जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रिलायन्स लाईफ र खल्तीबीच सम्झौता

रिलायन्स लाईफ र खल्तीबीच सम्झौता

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यमबाट बीमा शुल्क भुक्तानी सम्बन्धी सम्झौता भएको छ । दुबै कम्पनीबीच डिजिटल माध्यमबाट बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।

उक्त सम्झौताको बारेमा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले रिलायन्सका ग्राहकहरुले खल्ती एप प्रयोग गरेर आफ्नो मोबाईलबाट सिधै बीमा शुल्क तिर्न सक्ने बताउनुभयो । डिजिटल माध्यमबाट यसरी बीमा शुल्क तिर्दा ग्राहकहरुको सजिलै अनलाईन रेकर्ड रहने हुँदा अनियमितता रोक्न पनि मद्दत पु¥याउने उहाँले बताउनुभयो ।

6075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका