जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच सम्झौता

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच सम्झौता

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र NBI को तर्फबाट प्रमुख कार्यकारी अधिकारी संजिब सुब्बाले हस्ताक्षर गर्नुृ भएको थियो ।

यस समझदारीपत्रमा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंक लि. का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण JANBI कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकका कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । विशेष गरी सहायक तह देखि सहायक प्रबन्धक तह सम्मका कर्मचारीहरुको दक्षता तथा कुशलता पूर्वक कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्ने हेतुले बैंकको तर्फबाट सो समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले यस कोर्समा आवद्ध हुने आफ्ना कर्मचारीहरुले यस कोर्स उतीर्ण गरी JANBI प्रमाणपत्र प्राप्त गर्न सक्ने जानकारी गराउनु भएको छ ।

8745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका