जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्न : मन्त्री शर्मा

लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्न : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन वापत मिडियाले पाउने रकम नरोकिने बताएकी छिन् । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराइने प्रतिवद्धता जनाएकी हुन् ।

‘अहिले रकम कटौती गरेको भन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थमन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौं, अर्थबाट रकम आउने छ, यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउने छ, लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनशाय छैन,’ उनले भनिन् ।

मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हक अधिकारको पक्षमा भएको जनाउँदै मन्त्री शर्माले भनिन्,‘तपाइँहरुलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ ।’

उनले आन्दोलनमा रहेको पत्रकार महासंघको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत आग्रह गरिन् । ‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनशाय नभएकाले तपाइँहरुले आन्दोलन नै गर्न पर्दैन्थ्यो, अब आन्दोलन रोक्न आग्रह गर्दछु । लोककल्याणकारी विज्ञापन वापतको रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ उनले भनिन् ।

ज्ञापन बुझाउने क्रममा महासंघ केन्द्रका महासचिव रोशन पुरी, वरिष्ठ पत्रकार दामोदर दुवाडी, महासंघका प्रदेश अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोका लगायतको उपस्थिति रहेको थियो ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका