जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बैंकको खराब कर्जा डरलाग्दो

आर्थिक विशेष

नेपाल बैंकको खराब कर्जा डरलाग्दो

सीइओ अधिकारीको नालायकीपन

नेपाल बैंकको खराब कर्जा डरलाग्दो

आफूलाई पूर्व एमाले कार्यकर्ता भन्न रुचाउने नेपाल बैंकका सीइओ कृष्ण अधिकारीको नालायकीपनले नेपालको सबैभन्दा पूरानो सरकारी बैंक नेपाल बैंक लिमिटेड डुब्न लागेको छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीको सोझोपनलाई फाइदा लिँदै सीइओ अधिकारीले बैंकमा लुट मच्चाएका छन् । भन्दा अब फरक पर्दैन । सुन्दा पनि अचम्म लाग्ने काम बैंकका सीइओबाटै हुन्छ भन्दा पत्याउन गाह्रो होला । तर, यो पनि सत्य हो ।

नेपाल बैंक सरकारी स्वामित्वको बैंक हो । यस बैंकमा लाखौ लाख ग्राहकहरुको पैसा छ । पचासौ वर्षदेखि लकर छन् । त्यस भित्र के छ ? कसैलाई थाहा छैन । कतिजना त लकरको सेवा लिने मरिसके । अहिले सत्ता र शक्तिको फूर्ति दिँदै सीइओ अधिकारीले बैंकका लकर खोल्न राष्ट्र बैंक र सम्बन्धीत मन्त्रालयमा सहमतीका लागि पत्राचार गरेको अर्थमन्त्रालय स्रोतको दाबी छ । रातारात जनताको लकर फुटाउने र लुट मच्चाउने सीइओ एवं एमाले कार्यकर्ता अधिकारीको कथा मिठो छ । तत्कालीन एमालेका एक नेतालाई करिब ५ करोड बुझाएर नेपाल बैंक जस्तो पूरानो बैंकको सीइओ बन्न सफल अधिकारीले बैंक भित्र भाँडभैलो मच्चाएको भेटिएको छ ।

बैंकका एक सञ्चालकले भनेः– आफ्नालाई कर्जा प्रवाह देखि कम्यूनिष्टका अनलाईन र पत्रपत्रिकामा एजेन्सी मार्फत कमिशन लिई नेपाली जनताको रगत र पसिनाको पैसा माथी सीइओ अधिकारीले लुट मच्चाएको भेटिएको छ । यति सम्मकी सञ्चारमाध्यममा विज्ञापन गर्दा समेत एक विज्ञापन एजेन्सी मार्फत कमिशन लिने गरेको खुलेको छ ।

अब बैंकको वित्तिय विवरण भित्रको खराब कर्जाको कुरा गरौं । आजभन्दा १५/२० वर्ष अगाडी बैंक राष्ट्र बैंकले हस्तक्षेप गरी सुधार गरेपछि काँचुली फेरीएको बैंक हो । नेपाल बैंक विदेशबाट बैंकर ल्याएर सुधार गरेको बैंकमा अहिले करिब ३ प्रतिशत खराब कर्जा देखिएको छ । बैंक स्रोत भन्दछः– सीइओ अधिकारीले कर्जा उठाउन भन्दा पनि सेलिब्रेटी बन्दै सञ्चारमाध्यामा फोटो छपाउने होडवाजीमा लागेका छन् । मोटो जनताको पैसा खर्च गरेर विभिन्न पत्रपत्रिका अनलाईन र सरकारी सञ्चारमाध्याम राससमा अन्र्तवार्ता लिएर बैंक राम्रो भएको धक्कु लगाउते हिँडेको देखिन्छ । तर, बैंकको खराब कर्जा करिब ३ प्रतिशत देखिन्छ ।

नेपाल राष्ट्र बैंकले १ प्रतिशत भन्दा बढि खराब कर्जा भएको बैंकमा हस्तक्षेप गर्न सक्दछ । त्यसकार ठूला डिपोजिटकर्ता र शेयरधनीहरुको प्रतिफल नेपाल बैंकमा सुरक्षित देखिदैन । लगानीकर्ताहरुको र डिपोजिटकर्ताहरुको पैसा डुब्ने प्रस्टै देखिन्छ ।

पंक्तिकारले यसबारेमा राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीलाई प्रश्न गर्दा उनीले भनेः– सबै तीन वटै सरकारी लगानी भएका बैंकमा खराब कर्जा उच्च नै छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा हामीले घटाउन निर्देशन नै जारी गरेको अवस्था हो । राष्ट्रिय वाणिज्य बैंक राम्रो भयो तर अरु २ वटा बैंकको सुधार भएको देखिदैन । उनीले थपेः– हामी सुश्मरुपमा अध्ययन गदैछौं नि ।

सीइओ छन् नै अयोग्य व्यक्ति । सीइओ भएपछि नेपाल बैंक अब सुध्रिने देखिदैन । अधिकारी जस्ता अपरिपक्क व्यक्तिलाई सीइओ बनाएको भन्दै ठूला लगानीकर्ता र डिपोजिटकर्ताले चित्त दुखाएका मात्रै छैनन् । डिपोजिट फिर्ता लैजाने भएका छन् ।

नेपाल बैंकका अध्यक्ष्ँ बासुदेव अधिकारीलाई प्रश्न गर्दा उनीले भनेः– बैंक बनाउने कामको मुख्य जिम्मेवारी सीइओको हो । हामीले निर्देशन दिने र हेरविचार गर्ने हो नि ।

उनीकै भनाई सापटी लिने हो भने बैंक बनाउने सीइओ सेलिब्रेटी बन्दै पत्रिकामा फाटो छपाउने अन्र्तवार्ता दिने होइन । बैंक भित्र बसेर पोलिसी बनाउने र बैंकलाई उच्च खराब कर्जाको जोखिमबाट बचाउने हो कि कसो गर्भनर डा. चिरनजीवी नेपालज्यू ? सचेत भया ।

13975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?