जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एनआईसी एशियाकाे नाफा अरब माथि

एनआईसी एशियाकाे नाफा अरब माथि

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा एक अर्ब ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आवको तुलनामा ३४.१३ प्रतिशत अर्थात २५ करोड ६९ लाख रुपैयाँले बढी हो । यो नाफा रकम बैंकहरुमध्ये तेस्रो ठूलो नाफा हो।

 

यो बैंकभन्दा नबिल र राष्ट्रिय वाणिज्य बैंकले १२/१२ करोड बढि मुनाफा आर्जन गरेका छन्।

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल ५६ करोड ११ लाख ५३ हजार रुपैयाँ छुट्याए पछि यस अवधिमा बैंकको वितारणयोग्य नाफा ४४ करोड ८४ लाख रहेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँले बढेर ४० रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६१ पैसा रहेको छ । बैंकले असोजसम्ममा १ खर्ब ७९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

एनआइसीले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१.०५२%  लाभांश दिएको छ । जसमध्ये ११.०५२%  नगद र १०%  बोनस सेयर रहेको छ ।

8280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका