जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • हिमालयन बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपसहित विशेष छुट

हिमालयन बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपसहित विशेष छुट

हिमालयन बैंकले आफ्ना ग्राहकहरुका लागि नेपालको हस्पिटालिटीको क्षेत्रको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरिे उक्त समुहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेहरुमा १०% को आकर्षक तथा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका तर्फबाट बैंककमा महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सिद्धार्थ बिजनेस ग्रुपको होटल, रिसोर्ट, रेष्टुराँ, क्याफे सहित अन्य विभिन्न स्थानमा हिमालयन बैंकका ग्राहकबर्गहरुले पाउने छुटको प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइट www.himalayanbank.com गई हेर्न सक्नेछन् ।

 

10015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?