जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • राष्ट्र बैंक, बीमा, सहकारी र धितोपत्र सहित एकसाथ १९ ऐन संशोधन हुँदै

राष्ट्र बैंक, बीमा, सहकारी र धितोपत्र सहित एकसाथ १९ ऐन संशोधन हुँदै

सरकारले एक साथ १९ वटा ऐन संशोधन गर्ने तयारी गरेको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मार्फत एक साथ १९ वटा ऐन संशोधन गर्ने तयारी सरकारले गरेको हो।

सरकारले यस विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्ने निर्णय गरिसकेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्द्धन गर्न केही ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले यो विधेयक ल्याईएको उल्लेख छ ।

विधेयकले राष्ट्र बैंक ऐन, धितोपत्र सम्बन्धि ऐन, सहकारी ऐन, बीमा ऐन संशोधन गर्ने प्रस्ताव गरेको छ । विधेयकमा पच्चिस करोडभन्दा बढी शेयर पूँजी भएका वा वार्षिक रु ५० करोडभन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सहकारीसम्बन्धी प्रचलित कानूनको समेत अधिकार प्रयोग गरी नियमन, निरीक्षण तथा सुपरीवेक्षणको काम नेपाल राष्ट्र बैंकले गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै धितोपत्र सम्बन्धि ऐन संशोधन गरेर कसैले इन्साईडर ट्रेडिङ गरेमा सो सम्बन्धि अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने र सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने प्रस्ताव गरिएको छ । यस अघि धितोपत्र बोर्ड आफैले अनुसन्धान गरेर मुद्दा दायर गर्न सक्ने व्यवस्था थियो । अब भने बोर्डले प्रारम्भिक अनुसन्धान मात्र गर्ने प्रस्ताव गरिएको छ ।

यी हुन् संशोधन हुने १९ ऐन :

 

निकासी पैठारी नियन्त्रण ऐन, २०१३

पानी जहाज ऐन, २०२७

मालपोत ऐन, २०३४

पर्यटन ऐन, २०३५

भवन ऐन, २०५५

नेपाल राष्ट्र बैंक ऐन, २०५८

दामासाही सम्बन्धि ऐन, २०६३

धितोपत्र सम्बन्धि ऐन, २०६३

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४

सम्पति सुद्धिकरण निवारण ऐन, २०६४

कसुरजन्य सम्पति तथा साधन ऐन, २०७०

पारस्परिक काननूी सहायता ऐन, २०७०

संगठित अपराध निवारण ऐन, २०७०

विद्युत नियमन आयोग ऐन, २०७४

मुलुकी अपराध संहिता, २०७४

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४

सहकारी ऐन , २०७४

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५

बीमा ऐन, २०७९

2075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका