जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कुमारी बैकले कमायो १ अर्ब नाफा

आर्थिक विशेष

कुमारी बैकले कमायो १ अर्ब नाफा

कुमारी बैकले कमायो १ अर्ब नाफा

कुमारी बैंक लिमिटेडले चालू आर्थिक वषैको त्रैस्रो त्रैमाससम्ममा १ अर्ब ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गरेको यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले बढी हो ।

यो बैंकले गत वर्षको तुलनामा २६ करोड ६९ लाख ७० हजार रुmर्पैयाँले नाफा बढाएको छ । अघिल्लो वर्ष बैंकले ७३ करोड ६३ लाख १८ हजार  रुपैयाँमात्रै यस्तो नाफा कमाएको थियो ।

यो बैंकको शेयर पुँजी ७ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यसले यो अवधिसम्ममा ६९ अर्ब रुपैयाँ ग्राहकबाट संकलन गरेर ६९ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसले यो समयमा व्याजबापत ६ अर्ब ७३ करोड संकलन गरेर व्याज खर्चमा ४ अर्ब ५० करोड खर्चिएको छ । यसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६७ पैसा रहेको छ ।

बैंकको पुँजी कोष ८.२९ प्रशित, आधार दर ११.०२ प्रतिशत र औषत व्याजदर ३.६१ प्रतिशत छ । बैंकको सीडी रेसियो ७८.५९ प्रतिशत रहेको छ ।

4985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका