जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • महालक्ष्मीले ल्यायो सबैभन्दा छिटो पैसा डबल हुने मुद्दति योजना

महालक्ष्मीले ल्यायो सबैभन्दा छिटो पैसा डबल हुने मुद्दति योजना

महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबैभन्दा छिटो पैसा डबल नयाँ मुद्दति योजना महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता सार्वजनिक गरेको छ।

मात्र रु. १० हजारमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता‘ मा ७० महिनामै मुद्दति रकमको दुईगुणा रकम भुक्तानी गरिने बैंकले जनाएको छ। महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दति खाता योजनाअन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता खोल्न सक्नेछन्।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता सञ्चालनमा ल्याएको हो। देशैभर छरिएर रहेका १०३ शाखामार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले हाल प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।

बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।

2810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका