जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन लाईफ, सूर्यज्योती लाईफ, आईएमई लाईफ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेको इन्स्योरेन्सद्वारा नक्कली वित्तिय विवरण बीमा प्राधिकरणमा पेश गरेको खुलासाः बीमा प्राधिकरण बेखबर !

सिटिजन लाईफ, सूर्यज्योती लाईफ, आईएमई लाईफ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेको इन्स्योरेन्सद्वारा नक्कली वित्तिय विवरण बीमा प्राधिकरणमा पेश गरेको खुलासाः बीमा प्राधिकरण बेखबर !

नेपालका जीवन बीमा कम्पनीहरुको गलत वित्तिय विवरण देखाउदै आ–आफ्ना कम्पनी राम्रो भएको देखाउदै आएको तथ्य खुलेको छ । नेपाल बीमा प्राधिकरणको उच्च स्रोतका अनुसार लगातार श्रावण, भाद्रको वित्तिय विवरणमा तथ्याङ्ग उल्टो सुल्टो बनाएर नेपाल बीमा प्राधिकरणमा पेश गरिएको खुलेको छ । सधैं नाफा देखाएर कम्पनी राम्रो देखाउने र महंगो सीइओको जागिर बचाउने बीमा बजारका नालायक सीइओहरुको सक्कली रुप पूरानै हो भन्दा फरक पर्दैन ।नेपाल जीवन बीमक संघका अध्यक्ष समेत रहेका सिटिजन लाईफ इन्स्योरेन्सका सीइओ पोषक राज पौडेल, नेपाल निजीवन बीमक संघका अध्यक्ष एवम् सगरमाथा लुम्बिनी इन्स्योरन्सका सीइओ चङ्की श्रेष्ठले समेत आ–आफ्नो कम्पनीको नक्कली वित्तिय विवरण नेपाल बीमा प्राधिकरणमा पठाएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । यति मात्रै होइन आईएमई गु्रपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको लगानी भएको आईएमई लाईफ इन्स्योरेन्स, आफूलाई बीमा बजारको डन हुँ भन्दै हिड्ने नेको इन्स्योरेन्सका सीइओ अशोक कुमार खड्का र पटक÷पटक नक्कली बीमा लेख भुक्तानीको विवादमा फस्दै आएको सूर्यज्योती लाईफ इन्स्योरेन्सका सीइओ प्रकाश विक्रम खत्रीले समेत नक्कली वित्तिय विवरण बीमा प्राधिकरणमा पेश गरेको फेला परेपछि नेपाल बीमा प्राधिकरणले नगद जरिवाना र सचेतको स्पष्टिकरण सोध्ने तयारी गरेको खुलेको छ । हेक्का होस् ।

सधैं नाफा देखाएर कम्पनी राम्रो देखाउने र महंगो सीइओको जागिर बचाउने बीमा बजारका नालायक सीइओहरुको सक्कली रुप पूरानै हो भन्दा फरक पर्दैन ।नेपाल जीवन बीमक संघका अध्यक्ष समेत रहेका सिटिजन लाईफ इन्स्योरेन्सका सीइओ पोषक राज पौडेल, नेपाल निजीवन बीमक संघका अध्यक्ष एवम् सगरमाथा लुम्बिनी इन्स्योरन्सका सीइओ चङ्की श्रेष्ठले समेत आ–आफ्नो कम्पनीको नक्कली वित्तिय विवरण नेपाल बीमा प्राधिकरणमा पठाएको भेटिएको छ ।

नेपाल बीमा प्राधिकरणको उच्च स्रोतले दिएको जानकारी अनुसार २०८० श्रावण १ गते बीमा कम्पनीहरुमा स्थलगत अनुगमन गरेको थियो । त्यही अनुगमन गर्दा माथी उल्लेखित ५ वटा बीमा कम्पनीहरुले बीमकसंग संकलन गरेको तथ्याङ्क र बीमकको कोर सफ्वेयर प्रणाली मार्फत संकलन गरेको तथ्याङ्क आकाश जमिनको फरक परेको भेटिएको छ । यो ठगी नभए के हो ? एउटा मूल्यमा सामान बेच्ने, अर्को मूल्यमा कोर सफ्वेयर गरि नियमनकारी निकायमा (नेपाल बीमा प्राधिकरण) पठाउने यो कस्तो बीमा बजार हो यसको खोजी हामीले शुरु गरेका छौं । हेक्का होस् ।

सम्बन्धित महिना वा त्रैमास अवधिको कारोबारमा उत्कृष्ट देखिनका लागि कृत्रिमरुपमा पुरानै मितिमा कारोबार देखाएर बीमकको उच्च व्यवस्थापनले वाहवाही बटुल्ने अभ्यास गर्दा यो प्रवृत्तीमा ‌अ‌ंकुश लाग्न नसकेको हो ।

दुई वर्ष अघि देखि नै बीमा कम्पनीहरुलाई वास्तविक कारोबार गर्न सचेत गराउँदै आएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पंक्तिकारसंग बताए । उनीले थपेः– तर बीमकहरु मासिकको अन्त्य होस् वा त्रैमासिकको अन्त्य होस्, बितिसकेको मितिमै रहेर बीमाको कारोबार गर्ने प्रवृत्ती अझैसम्म हट्न सकेको देखिदैन । सम्बन्धित महिना वा त्रैमास अवधिको कारोबारमा उत्कृष्ट देखिनका लागि कृत्रिमरुपमा पुरानै मितिमा कारोबार देखाएर बीमकको उच्च व्यवस्थापनले वाहवाही बटुल्ने अभ्यास गर्दा यो प्रवृत्तीमा ‌अ‌ंकुश लाग्न नसकेको हो । जोखिम बहन गर्नुपर्ने व्यवसाय भएकाले पुरानो मितिमा कारोबार गर्दा बीमकले अनावश्यकरूपमा वित्तीय भार बहन गर्नुपर्ने अवस्था आइ परेको छ । नेपाल बीमा प्राधिकरणले यस्तो कारोबार गर्न रोक लगाउँदै आएको अध्यक्ष सिलवालले दाबी गरे ।

नेपाल बीमा प्राधिकरणका अनुसार नक्कली वित्तिय विवरण पेश गर्ने जीवन बीमकतर्फ सूर्य ज्योति लाइफ, सिटिजन लाइफ र आइएमई लाइफ रहेका देखिन्छ । निर्जीवन बीमकमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् ।

कारवाहीमा पर्न लागेका १९ मध्ये केही बीमकले दिएको तथ्यांकमा हजारमा, केहीको लाखमा र केहीको करोडमा तथ्यांक फरक भएको देखिन्छ । तथ्यांकमा भिन्नताको मात्रा हेरेर कारवाही गर्ने की भन्नेबारेमा छलफल भइरहेको छ अध्यक्ष सिलवालले दाबी गरे । नेपाल बीमा प्राधिकरणका अनुसार नक्कली वित्तिय विवरण पेश गर्ने जीवन बीमकतर्फ सूर्य ज्योति लाइफ, सिटिजन लाइफ र आइएमई लाइफ रहेका देखिन्छ । निर्जीवन बीमकमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् । सरकारी स्वामित्वको निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीले नक्कली वित्तिय विवरण नेपाल बीमा प्राधिकरणमा पेश गरेको भेटिएको छ । यो कस्तो बीमा हो । यसको खोजी शुरु भएको छ । सचेत भया ।

1085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका