जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • राष्ट्र बैंकका चार जना कार्यकारी निर्देशक अवकाश हुँदै

राष्ट्र बैंकका चार जना कार्यकारी निर्देशक अवकाश हुँदै

नेपाल राष्ट्र बैंकका चार जना कार्यकारी निर्देशकहरु अवकाश हुने भएका छन्। अवकाशका लागि दुई जना बिदामा बसिसकेका छन् भने बाँकी दुई आउँदो सोमबारबाट बिदा बस्दैछन्।

सुनिल उदास र सरिता भट्ट अधिकारी विदा बसिसकेका छन्। सुनिल फाइनान्स कम्पनी सुपरिवेक्षण विभागका प्रमुख थिए भने भट्ट विदेशी मुद्रा ब्यवस्थापन विभाग प्रमुख थिइन्। उनीहरुले करिव बर्ष दिनअघि मात्रै निर्देशकबाट कार्यकारीमा बढुवा भएका थिए।

यसैगरी लक्ष्मी प्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठ पनि सोमबारबाट बिदा बस्दैछन्। निरौला मुद्रा ब्यवस्थापन विभागका प्रमुख हुन् भने श्रेष्ठ संस्थागत योजना विभाग प्रमुख हुन्।

निरौला र श्रेष्ठ दुबैले बाणिज्य बैंकको नेतृत्व पनि गरेका थिए। राष्ट्र बैकको तर्फबाट नेपाल बैंक सुधार गर्न श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत भएर गएका थिए भने एनसिसी बैंक सुधारका लागि निरौला सञ्चालक समितिको अधिकारसमेत लिएर ब्यवस्थापन समिति प्रमुख भएका थिए।

निरौला र श्रेष्ठ सुपरिवेक्षण र नियमनमा अब्बल मानिन्छन्।

उनीहरु बाहिरिएसँगै पहिलो चरणमा कानुन महाशाखा प्रमुख रेवतीप्रसाद नेपाल र वित्तीय जानकारी इकाइ प्रमुख रामु पौडेल कार्यकारी निर्देशकमा बढुवा हुने छन्। त्यसपछि विश्रुत थापा र रामबहादुर मानन्धर कार्यकारी निर्देशक बन्ने छन्। थापा बैंक सुपरिवेक्षण विभागमा छन् भने मानन्धर विकासब क सुपरिवेक्षण विभागमा छन्।

10765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका