जोडिनुहोस
शुक्रबार, अशोज १२, २०८०
शुक्रबार, अशोज १२, २०८०

हालको खबर

  • होमपेज
  • नबिल बैंक र इक्यानबीच सम्झौता

नबिल बैंक र इक्यानबीच सम्झौता

नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो ससम्झौतापश्चात नबिल बैंकले इक्यानसँग आवद्घ सदस्य संस्था, तीनका कर्मचारी एवं विद्यार्थी का लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । यस सम्झौताअन्तर्गत बैंकले इक्यान सदस्य संस्था तथा विद्यार्थीलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेषणका सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाइन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सहमतिमार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिबद्घता रहेको उल्लेख गर्नु भयो ।

त्यस्तै इक्यानका अध्यक्ष विष्णु हरि पाण्डेले सदस्य संस्था, कर्मचारीलगायत विद्यार्थी ले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?