जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मर्जर प्रस्ताव पारित गर्न जनता र ग्लोबलले बोलाए साधारणसभा

मर्जर प्रस्ताव पारित गर्न जनता र ग्लोबलले बोलाए साधारणसभा

मर्जर प्रकृयामा रहेका जनता र ग्लोबल आइएमई बैंकको बार्षिक साधारणसभाको मिति तय भएको छ। दुवै बैंकले छुट्टाछुट्टै रुपमा मङ्सिर २ गते एकै दिन साधारणसभा डाक्ने निर्णय भएको मर्जर समितिले जनाएको छ।

मङ्सिर २ गतेको बार्षिक साधारणसभामा मर्जर प्रस्ताव लगिने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले जनाएका छन। उनकाअनुसार दुवै बैंकको गत आर्थिक बर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ।

दुवै बैंकको गत आर्थिक बर्षको वित्तीय विवरण स्वीकृत भईसकेकाले योजनाअनुरुप नै प्रकृया अघि बढेको अवस्थामा मङ्सिर अन्तिमसम्म एकीकृत कारोबारको सम्भावना रहेको सीईओ क्षेत्रीले बताए। ग्लोबल आइएमई र जनताबीच असार २० गते मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो

7370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका