जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंकको कर्जा ब्याज सस्तियो

बैंकको कर्जा ब्याज सस्तियो

वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले २५ प्रतिशतले नाफा बढाएको देखिन्छ ।

बैंकहरुले कर्जामा लिने सक्ने न्यूनतम ब्याजदर अघिल्लो वर्षको तुलनामा यो वर्ष घटेको देखिएको छ । अहिलेसम्म २७ वटा वाणिज्य बैंकले आफ्नो विवरण प्रकाशित गरेका छन् । सिभिल बैंकको मात्र विवरण आउन बाँकी रहेको छ ।
२७ वटा बैंकहरुको गतवर्ष औसतमा १०.३६ प्रतिशत कर्जाको न्यूनतम आधार दर रहेको थियो । यो वर्ष त्यो घटेर ९.४९ प्रतिशतमा घटेको छ ।
वाणिज्य बैंकहरुमा सबैभन्दा ऋणको आधारमा पहिलो नम्बरमा एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशियाले असार मसान्तसम्ममा १ खर्ब ४७ करोड रुपैयाँ ऋण दिएको छ ।
एनआईसी एशिया बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको बेसरेट सबैभन्दा बढीले घटेको छ । एनआईसी एशिया बैंकको असार मसान्तसम्ममा बेसरेट ९.४८ प्रतिशत छ । अघिल्लो वर्षको असार मसान्तमा एनआईसी एशियाको बेसरेट ११.१६ प्रतिशत थियो ।

यसको अर्थ ऋणीले अघिल्लो वर्षभन्दा कम ब्याजदरमा ऋण पाउनुपर्ने हुन्छ । बैंकहरुले न्यूनतम बेसरेटमा कर्जाको शिर्षक र समय अनुुसार प्रिमियम थपेर ब्याजदर निर्धारण गर्छन् ।
२८ वटा बैंकहरुमा सबैभन्दा सस्तो कर्जाको आधार दर पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको छ । वाणिज्य बैंकले गतवर्षको तुलनामा बेसरेट अझै घटाएको छ । गतवर्ष वाणिज्य बैंकको बेसरेट ६.२० प्रतिशत थियो भने यो वर्ष ५.५० प्रतिशतमा झरेको छ । वाणिज्य बैंकको कर्जाको आधार दर अझै घटेको देखिन्छ । यसले ऋणको ब्याजदर अझै सस्तो हुन्छ ।

कर्जाको आधार दर कम हुने वाणिज्य बैंकमा तेस्रो नम्बरमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको कर्जाको आधार दर ७.०३ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यसमा केहीपनि परिवर्तन भएको छैन ।
यस्तै चौथोमा स्टाण्डर्ड चाटर्ड बैंक रहेको छ । चाटर्डको बेसरेट ७.६३ प्रतिशत छ । अघिल्लो वर्ष चाटर्डको बेसरेट ७.८७ प्रतिशत थियो ।
ऋणको आधारमा तेस्रो ठूलो बैंक नबिल बैंकको भने बेसरेट अघिल्लो वर्षको भन्दा बढेको छ । अघिल्लो वर्ष असार मसान्तमा ७.७८ प्रतिशत रहेको नबिलको बेसरेट यो वर्ष बढेर ८.०९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा बेसरेट बढे पनि नबिल बैंकको बेसरेट सस्तो हुने पाँचौं बैंकमा पर्छ ।

एभरेष्ट बैंकको पनि बेसरेट अघिल्लो वर्षको भन्दा घटेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि बेसरेट घटेको छ । बेसरेट घटेपनि इन्भेष्टमेन्टले स्प्रेड बढाएर ऋणीसँग चर्को ब्याजदर असूलेको छ ।
प्रभु बैंकको बेसरेट पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।

२७ वटा वाणिज्य बैंकमा बेसरेट बढ्ने बैंकमा नबिल बैंक मात्र रहेको छ । बेसरेट बढेपनि नबिल बैंकले स्प्रेड भने घटाएको छ । बैंकको स्प्रेड ४.४३ प्रतिशत रहेको छ ।

9735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका