जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमालयन बैंकले सञ्चालनमा ल्यायो हिमालयन क्यापिटल

हिमालयन बैंकले सञ्चालनमा ल्यायो हिमालयन क्यापिटल

हिमालयन बैंक लिमिटेडले आफ्नो सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेड सञ्चालनमा ल्याएको छ । शुक्रबार एक समारेहका बीच बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठद्वारा हिमालयन क्यापिटल लिमिटेडको उद्घाटन गर्दै औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याएकाे  हो ।

बैंकको पर्ण स्वामित्व रहेको हिमालयन क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिंग तथा इन्भेस्टमेन्ट बैंकिंग सेवा प्रदान गर्नु रहेको छ ।  क्यापिटलको चुक्ता पुंजी बीस करोड रहेको छ । नेपाल धितोपत्र बोर्डले हिमालयन क्यापिटललाई मिति २०७६, श्रावण २६ गते सम्पूर्ण मर्चेन्ट
बैंकिंग कारोबार गर्न इजाजत दिएकाे थियो ।

मर्चेन्ट बैंकिंग कारोबार अन्तर्गत हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, शेयर रजिष्टार, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, र डीपी सेवा प्रदान गर्ने छ ।

उक्त समारोहमा हिमालयन बैंकका अध्यक्ष  मनोज बहादुर श्रेष्ठज्युले पुंजीबजारमा आएका सकारात्मक परिवर्तन र बजारको दायरामा भएको वृद्धिलाई आत्मसाथ गर्दै ग्राहकको सेवामा कम्पनी पुर्णरुपमा समर्पित हुने बताए ।

साथै हिमालयन क्यापिटलको संचालक समितिका अध्यक्ष तथा हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशीले ग्राहकहरुलाई आधुनिक मर्चेन्ट बैंकिंग सेवाहरु उपलब्ध गराउने र देशको अर्थतन्त्रको दिगो बिकासमा योगदान पुर्याउने प्रतिबद्धता जाहेर गर्दै निकट भविष्यमा नै नियामक निकायको स्वीकृति
पश्चात क्यापिटलले हिमालयन बैंकको सामुहिक लगानी कोष “हिमालयन म्युच्युअल फण्डू तथा अन्य लगानी कोषहरुको संचालन गरि ग्राहकहरुलाई बिशिस्टकृत सेवा प्रदान गर्ने लक्ष्य राखेको बताए ।

यसैगरि, क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई आत्मसाथ गर्दै सम्पूर्ण धितोपत्र बजारलाई सकारात्मक योगदान दिन कटिबद्ध रहने उल्लेख गरे ।

यस हिमालयन क्यापिटल लिमिटेडको संचालक समितिमा, हिमालयन बैंक लिमिटेड को तर्फ बाट  सशील जोशीअध्यक्ष र संचालकहरुमा सुनिल गोर्खालि र सतिश राज जोशी हरेका छन् ।

यस क्यापिटलको प्रधान कार्यालय ठमेल स्थित कर्मचारी संचय कोष भवन मा रहेको छ। व्यापिटलको उदघाटन समारोहमा हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्यहरु, बैंकका प्रमख कार्यकारी अधिकृत अशोक समशेर जबरा हिमालयन क्यापिटल लिमिटेडको संचालक समिति को साथै बैंकका महाप्रबन्धक तथा बरिष्ठ कर्मचारीहरु, क्यापिटलका कर्मचारीहरु, नियामक निकाय तथा विभिन्न संघ संस्थाहरुका पदाधिकारीहरु, र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

5125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका