जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • राष्ट्रिय बाणिज्य बैंक र सक्षमबीच सहकार्य, गोरखा र धादिङका भुकम्प पीडितलाई ऋण दिने

राष्ट्रिय बाणिज्य बैंक र सक्षमबीच सहकार्य, गोरखा र धादिङका भुकम्प पीडितलाई ऋण दिने

राष्ट्रिय वाणिज्य बैंक र यूके एड सक्षम एक्सिस टु फाइनान्सबीच समझदारी भएको छ। गोरखा र धादिङ्ग जिल्लाका भुकम्प पिडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको हो।

राष्ट्रिय पुनरनिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि २०७२ सालको भुकम्पले क्षति पुर्याएका धादिङ्ग जिल्लाका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिकाका नागरिकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भुकम्प पिडित घर कर्जा  लगानी गर्ने छ।

सझौतापछि  प्रदेश नम्बर २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाको रकम भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने छ।

8320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका