जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंक लि.ले पोखरामा आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६÷०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १७.६० बोनस सेयर सहित) १८.५३ प्रतिशत लाभाँस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राख्नु भएको थियो ।

सोही समारोहमा बैंकका पूर्व अध्यक्षहरु खगेन्द्रराज रेग्मी र मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पार्नुभएको थियो ।

यस वार्षिक साधारण सभामा बैंकको नयाँ सञ्चालक समिति पनि गठन भएको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र को चयन भएको बैंकका प्रमुख सुचना अधिकृत तिल बहादुर गुरुङ्गले बताए ।

5850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका