जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विकास बैंकले पनि घटाए ब्याजदर, कसको कति पुग्यो ?

विकास बैंकले पनि घटाए ब्याजदर, कसको कति पुग्यो ?

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एशोसिएशन ब्याजदर घटाएसँगै विकास बैंकहरूले पनि ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएशनको बिहीबार बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको अध्यक्ष प्रद्युमन पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

अब विकास बैंकहरूले यसअघि दिँदै आएको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.८५ प्रतिशतले घटाएर १२ प्रतिशतमा झारेका छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत कायम भएको पोखरेलले जानकारी दिए । बैंकहरूको निक्षेपको ब्याजदर घट्नेवित्तिकै बिस्तारै कर्जाको पनि ब्याजदर घट्ने उनले बताए ।

यता ग वर्गमा फाइनान्स कम्पनीहरूको छाता संगठन नेपाल वित्तिय संस्था संघले पनि ब्याजदर घटाउन आज २ बजेलाई बैठक बोलाएको छ । संघका अध्यक्ष सरोजकाजी तुलाधरले ब्याजदर घटाउनेसम्बन्धी छलफल हुने जनाएको छन् । तर, कति घट्छ भन्ने विषयको निर्धारण बैठकले गर्ने जनाएका छन् । अहिले फाइनान्स कम्पनीहरूले साढे १३ प्रतिशत ब्याजदर मुद्दती निक्षेपमा दिइरहेका छन् ।

क वर्गका वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स एशोसिएशनले भने बुधबार नै (पुस २७) ब्याजदर घटाउने निर्णय गरिसकेका छन् । वाणिज्य बैंकहरूले अब व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थाग मुद्दती निक्षेपमा ९ प्रतिशत दिनेछन् । यसअघि व्यक्तिगतमा १२.१३३ प्रतिशत र संस्थागतमा १०.१३३ प्रतिशत दिँदै आएका थिए ।

बैंकर्स एशोसिएशनले घटाएको ब्याजकै कारण मासिक १ अर्ब ४० करोड रूपैयाँले बचतको ब्याज घट्ने तत्काल घट्ने नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले बताए । मुद्दती निक्षेपको व्याजदर विस्तारै घट्दा बेसरेट (आधारदर) पनि घट्ने र यसले कर्जाको ब्याजदर समेत घट्न जाने उनको भनाइ छ ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले घटाएको ब्याजदर माघ १ गतेबाट लागू हुनेछ । हाल २६ वटा वाणिज्य बैंक रहेकोमा केही बैंकहरू मर्ज भएका छन् ।

1790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?