जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्र बैंक भित्र विदेश भ्रमण नाममा ब्रह्मलुट टिकट र भत्ता मात्रै १६ करोड

राष्ट्र बैंक भित्र विदेश भ्रमण नाममा ब्रह्मलुट टिकट र भत्ता मात्रै १६ करोड

सुन्दा पनि अचम्म लाग्ने काम बैंक र वित्तिय क्षेत्रको नियमक निकाय राष्ट्र बैंक भित्र हुन्छ भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो ।

डा. चिरनजीवी नेपाल राष्ट्र बैंकको गर्भनर भएपछि मात्रै उनी ४० पटक विदेश गएको फेला परेको छ, भने डिपुटी गर्भनरद्वय ३०÷३० पटक यूरोप र अमेरिका पुगेको फेला तथ्य परेको छ । यति मात्रै होइन कार्यकारी निर्देशक र साना कर्मचरी समेत यूरोप, अमेरिका र तेस्रो मुलुक गएको भेटिएको छ । तालिक लगायत विभिन्न कार्यक्रममा ५०० भन्दा बढि कर्मचारी विदेश गएको खुलेको छ ।

राष्ट्र बैंक उच्च स्रोत भन्दछ । डा. चिरनजीवी नेपाल गर्भनर भएपछि मात्रै ५०० कर्मचारीहरु विदेश गएको छन् । गर्भनर र डिपुटी गर्मनरको त कुरै छाडौं ।

राष्ट्र बैंकको आधा भन्दा बढि कर्मचरीहरु विदेश जाँदा जनताले तिरेको करिब १६ करोड कर खर्च भएको देखिन्छ ।

तालिमको नाममा विदेश जाने कर्मचारीहरुले अचम्मकै सुविधा पाउने गरेको खुलेको छ । सुन्दा पनि जीउ सिरिङ्ग हुने कर्मचारीहरुले लिने गरेको देखिन्छ । विदेश भ्रमण जाँदा गर्मनरले प्रतिदिन ६०० डलर डिपुटी गर्भनरले ५०० डलर र अन्य कर्मचरीहरुले १६० डलर भत्ता पाउने गरेको देखिन्छ ।

यति मात्रै होइन जनताको करबाट राष्ट्र बैंकबाट यूरोप, अमेरिका र तेस्रो मुलुक जानेहरुले मनोरञ्जन खर्च वापत २०० डलर किनमेल गर्न १५० डलर पाउने अचम्मको लुट फेला परेको छ ।

राष्ट्र बैंक उच्च स्रोत भन्दछः– राष्ट्र बैंकका कार्यकारीहरु बीच विदेश जानेहरुको तछाड मछाडनै हुन्छ । तालिकका नाममा र विदेशी बैंकहरुको निम्तोमा यूरोप, अमेरिका पुग्ने राष्ट्र बैंकका कर्मचारीहरुले लिने सुविधा जोड्ने हो भने एउटा बैंक खोल्ने पैसा नै खर्च भएको देखिन्छ ।

सुन्दा पनि छक्क पर्ने टिकटमा ५ करोड २० लाख र मनोरञ्जन भत्तामा ५ करोड ५८ लाख विदेश भ्रमण जाँदा राष्ट्र बैंकका कर्मचरीले बुझेको देखिन्छ । बैंक र विकाश बैंकलाई सुशासनको नारा दिने राष्ट्र बैंक भित्र आफ्नै सुशासन जरुरी देखिन्छ । आफू लुट्ने अनि छोरालाई लुट्नु हुदँैन भन्ने राष्ट्र बैंक नेतृत्व भित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै छानवीज गर्नुपर्ने देखिन्छ । सचेत भया ।

7430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका