जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि निष्कासन गरेको आईपीओ आइतबार बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओ१४ म्युचुअल फन्डलाई १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३० लाख कित्ता बाँडफाँट गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको सेयरमा ३२ हजार ६४ आवेदनमार्फत ४३ लाख ३९ हजार १७० कित्ता सेयर माग भएको थियो । त्यसमध्ये ३२ हजार ५६ आवेदन स्वीकृत भएको थियो । स्वीकृत सबै आवेदकहरुले न्यूनतम १० कित्ता र अधिकतम १८० कित्तासम्म सेयर पाएका छन् ।

कम्पनीले मंसिर ४ देखि १८ सम्म श्रम स्वीकृती लिई विदेशमा रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?