जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बीमा सरकारले होइन, बीमा कम्पनीले गर्ने हो

बीमा सरकारले होइन, बीमा कम्पनीले गर्ने हो

युनियन लाईफ इस्योरेन्सको पछिल्लो वित्तिय अवस्था कस्तो छ ?
क्लोजिङ त भएको छैन । तर हाम्रो कम्पनीको वित्तिय अवस्था एकदमै राम्रो छ ।

१९ वटा लाईफ इन्स्योरेन्स कम्पनीहरु छन् । तपाईहरु पछिल्लो पटक आएको कम्पनी । बजारमा प्रतिस्पर्धा कस्तो छ त ?
पुरै बजार खाली छ । मेरो लागि कुनै पनि प्रतिस्पर्धानै छैन । हामीले अहिले सम्म २०० करोड भन्दा माथिको व्यापार गरेका छौं । यो राम्रो उपलब्धी हो । प्रतिस्पर्धा भयो भने त झन ब्यापार बढ्छ । तर, लाईफ इस्योरेन्समा व्यापार खोसाखोस छैन ।

तपाईले शुरु गरेको घातक रोगका विभिन्न प्रडक्टहरु बैंक र अन्य बीमा कम्पनीहरुले पनि ल्याएका छन् । तपाई यसमा गौरब मान्नुहुन्छ ?
यो एकदमै राम्रो कुरा हो । यो कस्तो हो भन्दा । मानिसलाई घातक रोगको उपचार गर्दा धेरै ठुलो पैसा खर्च हुन्छ । एक पटक यो घातक रोग लाग्यो भने जिन्दगीभर कमाएको पैसा सबै सकिन्छ । त्यसैले यो प्रत्येक व्यक्तिले ग¥यो भने कम्तिमा पनि उसको आर्थिक स्थिती खराब हुँदैन । यो बीमा, बैंक तथा वित्तिय संस्थाहरुले सुविधा सहित दिनु त झनै राम्रो हो ।

नयाँ बीमा कम्पनीहरुले डबल फिर्ता जस्ता प्रोडक्टहरु ल्याएका छन् । तपाईले रोग सम्बन्धी प्रडक्ट ल्याउनु भयो । यसलाई कसरी लिनु भएको छ ?
यो घातक रोगको प्रोडक्ट मैले मात्र ल्याएको हो भन्न मिल्दैन । अरु बीमा कम्पनीहरुले पनि ल्याएका छन् । तर हाम्रा अन्य प्रोडक्टहरु पनि राम्रो छन् । मनिब्याक होल लाईफमा म्याच्योरोटी सम्ममा सबै पैसा र बोनस आईहाल्छ । ९९ वर्षसम्म रिक्स कभर हुन्छ । प्रिमियम तिर्नु पर्दैन । त्यतिबेला सम्म बाच्यो भने आफैले सबै पैसा पाउने हो । यदि कुनै कारणबस मरेमा । इच्छाएको व्यक्तिले त्यो रकम पाउने हो । यस्ता खालका हामीसंग धेरै राम्रो राम्रो प्रोडक्टहरु छन् ।

बीमा बजारका पछिल्ला समस्याहरु के के छन् ?
यसको मुख्य समस्या भनेको कर्मचारीहरु तानातान र खोसाखोस नै हो । ३ देखि ४ वटा प्रमोसन दिएर भएपनि कर्मचारीहरु तानिरहेका छन् । यसले भयावह स्थिति हुनसक्छ । अर्कोकुरा अभिकर्ताहरुलाई पनि धेरै इनसेन्टीभको लोभ दिएर तान्ने गरिएको छ । यस्तो बिकृती हुनुभएन । बजार पुरै खाली छ । नयाँ अभिकर्ताहरु बनाउनुस् । उनीहरुलाई टे«निङ्ग दिनुस् । अनि उनीहरुबाट काम लिनुस् अनि राम्रो व्यापार हुन्छ । बीमा कम्पनीले बीमीतहरुलाई आर्कषित गर्ने हो । अनावश्यक वार्गेनिक गर्ने होइन ।

अभिकर्ताहरुलाई तालिमै नदिई प्रमाणपत्र बाड्दा पछिल्लो पटक जुन बाबुले छोरीको हत्या गरेको घटना बजारमा आयो । यसमा तपाई के भन्नुहुनछ ?
त्यो घटना राम्रोसंग बुझाउन नसकेर भएको देखिनछ । अभिकर्तासंग तालिम नभएर नै भएको हो । पहिलो कुरा बीमा भनेको रिक्स मात्रै होइन । बचत पनि हो । यो अभिकर्ताहरुले बुझाउन सक्नुप¥यो कि बीमा रकम म¥यो भने मात्रै होइन । मेच्योरेटीमा बढि पाइन्छ । बोनस रकम पाइन्छ । अभिकर्ताले बीमाको बारेमा बुझ्ने गरी बीभीतहरुलाई राम्रोसंग बुझाउनु पर्छ ।
हाम्रो कम्पनीले विशेषत तालिमा नै बढि ध्यान दिएको छ । बेसिक तालिम हाम्रो ब्रान्च मेनेजरहरुबाट हुन्छ । त्यसपछिको तालिम रिजनल म्यानेजरबाट गराउछौं । त्यसपछिको तालिम हामी मुख्य कार्यालयबाटै कहिले काँही म आफै दिन्छु त कहिले अन्य डिपार्टमेन्टका हेडहरुले दिन्छन् । यसरी हामीले अभिकर्ताहरुलाई ४ देखि ५ पटकसम्म तालिम दिन्छौ । त्यसपछि बजारमा पठाउछांै । जसले गर्दा हाम्रो विजनेश बढेको पनि छ ।

पछिल्लो समय बैंकाइन्स्योरेन्स बढि भएको देखिन्छ र जुन बैंकले बढि प्रोडक्ट बिक्री ग¥यो । त्यही बैंकलाई डिपोजिट लगायत अन्य कुराहरु जुन बीमा समितिले नियमन गर्दा गर्दै पनि गुमाउरोबाटोबाट दिएरहेको पाइन्छ । यसलाई कसरी लिनु भएको छ ?
यो सरासर गलत हो । यो दिनु पनि हुँदैन । बीमा समितिले करिब २०६९ सालतिर सर्कुलरनै जारी गरेका थियो कि बैंकहरुलाई कमिशन बाहेक केही पनि दिनु नपाउने भनेर । यदि कसैले विदेश गुमाउने र अन्य कुराहरु दिने जस्ता कार्यहरु गरेको रहेछ भने त्यो गलत प्रक्रिया हो । ग्राहकहरुलाई खुल्ला छोडिदिनुपर्छ । उनीहरुलाई जहाँ राम्रो लाग्छ । उनीहरुले त्यही गर्छन् ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरुको बीमा कोष ठुलो भएर गएको छ । त्यसको सदुपयोग गर्न के गर्नुपर्ला ?
हामीले बीमा समितिको निर्देशन पालना गर्नुपर्ने हुन्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तिय संस्थाहरुमा साथै बण्डमा, जग्गा खरिदमा र शेयर जस्ता कुराहरुमा यति प्रतिशत लगानी गर्न पाउने भनिएको छ । सोही अनुरुप बीमा कम्पनीहरुले आफैले लगानी गरिरहेका छन् । यसमा पैसाको दुरुपयोग हुँदैन । यसमा नजिकबाटै बीमा समितिले रेखदेख गरिरहेको हुन्छ नि ।

पछिल्लो समय बीमा कम्पनीहरु बढे तापनि बीमा बजार १८ देखि २० प्रतिशत मात्रै देखिन्छ । यसमा तपाई के भन्नुहुन्छ ?
विगतको वर्षहरु भन्दा अहिले राम्रै बढेको छ । बीमा कम्पनी बढ्दैमा बजार बढ्नै होइन । तर नेपालमा १९ वटा लाईफ इन्स्योरेन्स कम्पनीहरु छन् । यो नेपालका लागि धेरै हो । छिमेकी मुलुक भारतमा जम्मा २४ वटा लाइफ इन्स्योरेन्स कम्पनीहरु छन् । अन्य देशहरुको तुलनामा हेर्दा पनि नेपालमा लाईफ इन्स्योरेन्स कम्पनी बढि नै भएका छन् ।

बीमा समितिले पछिल्लो समय पुँजी पु¥याउन नसक्ने र चलाउन नसक्ने कम्पनीहरु मर्जहुनुहोस् भन्ने निर्देशिका नै जारी गरि भएको छ । तपाई के भन्नुहुन्छ ?
यो एकदमै राम्रो कुरा हो । करिब ३ करोड जनताको लागि १९ वटा लाईफ इन्स्योरेन्स कम्पनी आवश्यक नै छैन । बीमा समितिले ल्याएको मर्जर नीतिलाई हामीले स्वागत गर्नै पर्छ ।

पछिल्लो समय सरकार आफैले स्वास्थ्य बीमा गराएको छ । यसलाई कसरी लिनु भएको छ ?
यो बीमा कम्पनीहरुलाई दिनु पथ्र्यो । सरकारले बीमा गर्ने होइन । पहिला पहिला सहकारीहरुले पनि ग्रुप इन्स्योरेन्स गरेर पैसा आफ्नो फण्डमा राखेर र कोही म¥यो भने पैसा दिन्थ्यो । यो त राम्रो कुरो भएन नि । बीमाको काम बीमा कम्पनीहरुले गर्ने हो । सरकारले ल्याएको स्वास्थ्य बीमा सफल नै हुदैन । त्यसैले यो सरकारले होइन । बीमा कम्पनीहरुले गर्नुपर्छ नि ।

बीमा लेखको दाबी समयमा बीमा कम्पनी र बीमीतबीच विवाद हुने गरेको पाइन्छ । यसलाई कसरी लिनु भएको छ ?
अहिले बजारमा चर्चा पनि यहि छ । तर, अहिले यस्तो हुँदैन । लाईफ इन्स्योरेन्समा दाबीका लागि सबै कागजपत्र पुग्यो भने युनियन लाईफ मात्रै होइन नेपालको कुनै पनि लाईफ इन्स्योरेन्सले जतिसक्दो चाँडो दाबी भुक्तानी गर्छ । अलिकती समस्या भनेको निर्जिवन बीमामा हो । बीमा गर्ने समयमा बीमीतलाई सबै कुरा बताउँनु पर्छ । पोलिसीमा लेखिएका कुराहरु सबै राम्ररी बुझाउनु पर्छ । बीमा कम्पनीले नीति नियम अनुसार दिएको हुन्छ । तर बीमीतले बुझेका छैनन् । बुझाउन जरुरी छ नि ।

डिजिटल बीमाको कुरा गर्ने अनि कागजमा टिकट नटाँसी हामीहरु बीमा भएको नठान्ने यसमा तपाईको बीमा कम्पनीले के गरेको छ ?
अहिले खासै केही भएको छैन । अनलाईन फर्म भर्ने । पैसा क्रेडिट, डेविट वा अनलाईनबाट तिर्ने प्रक्रियाको लागि केही समय लाग्छ । अहिले अभिकर्ता १० पटक भन्दा बढि ग्राहकको घरमा नगई बीमा नगर्ने अवस्था छ । अहिले शिक्षाकै कमी छ । पछि गएर हुन सक्छ । तर अहिले हाम्रो देशमा समय आएको छैन ।

धनी, हुनेखानेहरुले मात्र बीमा गर्ने तर, जसलाई बीमाको आवश्यक छ । तिनीहरु चाँही बीमाको पहुँचमा नआएको अवस्था छ । यसलाई कसरी लिनु भएको छ ?
बीमा शुरुमा ३ प्रतिशत, ५ प्रतिशत र ७ प्रतिशत थियो । त्यतिबेला झन डक्टर, इन्जिनियर वा प्रोफेसरसंग जाँदा बीमा पनि गर्ने हो भन्थे र अहिले त्यो अवस्था छैन । अहिले गाउँ गाउँमा जाँदा उनीहरुले बीमा नगरेपनि बीमाको बारेमा बुझ्छ । नगरेपनि बीमा राम्रै हो गर्नुपर्छ चाँहि भन्दछन् । त्यसैले गर्दा अहिले बीमा प्रतिशत बढेर २० प्रतिशत भएको छ र बीमा सबैलाई चाहिन्छ ।

युनियन लाईफले के कस्ता प्रडक्ट ल्याएर बजारमा अघि बढ्दैछ त ?
अहिले हामीसंग इयरली मनिब्याक, मनिब्याक होल लाईफ लगायत अन्य कम्पनीहरुले चलाएका थुप्रै प्रोडक्टहरु लिएर हामी बजारमा गईरहेका छौं । तर हाम्रो मेन फोकस भनेको अभिकर्ताहरुलाई तालिम नै हो । ताकि उनीहरुले ग्राहकहरुलाई राम्रोसंग प्रोडक्टको बारेमा जानकारी दिन सकोस राम्रो बिजनेश ल्याउन सकोस् । नयाँ दुई, तीन वटा प्रोडक्ट ल्याउने तयारीमा छौं ।

नयाँ कम्पनीहरु मध्ये यूनियन लाईफ इन्स्योरेन्स सबैभन्दा व्यापारको हिसाबले अघि देखियो । यसको श्रेय कसलाई जान्छ ?
यसको श्रेय हाम्रो सम्पूर्ण टिमलाई जान्छ र हामी प्रति विश्वास गर्ने बीमीतहरुलाई पनि जान्छ । प्रोमोटरहरु जगदम्बा, गोल्छा, केडिया, न्यापाने, राजेशहार्डवेयर लगायत सबैमा जान्छ नि ।

अन्त्यमा केही भन्नु छ ?
तपाईहरुले बीमा सम्बन्धी धेरै कुराहरु लेखि सबैलाई बीमा सम्बन्धी जागरुप बनाउनुहोस् । जसले गर्दा सबैले बीमा गरोस । सबैजना आर्थिक रुपमा सुरक्षित रहुन् । भोलिका दिनमा कुनै समस्या नपरोस् । भन्न चाहान्छु । राजतिलक साप्ताहिकबाट 

13035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका