जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा आइएमई सम्मानित

सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा आइएमई सम्मानित

समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा आइएमई सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा वुधबार राजधानीमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका छन् ।

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई विदेशी मुद्रा बैंकिङ संजाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ ।

यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।आइपीओमा जाने तयारी गरिरहेको आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटकपटक सम्मानित हुँदै आएको छ ।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका