जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • सिभिल बैंकको लाभांश घोषणा

सिभिल बैंकको लाभांश घोषणा

सिभिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार रहेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले आ. व. २०७८/०७९ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने गरि हालको चुक्ता पूँजी रु. रु.९,०७,५८,४३,८९०।३१ (नौ अर्व सात करोड अन्ठाउन्न लाख त्रीचालीस हजार आठ सय नब्बे रुपैया एकतीस पैसा ) को ५% का दरले हुन आउने रु.४५,३७,९२,१९४।५२ (अक्षरेपी पैतालीस करोड सैत्तीस लाख बयानब्बे हजार एक सय चौरानब्बे रुपैया वाउन्न पैसा मात्र) बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ०.२६% का दरले हुन आउने रु.२,३८, ८३,७९९/७१ (अक्षरेपी दुई करोड अडतीस लाख त्रीयासी हजार सात सय उन्नासय रुपैया एकहत्तर पैसा मात्र) नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

4235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका