जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा बैंकको सीइओमा आचार्य

सानिमा बैंकको सीइओमा आचार्य

सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पवनकुमार आचार्यले जिम्मेवारी सम्हालेका छन्। आचार्यले सञ्चालक समितिको निर्णय अनुसार सोमबारदेखि सीइओको जिम्मेवारी सम्हालेका हुन्।

सोमबार बसेको बैंक संचालक समितिको बैठकले माघ १२ गतेदेखि लागू हुने गरी आचार्यलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका सीइओ निश्चलराज पाण्डेको कार्यकाल आइतबार सकिएका कारण आचार्यले आगामी चार वर्षका लागि बैंकको नेतृत्व सम्हालेका हुन्।

आचार्य यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। बैैंकको सञ्चालक समितिले कात्तिक अन्तिम आचार्यलाई माघ १२ देखि लागू हुने गरी सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो।

970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर