जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु पटना, १४ असोज (रासस-एएफपी) – भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् ।

बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ । भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार क्षेत्रमा सन् १९९४ यताकै यो सबैभन्दा भारी मनसुनी वर्षा हो । विभागले मनसुनी वर्षा ढिलो आएको र यो लामो अवधिसम्म रहेको जनाएको छ । चार दिनभित्रमा उत्तर प्रदेशमा १११ जना र बिहारमा २८ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् ।

जेलभित्र बाढी पसेका कारण उत्तर प्रदेशको बल्लिया जिल्लास्थित कारागारमा रहेका ९०० कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्नु परेको छ । करिब २० लाख जनसंख्या रहेको पटनामा मानिसहरुलाई अस्थायी डुङ्गाको सहायताबाट उद्धार गरिएको छ । वर्षा रोकिए पनि शहरको अधिकांश भूभाग डुबानमा छ ।

विद्यालय र पसलहरु सबै बन्द अवस्थामा छन् । टेलिभिजनमा प्रसारित दृश्यहरुमा अस्पतालका वार्डहरु डुबानमा परेका र स्थानीयबासीलाई उद्धारकर्ताहरुले दूध, केरा र अरु पेय पदार्थहरु बाँड्दै गरेको देखिएको छ । सामान्यतया, जुनदेखि सेप्टेम्बर महिनासम्म उत्तर भारतमा मनसुनी वर्षा हुने गर्दछ, तर यस वर्ष ढिलो गरी मनसुनी वर्षा भइरहेको छ । भारतीय जलवायु विज्ञान विभागका अनुसार यस वर्षको समग्र मनसुनी वर्षा औसतमा भन्दा बढी भएको छ ।

6270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका