्दोलनका कारण संकटमा फसेका छन् भन्दा अब चाहि फरक पर्दैन । चालु आर्थिक वर्ष २०८२÷८३ का पहिलो दुई महिना अर्थात भदौसम्ममा सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूले साढे ११ अर्ब रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेका छन् । भन्दा अब अन्यथा नहोला । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार भदौसम्ममा १४ जीवन बीमक, १४ निर्जीवन बीकम, ३ लघु जीवन बीमक र ४ निर्जीवन लघु बीमक कम्पनीहरूबाट ११ अर्ब ५२ करोड २७ लाख रुपैयाँ दाबी रकम भुक्तानी भएको हो । भन्दा फरक पर्दैन ।

कम्पनीहरूले अघिल्लो आवको सोही अवधिमा कल ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीको संख्या ४३ हजार ६३६ वटा रहेको छ ।

चालु आवको दुई महिनामा बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीबापतको रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.४८ प्रतिशतले बढेको छ । कम्पनीहरूले अघिल्लो आवको सोही अवधिमा कल ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीको संख्या ४३ हजार ६३६ वटा रहेको छ । जसअन्तर्गत कम्पनीहरूले ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीहरूले ३६ हजार ४१ वटा दाबी संख्याको ६ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा जीवन बीमकहरूको दाबी भुक्तानी संख्या २०.३२ प्रतिशत र रकम १९.१८ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ४५ हजार २९ वटा दाबीको ३ अर्ब १७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । भन्दा फरक पर्दैन ।

प्राधिकरणका अनुसार चालु आवको दुई महिनामा जीवन बीमकहरूले ५६ हजार ५९७ वटा दाबीको ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ४५ हजार २९ वटा दाबीको ३ अर्ब १७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । भन्दा फरक पर्दैन । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम २५.६९ प्रतिशत र ४९.८१ प्रतिशतले बढेको देखिन्छ । तथ्यांकअनुसार दुई महिनामा निर्जीवन बीमकहरूले कुल २२ हजार ३८२ वटा दाबीको ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकहरूले २० हजार ९४१ वटा दाबीको २ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

भदौसम्ममा निर्जीवन बीमकहरूले १ लाख ५ हजार ४९९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

अघिल्लो वर्षको भदौसम्मको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको दाबी भुक्तानी संख्या ६.८८ प्रतिशत र भुक्तानी रकम भने ३१.७५ प्रतिशतले बढेको छ । भदौसम्ममा निर्जीवन बीमकहरूले १ लाख ५ हजार ४९९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीहरूले १ लाख ९६९ वटा दाबीको २३ अर्ब १९ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या ४.४९ प्रतिशत र दाबी रकम ७६.५९ प्रतिशतले बढेको छ । भेटिएको छ । सचेत भया । (राजतिलक साप्ताहिकबाट साभार गरिएको)

कर्णाली विकास बैंक भित्र डरलाग्दो घोटला, राष्ट्र बैंककै हाकिमहरुको संलग्नताः पूर्व गभर्नर माथी किन छानविन नगर्ने ?

कर्णाली विकास बैंक भित्र डरलाग्दो घोटला भएको खुलेको छ । १ अर्ब २७ करोड नगद नै अपचलन गरेको भेटिएको छ । कर्णाली विकास बैंकमा बदमासी भएको थाहा पाएपनि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले आँखा चिम्लीदा बैंक यो अहिलेको अवस्थामा पुगेको सिआइबीकै दाबी छ । बैंक भित्र बदमासी भएको थाहा पाए पनि तत्कालीन गभर्नर अधिकारीले एमालेका कार्यकर्ता तत्कालीन सिइओ राजेन्द्रवीर राय भएकै कारण कारवाही गर्नुको साटो राजनीतिक संरक्षण दिएको राष्ट्र बैंककै एक सञ्चालकले पंक्तिकारसँग दाबी गरे ।

राष्ट्र बैंककै संरक्षण भएपछि कर्णाली विकास बैंक नेतृत्वले फर्जी कम्पनी खडा गरेर ४३ करोड भन्दा बढि कर्जा दिएको सिआईबीको प्रतिवेदनमै उल्लेख गरिएको छ । राष्ट्र बैंकका बस्नेत थरका कर्मचारीले घुसलिएको प्रमाणित नै भएको छ भन्दा अब फरक पर्दैन । तत्कालीन गभर्नर अधिकारीकै पालामा डरलाग्दो घोटला कर्णाली विकास बैंक भित्र भएपछि यति बेला बैंकका प्रमोटर, शेयरधनी र डिपोजिटकर्ताहरुले अधिकारीलाई छानवीनको दायरामा ल्याउन दबाब दिइरहेको देखिन्छ । भन्दा फरक पर्दैन ।

नेपालका वित्तीय प्रणालीमा विश्वास जगाउने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण प्रणालीले गम्भीर प्रश्न उब्जाएको अर्थमन्त्रीज्यू हेक्का होस् । हालै समस्याग्रस्त घोषणा गरिएको कर्णाली डेभलपमेन्ट बैंकको आर्थिक अवस्था यति गम्भीर छ कि बैंकको नेटवर्थ नै साढे २ अर्ब रुपैयाँ ऋणात्मक देखिएको छ । यस घटनाले वित्तीय प्रणालीको स्थायित्व र नियमनमा रहेको कमजोरीलाई सार्वजनिक रूपमा प्रमाणित गरेको छ । भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकको व्यवस्थापन टोलीको नेतृत्वमा गरिएको ड्यु डिलिजेन्स अडिट (डीडीए) रिपोर्टले बैंकको सम्पत्ति बिक्री गर्दा पनि संस्थाको आर्थिक अवस्था सुधार नहुने खालको देखाएको छ । प्रतिवेदन अनुसार बैंकको कुल खुद सम्पत्ति (नेटवर्थ) २ अर्ब ४६ करोड रुपैयाँ ऋणात्मक छ ।

डीडीए रिपोर्टले बैंकका सञ्चालक तथा उच्च व्यवस्थापकहरूको गलत नियत र अनियमितता उजागर गरेको छ । बैंकको वास्तविक नगद प्रवाह र लेखा प्रणालीमा गम्भीर भिन्नता रहेको देखिएको छ । प्रतिवेदन अनुसार १ अर्ब २७ करोड रुपैयाँ नगद अपचलन गरिएको थियो । यस नगदलाई बैंकको प्रणालीमा त रेकर्ड गरिएको थियो, तर वास्तविकमा बैंकमा उपलब्ध थिएन । उक्त रकम उच्च व्यवस्थापनका अधिकारीहरूले व्यक्तिगत लाभका लागि प्रयोग गरेका थिए । त्यसैगरी, बैंकले पाउनुपर्ने थप २३ करोड रुपैयाँको स्रोत अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ । बैंकको यस किसिमको अनियमितताले निक्षेपकर्ता र लगानीकर्तामा ठूलो असुरक्षा सिर्जना गरेको देखिन्छ ।

कर्जा धितो बिक्री गर्दा मात्र ५९ प्रतिशत रकम उठ्ने देखिएको छ । पूँजी कोषको अवस्था अत्यन्त कमजोर ९३ प्रतिशतले नकारात्मक रहेको छ । यस्तो अवस्थामा बैंकलाई पुनः डेभलपमेन्ट बैंककै अवस्थामा सञ्चालन गर्न असम्भव देखिएको छ ।

२०७८–८१ सम्मको विवरण अनुसार बैंकको कुल कर्जा लगानी २ अर्ब ९३ करोड ६६ लाख छ, जसमा २ अर्ब २२ करोड रुपैयाँ खराब कर्जा रहेको देखिन्छ । कुल कर्जाको ७६ प्रतिशत खराब कर्जा रहेको तथ्यले बैंकको व्यवस्थापन असफल भएको पुष्टि गरेको भेटिएको छ । यसको जवाफ तत्कालीन गभर्नर अधिकारीले दिने कि नदिने ? धितो व्यवस्थापनमा पनि गम्भीर कमजोरी देखिएको छ । कर्जा धितो बिक्री गर्दा मात्र ५९ प्रतिशत रकम उठ्ने देखिएको छ । पूँजी कोषको अवस्था अत्यन्त कमजोर ९३ प्रतिशतले नकारात्मक रहेको छ । यस्तो अवस्थामा बैंकलाई पुनः डेभलपमेन्ट बैंककै अवस्थामा सञ्चालन गर्न असम्भव देखिएको छ । अर्कोतर्फ बैंकमा ऋणको अत्याधिक दुरुपयोग भएको, अनधिकृत कर्जा प्रवाह गरिएको र सम्पत्तिको ओभर भ्यालुएसन गरिएका तथ्य पनि रिपोर्टले खुलासा गरेको छ । रिपोर्टका अनुसार बैंकमा एक अर्ब ५० करोड २२ लाख ६७ हजार रुपैयाँ अपव्यय र अनधिकृत लेनदेन गरेको भेटिएको छ ।

त्यस्तै, बैंकले साधारण सभा नगरेको, सेयर बजार नियामकमा आवश्यक प्रतिवेदन नबुझाएको र कर समेत समयमा दाखिला गरेकोजस्ता त्रुटीहरु पनि भेटिएको छ । हाल बैंकमा भएको अनियमितता र घोटालाका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले ११ पुस २०८१ मा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। बैंकमा ४ उच्च अधिकारीको मिलेमतोमा साढे २ अर्ब रुपैयाँ बराबर अनियमितता भएपछि मात्र राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो ।

राष्ट्र बैंक स्रोतका अनुसार, पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी, र हालका सीईओ निरजविक्रम शाहले मिलेमतो गरी बैंकको आर्थिक हिनामिना गर्दै आएका थिए ।

अनियमिततामा मुख्य योजनाकारका रूपमा चिनिएका पूर्वअध्यक्ष, कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूसँगको मिलेमतोले २०७० सालदेखि बैंकमा अनियमितता हुँदै आएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंक स्रोतका अनुसार, पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी, र हालका सीईओ निरजविक्रम शाहले मिलेमतो गरी बैंकको आर्थिक हिनामिना गर्दै आएका थिए । प्रतिवेदनले बैंकका अधिकारीहरूले फर्जी कम्पनी बनाएर करिब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखाएको छ । यसका साथै, अन्य व्यक्तिको धितो प्रयोग गरी कर्जा लिनु, धितो भन्दा बढी रकम दिनु, आवश्यक दस्तावेज नबनाइ कर्जा दिनु, आदि गतिविधि बैंकभित्र सामान्य व्यवहार जस्तै भएको देखिन्छ । भन्दा फरक पर्दैन । यस प्रकारको धितो र कर्जा दुरुपयोग बैंकको आर्थिक अवस्थालाई थप गम्भीर बनाएको छ। नगद अपचलन र फर्जी कर्जा प्रवाहले बैंकको वित्तीय अस्थिरता र विश्वसनीयता माथि गम्भीर असर पारेको देखिन्छ ।

बैंकको असफलता राष्ट्र बैंकको सुपरिवेक्षण प्रणालीमाथि प्रश्न उठाएको छ । बैंक लामो समयदेखि अनियमित हुँदै आएको भए पनि राष्ट्र बैंकले तत्काल हस्तक्षेप नगरी राजनीतिक संरक्षण गरेका प्रस्टै देखिन्छ ।

कर्णाली डेभलपमेन्ट बैंकको अपचलन मात्र बैंककै समस्या होइन । यसले नेपालको वित्तीय प्रणालीमा विश्वास कमजोर पारेको छ । बैंकमा साढे १ लाख निक्षेपकर्ता थिए, जसले चार अर्ब ९० करोड रुपैयाँ निक्षेप गरेका थिए । यी निक्षेपहरूको ठूलो हिस्सा सञ्चालकको अनियमितताबाट प्रभावित भयो । बैंकको असफलता राष्ट्र बैंकको सुपरिवेक्षण प्रणालीमाथि प्रश्न उठाएको छ । बैंक लामो समयदेखि अनियमित हुँदै आएको भए पनि राष्ट्र बैंकले तत्काल हस्तक्षेप नगरी राजनीतिक संरक्षण गरेका प्रस्टै देखिन्छ ।
सिआइबीको अनुसन्धान अनुसार, राष्ट्र बैंकका कर्मचारीहरूले व्यक्तिगत लाभका लागि बैंक भित्रको अनियमितता लुकाएका थिए । तत्कालीन सहायक निर्देशक भुवन बस्नेतले बैंकका सञ्चालकसँग मिलेर गलत गतिविधि लुकाउने काम गरेको पाइएको थियो । भन्दा फरक पर्दैन ।

नेपालको वित्तीय स्थायित्व र आम जनता तथा निक्षेपकर्ताको सुरक्षाका लागि राष्ट्र बैंकले सुधारात्मक कदम उठाउन ढिलाइ गर्नु महँगो साबित भएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको अपचलनले राष्ट्र बैंकको सुपरिवेक्षण प्रणालीमा कमजोरी उजागर गरेको भेटिएको छ । यदि यसलाई बलियो नबनाइयो भने वित्तीय प्रणालीमा विश्वास दोहोरिन सक्ने खतरा कायम रहन्छ । नेपालको वित्तीय स्थायित्व र आम जनता तथा निक्षेपकर्ताको सुरक्षाका लागि राष्ट्र बैंकले सुधारात्मक कदम उठाउन ढिलाइ गर्नु महँगो साबित भएको छ । लाखौ डिपोजिटकर्ता सडकमा पुगेका छन् भने बैंक थला परेको भेटिएको छ । नियमनकारी निकायले समयमै राम्रो सुपरिवेक्षण नगर्दा बैंकमा कस्तो समस्या आउँछ भन्ने कुराको यो एउटा गतिलो उदाहरण कर्णाली विकास बैंक बनेको छ ।

हरेक निकायमा कर्मचारीले गरेको गल्ती उक्त निकायको प्रमुख पात्रले स्वीकारर्नु पर्छ कि पर्दैन ? यस विषयले केन्द्रीय बैंककै विश्वसनियतामाथि प्रश्न उठाउने छैन राष्ट्र बैंकका हाकिमहरुले बैंक र वित्तिय संस्थाहरुबाट चर्को घुस र महंगा गिफ्ट लिने गरेको पुष्टी भएको छ यो कस्तो नियमनकारी निकाय हो गभर्नरज्यू ?

नियमनकारी निकाय राष्ट्र बैंककै कर्मचारीले घुस खानु, जेल जानु तथा बैंककै कर्मचारीसँग मिलेमतो गर्नुले वित्तीय प्रणालीमा गम्भिर प्रस्न उठाएको छ अर्थमन्त्रीज्यू हेक्का होस् । यस्ता घटना अन्य वित्तीय संस्थामा पनि छैन भन्न सक्ने अवस्था अब छैन । भन्दा फरक पर्दैन । तथापी यो हालका लागि अध्ययन र अनुसन्धानको विषय मात्रै बनेको छ । हरेक निकायमा कर्मचारीले गरेको गल्ती उक्त निकायको प्रमुख पात्रले स्वीकारर्नु पर्छ कि पर्दैन ? यस विषयले केन्द्रीय बैंककै विश्वसनियतामाथि प्रश्न उठाउने छैन राष्ट्र बैंकका हाकिमहरुले बैंक र वित्तिय संस्थाहरुबाट चर्को घुस र महंगा गिफ्ट लिने गरेको पुष्टी भएको छ यो कस्तो नियमनकारी निकाय हो गभर्नरज्यू ? सचेत भया

सहकारी संस्थाहरुमा लुटको खेती फेरि मैलाउदै, बैंक वित्तिय संस्था भन्दा २ गुणा बढि कारोबारः सहकारी ऐन कार्यान्वयन फितलो !

नेपालका सहकारी संस्थाहरु यति बेला २० वाणिज्य बैंकहरुसंग प्रतिस्पर्धा गरि कर्जा दिने र डिपोजिट लिने काम गरिरहेका छन् भन्दा फरक पर्दैन । २ दर्जन भन्दा बढि सहकारी संस्थाहरु डुवेका छन् लाखौं लाखको उठिबास भएको छ । सहकारीका मालिक जेलको चिसो कोठामा छन् तर पनि सहकारी संस्थाहरुबाट बदमासी रोकिएको छैन । नेपालमा सहकारी आन्दोलन जनसहभागिता, सामूहिक बचत र सशक्तिकरणको माध्यमका रूपमा सुरु भएको थियो । तर पछिल्ला केही वर्षमा सहकारी क्षेत्र उच्छृङ्खल, अव्यवस्थित र अनियन्त्रित दिशातर्फ उन्मुख हुँदै गएको छ । अवस्था यस्तो बनेको छ कि सहकारी र बैंकबीचको सीमा रेखा नै मेटिँदै गएको छ । सहकारीले पनि बैंकझैँ कारोबार गर्न थालेका छन्, तर त्यसको नियमन बैंकको जस्तो कडाइमा छैन । भन्दा अब फरक पर्दैन ।

सामान्य नागरिकको सानो बचतले ठूलो सहकारी साम्राज्य खडा भएको देखिँदै आएको छ । तर नियमन, पारदर्शिता र जवाफदेहिताको कमीले गर्दा हजारौं बचतकर्ता सडकमा पुगेका छन् । सहकारीको अवधारणा विश्वभर नै समुदायमा आधारित आर्थिक सशक्तिकरण र साझा स्वामित्वमा आधारित रहँदै आएको छ । नेपालको संविधानले पनि सहकारीलाई राज्यको आर्थिक विकासको तेस्रो आधारका रूपमा उल्लेख गरेको छ । तर, अहिलेको यथार्थ त्यसको पूर्ण उल्टो छ । सहकारीहरू अब समुदायको साझा प्रयासभन्दा पनि केही व्यक्ति वा समूहको निजी व्यवसायिक स्वार्थमा सीमित बन्दै गएका छन् । धेरै सहकारी संस्थाहरू सदस्यहरूको हितभन्दा पनि संचालकको मुनाफा, राजनीतिक पहुँच र अनुगमनहीन विस्तारमा केन्द्रित छन् ।

नेपालमा अहिले ३० हजारभन्दा बढी सहकारी दर्ता छन्, तर त्यसमध्ये सक्रिय र पारदर्शी रूपमा सञ्चालन हुने सहकारीको संख्या आधा पनि छैन । कतिपय सहकारी कागजमै सीमित छन्, कतिपय त ‘मिनी बैंक’को रूपमा खुलेका छन्, जहाँ ठूलो रकम जम्मा, ऋण वितरण, रियल स्टेटमा लगानी र ब्याजको खुला खेल भइरहेको भेटिएको छ । सहकारी र बैंकबीचको फरक बुझाउन कठिन बनेको छ । बैंकमा मौज्दात र ऋण कारोबार कडा नियमनअन्तर्गत हुन्छ । नेपाल राष्ट्र बैंकको नीतिगत नियन्त्रण, पूँजी पर्याप्तता अनुपात, अडिट, पारदर्शी लेखापरीक्षण र जोखिम व्यवस्थापन प्रणाली स्पष्ट छन् । तर सहकारीमा यस्ता प्रावधानहरू कागजमा मात्र सीमित देखिन्छन् ।

सामान्य नागरिकको दृष्टिमा यस्तो सहकारी र बैंकबीच कुनै ठूला फरक छैन । तर नियामक दृष्टिले हेर्दा यी सहकारीहरू कुनै प्रभावकारी नियन्त्रणको दायराभित्र छैनन् । अर्थमन्त्रीज्यू हेक्का होस् ।

सहकारी ऐनले सदस्यहरूको हितका लागि मात्र कारोबार गर्न सक्ने प्रावधान गरेको भए पनि अहिले सहकारीहरूले बैंकको रूपमा बचत खाताबाट प्रतिस्पर्धी ब्याज दिने, ऋणमा उच्च ब्याज लिने, रियल स्टेटमा लगानी गर्ने, ब्रोकरको रूपमा सेयर कारोबारमा हात हाल्ने जस्ता कार्य गर्दै आएका छन् । केही सहकारीहरूले त ‘फिक्स्ड डिपोजिट’ योजना ल्याएर बैंकको ब्याजभन्दा बढी फिर्ती दिने आश्वासनसमेत दिएका छन् । सामान्य नागरिकको दृष्टिमा यस्तो सहकारी र बैंकबीच कुनै ठूला फरक छैन । तर नियामक दृष्टिले हेर्दा यी सहकारीहरू कुनै प्रभावकारी नियन्त्रणको दायराभित्र छैनन् । अर्थमन्त्रीज्यू हेक्का होस् । काठमाडौं, ललितपुर, पोखरा, चितवनदेखि धरानसम्म सयौं सहकारीमा बचतकर्ताले पैसा फसाएका छन्। केही सहकारीहरू त बन्द नै भएका छन्, कतिपयले बचतकर्ता फिर्ता माग्दा ‘लगानी डुबेको’ भन्दै समय तानिरहेका छन् । काठमाडौंकै केही ठूला सहकारीमा ५ सयभन्दा बढी बचतकर्ताको करोडौं रुपैयाँ फसेको छ । वृद्ध, महिला, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरू सबैको साझा गुनासो एउटै छ, ‘हाम्रो पैसा कहाँ गयो ?’ कहिले पाउने हो भनेर !

राजनीतिक पहुँच भएका व्यक्तिहरूले सहकारीलाई चुनावी कोष, व्यक्तिगत लगानी र मुनाफाको साधन बनाएका छन् । परिणामस्वरूप, सहकारी आन्दोलनको विश्वसनीयता नै प्रश्नचिन्ह उठेको देखिन्छ ।

सहकारीहरू राजनीतिक पहुँचबिना चल्नै नसक्ने अवस्था बनेको छ । धेरै सहकारीहरू कुनै न कुनै राजनीतिक दल वा नेताको आशीर्वादमा दर्ता हुने, अनुगमनमा आँखा उम्काउने र नियामक निकायका कमजोरीहरू उपयोग गर्ने गर्छन् । नेपाल सरकारअन्तर्गत सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभाग छन्, तर तिनको निगरानी सीमित देखिन्छ । सहकारीको सञ्जाल ठूलो, तर नियमन गर्ने जनशक्ति न्यून र क्षमताहीन छ । कतिपय सहकारीको अडिट वर्षौंसम्म भएको छैन, लेखापरीक्षण अपूर्ण छ, र वार्षिक प्रतिवेदन नै पेश गरिँदैन । राजनीतिक पहुँच भएका व्यक्तिहरूले सहकारीलाई चुनावी कोष, व्यक्तिगत लगानी र मुनाफाको साधन बनाएका छन् । परिणामस्वरूप, सहकारी आन्दोलनको विश्वसनीयता नै प्रश्नचिन्ह उठेको देखिन्छ । हालका वर्षहरूमा सहकारी घोटालाका ठूला घटनाले देशभरका बचतकर्तामा गहिरो चोट पु¥याएको छ। कुनै सहकारीको सञ्चालक फरार छन्, कुनैमा प्रहरी अनुसन्धान भइरहेको छ, त कुनैमा न्यायालयमा मुद्दा चलिरहेको अवस्था छ । काठमाडौँ, पोखरा, विराटनगर, बुटवललगायतका सहकारीहरूमा करोडौं रुपैयाँ बेपत्ता हुँदा हजारौं सदस्यको भविष्य अन्धकारमा परेको छ।

नेपालमा सहकारी ऐन, २०७४ लागू भए पनि यसको कार्यान्वयन कमजोर छ । ऐनले सहकारीको दर्ता, लेखापरीक्षण, अनुगमन, र सदस्यहरूको हित सुनिश्चित गर्नुपर्ने उल्लेख गरे पनि व्यवहारमा यसको पालना नगर्ने सहकारीहरू झन् बढिरहेको भेटिएको छ भन्दा फरक पर्दैन । हालका वर्षहरूमा सहकारी घोटालाका ठूला घटनाले देशभरका बचतकर्तामा गहिरो चोट पु¥याएको छ। कुनै सहकारीको सञ्चालक फरार छन्, कुनैमा प्रहरी अनुसन्धान भइरहेको छ, त कुनैमा न्यायालयमा मुद्दा चलिरहेको अवस्था छ । काठमाडौँ, पोखरा, विराटनगर, बुटवललगायतका सहकारीहरूमा करोडौं रुपैयाँ बेपत्ता हुँदा हजारौं सदस्यको भविष्य अन्धकारमा परेको छ। त्यस्तै, केही सहकारीहरूका सञ्चालकले सदस्यको रकम सेयर कारोबार, सुन खरिद, रियल स्टेट र वैदेशिक लगानीमा प्रयोग गरेका तथ्यहरू उजागर भएका छन् । भन्दा फरक पर्दैन । नियामक निकायले समयमै हस्तक्षेप गर्न नसक्दा यस्तो संकट फैलिँदै गएको हो । बचतकर्ताले अब सहकारीप्रति भरोसा गर्न छोडेको देखिन्छ ।

‘सहकारीहरूको उद्देश्य अब सामूहिक सशक्तिकरण होइन, निजी मुनाफा र राजनीतिक लाभमा केन्द्रित हुँदै गएको छ ।’ सहकारीले आफ्नो मूल दर्शन बिर्सिएका छन् भन्दा फरक पर्दैन । बैंक बन्न खोजेका छन्, तर बैंक जस्तो नियमन पालना गर्न चाहँदैनन् ।

बैंकहरूले हाल ब्याजदर घटाए पनि सहकारीहरूले अझै उच्च ब्याजदर घोषणा गरिरहेका छन् । बैंकले ८–१० प्रतिशत ब्याज दिँदा सहकारीहरूले १४–१८ प्रतिशतसम्म दिने भन्दै ग्राहक तानिरहेका छन् । तर सो ब्याजको स्रोत के हो भन्ने प्रश्नमा पारदर्शिता छैन । यसको खोजी अब जरुरी देखिन्छ । सहकारीहरूले उठाएको पैसा उच्च ब्याजमा रियल स्टेट वा अन्य जोखिमपूर्ण क्षेत्रमा लगानी गर्छन् । जब बजार सुस्त हुन्छ, लगानी फस्छ र त्यसको प्रत्यक्ष असर बचतकर्तामाथि पर्छ । सहकारीको यस्तो ब्याज प्रतिस्पर्धाले बजारमा अस्वस्थ अवस्था सिर्जना गरेको देखिन्छ । ‘सहकारीहरूको उद्देश्य अब सामूहिक सशक्तिकरण होइन, निजी मुनाफा र राजनीतिक लाभमा केन्द्रित हुँदै गएको छ ।’ सहकारीले आफ्नो मूल दर्शन बिर्सिएका छन् भन्दा फरक पर्दैन । बैंक बन्न खोजेका छन्, तर बैंक जस्तो नियमन पालना गर्न चाहँदैनन् । यही विरोधाभासले सहकारी संकट निम्त्याइरहेको देखिन्छ । सहकारीहरूमा अहिले ‘गभर्नेन्स क्राइसिस’ छ । पारदर्शिता, सदस्यको सहभागिता र जिम्मेवारीको स्पष्टता छैन । भन्दा फरक पर्दैन ।

सहकारी क्षेत्रको अव्यवस्थाको मूल कारणमध्ये एक सरकारी निष्क्रियता हो । नेपाल सरकारले सहकारी क्षेत्रमा सुधारका लागि समय–समयमा योजना बनाए पनि कार्यान्वयनमा कमजोरी देखिन्छ । २०८० सालमा बनेको सहकारी सुधार कार्ययोजना अझै आधा मात्र कार्यान्वयनमा पुगेको छ । नियामक संयन्त्र सुदृढीकरण, सहकारी डेटा एकिकृत प्रणाली, सदस्य बीमा योजना र अनिवार्य लेखापरीक्षण जस्ता प्रावधानहरू कागजमै छन् । त्यसमा पनि, सहकारीमाथि राजनीतिक दबाबले सरकार आफैं पनि निर्णायक कदम चाल्न हिचकिचाइरहेको भेटिएको छ । यसले सहकारीकै अस्तीत्व नै अन्त्य हुने प्रस्टै देखिन्छ । सचेत भया ।

२० वाणिज्य बैंकहरुद्वारा फिक्स ब्याजदरमै कर्जा, नेपाल बैंक ५.९९ प्रतिशत, नविल बैंक ६.४२ प्रतिशत, एभरेष्ट बैंक ६.४० प्रतिशत !

यति बेला २० वाणिज्य बैंकहरुको कर्जा ब्याजदर इतिहासमै सस्तो भएको छ । भन्दा अब चाहि फरक पर्दैन । घर बनाउने सोच राख्नेका लागि अहिलेको समय निकै उपयुक्त देखिएको छ । हाल वाणिज्य बैंकहरूले असोज महिनाका लागि सार्वजनिक गरेका नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घट्दै गएको भेटिएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूको ब्याजदरसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । त्यस अनुसार भदौमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशतविन्दुमा रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा पुगेको छ । यसरी हेर्दा यो ०.११ प्रतिशतविन्दुले घटेको हो । भन्दा फरक पर्दैन ।

हाल देशभरका २० वाणिज्य बैंकमध्ये ९ वटा बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् । ब्याजदर घट्नुको मुख्य कारण प्रणालीमा पर्याप्त तरलता हुनु र ऋणको माग अपेक्षाकृत रूपमा कम हुनु हो। बैंकहरूमा रकम थुप्रिँदै गएकोले कर्जा प्रवाहमा प्रतिस्पर्धा बढ्दै गएको भेटिएको छ । यही प्रतिस्पर्धाको वातावरणमा अहिले बैंकहरूले घरकर्जामा स्थिर ब्याजदर योजना ल्याएका छन् । स्थिर ब्याजदरको अर्थ कर्जा लिँदा जुन ब्याजदरमा सहमति हुन्छ, त्यो ऋणको सम्पूर्ण अवधिभर परिवर्तन हुँदैन । यसले ग्राहकलाई आर्थिक योजना बनाउन सहज बनाउँछ, किनकि प्रत्येक महिनाको किस्ता स्थिर रहन्छ ।

बिल बैंकले ७ वर्षको लागि ८.९९ प्रतिशत र १० वर्षको लागि ९.४९ प्रतिशत ब्याजदरमा स्थिर घरकर्जा दिएको भेटिएको छ ।

बजारमा अहिले ७.४९ प्रतिशतदेखि ११.६५ प्रतिशतसम्मको स्थिर ब्याजदरमा घरकर्जा उपलब्ध छ । भन्दा फरक पर्दैन ।
एभरेष्ट बैंकले सबैभन्दा सस्तो ७.४९ प्रतिशत ब्याजदरमा घरकर्जा दिने योजना ल्याएको छ । ग्लोबल आइएमइ बैंकले ७.९९ प्रतिशतमा घरकर्जा दिइरहेको छ । नबिल बैंकले ७ वर्षको लागि ८.९९ प्रतिशत र १० वर्षको लागि ९.४९ प्रतिशत ब्याजदरमा स्थिर घरकर्जा दिएको भेटिएको छ । यस्तै लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया, नेपाल बैंक, प्राइम बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि आफ्ना ग्राहकका लागि विभिन्न स्थिर ब्याजदरका आकर्षक योजना सञ्चालनमा ल्याएको भेटिएको छ । भन्दा फरक पर्दैन ।

रकर्जा भने अन्य ऋणको तुलनामा बढी सुरक्षित मानिन्छ, किनकि त्यसमा स्थिर तिर्ने क्षमता हुने मध्यमवर्गीय ग्राहक बढी हुन्छन् र घरजग्गा धितोको रूपमा रहने भएकाले बैंकको जोखिम पनि कम हुने देखिन्छ । घरकर्जा बैंकका लागि सुरक्षित र दिगो लगानीको माध्यम हो ।

बैंक प्रणालीमा पर्याप्त मात्रामा तरलता छ, तर कर्जाको माग त्यति उच्च छैन । बैंकहरूले राखेको निक्षेप बढ्दै जाँदा, त्यो रकम लगानीका लागि उपयुक्त क्षेत्र खोज्नुपर्ने बाध्यता हुन्छ । यस कारण बैंकहरूले ब्याजदर घटाएर ऋण प्रवाह बढाउने रणनीति लिएको भेटिएको छ । घरकर्जा भने अन्य ऋणको तुलनामा बढी सुरक्षित मानिन्छ, किनकि त्यसमा स्थिर तिर्ने क्षमता हुने मध्यमवर्गीय ग्राहक बढी हुन्छन् र घरजग्गा धितोको रूपमा रहने भएकाले बैंकको जोखिम पनि कम हुने देखिन्छ । घरकर्जा बैंकका लागि सुरक्षित र दिगो लगानीको माध्यम हो । ‘रियल सेक्टरको तुलनामा होम लोनको पोर्टफोलियो अझै कम छ। राष्ट्र बैंकको प्राथमिकतामा पनि होम लोन पर्छ, त्यसैले ब्याजदर स्थिर ब्याजदरको स्किम ल्याएका देखिन्छ ।

बैंकहरूका प्रतिस्पर्धात्मक ब्याजदरले घरकर्जा लिनेहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ । यसले न केवल बैंकको व्यवसायिक वृद्धिलाई सहयोग पु¥याउनेछ, तर निर्माण क्षेत्र, रियल इस्टेट बजार र रोजगारमा समेत सकारात्मक प्रभाव पार्नेछ ।

घर बनाउने सपना पूरा गर्न चाहनेका लागि अब अवसर थप सहज भएको छ । बैंकहरूले ल्याएका स्थिर ब्याजदरका योजनाले लामो अवधिको निश्चितता प्रदान गर्छ । जसले गर्दा ग्राहकले आफ्नो आर्थिक योजना सजिलै बनाउन सक्छन् । उदाहरणका लागि, ५० लाख रुपैयाँको घरकर्जा ८ प्रतिशत ब्याजदरमा लिँदा मासिक किस्ता करिब ३८ हजार रुपैयाँजति आउँछ । यो रकम स्थिर रहँदा अन्य खर्च योजनाबद्ध गर्न सजिलो देखिन्छ । बैंकहरूका प्रतिस्पर्धात्मक ब्याजदरले घरकर्जा लिनेहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ । यसले न केवल बैंकको व्यवसायिक वृद्धिलाई सहयोग पु¥याउनेछ, तर निर्माण क्षेत्र, रियल इस्टेट बजार र रोजगारमा समेत सकारात्मक प्रभाव पार्नेछ । निर्माण सामग्री, सिमेन्ट, फलाम, पेन्ट तथा फर्निचर व्यवसायमा पनि गतिशीलता आउने अनुमान गरिएको छ । भन्दा फरक पर्दैन ।

अहिलेको समय घर बनाउने सपना पूरा गर्न अत्यन्तै उपयुक्त छ । ब्याजदर घटेका छन्, बैंकहरू प्रतिस्पर्धामा छन्, र ग्राहकका लागि विकल्प प्रशस्त छन् ।

घरकर्जा सस्तो हुनुको अर्थ देशमा रियल इस्टेट क्षेत्रमा गति आउनु हो। यसले बैंक, निर्माण कम्पनी, आपूर्तिकर्ता र सर्वसाधारण सबैलाई फाइदा पु¥याउने देखिन्छ । अहिलेको समय घर बनाउने सपना पूरा गर्न अत्यन्तै उपयुक्त छ । ब्याजदर घटेका छन्, बैंकहरू प्रतिस्पर्धामा छन्, र ग्राहकका लागि विकल्प प्रशस्त छन् । अब आफ्नै घर बनाउने योजना टार्दै बस्नु पर्ने कारण देखिँदैन । घर र जग्गा बजारमा स्थिरता आउँदै गर्दा, सस्तो ब्याजदरले आम नागरिकका लागि स्थायी बसोबासको सपना हौसला जगाइदिएको भेटिएको छ । सचेत भया ।

कामना सेवाले सार्वजनिक गर्‍यो नेपालकै पहिलो डोर स्टेप बैंकिङ सेवा

कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो डोरस्टेप बैंकिङ सर्भिस सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ ।

यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ ।

अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा गर्ने, खातावाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर प्राप्त गर्न सक्नेछन् । यो सुविधाहरु निशुल्क रुपमा प्रदान गरिएको छ ।

ग्राहकले आफ्नो मोवाईल बैंकिङ एपमार्फत् आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैंक प्रतिनिधीले अनुरोध गरिएको स्थान सम्मनै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ । यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री बनाएकाे छ ।

नेपाल राष्ट्र बैंकवाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो डोरस्टेप बैंकिङ सर्भिस हो । विश्वका केही विकशित देशहरुमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेतापनी नेपालको बैंकिङ ईतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले बताए ।

प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले यो सुविधाले ग्राहकको सन्तुष्टीलार्य मुख्य प्राथमिकता मान्दै डिजिटल प्रविधिमा आधारित सुविधा स्वरुप डोरस्टेप बैंकिङ सर्भिसको सुरुवात गरिएको हो, जसले ग्राहकहरुलाई समयको वचत, सहजता, सुरक्षाको पूर्ण अनुभुती गराउने छ ।

यो सुविधा दैनिक रुपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहीणी, ज्येष्ठ नागरिकहरुका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ । ग्राहकको लामो लाईन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै वसेर बैंककाका सुविधाहरु उपभोग गर्न सकिने छ ।

यो सुविधा अन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेविट कार्ड, मोवाईल बैंकिङ सुविधा समेत निशुल्क रहेको छ ।

हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र विस्तारै देशैभर यो सुविधा विस्तार गर्ने बैंकले जनाएको छ।

विश्व नैतिकता दिवसमा एसबिआई बैंकका कर्मचारीले गरे इमानदारी, पारदर्शिता र जवाफदेहिताको संकल्प

विश्व नैतिकता दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले दैनिक अभ्यासहरूमा इमानदारी, पारदर्शिता र नैतिक मापदण्डहरू कायम राख्ने आफ्नो प्रतिवद्धतालाई कायम राख्ने प्रतिज्ञा गरेका छन् ।

बैंकका सम्पुर्ण कर्मचारीहरूले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहिता प्रवद्र्धन गर्ने प्रतिबद्धता लिएका हुन् । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमबीच प्रतिज्ञा गराए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, सहायक महाप्रबन्धक, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरूले काठमाडौंको शंखमुल स्थित लिफ प्लस प्रालिले उत्पादन र बिक्रि गर्ने सामानहरु खरिख गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नेपाल बैंक र लिफ प्लस प्रालिले गत सोमबार छुट सम्बन्धी सम्झौता गरेको हुन् । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरे ।

उक्त सम्झौतापश्चात लिफ प्लसले उत्पादन तथा बिक्रि गर्ने पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा, आदी कम्पनीको वेभसाइट (https://leafplus.com.np/), ह्वासएप तथा सिधा सम्पर्क मार्फत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट पाउने छन् ।

आन्दोलनमा घुसपैठ हुँदा धितोपत्र बोर्डका कर्मचारी गम्भीर समस्यामा

नेपाल धितोपत्र बोर्डका कर्मचारीले सुरु गरेको आन्दोलन पछिल्लो चरणमा प्रवेश गर्दै अब गम्भीर मोडमा पुगेको छ। गत एक महिनादेखि जारी आन्दोलनमा बाह्य घुसपैठ भएपछि आन्दोलनको उद्देश्य नै कमजोर बन्न पुगेको र संस्थागत स्थायित्व संकटमा परेको संकेत देखिएको छ।

शुरुआतमा धितोपत्र बोर्डका कर्मचारीले अर्थमन्त्रालयले ल्याएको खर्च कटौती नीति र सुविधा कटौती गर्ने निर्णयको विरोधमा आन्दोलन सुरु गरेका थिए। उनीहरूको मुख्य माग बोर्डका कर्मचारीका सेवा–सुविधा पुनर्स्थापना गर्नु, कार्यस्वतन्त्रता सुनिश्चित गर्नु र संस्थाको स्वायत्तता कायम राख्नु थियो। तर, आन्दोलनमा केही बाह्य स्वार्थी समूह प्रवेश गरेपछि आन्दोलनको स्वरूप नै बिग्रिएको बोर्डभित्रका स्रोतहरू बताउँछन्।

शुक्रबार बिहान बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र संचालक समितिका सदस्यहरू बिनोद कुमार भट्टराई र आनन्द राज वाग्लेसँग कर्मचारीहरूले लामो छलफल गरेका थिए। छलफलमा आइतबारसम्म बोर्डको पूर्ण बैठक राख्ने र त्यस बैठकले आन्दोलनको समस्या समाधान गर्ने सहमति भएको थियो। उक्त सहमतिको आधारमा अध्यक्ष श्रेष्ठले बोर्ड संचालक समितिको बैठक बोलाए पनि, सो बैठक बस्दै गर्दा आन्दोलनरत कर्मचारीहरूले सहमतिकै विपरीत सबै संचालक सदस्यहरूलाई बैठक कक्षमै घेराबन्दी गरेका थिए।

कर्मचारीहरूले आरोप लगाएका छन् कि बोर्डको बैठकले कर्मचारीका माग सम्बोधन गर्नुको सट्टा समस्यालाई झारो तार्ने निर्णय गर्‍यो। बैठकले सदस्य बिनोद कुमार भट्टराई र आनन्द राज वाग्ले रहने गरी एक समिति गठन गर्ने निर्णय गरेको थियो, जसले अर्थमन्त्रालयको निर्णयको अध्ययन गरी समाधानका लागि वैकल्पिक उपाय सुझाउने जिम्मेवारी पाएको थियो। तर, आन्दोलनरत कर्मचारीहरूले यो निर्णयलाई अस्वीकार गर्दै संचालकहरूलाई केही समय बोर्डभित्रै थुनिराखेका थिए।

घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार, कर्मचारीहरू बोर्डको निर्णयबाट असन्तुष्ट थिए। उनीहरू बोर्डले अर्थमन्त्रालयको निर्णयविरुद्ध कानुनी उपचारमा जाने अपेक्षामा थिए। तर संचालक समितिका सदस्यहरूले आफ्नै सरकारविरुद्ध कानुनी बाटो लिनु नैतिक रूपमा उचित नहुने भन्दै मध्यममार्गीय समाधान खोज्ने नीतिमा सहमति जनाएपछि स्थिति तनावपूर्ण बनेको हो।

त्यसैबीच, धितोपत्र बोर्डका अध्यक्ष र सदस्यहरू बैठक कक्षमै अलपत्र परिरहेका बेला एक समूह सेयर लगानीकर्ताहरू पनि आफ्ना मागहरू लिएर बोर्ड पुगे। ती लगानीकर्ता समूहलाई बजारमा ‘पोस्ट–पेड व्यवसायिक समूह’ भनेर चिनिने स्वार्थी तत्वसँग जोडिएको बताइन्छ। बोर्डका आन्दोलनरत केही कर्मचारीहरूले पनि उनीहरूलाई सघाएको आरोप लगाइएको छ।

लगानीकर्ताहरूले ११ बुँदे माग अघि सारेका थिए। ती मागमा सेयर कारोबारको सहजता, नियामक नीतिको लचकता र बजारमा स्थायित्व ल्याउने विषयहरू समावेश थिए। लगानीकर्ताका केही नेताहरूले बोर्डका संचालक समिति सदस्य र उच्च व्यवस्थापनसँग छलफल गरे पनि, उनीहरूले सबै माग तत्काल पूरा गर्नुपर्ने अडान लिए। बोर्डले केही मागहरू तुरुन्त सम्बोधन गर्न तयार रहे पनि लगानीकर्ताहरू सबै मागहरू एकैपटक स्वीकृत गर्नुपर्ने अडानमा रहे।

छलफल निष्कर्षविहीन भएपछि अवस्था थप बिग्रियो। मध्यरातमा स्थिति नियन्त्रण बाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बोर्डका अध्यक्ष, संचालक समिति सदस्यहरू र कार्यकारी निर्देशकलाई सुरक्षा कारणले बोर्ड परिसरबाट निकालेर घरसम्म पुर्‍याएको थियो।

अर्थमन्त्रालयको निर्णयले खर्च कटौतीका नाममा कर्मचारीको सुविधा घटाएपछि सुरु भएको आन्दोलन अहिले कानुनी र प्रशासनिक जटिलतामा फँसेको देखिन्छ। बोर्डका कर्मचारीहरूका अनुसार, आन्दोलनको प्रारम्भिक उद्देश्य संगठनका हक–अधिकारका संरक्षणमा केन्द्रित भए पनि पछिल्ला घटनाले आन्दोलनलाई स्वार्थी समूहले कब्जा गर्न खोजेको स्पष्ट भएको छ।

अर्थमन्त्रालयको निर्णय र बोर्डको प्रतिक्रियाबीच तालमेल नहुँदा समस्या थप चर्किएको विश्लेषण गरिन्छ। बोर्ड संचालक समितिले मध्यममार्ग अपनाउँदै न त अर्थको निर्णयविरुद्ध जाने, न त सरकारविरुद्ध देखिने नीति लिएको छ। तर, यसैबीच कर्मचारीहरूले असहयोग जनाएपछि अब बोर्डभित्रको स्थिति झनै जटिल बनेको छ।

वित्तीय क्षेत्रका विज्ञहरूका अनुसार, धितोपत्र बोर्डजस्तो नियामक संस्थामा देखिएको आन्तरिक द्वन्द्वले सम्पूर्ण सेयर बजारमा नकारात्मक प्रभाव पार्न सक्छ। बजारमा अनिश्चितता बढ्दा लगानीकर्ताको विश्वास कमजोर हुने र पूँजी बजार अस्थिर बन्ने जोखिम देखिएको छ।

अब समाधान कसरी हुने भन्ने विषयमा स्पष्टता छैन। आन्दोलनरत कर्मचारीहरूले अर्थमन्त्रालयसँग प्रत्यक्ष वार्ता माग गरेका छन् भने बोर्ड नेतृत्व आन्तरिक संवादमार्फत समाधान खोज्ने प्रयासमा छ। तर, घुसपैठ, अविश्वास र असमञ्जसले गर्दा धितोपत्र बोर्डको आन्दोलन अब नयाँ संकटमा पुगेको छ — जसको असर केवल बोर्डमा मात्र होइन, पूरै सेयर बजारमा देखिन थालेको छ।

३ करोडसम्मको जग्गा कारोबार गर्न दर्ता हुनु नपर्ने

सरकारले ३ करोड रुपैयाँसम्मको घरजग्गा कारोबारका लागि कम्पनी दर्ता गर्नु नपर्ने व्यवस्था गरेको छ । सरकारले मालपोत ऐन कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो ।

सरकारले मालपोत ऐनमा जग्गा कारोबार गर्दा कम्पनी दर्ता गरेर गर्नुपर्ने व्यवस्था गरेको छ । सोही ऐनले जग्गा खरिद बिक्री हुँदाको सीमासमेत तोकिने उल्लेख छ । मालपोत ऐनको दफा २६ ‘क’ र २६ ‘ख’ को व्यवस्था थप स्पष्ट पार्दै घरजग्गा कारोबार सहज बनाएको हो ।

सरकारले तोकिएको अधिकारीका रूपमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलाई तोकेको छ । त्यसैगरी राजपत्र अनुसार घरजग्गा कारोबार सीमा एक पटकमा ३ करोडभन्दा धेरैको कारोबार गर्न कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसभन्दा कमको कारोबारका लागि कम्पनी दर्ता गर्नु नपर्ने व्यवस्था गरेको हो । त्यसैगरी कारोबार गर्ने घरजग्गाको क्षेत्रफलको सन्दर्भमा जतिसुकै पनि कारोबार गर्न सक्ने व्यवस्था गरेको छ ।

मालपोत ऐनको दफा २६ ‘क’ अनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा सोही सूचनामा उल्लेख भएको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा यस ऐन बमोजिम इजाजतपत्र लिनुपर्ने अवस्था गरेको छ ।

घरजग्गा सम्बन्धी कारोबार भन्नाले प्राकृतिक व्यक्तिबीच आपसी सहमतिमा गरिने खरिद–बिक्री बाहेक कुनै शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा बिक्री गर्ने व्यक्तिलाई परामर्श दिने वा त्यसबारे अन्य कुनै किसिमले व्यावसायिक रूपमा सेवा उपलब्ध गराउने कार्य सम्झनुपर्छ ।

ऐनको दफा २६ ‘ख’ अनुसार घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिन चाहने व्यक्तिले तोकिए बमोजिमका विवरण, कागजात र दस्तुर सहित नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ । यो दफाका सन्दर्भमा तोकिएको व्यक्तिका रूपमा विभागको महानिर्देशक रहने राजपत्रमा उल्लेख छ ।

सामाजिक सञ्जालमार्फत वित्तीय ठगी बढ्दो

पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल र मोबाइल एपहरूमार्फत वित्तीय ठगीका घटना तीव्र गतिमा बढिरहेका छन् । अपरिचित व्यक्ति वा नम्बरबाट WhatsApp, Viber, Messenger, इमेल वा मोबाइल म्यासेजमा ‘लक्की ड्र’मा परेको, महँगो मोबाइल वा पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धन–सुन फेला परेको वा छोटो समयमा धेरै प्रतिफल पाइने योजना जस्ता आकर्षक सन्देश पठाइने क्रम बढ्दो छ ।

नेपाल राष्ट्र बैंकले नागरिकलाई यस्ता सन्देशबाट सजग रहन आग्रह गरेको छ । केन्द्रीय बैंकका अनुसार यस्ता सन्देशहरू सामान्यतया वित्तीय ठगीका लागि पठाइएका हुन्छन्, जसको उद्देश्य सर्वसाधारणको व्यक्तिगत वा वित्तीय विवरण चोरी गरेर आर्थिक हानि पुर्‍याउनु हो ।

“अपरिचित व्यक्तिको सन्देशमा विश्वास नगर्नुहोस्, आफ्नो बैंक खाता नम्बर, पासवर्ड, एटीएम पिन वा OTP कोड कसैलाई पनि नदिनुहोस्,” राष्ट्र बैंकले जनाएको छ ।

साथै, अनलाइनमार्फत सहज नाफा वा आकर्षक प्रस्तावमा लगानी नगर्न र कुनै पनि अनौठो प्रस्तावबारे आधिकारिक निकायसँग जानकारी लिन आग्रह गरिएको छ ।

वित्तीय ठगीका घटना रोकथामका लागि बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी र सुरक्षा निकायबीच समन्वय बढाइएको केन्द्रीय बैंकले जनाएको छ । साथै, ठगीमा परेका वा शंका लागेका सन्देश प्राप्त हुनेबित्तिकै नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

पोखरा र समृद्धि फाइनान्स मर्जमा राष्ट्र बैंकको सैद्धान्तिक सहमति

पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरको लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले ३ महिनाभित्र साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गर्नुपर्ने सर्त सहित सहित सैद्धान्तिक सहमति दिएको हो ।

३ महिनाभित्र साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा पेश गर्नुपर्ने सर्त तोकेको हो । ४ साउनमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सले मर्जरमा जाने प्रारमिभक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

गरिमा विकास बैंकको लाभांश घोषणा, सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। गरिमाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशल लाभांश दिने घोषणा गरेको हो

गरिमाको सञ्चालक समितिको सोमबार बसेको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको चुक्ता पुँजी हाल ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ छ।

राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि गरिमाका सेयरधनीले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँबराबरको बोनस सेयर र २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद लाभांश पाउनेछन्।