जोडिनुहोस
बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • अहिलेसम्मकै ठूलो १८ अर्ब रुपैयाँको आइपिओ आउने

अहिलेसम्मकै ठूलो १८ अर्ब रुपैयाँको आइपिओ आउने

सेयर बजारमा अहिलेसम्मकै ठूलो सार्वजनिक निष्कासन(आइपिओ) जारी हुने भएको छ । बुधबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालय मातहतको विद्युत् विकास विभागले सर्वेक्षणको अनुमति दिएको माथिल्लो अरुण जलविद्युत आयोजनाले ४९ प्रतिशत सेयर आम जनतामा सेयर बिक्री गर्ने भएको हो ।

आयोजनाको हालको अनुमानित लागत अनुसार करिब १८ अर्ब रुपैयाँको सेयर सर्वसाधारणको लागि जारी हुने छ । आयोजनाको लागत बढेमा आइपिओ रकम समेत बढ्ने छ ।
नेपालको सेयर बजारमा माथिल्लो अरुणले निष्कासन गर्ने सेयर अहिलेसम्मकै ठूलो हुने छ । अहिले पाइपलाइनमा रहेका कम्पनीहरुको पनि आइपिओ सो रकमको भने छैन ।

कूल १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजनालाई सरकारले नेपालको पानी जनताको लगानी कार्यक्रममा समावेश गरेको छ ।

सरकारले कूल २१ आयोजनालाई नेपालको पानी जनताको लगानीमा समावेश गरेको छ । ती आयोजना मध्ये माथिल्लो अरुण पनि एक हो । सो आयोजनाका लागि सर्वसाधारणबाट सेयर उठाउने तयारी छ । प्रतिमेगावाट लागत ११ करोड रुपैयाँ रहेको सो आयोजना थोरै आकर्षक आयोजना मध्येको एक हो ।

जनताको लगानी कार्यक्रममा समावेश भएको सो आयोजनाको स्वपूँजी मध्ये ४९ प्रतिशत लगानी जनताको सेयर मार्फत गरिनेछ । मन्त्रालयले आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिएसँगै आयोजना निर्माणको बाटो खुलेको हो ।

सो आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी ढाँचामा निर्माण गर्ने तयारी गरिएको छ । सरकारले आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्न सहमति दिइसकेको छ ।

आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर रहनेछ । कूल ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लिने तयारीमा छ । स्वपूँजी मध्ये ४९ प्रतिशत सर्वसाधारण र बाँकी ५१ प्रतिशतमा पनि नेपाल विद्युत् प्राधिरकणलगायतको लगानी रहनेछ । यस्तै आयोजनाका लागि विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको रकम समेत परिचालन गर्ने योजना छ ।

सो आयोजनाको हाल विस्तृत अध्ययन भइरहेको छ । आयोजनाको कूल लागत १ खर्ब २० अर्ब हाराहारीमा हुने बताइएको छ ।

8340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका