![महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
यस महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौँ महानगरपालिकाको वार्ड नं ४ स्थित भाटभटेनी, टंगालमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालन गरेको छ । उक्त शाखा सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।
बैंकले शाखा स्थापना गरिएका क्षेत्रहरुमा ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गरी देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।