जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युरोपबाट पनि पैसा पठाउन सकिने

युरोपबाट पनि पैसा पठाउन सकिने

बेलायतको रेमिट्यान्स कम्पनी गौवा पे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार शुरु भएको छ । युके मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गौवा पेको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत नेपालमा पैसा पठाउन सकिने भएको छ ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजा ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र बैक खाता हुनेहरुले रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न समेत सक्ने छन । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गौवा लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी ओर्खान Orkhan Nasibovले हस्ताक्षर गरेका छन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो पहिचान बनाउदै बिगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अस्ट्रेलिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ७५०० भन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।

10250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका