जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रस्मीको उद्देश्य सीइओ देखि राजदुतसम्म

रस्मीको उद्देश्य सीइओ देखि राजदुतसम्म

‘उद्देश्य लिनु उडी छुन चन्द्र एक’ यस भनाईलाई सार्थकतामा परिणत गरेकी छन् । एक नेपाली महिला बैंकर रश्मि पन्त । नेपाली युवा पुस्ताका लागि नेपालमा नै गर्न सकिन्छ भन्ने उदाहरण वा प्रेरणा बन्न सफल भएकी छन् रश्मी पन्त । उनी महिला तर, उनको कडा मेहनत र परिश्रमले उनलाई सफलताको उचाईमा लगि रहेको छ । उनी अहिले नेपालको सबल र सक्षम मानिने प्रभू बैंक लिमिटेडको ‘चिफ कर्पोरेट प्लानिङ अफिसर’ पदमा कार्यरत छिन् ।

बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दो छ । तर, नेपालका बैंक तथा बीमा क्षेत्र लगायत अन्य क्षेत्र भनु मुलुकमै दक्षजनशक्तिको अभाव पनि खड्किएको देख्न सकिन्छ । दिन प्रतिदिन बढ्दै गएको बैदेशिक रोजगारको मोह तथा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्याथीहरुको लर्कोले नेपालको अवस्थालाई चित्रण गरेको देख्न सकिन्छ । उच्च शिक्षाका लागि विदेशिने र आफ्नो करियर बनाउन विदेश जाने नेपाली युवा पुस्ताका लागि नेपालमा नै गर्न सकिन्छ भन्ने उदाहरण वा प्रेरणा बन्न सफल भएकी छन् रश्मी पन्त ।

नेपालका रोजगारीको गन्तव्यहरुमा निकै इज्जतदार पेशा मानिने बैंकमा नेपाली महिलाहरु सीइओसम्म भएका छन् । तर, रश्मि पन्तले कम उमेरै उच्च पदमा पुग्ने महिला बैंकर मध्ये एक हुन ।

बैंकिङ क्षेत्रमा सीप र ज्ञान भएको जनशक्ति आवश्यक छ । ‘किताबी ज्ञानको योग्यता मात्र नभएर बजारमा प्रतिस्पर्धी क्षमताको जनशक्ति आवश्यक छ । पाठ्यक्रम पढेर मात्र पुग्दैन । विना परिश्रम फल त्यसै फल्दैन, परिश्रम निरन्तर गरिरहनुपर्छ’ । त्यही आदर्शलाई मूल मन्त्र बनाएर अघि बढ्दा सफलताको सिँढी चढ्न सजिलो हुने रस्मी बताउछिन् ।

खुल्ला प्रतिस्पर्धाबाट सन् २०१५ मा ‘बैंकिङ करिअर’मा सुरु रस्मीको उद्देश्य बैंकको उच्च तह सीइओमा नभई राजदूत पनि बन्ने लक्ष्य रहेको छ । जसलाई लागि उनले राजनीति शास्त्रमा पिएचडी पनि गरिरहेकी छिन् ।

क्षमता र दक्षता देखेरै व्यवस्थापनले पनि जिम्मेवारी दिएको रश्मि बताउछिन् । म आफ्नो टिओआरको काम समयमै सक्छु ।’ काम गर्दा टिमवर्कमा विश्वास गर्छु र मलाई ‘काम बाँडफाँड गर्दा सहज पनि हुने अरुले सिक्ने मौका हुने’ उनी बताउछिन् ।

पढाइमा सधै अब्बल रहेकी रशिमले २०५९ सालको एसएलसीमा कन्चनपुरबाट गरेकी थिइन् भने सिद्धनाथ साइन्स क्याम्पसबाट आइएसस्सी पढेकी पन्तले भिएसनिकेतनबाट बिबिए र काठमाडौं युनिभर्सिटीबाट एमबीए गरेकी छन् । रश्मि अहिले त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्दै गरेकी रश्मिले आफ्नो कामसँगै पढाइलाई पनि सँगसँगै अघि बढाएकी छिन् ।

रश्मीको विचारमा व्यक्तिको सफलतामा परिवारको पनि योगदान हुन्छ । म स्थानमा आईपुग्नको लागि मेरो परिवारको साथ र सहयोग छ । ‘परिवारको सपोर्ट नभएको भए यो अवस्थामा आउने थिइनँ । मेरो आफ्नो काम गर्न परिवारबाट स्वतन्त्र छु । त्यसैले अरुलाई पनि स्वतन्त्र छोड्नुपर्छ । महिलाको सफलताका लागि छोरीलाई पनि छोरालाई जस्तै स्वतन्त्रता दिनुपर्छ । पारिवारिक बन्धनले काम गर्न अप्ठ्यारो पर्छ । छोराहरु जति स्वतन्त्र हुन्छन् छोरीलाई पनि त्यही स्वतन्त्रता दिए छोरीले पनि प्रगति गर्न सक्छन् । घरमा ढिला जाँदा कहाँ गयो, किन गयो भनेर छोरीहरुले धेरै प्रश्न परिवारले गर्न नहुने उनले बताइन् ।

14620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका