जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आईपीओ जारी गरेको पहिलो वर्षमै ज्योति लाईफले १० प्रतिशत बोनस शेयर दिने

आईपीओ जारी गरेको पहिलो वर्षमै ज्योति लाईफले १० प्रतिशत बोनस शेयर दिने

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा फाल्गुण ०६ गते शुक्रबार सम्पन्न भएको छ ।  उक्त सभाले आव ०७६/७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको आव ०७६/ ७७ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र पेश गर्नुका साथै आव ०७६/७७ को लागि  बाह्य लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभामा ज्योति लाईफले आफ्ना शेयरधनीहरुमा १० प्रतिशतले हुन आउने बाईस करोड बराबरको बाईस लाख कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ र यसका साथै ज्योति लाईफको चुक्ता पुँजी २ अर्ब ४२ करोड कायम भएको छ ।

कम्पनीका सञ्चालकहरुमा संस्थापक शेयरधनी समूह (क तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र  साधारण शेयरधनी समुह(ख  तर्फ कौशल नौलखा र प्रिया तायल चयन भएका छन् । साथै सञ्चालक समितिको अध्यक्षमा श्री नन्द किशोर शर्मा मनोनित  हुनुभएको तथ्य प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जनाए ।

साथै ६ आश्विन, २०७४ बाट विधिवत् रूपमा जीवन बीमा क्षेत्रमा सेवाहरु प्रदान गर्दै अघि बढ्ने क्रममा ज्योति लाईफले आजको दिन सम्म १२८ शाखा र उपशाखा मार्फत सेवाग्राही हरुलाई सेवा पुर्याउदै आएको जानकारी समेत दिए ।

4545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका