जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • लक्ष्मी बैंकका पूर्व सिइओ सुदेश खालिङ सिटिजन्स बैंकको संचालक

लक्ष्मी बैंकका पूर्व सिइओ सुदेश खालिङ सिटिजन्स बैंकको संचालक

सिटिजन्स इन्टरनेशनल बैंकको संचालकमा सुदेश खालिङ नियुक्त भएका छन्। उनी केही समय अगाडि मात्रै लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट हटेका थिए।

बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले उनलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो। अवनिन्द्रकुमार श्रेष्ठको पदावधि सकिएपछि खालिङलाई ल्याइएको हो। खालिङसँग बैंकिङ क्षेत्रको तीन दशक लामो अनुभव छ।

शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा खालिङ परिचित छन्। वाणिज्य बैंकमा सहायक पदबाट बैंकिङ सेवा सुरु गरेका खालिङ अनुभवी बैंकर हुन्।

10035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?