यसलगत्तै अन्य हरेक वडाहरुमा मिति र स्थान तोकि चाँडैनै भत्ता वितरण गरिने वडाहरुबाट जानकारी प्राप्त गरिएको छ।
समाचार
बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुद्वारा टोलटोलमा गरियो दोस्रो चौमासिक सुरक्षा भत्ता वितरण
बूढानीलकण्ठ नगरपालिका वडा नं १ का लाभग्राहिहरु मध्येका व्यक्तिहरुलाई पायक पर्ने अथवा सहज हुने स्थानहरुबाट दोस्रो चौमासिक भत्ता वितरण गरिएको हो। वडा १ समितिको निर्णय अनुसार वडा कार्यालय, बूनपा १ को तौलुङ्ग चौतारा लगायतका स्थानहरुबाट भत्ता वितरण गरिएको थियो। सो वडामा रहेका जेष्ठ नागरिक, अशक्त नागरिकहरुलाई टोलटोलमा पुगि भत्ता वितरण गरिएको थियो। प्रभु बैंकको समन्वय तथा बूनपा १ वडा समितिका सदस्यहरु, वडाका कर्मचारीहरुका साथमा उक्त भत्ता वितरण गरिएको हो।
यसका साथसाथै बूनपा ५ ले समेत विभिन्न लाभग्राहिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। हरेक चार महिनामा वितरण गरिने सो सुरक्षा भत्ता हरेक लाभग्राहिहरुसम्ममा पुर्याउने जिम्मेवारी हरेक वडाको रहेकोमा उक्त व्यक्तिहरुलाई सहज हुने ढंगमा घरघर लगायत निजिकैको स्थानहरुबाट रकम प्रदान गरिएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ५ ले सामाजिक सुरक्षा भत्ता अन्तर्गत टोल-टोलमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। उक्त वडाका अध्यक्ष श्री विजय तामाङ ज्यू स्वयंको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। भत्ता वितरणका क्रममा वडाका अध्यक्ष लगायत वडाका सदस्यहरु र वडाका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।